Posted inUncategorized
Class 12 Social एकाइ ३ पाठ ३ Notes
एकाइ ३ पाठ ३ १. तलका प्रश्नको अति छोटो उत्तर दिनुहोस्:(क) सिर्जनात्मक चिन्तन भनेको हो? उत्तरः कुनै पनि परिस्थिति वा परिदृश्यमा नयाँ विकल्पहरू सोच्नु र त्यसलाई वास्तविकतामा बदल्नु नै सिर्जनात्मक चिन्तनहो । (ख) सिर्जनात्मक चिन्तन गर्ने व्यक्तिसँग हुने कुनै दुई विशेषताहरू लेख्नुहोस् । उत्तर: सिर्जनात्मक चिन्तनका विशेषताहरू · जिज्ञासु र खुलापनलाई बढावा दिन्छु ।· व्यक्तिलाई सिकाइ र सिर्जनाप्रति अभिरुचि जगाई खुसी र आनन्दित तुल्याउँछ ।· सिर्जनात्मक चिन्तन प्रक्रियाको तयारी चरणमा कुनै सिर्जनात्मक यात्राको सुरुवात यसका लागि तयारी गरेर गरिन्छ। यस चरणमा आवश्यक सामग्री व्यवस्था गरिन्छ । त्यस्तै अनुसन्धान, मस्तिष्क मन्थन आदि गरेर आफूलाईलागेका बसै विकल्पहरू विचार गरिन्छ । अन्तमा आफ्नो ज्ञान र अनुभवका आधारमा एउटा योजना तयार गरिन्छ । (ग) सिर्जनात्मक चिन्तनको तयारी चरणमा के गरिन्छ ? उत्तरः सबै सिर्जनात्मक चिन्तन भएका मानिसका आआफ्नै सोच्ने तरिका र प्रक्रियाहरू हुन्छन् । कुनै सिर्जनात्मक यात्राकोसुरुआत यसका लागि तयारी गरेर गरिन्छ । यस चरणमा आवश्यक सामग्री व्यवस्था गरिन्छ । त्यस्तै अनुसन्धान, मस्तिष्कमन्थन आदि गरेर आफूलाई लागेका सबै विकल्पहरू विचार गरिन्छ । अन्तमा आफ्नो ज्ञान र अनुभवका आधारमा एउटायोजना तयार गरिन्छ । (घ) सिर्जनात्मक चिन्तनको अभ्यास गर्दा हुने एक फाइदा लेख्नुहोस् । उत्तरः सिर्जनात्मक चिन्तनका फाइदाहरू निम्नानुसार छन्: · यसले मानसिक लचकतामा वृद्धि गर्छ । विभिन्न विकल्पहरूमा विचार गर्ने गराउँछ ।· समस्याहरूको बहुआयामिक समाधान पत्ता लगाउन सहयोग गर्छ ।· सिर्जनात्मक चिन्तनको पर्याप्त अभ्यासपछि कार्यस्थलमा आउने विभिन्न चुनौतीहरूसँग लड्ने तथा तीचुनौतीहरूलाई अवसरमा परिणत गर्ने क्षमता विकास हुन्छ ।· सिर्जनात्मक चिन्तनको अभ्यास गरेपछि कुनै पनि समस्या, विचार वा अवधारणाको विभिन्न पक्षहरू देख्ने बानीकोविकास हुन्छ । एउटै कुराको पनि विभिन्न पक्षहरूको अध्ययनले विभिन्न सत्यको साक्षात्कार गराउँछ । (ङ) सिर्जनात्मक चिन्तनका कुनै पाँच विशेषताहरूको सूची बनाउनुहोस् । उत्तर: सिर्जनात्मक चिन्तनका कुनै पाँच विशेषताहरूको सूची· जिज्ञासु र खुलापनलाई बढावा दिन्छ ।· व्यक्तिलाई सिकाइ र सिर्जनाप्रति अभिरुचि जगाइ खुसी र आनन्दित तुल्याउँछ ।· सोचाइ र चिन्तनमा विविधता ल्याउँछ ।· व्यक्तिको जोखिम बहन गर्ने क्षमता वृद्धि गर्ने ।· काममा नवप्रवर्तन हटाउन मदत गर्छ । (च) सिर्जनात्मक चिन्तन प्रक्रियाका पाँच चरणको छोटो परिचय दिनुहोस् । उत्तरः सबै सिर्जनात्मक चिन्तन भएका मानिसका आआफ्नै सोच्ने तरिका र प्रक्रियाहरू हुन्छन् । यपि ती सबैले मुख्यतःतलका पाँच चरणमा कार्य गर्छन् । यी चरणमा एकपछि अर्को गर्दै नविन विचार, वस्तु वा अवधारणा सिर्जना हुन पुग्दछन्। (अ) तयारी चरण: कुनै सिर्जनात्मक यात्राको सुरुआत यसका लागि तयारी गरेर गरिन्छ । यस चरणमा आवश्यक सामग्रीव्यवस्था गरिन्छ । त्यस्तै अनुसन्धान, मस्तिष्क मन्थन आदि गरेर आफूलाई लागेका सबै विकल्पहरू विचार गरिन्छ ।अन्तमा आफ्नो ज्ञान र अनुभवका आधारमा एउटा योजना तयार गरिन्छ। (आ) विकास चरण: कुनै सिर्जनात्मक यात्राको तयारी सकेपछि केही समय त्यो योजनालाई परिपक्क हुन समय दिइन्छयस समयमा सिर्जनाकार अर्को काम गर्दै समय बिताउँछ । यसै विचमा त्यो योजना सिर्जनाकारको दिमागमा विकासभइरहेको हुन्छ । (इ) पूर्दाप्ति चरण: यस चरणलाई अन्तदृष्टि चरण पनि भनिन्छ । सिर्जनाकारको दिमागमा आश्चर्यजनक रुपमा एकाएकनवीन विचार आउँछ । तयार गरेको योजना र समस्या समाधानविचको सम्बन्ध स्पष्ट हुन्छ । (ई) मूल्याङ्कन चरण: यस चरणमा उपलब्ध ज्ञान र अनुभवका आधारमा योजना अनुसारको नविन विचारले काम गर्छ वागर्दैन भनेर मूल्याङ्कन वा अनुसन्धान गरिन्छ । कुनै कुनै अवस्थामा त क्षेत्रमा गएर अनुसन्धान नै गर्नुपर्ने पनि हुन्छ ।(उ) प्रमाणीकरण चरण: यस चरणमा निकै कडा परिश्रम गरी नविन विचारलाई अन्तिम रुप दिइन्छ । सिर्जनाकारकोदिमागमा भएको सिर्जनाले वास्तविक रुपमा प्रकट हुने मौका पाउँछ । सिर्जित वस्तु, विचार वा अवधारणालाई अन्यव्यक्तिहरू समक्ष पेय गरिन्छ ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us by Messaging us on Social Media.Social…









