एकाइ ३
पाठ ३
१. तलका प्रश्नको अति छोटो उत्तर दिनुहोस्:
(क) सिर्जनात्मक चिन्तन भनेको हो?
उत्तरः कुनै पनि परिस्थिति वा परिदृश्यमा नयाँ विकल्पहरू सोच्नु र त्यसलाई वास्तविकतामा बदल्नु नै सिर्जनात्मक चिन्तनहो ।
(ख) सिर्जनात्मक चिन्तन गर्ने व्यक्तिसँग हुने कुनै दुई विशेषताहरू लेख्नुहोस् ।
उत्तर: सिर्जनात्मक चिन्तनका विशेषताहरू
· जिज्ञासु र खुलापनलाई बढावा दिन्छु ।
· व्यक्तिलाई सिकाइ र सिर्जनाप्रति अभिरुचि जगाई खुसी र आनन्दित तुल्याउँछ ।
· सिर्जनात्मक चिन्तन प्रक्रियाको तयारी चरणमा कुनै सिर्जनात्मक यात्राको सुरुवात यसका लागि तयारी गरेर गरिन्छ। यस चरणमा आवश्यक सामग्री व्यवस्था गरिन्छ । त्यस्तै अनुसन्धान, मस्तिष्क मन्थन आदि गरेर आफूलाईलागेका बसै विकल्पहरू विचार गरिन्छ । अन्तमा आफ्नो ज्ञान र अनुभवका आधारमा एउटा योजना तयार गरिन्छ ।
(ग) सिर्जनात्मक चिन्तनको तयारी चरणमा के गरिन्छ ?
उत्तरः सबै सिर्जनात्मक चिन्तन भएका मानिसका आआफ्नै सोच्ने तरिका र प्रक्रियाहरू हुन्छन् । कुनै सिर्जनात्मक यात्राकोसुरुआत यसका लागि तयारी गरेर गरिन्छ । यस चरणमा आवश्यक सामग्री व्यवस्था गरिन्छ । त्यस्तै अनुसन्धान, मस्तिष्कमन्थन आदि गरेर आफूलाई लागेका सबै विकल्पहरू विचार गरिन्छ । अन्तमा आफ्नो ज्ञान र अनुभवका आधारमा एउटायोजना तयार गरिन्छ ।
(घ) सिर्जनात्मक चिन्तनको अभ्यास गर्दा हुने एक फाइदा लेख्नुहोस् ।
उत्तरः सिर्जनात्मक चिन्तनका फाइदाहरू निम्नानुसार छन्:
· यसले मानसिक लचकतामा वृद्धि गर्छ । विभिन्न विकल्पहरूमा विचार गर्ने गराउँछ ।
· समस्याहरूको बहुआयामिक समाधान पत्ता लगाउन सहयोग गर्छ ।
· सिर्जनात्मक चिन्तनको पर्याप्त अभ्यासपछि कार्यस्थलमा आउने विभिन्न चुनौतीहरूसँग लड्ने तथा तीचुनौतीहरूलाई अवसरमा परिणत गर्ने क्षमता विकास हुन्छ ।
· सिर्जनात्मक चिन्तनको अभ्यास गरेपछि कुनै पनि समस्या, विचार वा अवधारणाको विभिन्न पक्षहरू देख्ने बानीकोविकास हुन्छ । एउटै कुराको पनि विभिन्न पक्षहरूको अध्ययनले विभिन्न सत्यको साक्षात्कार गराउँछ ।
(ङ) सिर्जनात्मक चिन्तनका कुनै पाँच विशेषताहरूको सूची बनाउनुहोस् ।
उत्तर: सिर्जनात्मक चिन्तनका कुनै पाँच विशेषताहरूको सूची
· जिज्ञासु र खुलापनलाई बढावा दिन्छ ।
· व्यक्तिलाई सिकाइ र सिर्जनाप्रति अभिरुचि जगाइ खुसी र आनन्दित तुल्याउँछ ।
· सोचाइ र चिन्तनमा विविधता ल्याउँछ ।
· व्यक्तिको जोखिम बहन गर्ने क्षमता वृद्धि गर्ने ।
· काममा नवप्रवर्तन हटाउन मदत गर्छ ।
(च) सिर्जनात्मक चिन्तन प्रक्रियाका पाँच चरणको छोटो परिचय दिनुहोस् ।
उत्तरः सबै सिर्जनात्मक चिन्तन भएका मानिसका आआफ्नै सोच्ने तरिका र प्रक्रियाहरू हुन्छन् । यपि ती सबैले मुख्यतःतलका पाँच चरणमा कार्य गर्छन् । यी चरणमा एकपछि अर्को गर्दै नविन विचार, वस्तु वा अवधारणा सिर्जना हुन पुग्दछन्।
(अ) तयारी चरण: कुनै सिर्जनात्मक यात्राको सुरुआत यसका लागि तयारी गरेर गरिन्छ । यस चरणमा आवश्यक सामग्रीव्यवस्था गरिन्छ । त्यस्तै अनुसन्धान, मस्तिष्क मन्थन आदि गरेर आफूलाई लागेका सबै विकल्पहरू विचार गरिन्छ ।अन्तमा आफ्नो ज्ञान र अनुभवका आधारमा एउटा योजना तयार गरिन्छ।
(आ) विकास चरण: कुनै सिर्जनात्मक यात्राको तयारी सकेपछि केही समय त्यो योजनालाई परिपक्क हुन समय दिइन्छयस समयमा सिर्जनाकार अर्को काम गर्दै समय बिताउँछ । यसै विचमा त्यो योजना सिर्जनाकारको दिमागमा विकासभइरहेको हुन्छ ।
(इ) पूर्दाप्ति चरण: यस चरणलाई अन्तदृष्टि चरण पनि भनिन्छ । सिर्जनाकारको दिमागमा आश्चर्यजनक रुपमा एकाएकनवीन विचार आउँछ । तयार गरेको योजना र समस्या समाधानविचको सम्बन्ध स्पष्ट हुन्छ ।
(ई) मूल्याङ्कन चरण: यस चरणमा उपलब्ध ज्ञान र अनुभवका आधारमा योजना अनुसारको नविन विचारले काम गर्छ वागर्दैन भनेर मूल्याङ्कन वा अनुसन्धान गरिन्छ । कुनै कुनै अवस्थामा त क्षेत्रमा गएर अनुसन्धान नै गर्नुपर्ने पनि हुन्छ ।
(उ) प्रमाणीकरण चरण: यस चरणमा निकै कडा परिश्रम गरी नविन विचारलाई अन्तिम रुप दिइन्छ । सिर्जनाकारकोदिमागमा भएको सिर्जनाले वास्तविक रुपमा प्रकट हुने मौका पाउँछ । सिर्जित वस्तु, विचार वा अवधारणालाई अन्यव्यक्तिहरू समक्ष पेय गरिन्छ ।
If you want to ask anything, please contact us by Messaging us on Social Media.
Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ३ पाठ ३ Notes