पाठ ३: लागत रेखाहरू
Cost and Cost Curves — supplied 2-page handwritten notesबाट WordPress-ready typing.
Original Scanned PDF – View Notes
अति छोटो उत्तरात्मक प्रश्नहरू
१) लागतको परिभाषा दिनुहोस्।
कुनै पनि वस्तु तथा सेवाहरू उत्पादन गर्दा लाग्ने सम्पूर्ण मौद्रिक खर्चलाई लागत भनिन्छ।
२) कुल लागत भन्नाले के बुझिन्छ?
कुल लागत भन्नाले उत्पादनमा व्यहोर्नुपर्ने स्थिर तथा उत्पादन प्रक्रियालाई पूर्णता दिन आवश्यक पर्ने सम्पूर्ण खर्चलाई कुल लागत भनिन्छ।
३) स्थिर लागत भनेको के हो?
उत्पादनको स्थिर साधनमा लाग्ने खर्चलाई स्थिर लागत भनिन्छ।
४) परिवर्तनशील लागत भनेको के हो?
उत्पादनको परिवर्तनशील साधनमा लाग्ने खर्चलाई परिवर्तनशील लागत भनिन्छ।
५) औसत स्थिर लागत भन्नाले के बुझिन्छ?
प्रति एकाइ उत्पादन वस्तुको स्थिर लागत नै औसत स्थिर लागत हो।
६) औसत परिवर्तनशील लागत भन्नाले के बुझिन्छ?
कुल परिवर्तनशील लागतलाई उत्पादन वस्तुको परिमाणले भाग गर्दा औसत परिवर्तनशील लागत प्राप्त हुन्छ अथवा AVC नै प्रति एकाइ उत्पादन वस्तुको परिवर्तनशील लागत हो।
७) औसत लागत भनेको के हो?
औसत लागत भनेको उत्पादनको प्रति इकाई लागत हो।
८) सीमांत लागतको परिभाषा दिनुहोस्।
सीमांत लागत भनेको कुल लागतमा भएको परिवर्तन र उत्पादन परिमाणमा भएको परिवर्तनबीचको अनुपात हो।
९) स्थिर लागत र परिवर्तनशील लागतबीच फरक छुट्याउनुहोस्।
उत्पादनमा स्थिर साधनमा लाग्ने खर्च स्थिर लागत हो भने परिवर्तनशील साधनहरूमा लाग्ने खर्चलाई परिवर्तनशील लागत भनिन्छ।
| स्थिर लागत | परिवर्तनशील लागत |
|---|---|
| उत्पादनका स्थिर साधनमा लाग्ने खर्चलाई स्थिर लागत भनिन्छ। | उत्पादनका परिवर्तनशील साधनमा लाग्ने खर्चलाई परिवर्तनशील लागत भनिन्छ। |
Discussion
Share a helpful question, idea, or explanation with other students.