Class 12 Social एकाइ ४  पाठ ३  Notes

Class 12 Social एकाइ ४ पाठ ३ Notes

    एकाइ ४   पाठ   ३ तलका प्रश्नको उत्तर दिनुहोस् :(क) दर्शन भन्नाले के बुझिन्छ ?उत्तरः दर्शन भननाले प्रकृति, इश्वर, ज्ञान, विज्ञान, वस्तुजीवन र चेतना बारेको विवेचता र विश्लेषण हो । विद्या,…
Class 12 Social एकाइ ४  पाठ २  Notes

Class 12 Social एकाइ ४ पाठ २ Notes

    एकाइ ४   पाठ २   तलका प्रश्नको उत्तर दिनुहोस् :१. गार्हपत्य, आहवनीय र विदथ भन्नाले के के बुझिन्छ ?उत्तर:गार्हपत्य : परिवार संस्थाआहवनीय : ग्राम सङ्गठन (गाउँ सभा)विदथ : विचार विमर्श…
Class 12 Social एकाइ ४  पाठ १ Notes

Class 12 Social एकाइ ४ पाठ १ Notes

   एकाइ ४   पाठ १  तलका प्रश्नको उत्तर दिनुहोस् :(क) सामाजिक विविधता भन्नाले के बुझिन्छ ? उदाहरणसहित चर्चा गर्नुहोस् ।उत्तरः समाजमा पनि अनेक जातजाति, भाषा, धर्म, एवम् संस्कृति भएका थरिथरिका मानिसहरू…
Class 12 Social एकाइ ३ पाठ ६  Notes

Class 12 Social एकाइ ३ पाठ ६ Notes

   एकाइ ३  पाठ ६   (क) संवेग भन्नाले के बुझिन्छ ? उत्तरः कुनै वस्तु वा परिस्थितिप्रतिको चेतनायुक मानसिक प्रतिक्रिया नै सवेग हो । प्रायः यस्ता मानसिक प्रतिक्रियाकासाथमा शरिरका अन्य अङ्गहरू तथा व्यक्तिको व्यवहारमा पनि परिवर्तन आउँछ। सुख, खुशी, उत्साह आदि सकारात्मकसंवेगहरू हुन भने दुःख, पीडा, रिस आदि चुनौतीपूर्ण वा नकारात्मक संवेगहरू हुन्। (ख) संवेग व्यवस्थापन भनेको के हो ? उत्तरः सकारात्मक तथा नकारात्मक दुवै प्रकारका संवेगप्रति सचेत रहने तथा नितलार्य रचनात्मक तरिकाले परिचालन गर्नेक्षमतालाई संवेग व्यवस्थापन भनिन्छ । नकारात्मक संवेग ल्याउन सक्ने परिस्थितिप्रति आफ्नो संवेगलाई नियन्त्रण वासमायाजन गरी संवेगलाई सकारात्मक तरिकाले अन्त्य गर्नेगर्नुपर्छ । भैझगडा हुन सक्ने परिस्थितिलाई पहिले नै नियन्त्रण गर्ने भइहालेमा कमभन्दा कम समयमा अन्त्य गर्ने तथात्यसबाट सिक्ने । त्यस्तै सकारात्मक संवेगलाई पनि नियन्त्रण गरी अति खुसी वा उत्साहित हुनबाट बच्नुपर्छ । कुनैखेलमा विजयी हुँदा खुसी हुनुपर्छ तर अति खुसी उत्साहित भएमा आफूले गर्नुपर्ने अभ्यासमा ध्यान नपुगी अर्को पटकपराजय हुन सक्छ। संवेग व्यवस्थापन सिप एउटा महत्वपूर्ण जीवनपयोगी सिप हो । (ग) किशोरावस्थामा किन सहपाठी समूह महइभ्वपूर्ण हुन्छ ? उत्तरः संवेग व्यवस्थापनका लागि मुख्यतः सकारात्मक तथा नकारात्मक दुवै प्रकारका संवेगहरू नियन्त्रण गर्ने र दोस्रोनकारात्मक संवेग ल्याउन सक्ने परिस्थिति वा वातावरणलाई नियन्त्रण गर्ने गर्नुपर्छ । यसका लागि निम्न लिखित उपायअपनाउन सकिन्छ: ·      अरूप्रति माया दयाभाव राख्ने·      अरूले आफूप्रति गरेको कुनै पनि राम्रो कार्यका लागि कृतज्ञता व्यक्त गर्ने·      अरुको अति आलोचना गर्नबाट बच्ने·      आफूमा नकारात्मक सोचाइ आएमा त्यसलाई चुनौती दिने र प्रमाण खोज्ने·      आफूलाई मन पर्ने वा आफूले गर्न सक्ने काममा संलग्न हुने·      आफ्ना वरपर भएका घटनाहरूलाई स्वाभाविक मानेर स्वीकार गर्ने·      आफ्नो जीवनमा आएका नकारात्मक कुराभन्दा सकारात्मक कुरामा ध्यान दिने । (घ) योगाभ्यासमा के के पर्छन्? उत्तरः ध्यान तथा योगाभ्यासले कुनै वस्तु वा विचारमा ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ । योगभ्यासमा प्राणायाम, आसनर आराम गर्ने तरिका सिकाइन्छ भने ध्यानमा कुनै उक कुरामा ध्यान केन्द्रित गरिन्छ । योगभ्यासमा अनुलोमलिोम मस्त्रिका, कपालभाति जस्ता प्राणाणम र भुजङ्गासन, मर्कटासन, धनुरासन बज्रासन आदि आसन पर्दछन् । (ङ) संवेग व्यवस्थापन गर्ने कुनै पाँचओटा उपाय लेख्नुहोस् । उत्तरः संवेग व्यवस्थापन गर्ने उपायहरू निम्नानुसार छन्:  ·      संवेगसँग सम्बन्धित कार्यहरू ठिक वा बेठिक पत्ता लगाई आफू योग्य वा अयोग्य भएको थाहा पाउने ।·      नियमित रूपमा आफ्नो भावनाको अवधि क्रोधबाट आक्रमणतिर जानबाट जोगिनुका साथै नियन्त्रण गर्ने ।·      नियमित रूपमा शारीरिक व्यापक गर्ने ।·      एकान्तमा बसिरहनुको सट्टा मन मिल्ने व्यक्तिसँग कुराकानी गर्ने र समुहमा रमाउन सिक्ने ।·      आफूलाई मन पर्ने वा आफूले गर्न सक्ने काममा संलग्न हुने ।·      आफ्ना वरपर भएका घटनाहरूलाई स्वाभाविक मानेर स्वीकार गर्ने ।·      कोठा वा घरभित्र बसिरहनुको सट्टा केही समय बाहिर बिताउने बानी बसाल्ने ।·      सम्भव हुने महत्वाकाङ्क्षा मात्र राख्ने र त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्ने तर अति महत्वाकाङ्क्षा नराख्ने । (च) किशोरावस्थामा संवेग नियन्त्रणका लागि योगाभ्यास शीर्षकमा एक सम्पादकीय लेख्नुहोस् ।उत्तरःसम्पादकीयजेनिसा भट्टराईयोग तथा ध्यानले किशोरावस्थाको संवेग नियन्त्रण्डा सहयोग पुऱ्याउँछन् । योगाभ्यासमा प्राणायाम, आसन र आराम गर्नेतरिका सिकाइन्छ भने ध्यानमा कुनै एक कुरामा ध्यान केन्द्रित गरिन्छ । अनुलोमविलोम, भस्त्रिका, कापलभाति जस्ताप्राणायाम र भुजङ्गासन, मर्कटासन, धनुरासन, बज्रासन आदि आसन उपयोगी मानिएका छन् । ध्यान तथा योगाभ्यासगर्नाले निम्नलिखित फाइदा हुन्छन्ः ध्यान तथा योगभ्यासले कुनै वस्तु वा विचारमा ध्यान केन्द्रित गर्ने समता बढाउछ, शारीरिक तथा मानिस सचेतना बढाउछ, चिन्ता, रिस जस्ता नकारात्मक संवेगलां कम गराउँछ । दिमागलाई सान्त बनाइ स्मरणशक्ति बढाउँछ, अनुसासित र नम्रबनाउँछ आत्मबोध गर्ने क्षमता बढाउँछ, श्वासप्रश्वास प्रक्रियालाई सामान्यीकरण गरी एकनास बनाउँछ । अक्सिजनकोअधिकतम उपयोग गराउँछ, शरीरलाई बढी लचकदार बनाउछ, शरीरको कक्षमता बढाउछ । त्यसैले किशोरावस्थामासंवेग नियन्त्रणका लागि योगाभ्यास धेरै महत्वपूर्ण छClass 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us by Messaging us on Social…
Class 12 Social एकाइ ३ पाठ ५  Notes

Class 12 Social एकाइ ३ पाठ ५ Notes

   एकाइ ३  पाठ ५   १. तलका प्रश्नको अति छोटो उत्तर दिनुहोस् : (क) आत्मबोध भनेको केहो? उत्तरः आत्मबोध भन्नाले आफैमा ध्यान दिए आफ्ना विचार, भावना तथा कार्यहरू आफ्ना आन्तरिक मूल्य मान्यताहरूसँगमिल्दा छन कि छैनन मूल्याङ्कन गर्नु भन्ने बुझिन्छ । आत्मबोध गर्नसक्ने व्यक्तिले अरूहरुले हेर्ने दृष्टिकोणबाट आफूलाईहेरेर आफ्ना विचार, भावना र कार्यहरूको उचित मुल्याङ्कन गर्छ । त्यसका आधारमा आफ्ना संवेगहरूलाई नियन्त्रण गर्न रतिनीहरूलाई आफ्ना मूल्यमान्यतासँग मिल्ने गरी समायोजन गर्न सक्छ । (ख) आत्मबोधको महत्व दुई बुँदामा लेख्नुहोस् । उत्तरः आत्मबोध नभएको व्यक्ति कुनै पनि समुह, संस्था वा सङ्गठनको असल नेतृत्वकर्ता हुन सक्दैनन् । असल नेतृत्वकर्ताबन्नका लागि आत्मबोध गर्न आवश्यकता छ । आत्मबोधको महत्व निम्न अनुसार छन् । ·      आफूले के के राम्ररी गर्न सकिन्छ र के के सुधार गर्न आवश्यक·      आफ्नो विचार र कार्यलाई आफ्नो आर्दशसँग मिलाएर खुसी जीवन जिउनु·      आफ्ना संवेग पहिचान गर्नु तथा आफूलाई कम मन पर्ने कामहरू कम गरी तनाव कम गर्नु  (ग) आत्ममूल्याङ्कन भन्नाले के बुझिन्छ, लेख्नुहोस् । उत्तरः आफ्ना व्यक्तिगत कार्य र तिनको परिमाणलाई व्यवस्थित रुपले अवलोकन र विश्लेषण गरेर तिनलाई मूल्य दिनेप्रक्रिया नै आत्ममूल्याङ्कन हो । यो प्रायः औपचारिक रुपमा गरिने भएकाले लिखित रुपमा नै गर्ने चलन छ । यसलाईव्यक्तिगत तथा संस्थागत रूपले गर्न सकिन्छ । यसमा व्यक्तिलाई संस्थाको स्थापित लक्ष्य प्राप्तिमा उसको सफलत, कार्यदक्षता र कार्यसम्पादनको स्तर निर्धारण गर्न लगाइन्छ आत्ममूल्याङ्कन व्यक्तिका लागि आफ्ना कमकमजोरी थाहापाउने तथा तिनलाई सुधार गर्ने महत्वपूर्ण अवसर हो । यसका लागि व्यक्तिमा आत्ममूल्याङ्कन गर्ने सपिस वा दक्षताहुनुपर्छ । (घ) आत्मबोधका तरिकाहरूबारे छोटकरीमा लेख्नुहोस् । उत्तरः व्यक्तिले आफूमा आत्मबोध सिप विकास तथा अभ्यास गर्नाका लागि मुख्य रूपमा निम्न लिखित उपायहरूअपनाउन सकिन्छ । ध्यान गर्ने योगाभ्यास तथा ध्यान गर्ने गर्दा मानिसले आफैले मूल्याङ्कन गर्ने मौका पाउँछ। ध्यानकोसमयमा मेरो लक्ष्य के हो ? के मेरा क्रियाकलाप मेरो लक्ष्य प्राप्तिमा सहयोगी छन् । जस्ता प्रश्नहरूमा आफ्नोमस्तिष्कलाई केन्द्रित गर्नुपर्छ । दैनिक रुपमा केही समय ध्यान गर्ने वा एकान्तमा बस्ने गर्दा आत्मबोध गर्न सजिलो हुन्छ । लेख्ने: आफ्ना मुख्य मुख्य योजनाहरू र प्राथमिकताहरू एउटा डायरीमा लेख्ने तथा समय समयमा त्यसलाई समीक्षा गर्नेगर्नाले आफ्ना सरल पक्ष र कमजोरी पक्ष पत्ता लगाउन सकिन्छ । त्यस्तै डायरीमा लेख्ने गर्दा आफ्ना योजनाबारे आफैसचेत हुन सकिन्छ । मनोमापन परीक्षण गर्ने: आफ्नो आत्मबोधको स्तर नाप्नकालागि सङ्ख्यात्मक तर्फ र शाब्दिक तर्क जस्ता मनोमापनपरीक्षण गराउँदा आफ्नो आत्मबोधको स्तर पत्ता लगाई सुधार गर्ने मौका पाइन्छ ।विश्वासिलो साथीहरूलाई सोध्ने: आफ्ना सबै कमीकमजोरीहरू आफैले पता लगाउन गाह्रो हुन्छ । यस्तो अवस्थामाआफ्ना विश्वासिलो साथीहरू तथा आफूभन्दा वरिष्ट व्यक्तिबाट पृष्ठपोषण लिनुपर्छ । (ङ) आत्ममूल्याङ्कनको महत्व कुनै पाँच बुँदामा लेख्नुहोस् । उत्तरः आत्ममुल्याङ्कन गर्नाले व्यक्ति तथा संस्था दुवैलाई फाइदा हुन्छ। यसले व्यक्तिका कमीकमजोरी पत्ता लगाईतिनलाई सुधार गर्ने भएकाले व्यक्तिको कार्यसम्पादन वृद्धि हुन्छ । यसले संस्थाको लक्ष्य प्राप्तिमा बल पुग्दछ ।आत्ममूल्याङ्कनका महत्वहरू निम्न अनुसार रेहका छन् । ·      व्यक्तिलाई आफूलाई मूल्याङ्कन गर्ने व्यक्ति आफै भएको अनुभूति गराउन·      आफ्नो अनुगमन आफै गर्ने भएकाले उच्च मनोबलका साथ कार्य गराउन·      व्यक्तिको कार्यदक्षतामा सुधार गर्ने·      संस्थाका कर्मचारी विच एकआपसबाट सिक्न बानीको विकास गर्न·      सामूहिक कार्यप्रति उत्प्रेरणा जगाउन·      कामदार / कर्मचारी आफैले नयाँ विधि तथा प्रविधिको खोजी प्रयोग गर्न (च) आत्ममूल्याङ्कनले व्यक्तित्व विकासमा कसरी सहयोग पुयाउँछ ? उत्तरः आत्ममूल्याङ्कनले व्यक्तित्व विकासमा निम्न तरिकाबाटसहयोग पुयाउँछ । ·      आफ्नो अनुगमन आफै गर्ने भएकाले उच्च मनोबलका साथ कार्य गराउन सहयोग पुयाउछ जसले गर्दा व्यक्तित्वविकासमा सहयोग पुऱ्याउँछ ।  ·      संस्थाका कर्मचारीविच एक आपसबाट सिक्ने बानीको विकास गर्न सहयोग पुऱ्याउँछ जसले गर्दा पनि व्यक्तित्वविकासमा सहयोग पुग्छ ।·      आफैले नयाँ विधि तथा प्रविधिको खोजी गर्छ जसले गर्दा व्यक्तित्व विकासमा सहयोग पुयाउँछ ।·      आफ्ना कमीकमजोरीहरूप्रति कठोर भएर सत्य पत्ता लगाउन आत्ममूल्याङ्कनले सहयोग पुयाउँछ ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us by Messaging us on…
Class 12 Social एकाइ ३ पाठ ४ Notes

Class 12 Social एकाइ ३ पाठ ४ Notes

   एकाइ ३  पाठ ४   १. तलका प्रश्नको उत्तर दिनुहोस्(क) समानुभूतिको अर्थ के हो ? उत्तरः समानुभूति शब्द सम र अनुभूति दुई शब्द मिलेर बनेको छ । यसमा यसको अर्थ बराबर र अनुभूतिको अर्थ अनुभववा महसुस गर्न भन्ने हुन्छ । त्यसैले समानुभूति भन्नाले अरुले भोगिरहेका संवेगात्मक अनुभवलाई पहिचान गर्ने, बुझ्ने र सोमहसुस गरी आफूले पनि त्यस्तै संवेगात्मक अनुभव वा अनुभूति गर्ने क्षमता बुझिन्छ । (ख) समानुभूति सिपको कुनै दुई फाइदा लेख्नुहोस् । उत्तर: सहानुभूति सिपका फाइदाहरु यस प्रकार छन् :  ·      सहानुभूति सिप भएका मानिस बाल्यकाल तथा वयस्क दुवै अवस्थामा समाजमा मिलनसार हुने भएकालेसाथीहरूबिचमा तथा समाजमा सबैको प्रिय हुन्छन् ।·      समानुभूति सिपले कार्यस्थलमा पनि सकारात्मक प्रभाव पार्छ । यसले श्रमिक तथा व्यवस्थापक दुवैको कार्यप्रभावकारी रुपमा सम्पादन गर्न सहयोग गर्छ ।·      परिवारका सदस्यहरू तथा दम्पतीबिच एक आपसमा समानुभूति भएमा वैवाहिक जीवन सुखी सफल हुन्छ । (ग) संज्ञानात्मक समानुभूतिका कुनै दुई उदाहरण दिनुहोस् । उत्तरः संज्ञानातमक सहानुभूति भनेको अरुको संवेगात्मक अनुभवलाई पहिचान गरी बुझ्ने क्षमता हो कैको अनुहार हेरेर ऊदुःखी छ कि खुसी छ भनी थाहा पाउनु संज्ञानात्मक सहानुभूति हो । कसैको अनुहारमा आएको खुसी, हासो देखि उ खुसीछ, रमाएको छ भनी थाहा पाउनु संज्ञानात्मक अनुभूति हो । (घ) समानुभूतिका कुनै दुई तत्व उल्लेख गर्नुहोस् । उत्तरः सहानुभूतिका मूल तत्वहरू अमेरीकि लेखक Dariel Goleman का अनुसार सहानुभूतिक (मुख्य तत्व यस प्रकारछन् ।)  अरूलाई बुझ्नु: अधिकांश मानिसहरूले अरुलाई बुझ्नु नै समयानुभूति भन्ने बुझेका हुन्छन् । यस अवस्थामा मानिसहलेअरुका कुरा तथा गैरशाब्दिक सञ्चार (Nor-verbal communi cation) मा ध्यान दिएर सुन्ने/हेर्ने, उनीहरुकादृष्टिकोण बुझ्ने, त्यसमा आफ्नै संवेदनशीलता देखाउने र उनीहरूका अनुभूति र आवश्यकता अनुसार सहयोग गर्ने कार्यमासक्षम हुन्छन् ।  अरूलाई विकसित पार्नु: अरूलाई विकास गर्ने भन्नाले अरुको आवश्यकता र चासो अनुसार कार्य गर्ने र उनीहरूकासम्भाव्यतालाई पूर्ण विकास गर्ने बुझिन्छ ।यस्ता सिप भएका मानिसले अरुका कार्यका अनुगमन गरी सहयोग गर्ने उपलब्धि तथा समक्षमतामा प्रशंसा गर्ने, सुधारकालागि रचनात्मक सुझाव दिने तथा उनीहरूका विकासका लागि उपयुक्त काम (Assignments) गर्ने दिने गर्छन् । सेवाभाव राख्नु: सेवाभाव राख्ने भन्नाले आफ्ना सेवाग्राही वा सहयोग पेटीहरूको आवश्यकतालाई पहिलोप्राथमिकतामा राख्ने, उनीहरूप्रति इमान्दार रहने र उनीहरूको सन्तुष्टिका लागी उपायहरू खोज्ने बुझिन्छ। यस्तामानिसहरूले आफ्ना सेवाग्राही वा सहयाग पेक्षीहरूको आवश्यकता राम्ररी बुझेर ती आवश्यकता पुरा गर्ने प्रयास गर्छन्यसो गर्दा उनीहरूप्रति सेवाग्रही वा सहयोगापेक्षीको विश्वास बढ्छ र दुवै पक्षविचको सम्बन्ध बलियो र लामो समयसम्मटिकाइ हुन्छ । (ङ) समानुभूतिका तत्वको सूची बनाई कुनै दुईको परिचय दिनुहोस् । उत्तरः समानुभूति शब्द सम र अनुभूति दुई शब्द मिलेर बनेको छ । यसका मुल तत्वहरू यस प्रकार रहेका छन् । ·      अरुलाई बुझ्नु·      सेवाभाव राख्नु·      अरूलाई विकसित पार्नु·      राजनीतिक सचेतना·      विविधताको उपयोग गर्नु  अरुलाई बुझ्नु: अधिकांश मानिसहरूले अरुलाई बुझ्नु नै समयानुभूति भन्ने बुझेका हुन्छन् । यस अवस्थामा मानिसहलेअरुका कुरा तथा गैरशाब्दिक सञ्चार (Nor-verbal communi cation) मा ध्यान दिएर सुन्ने / हेर्ने, उनीहरुकादृष्टिकोण बुझ्ने, त्यसमा आफ्नै संवेदनशीलता देखाउने र उनीहरूका अनुभूति र आवश्यकताअनुसार सहयोग गर्ने कार्यमासक्षम हुन्छन् । अरूलाई विकसित पार्नु: अरूलाई विकास गर्ने भन्नाले अरुको आवश्यकता र चासोअनुसार कार्य गर्ने र उनीहरूकासम्भाव्यतालाई पूर्ण विकास गर्ने बुझिन्छ यस्ता सिप भएका मानिसले अरुका कार्यका अनुगमन गरी सहयोग गर्नेउपलब्धि तथा समक्षमतामा प्रशंसा गर्ने, सुधारका लागि रचनात्मक सुझाव दिने तथा उनीहरूका विकासका लागिउपयुक्त काम (Assignments) गर्ने दिने गर्छन् । (च) संवेगात्मक समानुभूति र दयालु समानुभूतिको उदाहरणसहित परिचय दिनुहोस् । उत्तरः संवेगात्मक समानुभूति: अरूको संवेगात्मक अनुभव देखेर आफूले पनि त्यस्तै अनुभूति गर्नु नै संवेगात्मक सहानुभूति हो ।यसमा अरूको संवेग जस्तो छ, आफूले पनि त्यस्तै संगेव अनुभव गरिन्छ । सिनेमामा कुनै पात्रले दुःख पाएको देखेर रुनुवा हिरोले पिट्दा ताली बजाउनु संवेगात्मक सहानुभूति हो । दयालु समानुभूति: अरूको संवेगात्मक अनुभूति आफूले पनि अनुभव गरेर त्यस अनुभवमा आवश्यकताअनुसार सहयोग वासहभागी हुनु दयालु समानुभूति हो । एउटा स्थानमा बढि वा पहिलो जाँदा अरु स्थानका मानिसले दुःख अनुभव गरी त्यसस्थानका मानिसहरूलाई सहयोग गर्नु दयालु समानुभूति हो । (छ) समानुभूति सिप विकास गर्न अवलम्बन गर्न सकिने कुनै पाँच उपाय उल्लेख गर्नुहोस् । उत्तरः समानुभूति सिप विकास गर्नका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ। समानुभूति सिप विकास गर्न अबलम्बनगर्न सकिने उपायहरू यस प्रकार छन् : ·      अन्य व्यक्तिहरूका बारेमा उत्सुक रहने उनीहरूका विचार, चासो संस्कृति आदि बारेमा जानकारी राख्ने |·      नयाँ नयाँ मानिसहरूसँग अन्तरक्रिया गर्ने, नयाँ नया ठाउ भ्रमण गर्ने ।·      आफ्ना बानीव्यवहारबारे परिवार, साथी तथा। सहकर्मीहरूबाट पृष्ठपोषण लिइरहने । त्यसरी प्राप्त पृष्ठपोषणअनुसार आफूलाई परिवर्तन गर्ने ।·      कुराकानी गर्दा अरूलाई सम्मान गर्ने उनीहरूको कुरा सुन्ने र समानुपूर्वक आफ्नो विचार, सुझाव आदि राख्ने,·      कुनै सामाजिक संस्था वा परियोजनामा सरिक हुने ।·      कथा, उपन्यास, समाचार लगायतका साहित्य आदि कुराहरू पढ्ने बानी बसाल्ने ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us…
Class 12 Social एकाइ ३   पाठ ३    Notes

Class 12 Social एकाइ ३ पाठ ३ Notes

  एकाइ ३  पाठ ३   १. तलका प्रश्नको अति छोटो उत्तर दिनुहोस्:(क) सिर्जनात्मक चिन्तन भनेको हो? उत्तरः कुनै पनि परिस्थिति वा परिदृश्यमा नयाँ विकल्पहरू सोच्नु र त्यसलाई वास्तविकतामा बदल्नु नै सिर्जनात्मक चिन्तनहो । (ख) सिर्जनात्मक चिन्तन गर्ने व्यक्तिसँग हुने कुनै दुई विशेषताहरू लेख्नुहोस् । उत्तर: सिर्जनात्मक चिन्तनका विशेषताहरू ·      जिज्ञासु र खुलापनलाई बढावा दिन्छु ।·      व्यक्तिलाई सिकाइ र सिर्जनाप्रति अभिरुचि जगाई खुसी र आनन्दित तुल्याउँछ ।·      सिर्जनात्मक चिन्तन प्रक्रियाको तयारी चरणमा कुनै सिर्जनात्मक यात्राको सुरुवात यसका लागि तयारी गरेर गरिन्छ। यस चरणमा आवश्यक सामग्री व्यवस्था गरिन्छ । त्यस्तै अनुसन्धान, मस्तिष्क मन्थन आदि गरेर आफूलाईलागेका बसै विकल्पहरू विचार गरिन्छ । अन्तमा आफ्नो ज्ञान र अनुभवका आधारमा एउटा योजना तयार गरिन्छ । (ग) सिर्जनात्मक चिन्तनको तयारी चरणमा के गरिन्छ ? उत्तरः सबै सिर्जनात्मक चिन्तन भएका मानिसका आआफ्नै सोच्ने तरिका र प्रक्रियाहरू हुन्छन् । कुनै सिर्जनात्मक यात्राकोसुरुआत यसका लागि तयारी गरेर गरिन्छ । यस चरणमा आवश्यक सामग्री व्यवस्था गरिन्छ । त्यस्तै अनुसन्धान, मस्तिष्कमन्थन आदि गरेर आफूलाई लागेका सबै विकल्पहरू विचार गरिन्छ । अन्तमा आफ्नो ज्ञान र अनुभवका आधारमा एउटायोजना तयार गरिन्छ । (घ) सिर्जनात्मक चिन्तनको अभ्यास गर्दा हुने एक फाइदा लेख्नुहोस् । उत्तरः सिर्जनात्मक चिन्तनका फाइदाहरू निम्नानुसार छन्: ·      यसले मानसिक लचकतामा वृद्धि गर्छ । विभिन्न विकल्पहरूमा विचार गर्ने गराउँछ ।·      समस्याहरूको बहुआयामिक समाधान पत्ता लगाउन सहयोग गर्छ ।·      सिर्जनात्मक चिन्तनको पर्याप्त अभ्यासपछि कार्यस्थलमा आउने विभिन्न चुनौतीहरूसँग लड्ने तथा तीचुनौतीहरूलाई अवसरमा परिणत गर्ने क्षमता विकास हुन्छ ।·      सिर्जनात्मक चिन्तनको अभ्यास गरेपछि कुनै पनि समस्या, विचार वा अवधारणाको विभिन्न पक्षहरू देख्ने बानीकोविकास हुन्छ । एउटै कुराको पनि विभिन्न पक्षहरूको अध्ययनले विभिन्न सत्यको साक्षात्कार गराउँछ । (ङ) सिर्जनात्मक चिन्तनका कुनै पाँच विशेषताहरूको सूची बनाउनुहोस् । उत्तर: सिर्जनात्मक चिन्तनका कुनै पाँच विशेषताहरूको सूची·      जिज्ञासु र खुलापनलाई बढावा दिन्छ ।·      व्यक्तिलाई सिकाइ र सिर्जनाप्रति अभिरुचि जगाइ खुसी र आनन्दित तुल्याउँछ ।·      सोचाइ र चिन्तनमा विविधता ल्याउँछ ।·      व्यक्तिको जोखिम बहन गर्ने क्षमता वृद्धि गर्ने ।·      काममा नवप्रवर्तन हटाउन मदत गर्छ । (च) सिर्जनात्मक चिन्तन प्रक्रियाका पाँच चरणको छोटो परिचय दिनुहोस् । उत्तरः सबै सिर्जनात्मक चिन्तन भएका मानिसका आआफ्नै सोच्ने तरिका र प्रक्रियाहरू हुन्छन् । यपि ती सबैले मुख्यतःतलका पाँच चरणमा कार्य गर्छन् । यी चरणमा एकपछि अर्को गर्दै नविन विचार, वस्तु वा अवधारणा सिर्जना हुन पुग्दछन्। (अ) तयारी चरण: कुनै सिर्जनात्मक यात्राको सुरुआत यसका लागि तयारी गरेर गरिन्छ । यस चरणमा आवश्यक सामग्रीव्यवस्था गरिन्छ । त्यस्तै अनुसन्धान, मस्तिष्क मन्थन आदि गरेर आफूलाई लागेका सबै विकल्पहरू विचार गरिन्छ ।अन्तमा आफ्नो ज्ञान र अनुभवका आधारमा एउटा योजना तयार गरिन्छ। (आ) विकास चरण: कुनै सिर्जनात्मक यात्राको तयारी सकेपछि केही समय त्यो योजनालाई परिपक्क हुन समय दिइन्छयस समयमा सिर्जनाकार अर्को काम गर्दै समय बिताउँछ । यसै विचमा त्यो योजना सिर्जनाकारको दिमागमा विकासभइरहेको हुन्छ । (इ) पूर्दाप्ति चरण: यस चरणलाई अन्तदृष्टि चरण पनि भनिन्छ । सिर्जनाकारको दिमागमा आश्चर्यजनक रुपमा एकाएकनवीन विचार आउँछ । तयार गरेको योजना र समस्या समाधानविचको सम्बन्ध स्पष्ट हुन्छ । (ई) मूल्याङ्कन चरण: यस चरणमा उपलब्ध ज्ञान र अनुभवका आधारमा योजना अनुसारको नविन विचारले काम गर्छ वागर्दैन भनेर मूल्याङ्कन वा अनुसन्धान गरिन्छ । कुनै कुनै अवस्थामा त क्षेत्रमा गएर अनुसन्धान नै गर्नुपर्ने पनि हुन्छ ।(उ) प्रमाणीकरण चरण: यस चरणमा निकै कडा परिश्रम गरी नविन विचारलाई अन्तिम रुप दिइन्छ । सिर्जनाकारकोदिमागमा भएको सिर्जनाले वास्तविक रुपमा प्रकट हुने मौका पाउँछ । सिर्जित वस्तु, विचार वा अवधारणालाई अन्यव्यक्तिहरू समक्ष पेय गरिन्छ ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us by Messaging us on Social Media.Social…
Class 12 Social एकाइ ३   पाठ २    Notes

Class 12 Social एकाइ ३ पाठ २ Notes

   एकाइ ३  पाठ २   १. तलका प्रश्नको उत्तर दिनुहोस्:(क) समालोचनात्मक चिन्तन भनेको के हो? उत्तरः समालोचना शब्द सम र अलोचना दुई शब्दहरू मिलेर बनेको छ । यसरी हेर्दा कुनै विषयवस्तु वा कराको राम्रा तथानराम्रा पक्षहरूको निष्पक्षताका साथ मूल्याङ्कन गर्ने कार्य समालोचनात्मक चिन्तन हो । विभिन्न विचारबिचको तार्किकसम्बन्ध बुझेर स्पष्ट र तर्कसङ्गत सोच्न सक्ने क्षमता नै समालोचनात्क चिन्तन हो । (ख) समालोचनात्मक चिन्तनअन्तर्गतका सिपहरूमध्ये तपाइँलाई कुन सबैभन्दा महइभ्वपूर्ण लाग्छ? एक कारणदिनुहोस् । उत्तरः समालोचनात्मक चिन्तन अन्तर्गतका सिपहरूमध्ये मलाई सबैभन्दा महत्वपूर्ण विश्लेषण सिप लाग्छ, किनभने कुनैघटना, समस्या वा मुद्धासँग सम्बन्धित सूचना र तथ्याङ्क सङ्कलन गर्ने र तिनीहरूलाई शोधन गर्ने तथा त्यसको प्रभाव वानतिजाबारे विचार गर्ने सिप नै विश्लेषण सिप हो । उदाहरणका लागि १० कक्षापछि के विषय पढ्ने भन्ने समस्या छ भनेकुन विषय पढ्दा के राम्रो हुन्छ ? त्यसका लागि स्रोत साधन के के चाहिन्छ भन्नेबारे सूचना तथा तथ्याङ्क सङ्कलन गरेरतिनीहरूको प्रभाव अनुमान गर्न सकिन्छ । (ग) आत्मआलोचनालाई परिभाषित गर्नुहोस् । उत्तर: आफ्ना सबल पक्ष र कमजोर पक्ष पहिचान गर्न तथा भविष्यमा कमजोर सच्चाई आफूलाई सबल र सफल बनाउनसहयोग गर्छ । त्यस्तै यसले आफ्ना सबल पक्ष र कमजोर पक्ष केलाएर आफ्नो कमजोरी महसुस गरी कमजोर पक्षलाईस्वीकार गरी त्यसलाई सुधार गर्ने कार्यलाई आत्मआलोचना भनिन्छ ।  (घ) आत्मआलोचना र स्वरूपान्तरणबिच के सम्बन्ध छ? छोटकरीमा लेख्नुहोस् । उत्तर: आफ्ना सबल पक्ष र कमजोर पक्ष केलाएर आफ्नो कमजोर पक्षलाई स्वीकार गरी त्यसलाई सुधार गर्ने कार्यलाईआत्मआलोचना भनिन्छ भने आत्मआलोचना गरेर मात्र मानिसले सफलता प्राप्त गर्न सक्दैन । त्यसका लागि त आफ्नोकमजोरीलार्य हटाई आफू परिवर्तन हुनुपर्छ । आफूमा सुधार गर्न आवश्यक विचार कार्य र व्यवहारमा आफै परिवर्तनल्याउनु नै स्वरूपान्तरण हो । (ङ) समालोचनात्मक चिन्तनको महइत्वलाई पाँच बुँदामा लेख्नुहोस् । उत्तरः समालोचनात्मक चिन्तनको महत्व: ·      कुनै मुद्धा वा समस्याको वास्तविक निष्कर्षमा पुग्न·      परिस्थिति अनुकूलका विभिन्न सिद्धान्त, परिभाषा कानुन लगायतका कुराहरू निश्चित गर्न·      व्यक्तिगत पक्षथरता, पूर्वाग्रहलगायतका निष्कर्षमा प्रभाव पार्ने तत्वहरूलाई हटाई उचित निष्कर्ष निकाल्न·      सान्दर्भिक तथ्य, प्रमाण र अनुभवहरूलाई समेटी असान्दर्भिक कुराहरू हटाउन कुन कुरा सर्वस्वीकार्य हो र कुनकुराका लागि प्रमाण आवश्यक छ भन्ने कुराको बोध गर्न ।  (च) समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरूको सूची बनाउनुहोस् । उत्तर: समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरू निम्न छन्:  (अ) विश्लेषण सिप: कुनै घटना, समस्या वा मुद्धासँग सम्बन्धित सूचना र तथ्याङ्क सङ्कलन गर्ने र तिनीहरूलाई प्रशोधनगर्ने तथा त्यसको प्रभाव वा नतिजाबारे विचार गर्ने सिप नै विश्लेषण सिप हो । (आ) अर्थ निर्माण सिप: सङ्क्रलित तथा प्रशोधित सूचना र तथ्याङ्कबाट अर्थ निकाल्ने क्षमता नै अर्थ निर्माण सिप हो । (इ) निष्कर्ष अनुमान गर्ने सिप: उपलब्ध ज्ञान पर्याप्त र विश्वसनीय छ छैन मूल्याङ्कन गरी त्यसबाट प्राप्त हुने नतिजाअनुमान गर्ने सिप नै निष्कर्ष अनुमान सिप हो । (ई) व्याख्या गर्ने सिप: सिप लगाइएका कुरा र तर्कलाई स्पष्टसँग अरुलार्य बुझाउन सक्ने क्षमतालाई व्याख्या सिपभनिन्छ । (उ) आत्मनियमन सिप: आफ्नो सोच्ने तरिका ठिक छ कि छैन भनेर निरन्तर अनुगमन र नियमन गर्नुपर्छ। यस्तो नियमनगर्ने क्षमता नै आत्मनियमन सिप हो । (ऊ) खुला सोचाइ सिप: आफ्नो विचार मात्र ठिक भन्ने भावनाबाट मुक्त भइ अरु सबैको विचार भावना, चासोआदिप्रति पर्याप्त ध्यान दिने सिप नै खुला सोचाइ सिप हो । (ए) समस्या समाधान सिप: समालोचनात्मक चिन्तनका क्रममा अप्रत्यासित रुपमा आइलाग्ने समस्याहरूलाईबुद्धिमतापूर्ण ढङ्गले समाधान गरी विभिन्न प्रकारका द्वन्द्वलाई व्यवस्थापन गर्ने क्षमतालार्य समस्या समाधान सिप भनिन्छ । (छ) आत्मआलोचनाले व्यक्तिलाई कमजोर हैन सबल बनाउँछ? यस भनाइलाई पुष्टि गर्नुहोस् ।उत्तरः आत्मआलोचनाले व्यक्तिलाई कमजोर हैन सबल बनाउँछ किनभने आत्मआलोचना सिपले आफ्ना बसल पक्ष रकमजोर पक्ष पहिचान गर्न तथा भविष्यमा कमजोरी सच्याई आफूलाई सबल र सफल बनाउन सहयोग गर्छ । त्यस्तैयसले व्यक्तिलाई अरुको दृष्टिकोणबाट आफ्नो व्यवहारको समीक्षा गर्न सिकाउने भएकाले आत्मसचेतनाको पनिविकास गराउँछ । यसले व्यक्तिलाई समस्याको जरासम्म पुग्न र त्यसको समाधान पत्ता लगाउन सक्षम बनाउँछ ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us by Messaging us on Social…
Class 12 Social एकाइ ३ पाठ १ Notes

Class 12 Social एकाइ ३ पाठ १ Notes

  एकाइ ३  पाठ १  १. तलका प्रश्नको उत्तर दिनुहोस्:(क) जीवनोपयोगी सिप विद्यालय शिक्षा औपचारिक रूपमा कहिलेदेखि सुरु भएको हो? उत्तरः जीवनोपयोगी शिक्षाको अवधकारणा सन् १९६५ तिर नै विकास भएको हो सन् १९८६ मा Ottoblo charter for Health promotion ले यसलाई असल स्वास्थ्य छनोट गर्नका लागि आवश्यक मनी स्वीकार गरेको थियो । सन् १९८३मा बाल अधिकार महासन्धिले जीवनोपयोगी शिक्षा बालबालिकाको चौतफी विकास गर्नका लागि निर्देशित हुनुपर्नेउल्लेख गरेको थियो । यसको औपचारिक सुरुवात भने सन् १९९० मा थाइल्याण्डको जोमटेन सहरमा शिक्षासम्बन्धीअन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । त्यस सम्मेलनले सबैका लागि शिक्षा घोषणा गर्यो । उक्त घोषणामा बाँच्न, क्षमताविकास गर्न र गुणस्तरीय जीवनका लागि जीवनोपयोगी सिपलाई पनि समावेश गयो त्यसपछि सन् १९९८ को अप्रिल ६२७ मा विश्व स्वास्थ्य सङ्गठनको कार्यालय जेनेभामा जीवनोपयोगी सिप शिक्षासँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीयनिकायहरूको बैठक बसि जीवनोपयोगी सिपहरूको कार्य ढाँचा तयार गरे र २००० मा सेनेगलको राजधानी डकारमाभएको 'सबैका लागि शिक्षा को सम्मेलनले जीवनोपयोगी सिपलाई व्यवस्थित रूपमा मावेश गर्यो । (ख) समस्या समाधान सिप जीवनोपयोगी सिपको कुन समूहमा पर्छ ? उत्तरः समस्या समाधान सिप जिवनोपयोगी सिपको सोचाइ सिपमा पर्छ । सोचाइ सिपले व्यक्तिलाई आफ्नोदिमागलाई ठिक तरिकाले परिचालन गर्न सघाउँछन् । (ग) विश्व स्वास्थ्य सङ्गठनका अनुसार जीवनोपयोगी सिपहरूलाई कति समूहमा वर्गीकरण गरिएको छ? छोटकरीमाउल्लेख गरी कुनै एक समूहमा पर्ने सिपहरूको सूची बनाउनुहोस् । उत्तरः विश्व स्वास्थ्य सङ्गठनका अनुसार जीवनोपयोगी सिपहरूलाई तिन भागमा वर्गीकरण गरिएको छ । आत्मबोध सिपअन्तरवैयक्तिक सिप र सोचाइ सिपहरू गरी तिन समूहमा वर्गीकरण गरिएको छ । आत्मबोध सिपहरूमा व्यक्तिले आफ्नोजीवनलाई व्यवस्थित बनाउन चाहिने सिपहरू पर्छन । यसमा तनाव व्यवस्थापन, संवेगात्मक नियमन, सकारात्मक सोच रआत्मसम्मान गरी चारओय सिपहरूलाई समावेश गरिएको छ । (घ) जीवनोपयोगी सिप सिक्नाले हुने फाइदालाई पाँच बुँदामा उल्लेख गर्नुहोस् । उत्तरः जीवनोपयोगी सिप सिक्नाले हुने फाइदाहरूलाई यस प्रकार छन् : ·      जीवनोपयोगी सिपले व्यक्तिको आफ्नो जीवनलाई व्यवस्थित बनाउन सहयोग गर्छ ।·      समाजमा सफ र सहज जीवन जिउन सक्षम बनाउँछ ।·      व्यक्तिलाई आफ्नो दिमागलाई ठिक तरिकाले परिचालन गर्न सघाउँछन् ।·      लक्ष्य निर्धारण, निर्णय निर्माण, समस्या समाधान गर्न सक्षम बनाउछ ।·      समालोचनाका तथा सिर्जनात्मक सोच, कार्यसम्पादन, उत्थानशीलतामा सक्षम बनाउछ । Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us by Messaging us…
Class 12 Social एकाइ २  पाठ ९    Notes

Class 12 Social एकाइ २ पाठ ९ Notes

  एकाइ २ पाठ ९   १. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :(क) प्राविधिक शब्दको छोटो परिचय दिनुहोस् । उत्तरः प्राविधिक भनेको टेक्निकल लिखित व्याख्याको एक विशेष रूप हो अनुसन्धानको प्रस्तावना तथा प्रतिवेदनमाप्रयोग गरिएका प्राविधिक शब्दहरूको परिभाषा उल्लेख गर्नुपर्छ । यस्ता शब्दहरूको सूचीलाई साहित्य पुनरावलोकनभित्रराख्न सकिन्छ । (ख) पादटिप्पणी तथा अन्त्य टिप्पणीमा के फरक छ ? उत्तर: कुनै विषयवस्तुलाई थप जानकारी दिन वा प्रतिलिपि अधिकारसम्बन्धी जानकारी दिन पृष्ठको तल दिइनेविवरणलाई पादटिप्पणी भनिन्छ । यसका लागि मूलपाठमा भएका शब्दको पछाडि Superscript मा अङ्क दिइन्छ भनेत्यही अङ्क पृष्ठको तलमा लेखी त्यसको पछाडि आवश्यक विवरण लेखिन्छ। त्यस्तै विषयवस्तुबारे थप जानकारी दिनप्रस्तावना, प्रतिवेदन वा लेखरचनाको अन्तमा दिइने विवरणलाई अन्त्य विवरण टिप्पणी (Endnote) भनिन्छ । यसकालागि मूलपाठमा भएका शब्दको पछाडि Superscript मा रोमन अङ्क (i, ii, iii .......) दिइन्छ भने त्यही रोमन अकलेखरचनाको सन्दर्भसूची पछि लेखी त्यसको पछाडि आवश्यक विवरण लेखिन्छ । (ग) छोटो रूपको सूचीको परिचय दिई यसलाई तयार गर्दा ध्यान दिनुपर्ने कुनै तीन कुराहरू लेख्नुहोस् । उत्तरः अनुसन्धानको प्रस्तावना प्रतिवेदन तथा लेखरचनामा शब्दावलीहरू पटक पटक दोहोरिन्छन् तिनै धेरै दोहारिनेशब्दावलीको छोटो रूप (AbbreviatioNO प्रयोग गर्नुपर्ने हुन्छ । त्यही छोटो रूपको शब्दावलीलाई छोटो रूपको सूचीभनिन्छ छोटो रूपको प्रयोग गर्दा पहिलो पटक पूरा रूप र त्यसको छापडि कोष्ठमा छोटो रूप राखिन्छ । जस्तै: पाठ्यक्रमविकास केन्द्र (पाविके), निर्वाचन आयोग (निआ), त्रिभुवन विश्वविद्यालय (त्रिवि) आदि । त्यसपछि भने छोटो बचतहुनाका साथै लेखको लम्बाइ पनि छोटो बनाउँछ । यसको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू : ·      छोटो रूपको प्रयोग गर्दा पहिलो पटक पूरा रूप र त्यसको पछाडि कोष्ठमा छोटो रूप लेख्ने । त्यसपछि भने छोटोरूप मात्र प्रयोग गर्ने । ·      लामो खालका लेखरचना जस्तै अनुसन्धानको प्रस्तावना प्रतिवेदन आदिमा छोटो रूपको छुट्टै सूची राख्नुपर्छ ।यस्तो सूचीलाई तालिकाहरूको सूची (Table of Tables) र चित्रहरूको सूची (Table of figures) छन् भनेयी दुवै भन्दा पछाडि र यिनीहरू नभएको अवस्थामा विषयसूची (Table of contents) पनि राख्ने गरिन्छ । ·      अङ्ग्रेजी तथा नेपाली दुवै भाषामा छोटो रूप प्रयोग गरेको भए पहिला एउटा भाषाको सूची बनाइसकेपछि मात्रअर्को भाषाको छोटो रूप सूची बनाउनुपर्छ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please…