Class 12 Social एकाइ ३   पाठ २    Notes

Class 12 Social एकाइ ३ पाठ २ Notes

   एकाइ ३  पाठ २   १. तलका प्रश्नको उत्तर दिनुहोस्:(क) समालोचनात्मक चिन्तन भनेको के हो? उत्तरः समालोचना शब्द सम र अलोचना दुई शब्दहरू मिलेर बनेको छ । यसरी हेर्दा कुनै विषयवस्तु वा कराको राम्रा तथानराम्रा पक्षहरूको निष्पक्षताका साथ मूल्याङ्कन गर्ने कार्य समालोचनात्मक चिन्तन हो । विभिन्न विचारबिचको तार्किकसम्बन्ध बुझेर स्पष्ट र तर्कसङ्गत सोच्न सक्ने क्षमता नै समालोचनात्क चिन्तन हो । (ख) समालोचनात्मक चिन्तनअन्तर्गतका सिपहरूमध्ये तपाइँलाई कुन सबैभन्दा महइभ्वपूर्ण लाग्छ? एक कारणदिनुहोस् । उत्तरः समालोचनात्मक चिन्तन अन्तर्गतका सिपहरूमध्ये मलाई सबैभन्दा महत्वपूर्ण विश्लेषण सिप लाग्छ, किनभने कुनैघटना, समस्या वा मुद्धासँग सम्बन्धित सूचना र तथ्याङ्क सङ्कलन गर्ने र तिनीहरूलाई शोधन गर्ने तथा त्यसको प्रभाव वानतिजाबारे विचार गर्ने सिप नै विश्लेषण सिप हो । उदाहरणका लागि १० कक्षापछि के विषय पढ्ने भन्ने समस्या छ भनेकुन विषय पढ्दा के राम्रो हुन्छ ? त्यसका लागि स्रोत साधन के के चाहिन्छ भन्नेबारे सूचना तथा तथ्याङ्क सङ्कलन गरेरतिनीहरूको प्रभाव अनुमान गर्न सकिन्छ । (ग) आत्मआलोचनालाई परिभाषित गर्नुहोस् । उत्तर: आफ्ना सबल पक्ष र कमजोर पक्ष पहिचान गर्न तथा भविष्यमा कमजोर सच्चाई आफूलाई सबल र सफल बनाउनसहयोग गर्छ । त्यस्तै यसले आफ्ना सबल पक्ष र कमजोर पक्ष केलाएर आफ्नो कमजोरी महसुस गरी कमजोर पक्षलाईस्वीकार गरी त्यसलाई सुधार गर्ने कार्यलाई आत्मआलोचना भनिन्छ ।  (घ) आत्मआलोचना र स्वरूपान्तरणबिच के सम्बन्ध छ? छोटकरीमा लेख्नुहोस् । उत्तर: आफ्ना सबल पक्ष र कमजोर पक्ष केलाएर आफ्नो कमजोर पक्षलाई स्वीकार गरी त्यसलाई सुधार गर्ने कार्यलाईआत्मआलोचना भनिन्छ भने आत्मआलोचना गरेर मात्र मानिसले सफलता प्राप्त गर्न सक्दैन । त्यसका लागि त आफ्नोकमजोरीलार्य हटाई आफू परिवर्तन हुनुपर्छ । आफूमा सुधार गर्न आवश्यक विचार कार्य र व्यवहारमा आफै परिवर्तनल्याउनु नै स्वरूपान्तरण हो । (ङ) समालोचनात्मक चिन्तनको महइत्वलाई पाँच बुँदामा लेख्नुहोस् । उत्तरः समालोचनात्मक चिन्तनको महत्व: ·      कुनै मुद्धा वा समस्याको वास्तविक निष्कर्षमा पुग्न·      परिस्थिति अनुकूलका विभिन्न सिद्धान्त, परिभाषा कानुन लगायतका कुराहरू निश्चित गर्न·      व्यक्तिगत पक्षथरता, पूर्वाग्रहलगायतका निष्कर्षमा प्रभाव पार्ने तत्वहरूलाई हटाई उचित निष्कर्ष निकाल्न·      सान्दर्भिक तथ्य, प्रमाण र अनुभवहरूलाई समेटी असान्दर्भिक कुराहरू हटाउन कुन कुरा सर्वस्वीकार्य हो र कुनकुराका लागि प्रमाण आवश्यक छ भन्ने कुराको बोध गर्न ।  (च) समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरूको सूची बनाउनुहोस् । उत्तर: समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरू निम्न छन्:  (अ) विश्लेषण सिप: कुनै घटना, समस्या वा मुद्धासँग सम्बन्धित सूचना र तथ्याङ्क सङ्कलन गर्ने र तिनीहरूलाई प्रशोधनगर्ने तथा त्यसको प्रभाव वा नतिजाबारे विचार गर्ने सिप नै विश्लेषण सिप हो । (आ) अर्थ निर्माण सिप: सङ्क्रलित तथा प्रशोधित सूचना र तथ्याङ्कबाट अर्थ निकाल्ने क्षमता नै अर्थ निर्माण सिप हो । (इ) निष्कर्ष अनुमान गर्ने सिप: उपलब्ध ज्ञान पर्याप्त र विश्वसनीय छ छैन मूल्याङ्कन गरी त्यसबाट प्राप्त हुने नतिजाअनुमान गर्ने सिप नै निष्कर्ष अनुमान सिप हो । (ई) व्याख्या गर्ने सिप: सिप लगाइएका कुरा र तर्कलाई स्पष्टसँग अरुलार्य बुझाउन सक्ने क्षमतालाई व्याख्या सिपभनिन्छ । (उ) आत्मनियमन सिप: आफ्नो सोच्ने तरिका ठिक छ कि छैन भनेर निरन्तर अनुगमन र नियमन गर्नुपर्छ। यस्तो नियमनगर्ने क्षमता नै आत्मनियमन सिप हो । (ऊ) खुला सोचाइ सिप: आफ्नो विचार मात्र ठिक भन्ने भावनाबाट मुक्त भइ अरु सबैको विचार भावना, चासोआदिप्रति पर्याप्त ध्यान दिने सिप नै खुला सोचाइ सिप हो । (ए) समस्या समाधान सिप: समालोचनात्मक चिन्तनका क्रममा अप्रत्यासित रुपमा आइलाग्ने समस्याहरूलाईबुद्धिमतापूर्ण ढङ्गले समाधान गरी विभिन्न प्रकारका द्वन्द्वलाई व्यवस्थापन गर्ने क्षमतालार्य समस्या समाधान सिप भनिन्छ । (छ) आत्मआलोचनाले व्यक्तिलाई कमजोर हैन सबल बनाउँछ? यस भनाइलाई पुष्टि गर्नुहोस् ।उत्तरः आत्मआलोचनाले व्यक्तिलाई कमजोर हैन सबल बनाउँछ किनभने आत्मआलोचना सिपले आफ्ना बसल पक्ष रकमजोर पक्ष पहिचान गर्न तथा भविष्यमा कमजोरी सच्याई आफूलाई सबल र सफल बनाउन सहयोग गर्छ । त्यस्तैयसले व्यक्तिलाई अरुको दृष्टिकोणबाट आफ्नो व्यवहारको समीक्षा गर्न सिकाउने भएकाले आत्मसचेतनाको पनिविकास गराउँछ । यसले व्यक्तिलाई समस्याको जरासम्म पुग्न र त्यसको समाधान पत्ता लगाउन सक्षम बनाउँछ ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us by Messaging us on Social…
Class 12 Social एकाइ ३ पाठ १ Notes

Class 12 Social एकाइ ३ पाठ १ Notes

  एकाइ ३  पाठ १  १. तलका प्रश्नको उत्तर दिनुहोस्:(क) जीवनोपयोगी सिप विद्यालय शिक्षा औपचारिक रूपमा कहिलेदेखि सुरु भएको हो? उत्तरः जीवनोपयोगी शिक्षाको अवधकारणा सन् १९६५ तिर नै विकास भएको हो सन् १९८६ मा Ottoblo charter for Health promotion ले यसलाई असल स्वास्थ्य छनोट गर्नका लागि आवश्यक मनी स्वीकार गरेको थियो । सन् १९८३मा बाल अधिकार महासन्धिले जीवनोपयोगी शिक्षा बालबालिकाको चौतफी विकास गर्नका लागि निर्देशित हुनुपर्नेउल्लेख गरेको थियो । यसको औपचारिक सुरुवात भने सन् १९९० मा थाइल्याण्डको जोमटेन सहरमा शिक्षासम्बन्धीअन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । त्यस सम्मेलनले सबैका लागि शिक्षा घोषणा गर्यो । उक्त घोषणामा बाँच्न, क्षमताविकास गर्न र गुणस्तरीय जीवनका लागि जीवनोपयोगी सिपलाई पनि समावेश गयो त्यसपछि सन् १९९८ को अप्रिल ६२७ मा विश्व स्वास्थ्य सङ्गठनको कार्यालय जेनेभामा जीवनोपयोगी सिप शिक्षासँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीयनिकायहरूको बैठक बसि जीवनोपयोगी सिपहरूको कार्य ढाँचा तयार गरे र २००० मा सेनेगलको राजधानी डकारमाभएको 'सबैका लागि शिक्षा को सम्मेलनले जीवनोपयोगी सिपलाई व्यवस्थित रूपमा मावेश गर्यो । (ख) समस्या समाधान सिप जीवनोपयोगी सिपको कुन समूहमा पर्छ ? उत्तरः समस्या समाधान सिप जिवनोपयोगी सिपको सोचाइ सिपमा पर्छ । सोचाइ सिपले व्यक्तिलाई आफ्नोदिमागलाई ठिक तरिकाले परिचालन गर्न सघाउँछन् । (ग) विश्व स्वास्थ्य सङ्गठनका अनुसार जीवनोपयोगी सिपहरूलाई कति समूहमा वर्गीकरण गरिएको छ? छोटकरीमाउल्लेख गरी कुनै एक समूहमा पर्ने सिपहरूको सूची बनाउनुहोस् । उत्तरः विश्व स्वास्थ्य सङ्गठनका अनुसार जीवनोपयोगी सिपहरूलाई तिन भागमा वर्गीकरण गरिएको छ । आत्मबोध सिपअन्तरवैयक्तिक सिप र सोचाइ सिपहरू गरी तिन समूहमा वर्गीकरण गरिएको छ । आत्मबोध सिपहरूमा व्यक्तिले आफ्नोजीवनलाई व्यवस्थित बनाउन चाहिने सिपहरू पर्छन । यसमा तनाव व्यवस्थापन, संवेगात्मक नियमन, सकारात्मक सोच रआत्मसम्मान गरी चारओय सिपहरूलाई समावेश गरिएको छ । (घ) जीवनोपयोगी सिप सिक्नाले हुने फाइदालाई पाँच बुँदामा उल्लेख गर्नुहोस् । उत्तरः जीवनोपयोगी सिप सिक्नाले हुने फाइदाहरूलाई यस प्रकार छन् : ·      जीवनोपयोगी सिपले व्यक्तिको आफ्नो जीवनलाई व्यवस्थित बनाउन सहयोग गर्छ ।·      समाजमा सफ र सहज जीवन जिउन सक्षम बनाउँछ ।·      व्यक्तिलाई आफ्नो दिमागलाई ठिक तरिकाले परिचालन गर्न सघाउँछन् ।·      लक्ष्य निर्धारण, निर्णय निर्माण, समस्या समाधान गर्न सक्षम बनाउछ ।·      समालोचनाका तथा सिर्जनात्मक सोच, कार्यसम्पादन, उत्थानशीलतामा सक्षम बनाउछ । Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us by Messaging us…
Class 12 Social एकाइ २  पाठ ९    Notes

Class 12 Social एकाइ २ पाठ ९ Notes

  एकाइ २ पाठ ९   १. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :(क) प्राविधिक शब्दको छोटो परिचय दिनुहोस् । उत्तरः प्राविधिक भनेको टेक्निकल लिखित व्याख्याको एक विशेष रूप हो अनुसन्धानको प्रस्तावना तथा प्रतिवेदनमाप्रयोग गरिएका प्राविधिक शब्दहरूको परिभाषा उल्लेख गर्नुपर्छ । यस्ता शब्दहरूको सूचीलाई साहित्य पुनरावलोकनभित्रराख्न सकिन्छ । (ख) पादटिप्पणी तथा अन्त्य टिप्पणीमा के फरक छ ? उत्तर: कुनै विषयवस्तुलाई थप जानकारी दिन वा प्रतिलिपि अधिकारसम्बन्धी जानकारी दिन पृष्ठको तल दिइनेविवरणलाई पादटिप्पणी भनिन्छ । यसका लागि मूलपाठमा भएका शब्दको पछाडि Superscript मा अङ्क दिइन्छ भनेत्यही अङ्क पृष्ठको तलमा लेखी त्यसको पछाडि आवश्यक विवरण लेखिन्छ। त्यस्तै विषयवस्तुबारे थप जानकारी दिनप्रस्तावना, प्रतिवेदन वा लेखरचनाको अन्तमा दिइने विवरणलाई अन्त्य विवरण टिप्पणी (Endnote) भनिन्छ । यसकालागि मूलपाठमा भएका शब्दको पछाडि Superscript मा रोमन अङ्क (i, ii, iii .......) दिइन्छ भने त्यही रोमन अकलेखरचनाको सन्दर्भसूची पछि लेखी त्यसको पछाडि आवश्यक विवरण लेखिन्छ । (ग) छोटो रूपको सूचीको परिचय दिई यसलाई तयार गर्दा ध्यान दिनुपर्ने कुनै तीन कुराहरू लेख्नुहोस् । उत्तरः अनुसन्धानको प्रस्तावना प्रतिवेदन तथा लेखरचनामा शब्दावलीहरू पटक पटक दोहोरिन्छन् तिनै धेरै दोहारिनेशब्दावलीको छोटो रूप (AbbreviatioNO प्रयोग गर्नुपर्ने हुन्छ । त्यही छोटो रूपको शब्दावलीलाई छोटो रूपको सूचीभनिन्छ छोटो रूपको प्रयोग गर्दा पहिलो पटक पूरा रूप र त्यसको छापडि कोष्ठमा छोटो रूप राखिन्छ । जस्तै: पाठ्यक्रमविकास केन्द्र (पाविके), निर्वाचन आयोग (निआ), त्रिभुवन विश्वविद्यालय (त्रिवि) आदि । त्यसपछि भने छोटो बचतहुनाका साथै लेखको लम्बाइ पनि छोटो बनाउँछ । यसको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू : ·      छोटो रूपको प्रयोग गर्दा पहिलो पटक पूरा रूप र त्यसको पछाडि कोष्ठमा छोटो रूप लेख्ने । त्यसपछि भने छोटोरूप मात्र प्रयोग गर्ने । ·      लामो खालका लेखरचना जस्तै अनुसन्धानको प्रस्तावना प्रतिवेदन आदिमा छोटो रूपको छुट्टै सूची राख्नुपर्छ ।यस्तो सूचीलाई तालिकाहरूको सूची (Table of Tables) र चित्रहरूको सूची (Table of figures) छन् भनेयी दुवै भन्दा पछाडि र यिनीहरू नभएको अवस्थामा विषयसूची (Table of contents) पनि राख्ने गरिन्छ । ·      अङ्ग्रेजी तथा नेपाली दुवै भाषामा छोटो रूप प्रयोग गरेको भए पहिला एउटा भाषाको सूची बनाइसकेपछि मात्रअर्को भाषाको छोटो रूप सूची बनाउनुपर्छ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please…
Class 12 Social एकाइ २  पाठ ८   Notes

Class 12 Social एकाइ २ पाठ ८ Notes

  एकाइ २ पाठ ८   १. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :(क) माइक्रोसफ्ट एक्सेलको छोटो परिचय दिनुहोस् । उत्तर: माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) एक स्पिडसिट (Spreadsheet) मा आधारित सफ्टवेयरकोयसलाई Windows, Macos Android and IOS जस्ता अपरेटिङ सिस्टमका लागि Microsoft कम्पनिलेविकसित गरेको हो । यसलाई परिमाणात्मक तथ्याङ्क प्रशोधन गर्न र विश्लेषण गर्न प्रयोग गरिन्छ । (ख) मध्यक भनेको के हो? उत्तरः मध्यक भनेको तथ्याङ्कको औसत (Average) हो । मध्यकलाई .... / X [जहाँ x = तथ्य (Value) र तथ्य(Value) को सङ्ख्या सूत्र प्रयोग गरेर पनि निकाल्न सकिन्छ । (ग) स्तरीय भिन्नताले के मापन गर्छ ? उत्तरः तथ्याङ्कको सेटभित्र तथ्यहरू (Value) मध्यकवाट कति टाढा वा नजिक छन् भन्ने मापन गर्ने सूचकाङ्कलाई नै स्तरीयभिन्नता (Standard Deriation) भनिन्छ। यसलाई निम्नलिखित सूत्र प्रयोग गरी निकालिन सकिन्छ :S = …….S = स्तरीय भिन्नता (Standard deviation)……… = को योगफल (sum of ......)X = प्रत्येक तथ्य (Each value)X = मध्यक (Mean)n= तथ्यको सङ्ख्या (No. of value)  (घ) माइक्रोसफ्ट एक्सेल प्रयोग गरी मध्यिका निकाल्ने तरिका लेख्नुहोस् । उत्तर: मध्यिका (Median) भनेको परिमाणका आधारमा क्रममा मिलाएको तथ्याङ्कलाई ठिक दुई भागमा विभाजन गर्नेतथ्य हो। मध्यक गणनाका लागि सूत्र प्रयोग गरेर निकाल्न सकिन्छ । त्यसै Microsoft Excel मा तथ्याङ्कलाई प्रविष्टगरेपछि तलका चरणहरू अनुसार मध्यिका निकाल्न सकिन्छ : ·      आवश्यक भएको Cell मा क्लिक गर्नुहोस् ।·      त्यसपछि बराबर चिह्न (=) टाइप गर्नुहोस् ।·      अब MEDIAN टाइप गर्नुहोस् । त्यसपछि सानो कोष्ट सुरु गरी तथ्याङ्क भएका Cell हरू Select : गर्नुहोस् रकोष्ठ बन्द गर्नुहोस्। (त्यसको सट्टा Formulas Bar मा गएर More Functions भित्र गई Statistical माजानुहोस् । त्यसपछि Median मा क्लिक गर्नुहोस्)·      अब Enter key थिच्नुहोस् । छनोट गरिएको तथ्याङ्कको·      मध्यिका देखिन्छ । (ङ) मानिसले आफैले गणना गर्नुभन्दा कम्प्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन र विश्लेषण गर्दा के केफाइदा हुन्छ ? कम्तीमा पाँच बुँदामा लेख्नुहोस् । उत्तरः मानिसले आफैले गणना गर्नुभन्दा कम्प्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन र विश्लेषण गर्दा हुने फाइदाहरूयसप्रकार छन् : ·      कम्प्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन गर्दा समयको बचत हुन्छ ।·      गणक गर्न लाग्ने प्रतिनिधि कम लाग्छ ।·      डाटा यक्युरेट निस्किन्छ ।·      छिटो छरितो र भरपर्दो हुन्छ ।·      कम्प्युटर सफ्टवेयरले परिमाणात्मक तथा गुणात्मक दुवै प्रकारका तथ्याङ्क प्रशोधन र विश्लेषण गर्न सहयोगपुऱ्याउँछ ।Class 12…
Class 12 Social एकाइ २  पाठ ७    Notes

Class 12 Social एकाइ २ पाठ ७ Notes

  एकाइ २ पाठ ७   १. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्(क) तथ्याङ्क तयारी भनेको के हो ? उत्तरः तथ्याङ्कलाई सफाई तथा व्यवस्थित गर्ने अनावश्यक तथा त्रुटियुक्त तथ्याङ्कलाई हटाउने साथै सङ्कास्पद तथ्याङ्कलाईपुर्नपुष्टि गर्ने चरणलाई तथ्याङ्क तयारी भनिन्छ । विभिन्न उत्तरदाता वा स्रोतबाट प्राप्त तथ्याङ्क तथा सूचनालाई तालिका, सूची आदिमा प्रस्तुत गरी तथ्याङ्क प्रशोधनका लागि तयार पारिन्छ । (ख) तथ्याङ्क विश्लेषण चरणलाई किन सबैभन्दा महइभ्वपूर्ण चरण भनिएको हो ? उत्तरः तथ्याङ्क प्रशोधनबाट आएका नतिजाहरूको विश्लेषण गरी त्यसको अर्थ निकाल्ने कार्य यस चरणमा गरिन्छ ।तथ्याङ्कको नतिजा आफैले मात्र केही अर्थ दिन सक्दैन, तसर्थ तिनीहरूको अर्थ र अनुसन्धान प्रश्नहरूसँग तिनीहरूकोसम्बन्धमा आधारमा नै अनुसन्धानको निष्कर्ष निकालिने भएकाले अनुसन्धानकर्ताले अत्यन्त चनाखो भएर विश्लेषणगर्नुपर्छ । यसबाट प्राप्त निष्कर्षका आधारमा योजना निर्माण लगायतका कार्यहरू गरिन्छ त्यसैले यस चरणलार्य एकदममहत्वपूर्ण चरण मानिएको हो । (ग) कुनै दुई गुणात्मक तथ्याङ्क प्रशोधन गर्ने कम्प्युटर सफ्टवेयरको नाम उल्लेख गर्नुहोस् । उत्तरः गुणात्मक तथ्याङ्क प्रशोधन गर्ने कम्प्युटर सफ्टवेयर ·      ATLAS. ti·      Nvivo (घ) शाब्दिक प्रस्तुतीकरण भनेको के हो ? उत्तरः जानकारीलाई शब्द, वाक्य तथा अनुच्छेदमा गरिने प्रस्तुतिकरणलाई शाब्दिक प्रस्तुतिकरण भनिन्छ । यस प्रकारकोप्रस्तुतीकरणमा लेखकले जानकारीहरूलाई व्याख्या गर्न पुष्टि गर्नु र निष्कर्ष निकाल्न सक्ने भएकाले यो नै बढी प्रचलितछ । (ङ) तथ्याङ्क सङ्कलनपछि गर्नुपर्ने कार्यहरू अफ महत्वपूर्ण हुन्छन् । यस भनाइलाई तर्कसहित पुष्टि गर्नुहोस् । उत्तरः तथ्याङ्क सङ्कलनपछि गर्नुपर्ने कार्यहरू अफ महत्त्वपूर्ण हुन्छन् किनभने अनुसन्धान वा खोजका क्रममा सूचना तथातथ्याङ्क सङ्कलन गरेर मात्र पुग्दैन यसरी सङ्कलन गरिएका सूचना तथा तथ्याङ्क सबै आफ्नो अनुसन्धानमा काम लाग्दैनन्।त्यसैले प्राप्त गरिएका सूचना तथा तथ्याङ्कलार्य सर्वप्रथम तयारी गरिन्छ । त्यसपछि प्रशोधन गरिन्छ । प्रशोधनपछिविश्लेषण गरि अनुसन्धान प्रश्नहरूको जवाफ निकालिन्छ । सबैकार्य सकिएपछि तथ्याङ्क भण्डारन गरिन्छ । अन्तमालक्षित समूहलाई तथ्याङ्कबारे जानकारी दिनका लागि विभिन्न माध्यमबाट प्रस्तुतीकरण गरिन्छ । (च) शाब्दिक प्रस्तुतीकरणलाई प्रभावकारी बनाउने कुनै पाँच उपायहरू उल्लेख गर्नुहोस् । उत्तरः शाब्दिक प्रस्तुतीकरणलाई प्रभावकारी बनाउने पाँच उपायहरू निम्न छन् : लक्षित पाठकको दक्षता, आवश्यकता र चासोलाई ध्यानमा राखेर उनीहरूले सजिलोसँग बुझ्न सक्ने भाषा स्तर प्रयोगगरी उनीहरूको चासो हुने जानकारीलाई बढी प्रकाश पार्ने लेखकको आफ्ना भावना तथा पक्षधरता देखाउने शब्द वाभाषा प्रयोग नगर्ने तथ्याङ्क तथा सङ्ख्या र प्रतिशतहरू प्रस्तुत गर्दा गल्ती हुनसक्ने भएकाले तिनीहरूलाई पुनरवलोकनगरी गल्ती भए सच्याउने धेरै लामो व्याख्या वा वर्णनले पाठकलाई मुख्य कुरा बुझ्न कठिन पार्नसक्ने भएकाले सकभरसरिक व्याख्या गर्ने एउटै बुँदालाई पटक पटक दोहो-याउदा पाठकलाई दिक्क लाग्दो हुने भएकाले यसो नगर्ने । (छ) चित्रात्मक प्रस्तुतीकरणका कुनै पाँच प्रकारहरू उल्लेख गरी प्रत्येकको एक एक फाइदा उल्लेख गर्नुहोस् । उत्तरः जानकारीलाई चित्र, चार्ट, ग्राफ आदि दृश्य माध्यममा गरिने प्रस्तुतिकरणलाई चित्रात्मक प्रस्तुतिकरण भनिन्छ।यसका प्रकारहरू यस प्रकार छन् ।१. चार्ट (क) फलोचार्ट(ख) सङ्गठन चार्ट(ग) वृत्तचित्र २. ग्राफ (क) स्तम्भचित्र(ख) रेखाचित्र ३. तालिका चार्ट :- चार्ट शब्दले विभिन्न प्रकारका चित्रात्मक प्रस्तुतीकरण समेट्छ । यसमा फलोचार्ट, सङ्गठन चार्ट, चित्रात्मक चार्टवृत्तचित्र, वृक्षचित्र, नक्सा, मेनचित्र आदिलाई पर्छन् । यसले शाब्दिक प्रस्तुतिकरणले भन्दा कम स्थान र समयमा धेरैजानकारी प्रस्तुत गर्न सक्दछ । ग्राफ :- ग्राफ पनि एक किसिमको चार्ट नै हो । यसमा परिमाणात्मक तथ्याङ्कलाई देखाइने भएकाले यसमा रेखाकोलम्बाइ वा उचाइ ग्राफको क्षेत्रफलले समेत तथ्याङ्कको परिमाणलाई प्रतिनिधित्व गर्छन् । माइक्रोसफ्ट एक्से लगायतकापरिमाणात्मक तथ्याङ्क विश्लेषण गर्ने सफरवेयरहरूमा यस्ता ग्राफहरू सजिलै तयार गर्न सकिन्छ। तालिका :- ठूला परिमाणात्मक तथ्याङ्कलाई शाब्दिक रुपमा प्रस्तुत गर्दा बुझ्न पनि कठिन र प्रस्तुती पनि लामो हुन्छ ।त्यस्तै ती तथ्याङ्कशास्त्रीय गणना गर्न वा तुलना गर्न पनि मिल्दैन । त्यसकारण यस्ता तथ्याङ्कलाई तालिाकामा प्रस्तुतगरिन्छ ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us by Messaging us on Social…
Class 12 Social एकाइ २  पाठ ६  Notes

Class 12 Social एकाइ २ पाठ ६ Notes

  एकाइ २ पाठ ६  १. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्ः(क) तथ्याङ्क सङ्कलन विधि भनेको के हो ? उत्तरः खोज वा अनुसन्धानका प्रश्नहरूको समाधान गर्नका लागि सान्दर्भिक विशिष्ट जानकारी प्राप्त गर्ने एक व्यवस्थितप्रक्रिया नै तथ्याङ्क सङ्कलन विधि हो । सङ्कलित तथ्याङ्कलार्य व्यवस्थापन, प्रशोधन र विश्लेषण गरी अनुसन्धानकाप्रश्नहरूको जवाफ निकालिन्छ । (ख) प्रश्नावली किन सबैभन्दा प्रचलित साधन हो ? उत्तरः प्रश्नावलीलाई सर्वेक्षण प्रश्नावली पनि भनिन्छ। यसमा आवश्यक सूचना प्राप्त गर्ने गरी प्रश्नहरूको सूची तयारगरी उत्तरदातासमक्ष प्रस्तुत गरी उत्तर सङ्कलन गरिन्छ । प्रश्नावली सबैभन्दा प्रचलित साधन हो । यो साधनाबाट धेरैव्यक्तिहरूबाट कम समय र स्रोतसाधन प्रयोग गरी तथ्याङ्क सङ्कलन गर्न सकिन्छ । (ग) अन्तर्वार्ता मार्गदर्शन भनेको के हो ? उत्तरः अन्तर्वार्ताकारले उत्तरदातालाई सोध्ने प्रश्नहरू वा सोसम्बन्धी टिपोटलाई नै अन्तर्वार्ता मार्ग दर्शन भनिन्छ । संरचितअन्तर्वार्तामा प्रश्नावलीलार्य नै अन्तर्वार्ता मार्गदर्शन रुपमा प्रयोग गरिन्छ । (घ) भिडियो अनुप्रयोगलाई तथ्याङ्क सङ्कलनमा कसरी प्रयोग गर्न सकिन्छ ? एक उदाहरण दिनुहोस् । उत्तरः भिडियो अनुप्रयोगहरू जस्तै Gmail, google form, Social Network Zoom, microsoft Teams, Google Meet cisco Webex अरू समूहमा भिडियो कल गर्न प्रयोग गरिन्छ । जसबाट सभासम्मेलन गर्न, अनलाइनकक्षा सञ्चालन गर्न जस्ता औपचारिक तथा समूहमा कुराकानी गर्न जस्ता अनौपचारिक कार्यका लागि विकास गरिएकाहुन् यद्यपि खोज अनुसन्धानमा तथ्याङ्क सङ्कलन गर्न अन्तर्वार्ता लिन छलफल गर्न प्रयोग गरि तथ्याङ्क सङ्कलन गर्न सकिन्छ। जस्तै कुनै एउटा टाउको तथ्याङ्क सङ्कलनको लागि धन्ययनभिायक भन्ने अनुप्रयोग डाउनलोड गरि त्यसमा प्रश्नावलीतयार गरि इमेल वा अन्य सञ्चार साधनमार्फत उत्तरुदाता समक्ष पठाउन सकिन्छ (ङ) सामाजिक अध्ययन विषयमा तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्न सकिने कुनै चारओटय साधनहरूको नाम लेखीकुनै दुईको छोटो परिचय दिनुहोस् । उत्तर: सामाजिक अध्ययन विषयमा तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्न सकिने चार विधिहरू निम्न छन् : १. प्रश्नावली२. अन्तर्वार्ता मार्गदर्शन३. अवलोकन मार्गदर्शन४. रुजुसूची १. प्रश्नावली : प्रश्नावलीलाई सर्वेक्षण प्रश्नावली पनि भनिन्छ । यसमा आवश्यक सूचना प्राप्त गर्ने गरी प्रश्नहरूकोसूची तयार गरी उत्तरदाता समक्ष प्रस्तुत गरी उत्तर सङ्कलन गरिन्छ। यसरी तयार गरिएका प्रश्नहरू मौखिक, लिखित वाइमेलमार्फत उत्तरदातासँग सोधी उत्तर प्राप्त गर्न सकिन्छ। २. अन्तर्वार्ता मार्गदर्शन : अन्तर्वार्ताले उत्तरदातालाई सोध्ने प्रश्नहरू वा सोसम्बन्धी टिपोटलाई नै अन्तर्वार्ता मार्गदर्शनभनिन्छ । संरचित अन्तर्वार्तामा प्रश्नावलीलार्य नै अन्तर्वार्ता मार्गदर्शन रुपमा प्रयोग गरिन्छ भने अर्धसंरचित र असंरचितअन्तर्वार्तामा अन्तर्वार्ताकारले आफूले आवश्यक ठानेका मुख्य मुख्य प्रश्नहरू वा प्रश्न सोध्ने मुख्य विषयवस्तु टिपेरअन्तर्वार्ता मार्गदर्शन तयार पार्छ । (च) अध्ययन अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्ने विधि तथा साधनहरू छनोट गर्दा के के कुराहरूमा ध्यानदिनुपर्छ ? पाँच बुँदामा लेख्नुहोस् । उत्तर : अध्ययन अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्ने विधि तथा साधनाहरू छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू १. अनुसन्धानकर्ताले तथ्याङ्क सङ्कलन गर्नुभन्दा पहिले कुलकस्तो तथ्याङ्क सङ्कलन गर्ने, कसरी सङ्कलन गर्ने कसलेसङ्कलन गर्ने र कहिले सङ्कलन गर्ने कुरामा निश्चित हुने । २. अनुसन्धानको प्रकार अनुसन्धानकर्ताको आवश्यकता,उद्देश्य र दक्षता, तथ्याङ्कका प्रकार, परिस्थिति स्रोत रसाधनको उपलब्धता आदिलाई ध्यानमा राख्ने । ३. एउटै खोज वा अनुसन्धानमा एकभन्दा बढी साधनहरू प्रयोगगरी तथ्याङ्क सङ्कलन गर्ने । ४. समय सान्दर्भिक विशिष्ट जानकारी प्राप्त तथ्यहरूको खोजगर्ने । ५. प्रश्न सोध्द्धा कसैको व्यक्तिगत वा सामूहिक भावनामा चोटनपर्ने गरी सरल भाषामा सोध्ने ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please…
Class 12 Social एकाइ २  पाठ ५    Notes

Class 12 Social एकाइ २ पाठ ५ Notes

 एकाइ २ पाठ ५   १. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :(क) समस्या पहिचान भनेको के हो ? उत्तरः समस्या पहिचान भन्नाले कुनै पनि सामाजिक समस्या, सामाजिक घटना वा अध्ययन गर्न आवश्यक र उपयुक्त कुनैअवधारणा पहिचान गर्नु भन्ने बुझिन्छ । हाम्रो समाजमा यस्ता अनगिन्ती समस्या, घटना र अवधारणा रहेका छन् ।हामीले समस्या निर्माण गर्दा ती समस्याहरू प्राजिक रुपले अनुसन्धान गर्न आवश्यक र उपयुक्त छन् कि छैनन् भनेर यकिनगर्नुपर्छ । (ख) समस्या पहिचान गर्दा के के कुरामा ध्यान पुयाउनुपर्छ ? उत्तरः समस्या निर्माण पहिचान गर्दा ती समस्याहरू प्राज्ञिक रुपले अनुसन्धान गर्न आवश्यक र उपयुक्त छन् कि छैनन् भनेरयकिन गर्नुपर्छ । अनुन्धान गर्ने समस्या बिल्कुलै नयाँ हुनुपर्छ । अरु कसैले पहिले नै गरेको कार्य हुबहु दोहोरिनु हुँदैन ।पहिले नै गरिएको कार्यलाई दोहोयाउनुपर्ने भएमा अध्ययन विधि, समय र परिस्थितिमध्ये कुनै वा सबै फरक गर्नुपर्नेकुराहरूमा ध्यान दिनुपर्छ । (ग) परिमाणात्मक अध्ययन पद्धति भनेको कस्तो विधि हो ? उत्तरः प्राप्ताङ्क, तौल, उमेर आदिसङ्ख्यामा सूचनाहरू सङ्कलन हुने र विश्लेषण गर्दा तथ्याङ्कशास्त्रीय विधिहरू प्रयोग गरिनेअनुसन्धान विधिलाई परिमाणात्मक अध्ययन पद्धति भनिन्छ। परिमाणात्मक अनुसन्धानमा सबैभन्दा प्रचलिन विधिसर्वेक्षण हो । (घ) क्षेत्र अवलोकन भनेको कस्तो विधि हो ? उत्तरः अवलोकन कुनै व्यक्ति, संस्था वा प्रक्रियालाई लामो समयसम्म हेरेर तथ्याङ्क सङ्कलन गर्ने विधिलाई अवलोकनभनिन्छ भने अवलोकनकर्ता आफै उक्त प्रक्रियामा सहभागी भएर तथ्याङ्क सङ्कलन गर्ने विधिलाई क्षेत्र अवलोकन भनिन्छ । (ङ) तपाईंको विद्यालय वा समुदायमा अनुसन्धान गर्न सकिने कुनै दुई समस्याहरू पहिचान गर्नुहोस् । ती समस्याहरूकिन अनुसन्धान गर्न आवश्यक र उपयुक्त छन् ? कारण दिनुहोस् । उत्तरः हाम्रो विद्यालयमा अनुसन्धान गर्न सकिने समस्याहरू पहिलो विद्यार्थीले बिच मैं कक्षा छाडेर पढ्ने छाड्ने दोस्रो मातृभाषाका कारण नेपाली भाषामा पढ्न पढाउन अप्ठेरो हुनु । यि समस्याहरू प्राय धेरै सामुदायिक विद्यालयहरूमा देखिन्छन्अभिभावकमा चेतना र शिक्षाको कमिको कारण छोराछोरीलाई नियमित विद्यालय नपढाउने, छोराछोरिको भविष्यकोबारेमा चिन्तित नहुने जस्ता कारणले नियमित पठनपाठनमा छोराछोरीलाई पढाइरहेका हुँदैनन् । अशिक्ष, गरिबि घर देखिविद्यालयको दुरि धेरै टाढा जसता कारणले पनि विद्यार्थीहरू बिचमै पठनपाठन छाडेर बस्ने गरेको पाइन्छ । त्यसैलेविद्यार्थीहरूलाई नियमित शिक्षामा ध्यान दिन, प्रोत्साहन गर्न र विद्यार्थी मैत्री वातावरण विद्यालयमा उपलब्ध गराइविद्यार्थीलाई शिक्षाबाट वञ्चित हुनबाट रोक्न यो समस्याको अनुसन्धान गर्न आवश्यक छ । त्यस्तै भाषाको समस्या प्रायमधेशी क्षेत्र, आदिवासी जनजातिले अध्ययन गर्ने क्षेत्रमा बढी देखिन्छ। भाषाको समस्याका कारण विद्यार्थीले पढाएकोनबुझ्ने, अलमल पर्ने, जति माथि गए पनि सिकाइ उपलब्धि नहुने साथै शिक्षकलाई पनि पढाएको कुरा बुझाउन नसक्नुजस्ता धेरै समस्याहरू आयरहेका छन्। त्यसैले विद्यार्थी मैत्री सिकाइको उपलब्धताको लागि यि समस्याको अनुसन्धानगर्न जरुरी छ । (च) परिमाणात्मक, गुणात्मक र मिश्रित अध्ययन पद्धति बिच के फरक छ ? एउटा तालिकामा देखाउनुहोस् । उत्तर:परिमाणात्मक:- (१) परिमाणात्मक अध्ययन पद्धति प्राप्ताङ्क, तौल, उमेर आदि सङ्ख्यामा सूचनाहरू सङ्कलन हुने र विश्लेषण गर्दातथ्याङ्कशास्त्रीय विधिहरू प्रयोग गरिने अनुसन्धान विधिलाई परिमाणात्मक पद्धति भनिन्छ । (२) परिमाणात्मक अध्ययन पद्धतिमा सबैभन्दा प्रचलित विधि सर्वेक्षण हो । यस्तै यसको अर्को विधि डिजाइन विधि पनिहो । गुणात्मक:- (१) गुणात्मक यदि मानिसको भावना विचार, व्यवहार जस्ता कुराहरूका सूचनाहरू लने हो भने ती सूचना सङ्ख्यामाउल्लेख गर्न सकिनन । यस्तो खाले अनुसन्धान गर्ने पद्धतिलाई गुणात्मक पद्धति भनिन्छ । (२) गुणात्मक अध्ययन पद्धतिको महत्त्वपूर्ण विधि भनेको अन्तर्वार्ता विधि हो । यसमा दुई व्यक्तिबीच प्रत्यक्ष कुरा गरीसूचना सङ्कलन गरिन्छ । अन्तर्वार्तामा ठानेका प्रश्नहरू गरेर सूचना सङ्कलन गरिन्छ । गुणात्मक अध्ययन पद्धतिकोमहत्त्वपूर्ण अन्तर्वार्ताकारले आफूले आवश्यक ठानेका प्रश्नहरू गरेर सूचना सङ्कलन गरिन्छ । मिश्रित:- (१) मिश्रित परिमाणात्मक पद्धति गुणात्मक पद्धति दुवै विधि प्रयोग गर्नेलाई मिश्रित पद्धति भनिन्छ । उत्तर: परिमाणात्मक:-(१) परिमाणात्मक अध्ययन पद्धति प्राप्ताङ्क, तौल, उमेर आदि सङ्ख्यामा सूचनाहरू सङ्कलन हुने र विश्लेषण गर्दातथ्याङ्कशास्त्रीय विधिहरू प्रयोग गरिने अनुसन्धान विधिलाई परिमाणात्मक पद्धति भनिन्छ । (२) परिमाणात्मक अध्ययन पद्धतिमा सबैभन्दा प्रचलित विधि सर्वेक्षण हो । यस्तै यसको अर्को विधि डिजाइन विधि पनिहो । गुणात्मक:- (१) गुणात्मक यदि मानिसको भावना विचार, व्यवहार जस्ता कुराहरूका सूचनाहरू लने हो भने ती सूचना सङ्ख्यामाउल्लेख गर्न सकिनन । यस्तो खाले अनुसन्धान गर्ने पद्धतिलाई गुणात्मक पद्धति भनिन्छ । (२) गुणात्मक अध्ययन पद्धतिको महत्त्वपूर्ण विधि भनेको अन्तर्वार्ता विधि हो । यसमा दुई व्यक्तिबीच प्रत्यक्ष कुरा गरीसूचना सङ्कलन गरिन्छ । अन्तर्वार्तामा ठानेका प्रश्नहरू गरेर सूचना सङ्कलन गरिन्छ । गुणात्मक अध्ययन पद्धतिकोमहत्त्वपूर्ण अन्तर्वार्ताकारले आफूले आवश्यक ठानेका प्रश्नहरू गरेर सूचना सङ्कलन गरिन्छ । मिश्रित:- (१) मिश्रित परिमाणात्मक पद्धति गुणात्मक पद्धति दुवै विधि प्रयोग गर्नेलाई मिश्रित पद्धति भनिन्छ । (२) मिश्रित अध्ययन पद्धतिमा परिमाणात्मक र गुणात्मक अध्ययन पद्धतिमा प्रयोग गरिने विधिको प्रयोग गरी तथ्याङ्कसङ्कलन गरिन्छ ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us by Messaging us on Social Media.Social…
Class 12 Social एकाइ २ पाठ ४ Notes

Class 12 Social एकाइ २ पाठ ४ Notes

  एकाइ २ पाठ ४   १. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:(क) बौद्धिक चोरी भनेको के हो ? उत्तरः बौद्धिक चोरी भनेको एउटा कपटपूर्ण कार्य हो । जहाँ कसैले अरुको काम (रेखाहरू, पाठहरू अनुच्छेदहरू, चित्रहरूआदिको नक्कल गर्छ र तिनीहरूलाई आफ्नो दावी गर्छ । यस्ता चोरी गर्नेहरू उनीहरूले प्रयोग गरेको सामग्रीको स्रोतउल्लेख गर्दैनन् । इन्टरनेटमा सामग्रीको व्यापक उपलब्धताको कारण मानिसहरू जानाजानी वा अन्जानमा यस्ता गलतकार्यहरू गर्छन् । (ख) मानिसहरूले बौद्धिक चोरी गर्नुका कुनै दुई कारणहरू लेख्नुहोस् । उत्तरः मानिसले बौद्धिक चोरि गर्नुका कारणहरू जब शिक्षकहरूले विद्यार्थीहरूलाई होमवर्क गर्दा इन्टरनेटको प्रयोग गर्नप्रोत्साहन गर्छन यसबाट विद्यार्थीले Copy and pest गर्ने हुँदा चोरी हुन्छ, साथै शिक्षकहरूले पनि विना कुनै दुविधात्यसलाई स्वीकार गर्नुहुन्छ । (ग) जानाजान गरिने बौद्धिक चोरीका कुनै दुई उदाहरण दिनुहोस् । उत्तरः जानाजान गरिने बौद्धिक चोरिका उदाहरण यस प्रकार छन् १. अरूको कामलाई आफ्नो भनी प्रकाशित गर्नु२. बजारबाट लेख रचना किनेर विद्यालय/विश्वाविद्यालयबुझाउनु । (घ) बौद्धिक चोरी गर्ने व्यक्तिलाई कस्तो कारबाही हुन्छ ? एक उदाहरण दिनुहोस्। उत्तरः बौद्धिक चोरी गर्ने व्यक्तिलाई गरिने कारबाहीको उदाहरण तल दिइएको छ विश्वविद्यालयको एउटा क्याम्पसमाकेहि प्राध्यापकहरू माथि बौद्धिक चोरीको उजुरी पुग्यो । त्यसपछि त्यसबारे अनुन्धान गर्न विश्वविद्यालयले एक वरिष्ठप्राध्यापकको नेतृत्वमा अनुसन्धान टोली गठन गन्यो । उक्त टोलीले छानबिन गर्दा केही उपप्राध्यापकहरूको टोलीलेआफ्नो लेखमा एक जना विदेशी अनुसन्धानधाताले गरेको अनुसन्धानको हुबहु नक्कल गरेको पाइयो । अनुसन्धानटोलिले आफ्नो प्रतिवेदन बुझाएपछि विश्वविद्यालयको कार्यकारी समितिले आरोपीहरूलाई दुई वर्षसम्म कुनै अनुसन्धानगतिविधिमा संलग्न हुनबाट प्रतिबन्ध लगायो । यसबाहेक भविष्यमा यस्ता क्रियाकलाप गरिएको पाइएमा उनीहरूकोप्राप्त गरेको शैक्षिक उपाधि समेत खोसी विश्वविद्यालय सेवाबाट बर्खास्त गर्न चेतावनी पनि दियो । (ङ) बौद्धिक चोरी एक अपराध हो । यस भनाइलाई उदाहरणसहित एक अनुच्छेदमा व्याख्या गर्नुहोस् । उत्तरः बौद्धिक चोरी एक अपराध हो जहाँ कसैले अरूको काम (रेखाहरू, पाठहरू, अनुच्छेदहरू, चित्रहरू आदी) कोनक्कल गर्छ र तिनीहरूलाई आफ्नो दावी गर्छ । यस्तो चोरी गर्नेहरू उनीहरूले प्रयोग गरेको सामग्रीको स्रोत उल्लेखगर्दैनन् । यस्तो चोरी बौद्धिक सम्पत्ति अधिकारको उल्लङ्कन हो । इन्टरनेटमा सामग्रीको व्यापक उपलब्धताको कारणमानिसहरू जानाजानी वा अन्जानमा यस्ता गलत कार्यहरू गर्छन् । कसैको मिहेनत वा बौद्धिकताको अपहेलना गर्नु अरूकोप्रतिभालाई आफ्नो दाबि गर्नु, लापरवाही तरिकाबाट पुनलेखन गर्नु यो सबै अरूको बौद्धिक सम्पत्तिको उल्लङ्कन गर्नु होत्यसैले बौद्धिक चोरी एक अपराध हो । (च) बौद्धिक चोरी बाट बच्ने कुनै पाँच उपायहरू उल्लेख गर्नुहोस्। उत्तरः बौद्धिक चोरीबाट बच्ने कुनै पाँच उपायहरू निम्न लिखित उल्लेख गरिएको छ । १. उपयुक्त तरिकाले स्रोत उल्लेख गर्ने, अरूको बौद्धिक सम्पत्ति हामीले प्रयोग नै गर्न नपाउने होइन । जुन लेख किताब, इन्टरनेट वा लेखक, प्रकाशबाट आफूले सूचना वा तथ्याङ्क लिएको हो त्यसको स्रोत उल्लेख गरियो भने त्यसलाईबौद्धिक चोरी भनिदैन। त्यसैले उपयुक्त तरिकाले स्रोत उल्लेख गर्नुपर्छ । २. प्रफुरिडिङ गर्ने : आफूले तयार गरेको प्रस्तावना, प्रतिवेदन वा लेख आफ्ना गुरु वा अन्य जानकारहरूलाई पढ्न दिएरउनीहरूको सुझावअनुसार सच्चाएर मात्र विद्यालय वा कलेजमा बुझाउनुपर्छ । त्यसो गर्दा बौद्धिक चोरी हुने सम्भावना कमहुन्छ I ३. उद्धरण गर्ने : कुनै स्रोतबाट सूचना लिँदा उनीहरूको भनाइ जस्ताको तस्तै राख्ने हो भने त्यसलाई उद्धरण चिन्ह.." प्रयोग गरी उपयुक्त तरिकाले स्रोत उल्लेख गर्नुपर्छ । यसो गर्दा बौद्धिक चोरी मानिदैन । ४. पुनर्लेखन गर्ने : अरूको भनाइ वा सूचना प्रयोग गर्दा सधै उद्धरण चिन्ह प्रयोग गर्नु राम्रो मानिदैन त्यसैले त्यस्ताकुराहरूको मुख्य कुरालाई आफ्नै शब्दमा पुनर्लेखन गर्न सकिन्छ । तर यस्तो कुरामा पनि स्रोत भने उल्लेख गर्नैपर्छ ।सन्दर्भ सामग्रीको सूची लेख्ने : आफ्नो लेख प्रस्तावना वा प्रतिवेदनको अन्तमा सन्दर्भ सामग्रीहरूको सूची उल्लेख गर्नुपर्छ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us by Messaging us on…
Class 12 Social एकाइ २  पाठ ३   Notes

Class 12 Social एकाइ २ पाठ ३ Notes

 एकाइ २ पाठ ३ तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:(क) अध्ययन प्रस्तावना भनेको के हो ? उत्तरः अध्ययन प्रस्तावना भनेको कुनै पनि विषयमा आधारित भइ अनुसन्धान तथा खोज प्रक्रियमा लाग्नु हो । अध्ययनप्रस्तावनामा परिचय समस्याको कथन उद्देश्यहरू साहित्यपुनरावलोकन अध्ययन विधि सन्दर्भ सामग्रीलाई मुख्य अङ्ग बनाई अध्ययन गर्नुपर्छ । सम्बन्धित विषयविषेषज्ञकोसल्लाहमा अध्ययन अनुसन्धान प्रस्तावनाको काम सम्पन्न गरिन्छ । (ख) अध्ययन विधिमा के के कुरा लेख्नुपर्छ ? उत्तरः अन्ययन विधिमा गुणात्मक र परिमाणात्मक अनुसन्धान विधि प्रयोग गरिन्छ । यसमा प्राथमिक तथा द्धितिय दुबैप्रकारका स्रोतबाट तथ्याङ्क संकलन गरिन्छ । जस्तै सर्भेक्षण अन्तर्वाता, क्षेत्र भ्रमण, अवलोकन, जनगणना, पुस्तकपत्रपत्रिका इन्टरनेट आदि । (ग) यस अध्ययन प्रस्तावनामा उल्लिखित द्वितीय तथ्याङ्क सङ्कलनका स्रोतहरू कुन कुन हुन् ? उत्तरः द्वितीय तथ्याङ्कका स्रोतहरूमा इन्टरनेट, स्थानीय पुस्तकालयमा रहेका पुस्तक, पत्रपत्रिका आदि ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us by Messaging us on Social Media.Social Media…
Class 12 Social एकाइ २  पाठ १   Notes

Class 12 Social एकाइ २ पाठ १ Notes

 एकाइ २ पाठ १  १. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :(क) चर भनेको के हो ? उत्तरः चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छत्यो नै चर हो । चर दुई प्रकारका हुन्छन् ति हुन निर्भर चर र स्वतन्त्र चर । (ख) स्वतन्त्र चर र निर्भर चरका एक एक उदाहरण दिनुहोस् । उत्तरः चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छ ।उदाहरण वर्षा र धानको सम्बन्ध वर्षा हुनु स्वतन्त्र चर हो भने धान उत्पादन हुनु निर्भर चर हो किनभने वर्षाको कारणले धानउत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ़न वा घट्न सक्दैन । (ग) सहसम्बन्धको परिभाषा लेख्नुहोस् । उत्तरः स्वतन्त्र चर र निर्भर चर बिचको सम्बन्धलाई सहसम्बन्ध भनिन्छ । वर्षा हुनु स्वतन्त्र चर भने धान उत्पादन हुनु निर्भरचर हो । किनभने वर्षाको कारणले धान उत्पादन हुनु निर्भर चर हो किनभने वर्षाको कारणले धान उत्पादन बढ्न वा घट्नसक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्छ तर धान उत्पादनको कारण वर्षा बढ्न वा घट्न सक्दैन ।यस्तो सम्बन्ध नै सहसम्बन्ध हो। (घ) सहसम्बन्ध र कार्यकारण सम्बन्धबिचको सम्बन्धलाई एकवाक्यमा लेख्नुहोस् । उत्तरः बर्षा बढ़ी हुँदा धान उत्पादन बढ्छ र वर्षा कम हुँदा घट्छ भने यस्तो सम्बन्ध कार्यकारण सम्बन्ध हो भने वर्षाकोकारणले धान उत्पादन बदन वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन, यस्तो सम्बन्धलाईसहसम्बन्ध भनिन्छ । (ङ) चरको परिभाषा र प्रकारहरूबारे उल्लेख गर्दै टाढाको विद्यालयमा अध्ययनरत आफ्नो कक्षाको साथीलाई एकपत्र लेख्नुहोस् । उत्तर: प्रिय साथी रमामिठो सम्झना,मिति: २०७९/०३/११ म यहाँ सञ्चै छु । तिमी लगायत तिम्रो सम्पूर्ण परिवार पनि त्यहाँ सञ्चै छ भन्ने कामना गर्दछु । आज मैले सामाजिकअध्ययनमा पढेको कुरा चिठ्ठी मार्फत तिमिलाई जानकारी दिन मन लाग्यो। साथी, हामीलाई हिजो सरले चरको बारेमापढाउनु भयो चर के हो ? चर कति प्रकारका हुन्छन् भनेर हिजोको कक्षामा पढ्यौ । मैले त पहिलोपटक चरको बारेमासामाजिकमा पढे, रमाइलो लाग्यो, नयाँ कुरा सिक्न पाउँदा आज यहि तिमीलाई बताउदै छु । चर भनेको असन्धानकर्तालेमापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुने रहेछ । यसलाई दुई प्रकारमा विभाजनपनि गरिएको रहेछ । निर्भर चर (Dependent variable) र स्वतन्त्र चर (Independent variable) रहेछन् । वर्षाहुनु स्वतन्त्र चर हो भने धान उत्पादन बढ्न वा घटन सक्दैन । यस्तो सम्बन्धलाई नै सहसम्बन्ध पनि भनिने रहेछ । फेरिसहसम्बन्ध पनि दुई प्रकारका हुने रहेछन् सकारात्मक र नकारात्मक । यदि स्वतन्त्र चर बढ्दा निर्भर चर बढ्छ र स्वतन्त्र चरघट्दा निर्भर चर पनि घट्छ भने यस्तो सहसम्बन्धलाई सकारात्म सहसम्बन्ध भनिन्छ । त्यसको विपरित स्वतन्त्र चर बढ्दानिर्भर चर घट्ने र स्वतन्त्र चर घट्दा निर्भर चर बढ्ने भएमा नकारात्मक सहसम्बन्ध भनिन्छ। यदि स्वतन्त्र चर घटबढ हुँदानिर्भर चरमा केही फरक नआएमा यसलाई सुन्य चर पनि भनिने रहेछ। साथि चिलीमा सबै कुरा लेख्दा पनि धेरै लामो हुनेभयो । तिमीले कक्षामा यो पाठ पढ्यौ कि नाइ, पढ्यौ भने तिमीले पनि बुझेका र सिकेका कुरा यो चिट्ठी पढ्नासाथलेखेर पठाऊ है । बाँकी कुरा फेरि लेखौँला । तिम्रो प्यारी साथी आकाश अधिकारी (च) सहसम्बन्ध र कार्यकारण सम्बन्धविच समानता र भिन्नताहरू उल्लेख गरी दुई अनुच्छेद लेख्नुहोस् । उत्तर: सामाजिक अध्ययन बहुआयामिक विषय हो । सामाजिक अध्ययन समाजको अध्ययनसँग सम्बन्धित छ। यसअन्तरगत सामाजिक विज्ञानका विषयवस्तुहरूको अध्ययन गरिन्छ । कला, संस्कृति, भाषा, रहनसहन, जीवनशैली आदिविषयवस्तुका बारेमा पनि सामाजिक अध्ययन अन्तर्गत अध्ययन गरिन्छ । शिक्षा, स्वास्थ्य, चेतनास्तर, संस्कृति आदिविषयले मानिसको जीवनस्तरमा प्रभाव पार्दछ । यस्ता सामाजिक विषयवस्तुहरू र जीवनशैली बीचको सम्बन्ध र तिनकोप्रभावको अध्ययन गर्नु नै सहसम्बन्ध र कार्यकारण सम्बन्धको खोजी गर्नु हो । नेपाली समाजमा विभिन्न सामाजिकसमस्या र कुरीतिहरू विद्यमान छन् । यदि समाजको उत्थान र तो कुरीतिहरूको अन्त्य कसरी गर्ने भनेर अध्ययन गर्नखोजियो भने समस्या र अन्य सामाजिक परिस्थितहरूको बिचको सहसम्बन्धको खोजी गर्नुपर्नु हुन्छ । कार्यकारण सम्बन्धजान्नको लागि प्रयोगात्मक विधिको अवलम्बन गरिन्छ तर सामाजिक घटनाहरूको जटिल परिस्थितमा अन्य चरराशीहरूलाई स्थिर राख्न वा परिवर्तन गर्न सकिदैन । यदि कुनै चरको प्रभाव अध्ययन गर्दा अन्य चर राशीहरूकोभिन्नतालाई सँगसँगै अध्ययन गर्नको लागि प्रयोगात्मक प्रयोग गर्नुपर्दछ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us by Messaging us on Social Media.Social…