पाठ २: शास्त्रीय व्यवस्थापनका दृष्टिकोण
Classical Management Perspective — supplied handwritten notesबाट WordPress-ready typing.
Original Scanned PDF – View Notes
छोटो उत्तर आउने प्रश्न
१) हेनरी फेयोलले विकास गरेका कुनै छ वटा सिद्धान्तहरूको छोटकरीमा व्याख्या गर्नुहोस्।
हेनरी फेयोलले विकास गरेका १४ वटा सिद्धान्तहरू निम्न छन्। यहाँ स्रोत नोटमा प्रस्तुत गरिएका छ वटा सिद्धान्तहरू यस प्रकार छन्:
क) कार्य विभाजन
फेयोलले कुनै व्यक्तिले प्रभावकारी रूपमा सही कार्य सम्पन्न गर्न सक्षम भएको खण्डमा त्यही दक्षता कायम गर्नका लागि योग्यता, अनुभव र अभिरुचिको आधारमा उपयुक्त व्यक्तिलाई कार्यमा जोड दिनुपर्ने कुरामा जोड दिएका छन्।
ख) अनुशासन
सामान्य अर्थमा अनुशासन भन्नाले आफुभन्दा माथिल्लो तहका कर्मचारी तथा मार्ग निर्देशनलाई पालना गर्न सक्ने बुझिन्छ।
ग) आदेशमा एकरूपता
यस सिद्धान्तले कुनै एक कर्मचारीलाई एक पटकमा एक जना सुपरिवेक्षकले मात्र आदेश दिनुपर्ने कुरामा जोड दिएको छ।
घ) उत्तरदायित्व र अधिकार
उत्तरदायित्व र अधिकार एकआपसमा अन्तरसम्बन्धित पक्ष हुन्। उत्तरदायित्व काम सम्पन्न गर्नुपर्ने जिम्मेवारीसँग सम्बन्धित हुन्छ भने जिम्मेवारी पूरा गर्न काममा लगाउन, निर्देशन वा नियन्त्रण गर्न पाउने क्षमता वा शक्तिलाई अधिकार भनिन्छ।
ङ) निर्देशनमा एकरूपता
निर्देशनमा एकरूपता भन्नाले संगठनमा सञ्चालन गर्नुपर्ने कुनै किसिमका कामहरूको निम्ति एउटै कार्यनीति, एउटै किसिमको मार्ग निर्देशन तथा एउटै मात्र सुपरिवेक्षकको व्यवस्था हुनुपर्ने बुझाउँछ।
च) सांगठनिक हितका लागि व्यक्तिगत हितको समर्पण
संगठनमा कर्मचारीका व्यक्तिगत हित वा उद्देश्यहरू संगठनात्मक वा सामूहिक लक्ष्यमा समर्पित हुनुपर्दछ।
२) टेलरले प्रतिपादन गरेका वैज्ञानिक व्यवस्थापनका सिद्धान्तहरूको व्याख्या गर्नुहोस्।
टेलरले प्रतिपादन गरेका वैज्ञानिक व्यवस्थापनका सिद्धान्तहरू तल प्रस्तुत गरिएको छ:
क) विज्ञान, न कि अन्दाजमा
व्यवस्थापकले अनुमानका भरमा नभई विज्ञानको प्रयोग गरी समस्याको पहिचान र समाधान गर्नुपर्छ।
ख) सद्भाव, न कि विसंगति
व्यवस्थापक, कर्मचारी तथा अन्य सरोकारवालाहरू बिच सुमधुर सम्बन्ध बनाउनुपर्छ।
ग) समन्वय, न कि व्यक्तिगतवाद
संगठनमा संलग्न सबै व्यक्ति, इकाई, साधन तथा विभाग एकआपसमा विरोधी नभई आपसी समन्वयमा कार्य सम्पन्न गर्नुपर्दछ।
घ) अधिकतम कार्यदक्षताका लागि प्रत्येक व्यक्तिलाई तयार पार्ने
वैज्ञानिक तालिम विधि, उच्च तथा प्रतिष्ठित शिक्षाको अवसर, नीति नियमप्रति विकास तथा आकर्षक पुरस्कार प्रदान गर्ने व्यवस्थामार्फत सबै कर्मचारीको कार्यदक्षता विकास गरी अधिकतम कार्यसम्पादनका लागि तयार पार्नुपर्दछ।
ङ) स्तरीकरण र सरलीकरण
कार्यविधि अनुसार कार्यलाई स्तरीय र सरल बनाइ कर्मचारीलाई उच्च कार्यसम्पादन स्तर हासिल गर्न सक्षम बनाउने कुरामा जोड दिइन्छ।
च) मानसिक क्रान्ति
नयाँ कार्यविधि स्वीकार गर्ने तथा कर्मचारी र व्यवस्थापन दुवैले नयाँ सोच र कार्यपद्धति अपनाई जिम्मेवारीपूर्वक कार्य सम्पन्न गर्नुपर्ने कुरामा जोड दिइन्छ।
लामो उत्तर आउने प्रश्न
१) वैज्ञानिक व्यवस्थापन के हो? टेलरको वैज्ञानिक व्यवस्थापनका सीमा तथा कमजोरीहरूको बारेमा व्याख्या गर्नुहोस्।
व्यवस्थापनलाई परम्परागत धारणाबाट हटाएर व्यवस्थित, वैज्ञानिक, तर्कपूर्ण तथा तथ्यपरक बनाउने क्रियालाई वैज्ञानिक व्यवस्थापन भनिन्छ।
टेलरको वैज्ञानिक व्यवस्थापनका सीमा तथा कमजोरीहरू
क) बढी समय लाग्ने
वैज्ञानिक व्यवस्थापन सिद्धान्तमा उपकरण, प्रक्रिया तथा कार्य अध्ययन/विश्लेषण गरेर कार्यविधि तयार पार्नुपर्ने कुरामा जोड दिइएको छ। यस कारण यसको प्रयोगमा बढी समय लाग्न सक्छ।
ख) आर्थिक पक्षमा बढी जोड
वैज्ञानिक व्यवस्थापन सिद्धान्तले उपकरण, मेसिन तथा वैज्ञानिक विधिको प्रयोग गरी उत्पादन बढाउने पक्षमा बढी जोड दिएको छ।
ग) खर्चिलो पद्धति
उपकरण, साधन, उच्चस्तरीय सामग्री तथा कार्यविधिको प्रयोग गर्नुपर्ने भएकाले यसको प्रयोग खर्चिलो हुन सक्छ।
घ) मानवीय अवहेलना
यस सिद्धान्तले संगठनका धेरै कार्यलाई यान्त्रीकीकरण गर्ने पक्षमा जोड दिएको छ, जसका कारण मानवीय पक्षलाई कम महत्व दिएको देखिन्छ।
वैज्ञानिक व्यवस्थापनको अवधारणा छोटकरीमा प्रस्तुत गर्नुहोस्।
वैज्ञानिक व्यवस्थापन एउटा अवधारणा वा दृष्टिकोण हो, जसले समस्या समाधानका निमित्त अनुभव, ज्ञान, परीक्षण तथा तथ्यपरक परिणामलाई बढी विश्वास गर्छ। समस्या पहिचान गरी त्यसको विश्लेषण गर्ने, प्रत्येक चरणको परिणामलाई परीक्षण गर्ने तथा प्राप्त परिणामका आधारमा निश्चित सिद्धान्तहरू प्रतिपादन गर्ने कार्य गर्दछ।
वैज्ञानिक तरिका
वैज्ञानिक व्यवस्थापनमा समस्या समाधान गर्न अवलोकन, मापन, परीक्षण तथा छलफल जस्ता वैज्ञानिक विधिको प्रयोग गरी समस्याको समाधानका निम्ति निश्चित विधि तय गर्नुपर्दछ।
व्यवस्थापन विशिष्टीकरण
वैज्ञानिक व्यवस्थापनमा बौद्धिक अनुसन्धान तथा विश्लेषण गर्ने, कर्मचारी भर्ना, छनोट तथा तालिममा वैज्ञानिक विधिको प्रयोग गर्ने आदि यसको प्रमुख विशेषता हुन्।
फेयोलका सिद्धान्तका सीमाहरू
क) कर्मचारीहरूप्रति ध्यान नदिएको
फेयोलका सिद्धान्त व्यवस्थापनमै केन्द्रित छन्। यसले कामदारहरूको आवश्यकता, भावना वा समस्याहरूलाई पर्याप्त ध्यान दिएको छैन।
ख) अनौपचारिक संरचनाको व्यवस्था
कुनै संगठनमा औपचारिक र अनौपचारिक दुई संरचनाहरू एकसाथ अस्तित्वमा रहन्छन्। फेयोलले अनौपचारिक संरचनालाई पर्याप्त व्यवस्थापन वा महत्व नदिएको देखिन्छ।
ग) यान्त्रिक दृष्टिकोण
यसमा मानवीय पक्षलाई उपेक्षा राखेर अन्य पक्षहरूलाई बढी समाहित गरिएको देखिन्छ। यसले व्यवस्थापनलाई मेसिनजस्तो रूपमा प्रस्तुत गरेको मानिन्छ।
घ) महँगो र समय लाग्ने
फेयोलका सिद्धान्तहरू व्यवहारमा उतार्न महँगो पनि र धेरै समय लाग्न सक्छ।
Discussion
Share a helpful question, idea, or explanation with other students.