पाठ १: व्यवस्थापनको प्रकृति
Nature of Management — supplied handwritten notesबाट WordPress-ready typing.
Original Scanned PDF – View Notes
छोटो उत्तर आउने प्रश्न
व्यवस्थापन एक विज्ञान हो, पुष्टि गर्नुहोस्।
व्यवस्थापनमा निश्चित किसिमका वैज्ञानिक सिद्धान्तहरू, पद्धति, प्रयोग तथा अनुसन्धानबाट प्राप्त ज्ञानहरूको प्रयोग हुने भएकाले व्यवस्थापनलाई विज्ञानको रूपमा लिइन्छ। व्यवस्थापनमा संगठन, विश्वव्यापी तथ्य तथा वैज्ञानिकताको प्रयोग, अनुप्रयोगात्मक वैज्ञानिक विधिको प्रयोग, परीक्षण तथा अनुसन्धानमा आधारित ज्ञानको प्रयोग गरिन्छ। व्यवस्थापकीय सिद्धान्त, कारण–असर सम्बन्ध आदिको प्रयोगले व्यवस्थापनलाई विज्ञानको रूपमा लिइन्छ।
व्यवस्थापनका विभिन्न तहहरू उल्लेख गरी वर्णन गर्नुहोस्।
व्यवस्थापनका विभिन्न तहहरू निम्न प्रकार गरिएका छन्:
- उच्चस्तरीय व्यवस्थापन
- मध्यमस्तरीय व्यवस्थापन
- निम्नस्तरीय व्यवस्थापन
क) उच्चस्तरीय व्यवस्थापन
सञ्चालक समिति, प्रमुख कार्यकारी निर्देशक तथा संस्थाको उच्च व्यवस्थापक जस्ता व्यक्तिहरू उच्चस्तरीय व्यवस्थापन अन्तर्गत पर्दछन्। उच्च व्यवस्थापनले संगठनको दीर्घकालीन लक्ष्य, योजना तथा रणनीतिहरू तयार गर्दछन्।
ख) मध्यमस्तरीय व्यवस्थापन
मध्यमस्तरीय व्यवस्थापनले तय गरेका उच्च तह व्यवस्थापनले बनाएको नीति तथा योजना हरेक तहसम्म पुर्याई विभागको उत्तरदायित्वभित्र पर्ने क्रियाकलापका लागि विभिन्न विभागीय नीति, योजना तथा कार्यविधिहरू बनाउने गर्दछन्।
ग) निम्नस्तरीय व्यवस्थापन
मध्यमस्तरीय व्यवस्थापनले तय गरेका लक्ष्य प्राप्त गर्न दैनिक योजना तयार गर्ने, कार्य विभाजन गर्ने, विभिन्न कर्मचारीहरूलाई उत्तरदायित्व सुम्पिने, प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्ने, मातहतका कर्मचारीहरूलाई मार्गनिर्देशन तथा सुपरिवेक्षण गर्ने, कार्य वातावरणअनुसार सुधारको प्रयास गर्ने, हरेक कर्मचारीहरूलाई समूह तथा सम्बन्ध स्थापना गरी उनीहरूलाई उत्प्रेरित गर्ने यस तहको प्रमुख कार्य हो।
पेशाको रूपमा व्यवस्थापनको व्याख्या गर्नुहोस्।
पेशाको रूपमा व्यवस्थापनको व्याख्या गर्दा व्यवस्थापनमा पनि विशेष सिप, अनुभव तथा ज्ञानको आवश्यकता पर्दछ। पेशागत समूहहरूको प्रतिनिधित्व तथा सामाजिक उत्तरदायित्व आदिले व्यवस्थापनलाई पेशाका रूपमा प्रमाणित गर्न सकिन्छ।
व्यवस्थापन भन्नाले के बुझिन्छ? के व्यवस्थापन कला, विज्ञान वा पेशा हो?
व्यवस्थापन भन्नाले कुनै पनि संगठनले आफ्ना लक्ष्य हासिल गर्न निश्चित व्यवस्थापकीय कार्यहरू जस्तै योजना निर्माण, निर्णय, निर्देशन, संगठन र उत्प्रेरणा आदि जस्ता कार्यहरू योजनाबद्ध तथा प्रभावकारी ढङ्गले सञ्चालन गर्नुलाई व्यवस्थापन बुझिन्छ।
व्यवस्थापनमा संलग्न भएर व्यवस्थापकहरूले आफ्नो ज्ञान, सिप, अनुभव प्रदर्शन गर्दै पूर्ण विकास गर्दछन्। त्यसकारण व्यवस्थापन कला, पेशा तथा विज्ञान हो।
व्यवस्थापनका विभिन्न तहहरू के के हुन्? उच्चस्तरीय व्यवस्थापनका कार्यहरू के के हुन्?
व्यवस्थापनका तहहरू निम्न छन्:
- उच्चस्तरीय व्यवस्थापन
- मध्यमस्तरीय व्यवस्थापन
- निम्नस्तरीय व्यवस्थापन
उच्चस्तरीय व्यवस्थापनका कार्यहरू
- संगठनका समग्र उद्देश्यहरू तय गर्ने।
- संगठनको समग्र कार्यहरूको नियन्त्रण गर्ने।
- बजेट तयार तथा नियन्त्रण गर्ने।
- संगठनका योजना र रणनीतिहरू बनाउने।
- संगठनका हरेक संरचनाको नेतृत्व गर्ने आदि हुन्।
लामो उत्तर आउने प्रश्नहरू
व्यवस्थापनको अवधारणा दिनुहोस्। व्यवस्थापनका विशेषता छलफल गर्नुहोस्।
हरेक व्यावसायिक संगठनका निश्चित उद्देश्यहरू हुन्छन्। मुनाफा बनाउने, बिक्री बढाउने, अनुसन्धान तथा खोज गर्ने, विकास गर्ने, संगठनको आकार बढाउने जस्ता लक्ष्य संगठनहरूले लिएका हुन्छन्। ती लक्ष्य हासिल गर्नका निमित्त विभिन्न साधन तथा स्रोतहरू संलग्न गर्ने तथा समुचित प्रयोग गर्ने कार्य कार्यालयले गर्दछ।
व्यवस्थापनलाई संगठनका व्यवस्थापकले अन्य व्यक्तिलाई प्रत्यक्ष निगरानीमा वा आफ्नो संलग्नतामा परिचालन गरी निर्दिष्ट लक्ष्य हासिल गर्न योजना बनाउने तथा अवलम्बन गर्ने कार्यका रूपमा बुझिन्छ।
व्यवस्थापनका विशेषताहरू
क) लक्ष्य उन्मुख
हरेक संगठनले पूर्वनिर्धारित अल्पकालीन तथा दीर्घकालीन लक्ष्यहरू लिएका हुन्छन्। यी उद्देश्यहरू प्राप्त गर्नका निमित्त विभिन्न प्रकारका साधन तथा स्रोतहरूको संयोजन मिलाइएको हुन्छ।
ख) विश्वव्यापी क्रियाकलाप
व्यवस्थापन मानव क्रियाकलापको एक महत्वपूर्ण अङ्ग हो। हरेक ठाउँमा जहाँ मानव क्रियाकलापहरू हुन्छन्, त्यहाँ व्यवस्थापन अत्यावश्यक हुन्छ।
ग) बहुमुखी विषय
व्यवस्थापनमा विभिन्न विषयहरू जस्तै मनोविज्ञान, अर्थशास्त्र, तथ्याङ्कशास्त्र, समाजशास्त्र, मानवशास्त्र, व्यावसायिक आचारविचार तथा विभिन्न सिद्धान्तहरू लिइएको हुन्छ।
घ) एकीकृत प्रक्रिया
व्यवस्थापनमार्फत व्यक्तिगत लक्ष्य र संगठनात्मक लक्ष्यलाई एकीकृत गर्नुपर्दछ।
ङ) मूर्त तथा अमूर्त
व्यवस्थापनका प्रायः सबै कार्यहरू देख्न तथा छुन सकिँदैन। त्यसैले क्रियाकलापलाई केवल महसुस गर्न सकिन्छ।
व्यवस्थापन के हो? यसका विभिन्न कार्यको वर्णन गर्नुहोस्।
व्यवस्थापन भनेको कुनै पनि संगठनले आफ्ना लक्ष्य हासिल गर्न विभिन्न व्यवस्थापकीय कार्यहरू जस्तै योजना निर्माण, निर्देशन, संगठन र उत्प्रेरणा आदि जस्ता कार्यहरू योजनाबद्ध तथा प्रभावकारी ढङ्गले सञ्चालन गर्नु नै व्यवस्थापन हो। यसका कार्यहरू निम्न छन्:
क) योजना कार्य
कुनै कार्य गर्नुभन्दा पहिले सोच्ने कार्यलाई योजना भनिन्छ। के गर्ने, कहिले गर्ने, कहाँ गर्ने, कसले गर्ने, कसरी गर्ने जस्ता कुराका बारेमा अग्रिम रूपमा सोच्ने तथा सो विषयमा विभिन्न रूपरेखा तयार पार्ने कार्य नै योजना हो।
ख) संगठन कार्य
सामान्य अर्थमा संगठन भन्नाले एउटै लक्ष्य भएका व्यक्तिहरूको समूह भन्ने बुझिन्छ। व्यापक अर्थमा उत्तरदायित्व–अधिकार सम्बन्ध स्थापना गर्नु नै संगठन कार्य हो।
ग) नेतृत्व कार्य
मातहतका कर्मचारीहरूको व्यवहार तथा कार्यसम्पादनमा प्रभाव पार्ने व्यवस्थापकीय कार्यलाई नेतृत्व भनिन्छ।
व्यवस्थापन एक कला, विज्ञान तथा व्यवसाय हो — छलफल गर्नुहोस्।
व्यवस्थापन एक विज्ञान
व्यवस्थापनमा विभिन्न किसिमका वैज्ञानिक सिद्धान्त, पद्धति, प्रयोग तथा अनुसन्धान अपनाइने भएकाले यसलाई विज्ञानका रूपमा लिइन्छ।
व्यवस्थापन एक कला
व्यवस्थापकले अन्तरव्यक्तिक व्यवहार, कला तथा आफ्नो विचारका आधारमा व्यवस्थापकीय कार्य सफलतापूर्वक सम्पन्न गर्ने गर्दछन्।
व्यवस्थापन एक व्यवसाय
व्यवस्थापनमा पनि विशेष सिप, अनुभव तथा ज्ञानको आवश्यकता पर्दछ। पेशागत समूहहरूको प्रतिनिधित्व तथा समाजसेवा व्यवस्थापनलाई व्यवसायका रूपमा प्रमाणित गर्न सकिन्छ।
व्यवस्थापनका विभिन्न तहअनुसारका कार्य वर्णन गर्नुहोस्।
क) उच्चस्तरीय व्यवस्थापन
सञ्चालक समिति, प्रमुख कार्यकारी निर्देशक तथा संस्थाको उच्च व्यवस्थापन अन्तर्गतका व्यक्तिहरूलाई उच्चस्तरीय व्यवस्थापन भनिन्छ।
यसका कार्यहरू:
- संगठनका समग्र उद्देश्यहरू तय गर्ने।
- संगठनका योजना तथा रणनीतिहरू बनाउने।
- संगठनका हरेक संरचनाको नेतृत्व, निर्देशन तथा समन्वय गर्ने।
- बजेट तयार तथा नियन्त्रण गर्ने।
- विभिन्न विभागका निम्न विभागीय व्यवस्थापकको नियुक्ति/निर्देशन गर्ने।
ख) मध्यमस्तरीय व्यवस्थापन
मध्यमस्तरीय व्यवस्थापनलाई विभागीय व्यवस्थापन पनि भनिन्छ।
यसका कार्यहरू:
- उच्चस्तरीय व्यवस्थापन र निम्नस्तरीय व्यवस्थापनका बिचमा पुल वा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने।
- उच्चस्तरीय व्यवस्थापनले लिएका नीति, योजना तथा दिएका निर्देशनहरू कार्यान्वयनका निमित्त निम्नस्तरीय व्यवस्थापनसम्म पुर्याउने।
- संगठनका मध्यमस्तरीय नीति, योजना र रणनीतिहरू तय गर्ने।
- संगठनका मध्यमस्तरीय कर्मचारीहरूको बढुवा तथा कार्य विभाजन गर्ने।
निम्नस्तरीय व्यवस्थापन
संगठनको त्यस तहको व्यवस्थापनलाई कार्यसञ्चालन तह, प्रथम तह, सुपरिवेक्षणीय तह आदि पनि भनिन्छ। यस तहको व्यवस्थापन संगठनको उच्च तथा मध्यम तहको व्यवस्थापनले बनाएको योजना तथा निर्देशनलाई वास्तविक कार्यमा उतार्ने महत्वपूर्ण तह हो।
यसका कार्यहरू निम्न छन्:
- कार्य वातावरण, उत्पादन सुधार्ने प्रयास गर्ने।
- हरेक कर्मचारीसँग समन्वय स्थापना गरी उनीहरूलाई उत्प्रेरित गर्ने।
- आवश्यकताअनुसार मध्यमस्तरीय व्यवस्थापनलाई सुझाव, सल्लाह दिने आदि हुन्।
उच्च व्यवस्थापनका कुनै दुई विशेषता उल्लेख गर्नुहोस्।
- लक्ष्य उन्मुख
- बहुमुखी विषय
व्यवस्थापनका विभिन्न तहहरू उल्लेख गर्नुहोस्।
- उच्चस्तरीय व्यवस्थापन
- मध्यमस्तरीय व्यवस्थापन
- निम्नस्तरीय व्यवस्थापन आदि हुन्।
Discussion
Share a helpful question, idea, or explanation with other students.