पाठ २
लिच्छविकाल
१. तलका प्रश्नहरूको उत्तर दिनुहोस् :
लिच्छविकाललाई किन स्वर्ण युग मानिन्छ ?
नेपालको इतिहासमा लिच्छवि वंशको शासनकाललाई निकै महत्त्वपूर्ण मानिन्छ । वंशावली एवम् पुराणहरूमा सूर्यवंशी क्षत्रियहरूले किरातहरूलाई जितेर नयाँ शासन व्यवस्था कायम गरेको उल्लेख पाइन्छ ।
नेपाल आउनुभन्दा अघि लिच्छविहरू भारतको बिहारमा पर्ने वैशाली क्षेत्रमा स्वतन्त्र गणतन्त्रात्मक शासन प्रणालीअनुसार शासन सञ्चालन गर्ने गर्थे । पछि त्यहाँ राजतन्त्रात्मक शासन प्रणाली सुदृढ हुँदै जाँदा र राजा अजातशत्रुबाट पराजित भएपछि लिच्छविहरू नेपाल प्रवेश गरेको मानिन्छ ।
नेपालमा तत्कालीन शासक वर्गप्रति जनताको असन्तोष रहेको अवस्थामा लिच्छविहरूले जनभावनाअनुसार सङ्घर्षको नेतृत्व गरे । किरातहरू पराजित भएर पूर्वी भेगतर्फ विस्थापित भए र केन्द्रमा लिच्छविहरूको राज्यसत्ता कायम भयो ।
जनहितमुखी शासन
लिच्छविकालीन शासन व्यवस्थामा जनहितलाई महत्त्व दिइएको पाइन्छ ।
सङ्गठित सामाजिक जीवन
यस समयमा सामाजिक जीवन व्यवस्थित र सङ्गठित हुँदै गएको देखिन्छ ।
उन्नत आर्थिक अवस्था
कृषि, पशुपालन, उद्योग, व्यापार तथा कर प्रणालीको विकास भएको थियो ।
शिक्षाको विकास
शिक्षाको स्तर राम्रो हुनु पनि लिच्छविकालको विशेषता मानिन्छ ।
कला र वास्तुकलाको विकास
आकर्षक मूर्ति, मन्दिर, कलाकृति तथा वास्तुकलाको निर्माण भएको थियो ।
लिखित अभिलेख
लिच्छविकालका विभिन्न शिलालेख तथा लिखित अभिलेखहरू उपलब्ध छन् ।
लिच्छविकालीन आर्थिक अवस्थाको चर्चा गर्दै हालका पुस्ताले त्यसबाट के के कुरा सिक्नुपर्दछ ? उल्लेख गर्नुहोस् ।
लिच्छविकालीन आर्थिक अवस्था मुख्यतः कृषिमा आधारित थियो । जग्गाको नाप बुझाउन भूमि शब्द र अन्नको नाप बुझाउन मानिका शब्दको प्रयोग गरिएको पाइन्छ । कृषिका लागि राजकुलोको व्यवस्था गरिएको हुन्थ्यो र कृषिमा लगाइने करलाई भाग भनिन्थ्यो ।
कृषि
कृषि मुख्य आर्थिक आधार थियो । सिँचाइका लागि राजकुलोको व्यवस्था गरिएको थियो ।
पशुपालन
कृषि व्यवसायसँगै पशुपालन पनि महत्त्वपूर्ण आर्थिक क्रियाकलाप थियो ।
कपडा उत्पादन
काभ्रे जिल्लाको खोपासी क्षेत्रमा कपडा उत्पादन हुने गरेको उल्लेख पाइन्छ ।
उद्योग
काष्ठ, माटो, धातु, ढुङ्गा, रङ, ऊनी कपडा, हातहतियार र तेलसम्बन्धी उद्योगहरू विकसित थिए ।
व्यापार
नेपालबाट तामा, फलाम, कस्तुरी, चमर, ऊनी कपडा तथा कलात्मक वस्तु निर्यात हुने गरेको पाइन्छ ।
कर व्यवस्था
कृषि करलाई भाग, पशुपालन करलाई भोग र व्यापारिक करलाई कर भनिन्थ्यो ।
लिच्छविकालमा उद्योग र व्यापारमा पनि निकै उन्नति भएको थियो । नेपालमा काष्ठ उद्योग, माटो तथा धातुका उद्योग, ढुङ्गासम्बन्धी उद्योग, रङसम्बन्धी उद्योग, ऊनी कपडा उद्योग, हातहतियार उद्योग तथा तेल उद्योग फस्टाएका थिए ।
नेपाली तामाको भारतमा माग रहेको र नेपालबाट फलाम, कस्तुरी, तामा तथा चमर निर्यात हुने गरेको उल्लेख पाइन्छ । तिब्बततर्फ खाद्यान्न, ऊनी कपडा, धातुका कलात्मक वस्तु आदि निर्यात हुने गरेको थियो ।
लिच्छविकालीन कर व्यवस्था
कृषिमा लगाइने कर
पशुपालनमा लगाइने कर
वाणिज्य तथा व्यापारमा लगाइने कर
भाग, भोग र करलाई संयुक्त रूपमा जनाउने शब्द
कपडा उत्पादनमा लगाइने कर
हालका पुस्ताले लिच्छविकालीन आर्थिक अवस्थाबाट सिक्नुपर्ने कुराहरू :
नेपाल कृषि प्रधान देश भएकाले कृषिलाई आधुनिकीकरण तथा व्यवस्थित गर्नुपर्छ ।
व्यापार, व्यवसाय, उद्योगधन्दा तथा कलकारखानालाई व्यवस्थित गरी राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउनुपर्छ ।
नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाई आम्दानीका स्रोतहरू विस्तार गर्नुपर्छ ।
स्वदेशमै रोजगारमूलक व्यवसाय, वाणिज्य र व्यापारको विकास गर्नुपर्छ तथा कर प्रणालीलाई व्यवस्थित बनाउनु आवश्यक हुन्छ ।
लिच्छविकालीन राजाहरू र तिनका कार्यहरू झल्कने तालिका तयार पारी कक्षामा प्रदर्शन गर्नुहोस् ।
लिच्छविकालीन प्रमुख राजा तथा शासकहरू र तिनका महत्त्वपूर्ण कार्यहरू निम्न तालिकामा प्रस्तुत गरिएको छ :
| क्र.सं. | राजा / शासक | महत्त्वपूर्ण कार्य |
|---|---|---|
| १ | धर्मदेव | मानदेवका पिता थिए । पशुपतिमा ठूलो वृषध्वज चढाएको उल्लेख पाइन्छ । |
| २ | मानदेव | चाँगुनारायणमा गरुड स्तम्भ तथा शिलालेख स्थापना गरेका, विक्रान्तको सुन्दर मूर्ति निर्माण गराएका, पूर्व र पश्चिमका सामन्तलाई नियन्त्रण गरी राज्य विस्तार गरेका, मान विहारको निर्माण गरेका, मानाङ्क नामक धातु मुद्राको प्रचलन गराएका तथा मानगृह नामक राजदरबार निर्माण गरेका थिए । |
| ३ | वसन्तदेव | जनताको भलो चाहने राजाका रूपमा परिचित थिए । उनले दूतक, सर्वदण्डनायक र महाप्रतिहारजस्ता प्रशासकीय पद सिर्जना गरेका थिए । टिस्टुङको शिलालेखमा नेपाल शब्दको प्रयोग गरिएको उल्लेख पाइन्छ । उनको समयदेखि देव र गुप्तको द्वैध शासन सुरु भएको उल्लेख पनि पाइन्छ । |
| ४ | विष्णुगुप्त | बुढानीलकण्ठको मूर्ति तथा नारायणहिटीको नारायणको मूर्ति स्थापना गरेको उल्लेख पाइन्छ । उनी लिच्छवि राजा भीमार्जुनदेवसँगै द्वैध शासन व्यवस्थाका शासकका रूपमा शासनमा संलग्न थिए । |
स्मरणीय तथ्य
लिच्छविकालका शिलालेख, मूर्ति, मुद्रा, मन्दिर तथा प्रशासकीय अभिलेखहरूले तत्कालीन राजनीति, अर्थतन्त्र, प्रशासन, धर्म र संस्कृतिबारे महत्त्वपूर्ण जानकारी दिन्छन् ।
Discussion
Share a helpful question, idea, or explanation with other students.