स्वाद
कथा • अभ्यास समाधान
शब्दभण्डार
१. दिइएका शब्दको अर्थ लेख्नुहोस् :
२. कथामा याँ, गर्या, सक्या, पाँचोटा, चिन्या, काट्या, कॉ, पख्नुसन्, लानुस् जस्ता बोलीचालीमा प्रयोग गरिने शब्द आएका छन् । पाठको सन्दर्भ ख्याल गरी उक्त शब्दका शुद्ध रूप लेख्नुहोस् ।
३. कथामा प्रयोग भएका निम्नलिखित टुक्काको अर्थ बुझी वाक्यमा प्रयोग गर्नुहोस् :
४. दिइएको अनुच्छेदमा प्रयोग भएका उखान टिप्नुहोस् । साथीसँग मिली अन्य पाँचओटा उखान खोजेर तिनका अर्थबारे छलफल गर्नुहोस् :
अन्य पाँचबोटा उखान :-
५. दिइएको अनुच्छेद पढी अनुकरणात्मक शब्द पहिचान गर्नुहोस् :
६. दिइएका अनुकरणात्मक शब्द र तिनले जनाउने कार्यबिच जोडा मिलाउनुहोस् :
बोध र अभिव्यक्ति
१. तल दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
२. ‘स्वाद’ कथाका अनुच्छेद पालैपालो सस्वरवाचन गर्नुहोस् ।
३. दिइएका शब्दको अक्षर संरचना पढ्नुहोस् र पाठबाट अक्षर सङ्ख्या फरक भएका पाँचओटा शब्द टिपी तिनको अक्षरसंरचना देखाउनुहोस् ।
| शब्द | अक्षर संरचना | अक्षर सङ्ख्या |
|---|---|---|
| साबुन | सा. बुन् | दुई |
| गरिबी | ग. रि. बि | तीन |
| पद | पद | एक |
| महिनाबारी | म. हि. ना. बा. रि | पाँच |
| प्रसन्नता | प्र. सन् न ता | चार |
४. स्वाद कथाको संरचनासँग सम्बन्धित प्रश्नको उत्तर दिनुहोस् :
५. दिइएको कथाको अंश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
६. कथा पढी दिइएका संवाद कसले कोसँग भनेका हुन्, पहिल्याउनुहोस् :
स्वास्नीले आफ्नो लोग्नेसँग
लोग्नेले आफ्नी स्वास्नीसँग
लोग्नेले सम्झिएको
माछा व्यापारीले स्वास्नीसँग
कान्छा दाइले लोग्नेसँग
७. कथामा आएका महिनाभरिको थप कमाइ साढे सात रुपियाँ, माछाको मूल्य सात रुपियाँ के जी, एक रुपियाँ किलो तरकारी जस्ता भनाइबाट कथामा वर्णन गरिएको समय कति पहिलेको हो, अनुमान गर्नुहोस् ।
८. दिइएका प्रश्नहरुको उत्तर लेख्नुहोस् :
लोग्ने
‘स्वाद’ कथाको लोग्ने मुख्य पुरुष पात्र हो । कथामा ऊ साधारण कारिन्दाको जागिर गरेर जीविकोपार्जन गर्ने पात्रका रूपमा चित्रित छ । जागिरबाट प्राप्त हुने आम्दानीले उसले दुःखपूर्ण रुपमा घरव्यवहार चलाएको छ । साबुन नभइकन ननुहाउने लोग्ने गरिबीसँग घृणा गर्दछ । हरेक गरिबहरुले गरिबीसँग घृणा गर्नुपर्ने विचार राख्ने लोग्ने सामान्य भए पनि जागिर खाएकामा खुसी हुने पात्रका रुपमा देखिएको छ । सामान्य लेखपढ गर्न सक्ने व्यक्तिका रुपमा लोग्ने कथामा देखिएको छ ।
स्वास्नी
स्वास्नी कथाकी प्रमुख महिला पात्र हो । आफूसँग नभए पनि मैलो शरीर लिएर हिँड्नुभन्दा साबुन बिना नै नुहाउनुपर्ने विचार श्रीमतीले राख्दछे । श्रीमती साबुन नभए पनि नुहाउनुपर्छ भन्ने विचार राख्दछे । गरिबलाई सधैँ साबुन लगाएर नुहाउने अवसर हुँदैन, त्यसैले जेजस्तो उपलब्ध हुन्छ त्यसैमा निर्भर रहेर जीवन चलाउनुपर्छ भन्ने धारणा उसको रहेको छ । घरव्यवहार चलाउन सिपालु र सामान्य लेखपढ पनि गर्न जान्ने श्रीमती अभाव र दुःखका बिचमा लोग्नेलाई साथ दिएर बस्ने पात्रका रुपमा देखिएकी छे । लोग्नेको कमाइ थोरै भए पनि घरमा चाहिने सामान प्रशस्त किन्नुपर्दछ भन्ने धारणा राख्ने श्रीमती असल महिलामा हुनुपर्ने गुण भएकी पात्रका रुपमा कथामा देखिएकी छे ।
कथाकार ध्रुवचन्द्र गौतमद्वारा लेखिएको ‘स्वाद’ कथामा नेपाली समाजको आर्थिक समस्यालाई चिनाइएको छ । कथामा एउटा सामान्य आयआर्जन भएको परिवारको समस्यालाई दर्साइएको छ । कारिन्दाको काम गरेर प्रत्येक महिना प्राप्त हुने रकम उक्त परिवारको आधारभूत आवश्यकता पूरा गर्न पर्याप्त हुँदैन । मिठो खाने राम्रो लगाउने, सन्तानका आवश्यकता पूर्ति गर्ने जस्ता कुरामा समस्या आउँछ । आम्दानी सीमित भएको तर आवश्यकता असीमित भएको हुँदा सधैँ अभावैअभावमा जीवन जीउन बाध्य लोग्ने स्वास्नीको गरिबीको पीडालाई कथामा प्रस्तुत गरिएको छ ।
सहरमा सामान्य जागिर जीवन गरेर जीवन निर्वाह गर्ने र तलब आएका वेला किनमेल गरेर महिनाभरिको स्वाद तृप्त पार्ने परिवारको कथा प्रस्तुत गरिएको छ । हाम्रो समाजमा रहेको गरिबीको पीडालाई सरल भाषाशैलीका माध्यमबाट कथामा प्रस्तुत गरिएको छ । जीवनमा दैनिक आवश्यकता पूरा गर्न धौ धौ पर्ने नेपाली समाजको वास्तविकता देखाउँदै नेपाली समाजको आर्थिक समस्यालाई चिनाउनु कथाको मुख्य सन्देश हो ।
९. दिइएका घटनालाई कथाअनुसार क्रम मिलाएर लेख्नुहोस् :
१०. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) उत्तर दिनुहोस् :
(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
११. ‘स्वाद’ कथामा नेपाली समाजका कस्ता सामाजिक तथा सांस्कृतिक विषयको चर्चा गरिएको छ, लेख्नुहोस् ।
कथाकार ध्रुवचन्द्र गौतम (वि.सं. २००१) द्वारा लिखित ‘स्वाद’ कथा सामाजिक विषयवस्तुमा आधारित कथा हो । यस कथामा कथाकार गौतमले सहरमा सामान्य जागिर जीवन गरेर जीवन निर्वाह गर्ने र तलब आएका वेला किनमेल गरेर महिनाभरिको स्वाद तृप्त पार्ने परिवारको कथा प्रस्तुत गरेका छन् ।
कार्यालयमा सामान्य कारिन्दाको जागिर गर्ने लोग्ने साबुनबिना नुहाउँदैन र गरिबीलाई प्रत्येकले घृणा गर्नुपर्ने कुरा गर्छ । स्वास्नी सबै गरिबले साबुन देख्नसमेत नपाउँने हुँदा सामान्य आयआर्जन भएको व्यक्तिले कहिलेकाहीं साबुन नभए पनि नुहाउनुपर्ने कुरा गर्छे । लोग्ने ननुहाइकन कार्यालय जान्छ । आजसम्म उसको पदोन्नति भएको छैन । पदोन्नति नभए पनि बेरोजगार बस्न नपरेकोमा उसलाई महिनाको अन्त्यमा थाप्ने तलबले गर्व गर्ने प्रेरणा दिएको हुन्छ । सोचेभन्दा धेरै तलब आएपछि लोग्ने खुसी हुँदै घर जान्छ र स्वास्नीसँग किनमेलका लागि बजार जान्छ । स्वास्नीले बनाएको लिस्टअनुसार उनीहरू सामान किन्दै जान्छन् । अन्त्यमा खसीको मासु किन्ने कुरा हुँदा पैसाको अभावमा माछा किन्ने निधो हुन्छ । माछा किन्न पनि पैसा नपुगेपछि स्वास्नीले आफ्नी साथी शोभासँग सापटी मागेर माछा किन्छन् र सानो छोरासहित खुसी हुँदै घर गएर पकाएर स्वादपूर्वक खान्छन् । अब त्यो खुसी त्यो घरमा अर्को महिना तलब आएपछि मात्र आउँछ ।
यसप्रकार कथाकार ध्रुवचन्द्र गौतमले ‘स्वाद’ कथामा नेपाली समाजका विविध सामाजिक तथा सांस्कृतिक विषयको चर्चा गरेका छन् । सामान्य कारिन्दाको परिवारको जीवनशैली मार्फत गरिबीको पीडा अभिव्यक्त गरेका छन् ।
१२. व्याख्या गर्नुहोस् :
प्रस्तुत गद्यांश कक्षा ९ को नेपाली पाठ्यपुस्तक अन्तर्गत दोस्रो पाठमा रहेको ‘स्वाद’ शीर्षकको कथाबाट साभार गरिएको हो । यस कथाका कथाकार ध्रुबचन्द्र गौतम (वि.सं. २०००) हुन् । कथा, नाटक, कविता, उपन्यास, आदि थुप्रै विधामा कलम चलाउने उनी बहुमुखी प्रतिभा भएका व्यक्तित्व हुन् । आजभन्दा करिब ५० वर्षअघि तत्कालीन परिवेशको निम्नस्तरका जागिरेहरूको दयनीय अवस्थालाई कथाले देखाएको छ ।
गरिबी सबैसँग हुन्छ । हामीले सक्दो गरिबी हटाउने प्रयत्न गर्नुपर्छ । गरिब भइयो भन्दैमा सधैँ गरिबीमा पिल्सिएर बाँच्नु पर्छ भन्ने छैन । जो गरिब छ, दयनीय आर्थिक अवस्था छ भने अब उसले यसका विरुद्ध क्रान्ति गर्नेपर्छ । गरिबले आवश्यक मात्रामा खान, लाउन पाउनै पर्छ । सबैले सहज जीवन जिउने प्रयत्न गर्नै पर्छ । गरिब छु भन्दैमा गरिब भएर बास्नु हुँदैन । गरिब हुँदैमा आफ्ना रहर इच्छा आकाङ्क्षालाई मारेर बस्नुहुँदैन । त्यसका विरुद्धमा संघर्ष गर्ने पर्छ । सबैले गरिबीका विरुद्धमा घृणा गर्ने पर्छ । गरिबीलाई कसैले मन पराउँदैनन् ।
यसरी आजभन्दा करिब ५० वर्ष अघिको परिवेशमा लेखिएको यो कथा आजका तल्लो स्तरका कर्मचारीले पनि भोगिरहेको कथा हो । त्यसर्थ अहिलेको पनि सान्दर्भिक कथा हो ।
१३. दिइएका प्रश्नको उत्तर दिनुहोस् :
सामाजिक यथार्थवादी कथाकार ध्रुवचन्द्र गौतमद्वारा लिखित स्वाद कथामा पारिवारिक घटना तथा सामाजिक आर्थिक अवस्थालाई विषयवस्तु बनाइएको छ । न्यून वेतनभोगी सरकारी जागिरेहरूले आफ्ना दैनिक आवश्यकता परिपूर्ति गर्न समेत तलब आउने दिन कुर्नु पर्ने कारुणिक अवस्थाको सजीव चित्र उतार गरिएको छ । कथाकारले गरिबी, आर्थिक अभावग्रस्त पारिवारिक विषयवस्तु प्रस्तुत गर्दै पारिवारिक एकता, समझदारी, आपसी विश्वास र सहयोगी भावना भएमा सुख र सन्तोषपूर्ण जीवन बिताउन सकिने सन्देश दिएका छन् । कथामा वर्णन गरिए झैँ नेपाली समाजमा पनि गरिबी व्याप्त रहेको छ । कतिपय गरिबहरूले आफ्नो गरिबीलाई बहाना बनाइ अरूसँग हात तेर्स्याइ पराश्रित बन्ने र अपमानित तथा परनिर्भर जीवनतर्फ आफूलाई डोऱ्याएको पाइन्छ । साथै कतिपय गरिबहरू गरिबीलाई परास्त गर्न, गरिबीबाट माथि उठ्न आफूमा निहीत सिप चलाइरहेका छन्, पसिना बगाइ श्रमको सम्मान गर्दै पाखुरा बजार्दै छन्, नङ्ग्रा खियाउँदै छन् । जो श्रम, पसिना र क्रियाशीलतामा विश्वास गर्दै अगाडि बढेका छन् उनीहरूसँग गरिबी परास्त हुँदै छ, उनीहरूको जीवनस्तरमा सुधार आउँदै छ र क्रमश: सुख र सन्तोषपूर्ण जीवन बिताउने अवसर प्राप्त गर्दैछन् भने जसले गरिबीलाई बहाना बनाइ आफूलाई निष्क्रिय राखे, पराश्रित बने उनीहरू दयनीय जीवन बिताउन विवश रहेकाछन् । अभाव र गरिबीले त्यस्ता मानिसहरूको पारिवारिक एकता, विश्वास र शान्ति गुमेको छ । उनीहरू अरूको दया र सहानुभूतिको पात्र बनेर आधारभूत आवश्यकता परिपूर्ति गर्नसमेत अरूकै कठपुतली बन्नु पर्ने अवस्था रहेको छ ।
१४. तल दिइएको सन्दर्भ पढी तोकिएको कार्य गर्नुहोस्ः
• घरमा बनेका खाजाका परिकार स्वस्थ्यकर हुने, स्वास्थ्यमा कुनै असर नपर्ने, स्वाद र रङका लागि कुनै मिसावट नहुने, उपभोग्य मिति वा समय सकिएको नहुने, खर्च बचाउने, स्वास्थ्य नै जीवनको पहिलो धन भएकोले सुरक्षित जीवनका लागि घरमा नै बनाएका खाजा उपयुक्त हुने,
• बजारिया खानेकुरा स्वस्थ्यकर नहुने, स्वाद, रङ र गन्धलाई प्राथमिकता दिइने भएकोले बजारिया खाजाबाट विभिन्न खालका रोगहरू लाग्न सक्ने, उत्पादन र उपभोग्य मिति समाप्त भएका पनि हुन सक्ने जसले खानाकै कारण स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने, खर्च बढाउने ।
Discussion
Share a helpful question, idea, or explanation with other students.