मेघ बिजुली विवाह
कविता • अभ्यास समाधान
शब्दभण्डार
१. तल दिइएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस्:
२. तल दिइएका शब्द र विपरित अर्थबिच जोडा मिलाउनुहोस्ः
३. तल दिइएका समान ध्वनियुक्त शब्दको अर्थ पहिचान गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस्ः
बोध र अभिव्यक्ति
१. तपाइँले तल दिइएका शब्दलाई कवितामा लेखाइअनुरूप नै उच्चारण गर्नुभयो । अब कविता पढ्दा उच्चारण गरेभन्दा भिन्न रूपमा उच्चारण गर्नुहोस्:
३. तल दिइएका प्रश्नको उत्तर भन्नुहोस्:
४. दिइएको कवितांश पढी तल सोधिएका प्रश्नको सङ्क्षिप्त उत्तर दिनुहोस्ः
सितारे घुम्टी हुन् चमचम निशाका जुनकिरी
भए ती इन्द्रेनी वसन बहरङगी फिरिफिरि
भयो रातो खास्टो रवि किरणले पश्चिम गिरि
निशाको त्यो कालो तम पटल भो नील कवरी ।।
५. तल दिइएको प्रश्नको उत्तर लेख्नुहोस्:
कवि भरत राज पन्तद्वारा लिखित ‘मेघ बिजुली विवाह’ कविको बेजोड कल्पनाशक्तिको अनुपम शिल्प प्रस्तुत भएको प्रकृति प्रधान कविता हो । कर्मशील भनेर धर्तीलाई सजाउने सन्देश दिने यस कवितामा प्रकृतिका विभिन्न अवस्थालाई मानवीकरण गरिएको छ ।
कवितामा कवि चेतना र कल्पनाले हावाले हल्लिएको सारा वनजङ्गललाई विवाहको मण्डप बनाएका छन् भने पहाडमा रहेका केराका बोट तथा फलले चंदुवाको रूपमा कार्य गराएर आकर्षक विवाह मण्डप बनाएको छन् ।
कवि भरतराज पन्तद्वारा लिखित ‘मेघ बिजुली विवाह’ कविको बेजोड कल्पनाशक्तिको अनुपम शिल्प प्रस्तुत भएको प्रकृति प्रधान कविता हो । कर्मशील भनेर धर्तीलाई सजाउने सन्देश दिने यस कवितामा नेपालको अनुपम प्राकृतिक सौन्दर्यलाई मानवीकरण गरिएको छ ।
कविले कवितामा नेपाली प्रकृति तथा यसको सौन्दर्यको कलात्मक चित्रण गरेको छन् । आषाढ महिनामा पर्ने पानीले बाँसका झाङहरूबाट झ्यालीको सङ्गीतमय आवाज उत्पन्न हुन्छ । पहाड हरियो दोसल्लामा सजिएको हुन्छ । हरियो पृथ्वीले तन्ना र मखमली गलैँचाको खाँचो पुरा गर्दछन् । सूर्यको गुराँसे लालीले टल्कने पहाडको सुन्दरता दुलहीले ओढ्ने रातो आँचल वा खास्टोको सुन्दरता बिर्साउँछ । आकाशमा चाहाराको खोजी तथा बासस्थान तर्फ उड्ने बकुल्लाको ताँतीले हँस्यौली र ठट्यौलीसहित रसपूर्ण कुराकानी र भावको हिँडेका जन्तीको ताँतीको अनुभूत गराउँछ । रात्रीको निष्पट्टतामा मधुर प्रकाश छर्दै चमचम चम्कने जूनकिरीले दुलहीको सितारे घुम्टीको सौन्दर्य सिर्जना गर्ने, वर्षामा देखिने इन्द्रेनी दुलहीले पहिरिने रङ्गिन कपडामा जस्तै सौन्दर्य देखिने, सूर्यास्तको समयमा सिन्दुरे रवि किरणले पश्चिम गिरि रातो खास्टो जस्तै देखिने, रात्रीको निष्पट्ट अन्धकारले ढाकिएको आवरणले दुलहीको चुल्ठोको भान हुने, चराचुरुङ्गीका मधुर बोलीले दुलहीको पयरको कल्लीको मिठासपूर्ण अङ्गीतमय आवाज सिर्जना गर्ने चर्चा गर्दै प्राकृतिक सुन्दरताको वर्णन गरेका छन् ।
प्रकृति तथा संस्कृति प्रेमी कवि भरतराज पन्तद्वारा लिखित ‘मेघ बिजुली विवाह’ प्रकृति प्रधान कवितामा प्रकृतिको मानवीकरण गर्दै मानिसले आफ्नो कर्मले धर्तीलाई सजाउनु पर्ने सन्देश दिएका छन् ।
पूर्वीय दर्शन र संस्कृतिप्रति श्रद्धा र सम्मान गर्ने कवि पन्तले यस कवितामा आफ्नो कवि प्रतिभा र बेजोड कल्पनाशक्तिको अनुपम संयोजनबाट मेघ र बिजुलीको हिन्दु संस्कृतिअनुसार विवाह सम्पन्न गराएका छन् । विवाह मण्डपमा केराका खामहरू गाडेर चंदुवा टाँगिएको हुन्छ, मण्डपमा दुलाहाको स्वागतमा तन्ना वा मखमली गलैँचा ओच्छ्याइएको हुन्छ, पण्डितहरूले वेदका ऋचा पाठ गर्दै विवाहको विधि पुरा गर्दछन् । विभिन्न बाजागाजा बजाएर नाचगान गरिन्छ ।
संस्कृति तथा प्रकृति प्रेमी छन्दवादी कवि भरतराज पन्तद्वारा रचित ‘मेघ बिजुली विवाह’ प्रकृति प्रधान कवितामा प्रकृतिको मानवीकरण गर्दै मानिसले आफ्नो कर्मले धर्तीलाई सजाउन पर्ने सन्देश दिएका छन् ।
कवि भरतराज पन्तले यस कवितामा आफ्नो काल्पनिक चेतना तथा बौद्धिकताको जादूगरीले मेघ र बिजुलीको विवाह सम्पन्न गराएर सारा जगतलाई अन्नको भोज खुवाउँदै आम सिर्जनशील मानव जातिलाई आफ्नो श्रम र पौरखलाई परिचालन गरी धर्ती सजाउनु पर्ने, सिँगार्नु पर्ने उत्कृष्ट सन्देश दिएका छन् । कविताको पाँचौँ श्लोकमा प्रत्येक रुखका हाँगाबिगाँमा बसेर मधुर स्वरमा चराचुरुङ्गीले गाएका गीतलाई दुलहीको पयरमा बज्ने कल्लीको आवाज मानेका छन् । वेलावेलामा झुल्किने वा चम्कने बिजुलीलाई कविले खुसी, हर्ष र लज्जा मिश्रित शर्माएकी वा मुस्कुराएकी दुलहीका रूपमा परिभाषित गरेका छन् ।
६. कविताको पहिलो र दोस्रो श्लोकलाई गद्यमा रुपान्तर गर्नुहोस् ।
हावाले हल्लाएको सम्पूर्ण वन विवाह मण्डप भयो । पहाडका चचुरा मण्डपमा उभ्याइएका केरा खाम र केराका दल खाममा लागेका घरी मण्डप सजाउने चंदुवा बनेर शोभा प्रदान गरेका छन् ।
७. व्याख्या गर्नुहोस् :
भइन् पृथ्वी तन्ना, चहुर छ गलैँचा मखमली
दुलाहाको रातो झलल पगरी भो हिम चुली ।
प्रकृति र पूर्वीय संस्कृतिको अनुपम संयोजन गरी लेखिएको ‘मेघ बिजुली विवाह’ शीर्षकको कवितामा कविको बेजोड कल्पनाशक्ति र बौद्धिकताको निखार प्रस्तुत भएको पाइन्छ । यस कवितामा कविले प्रकृतिलाई मानवीकरण गर्दै प्राकृतिक दृश्य तथा वस्तुलाई मानवीय भावमा प्रस्तुत गरी मानिसले आफ्नो कर्म र श्रमले धर्तीलाई सजाउनेतर्फ क्रियाशील हुन आह्वान गरेका छन् ।
व्याख्याको लागि दिइएको उपरोक्त कवितांशमा दुलाहा मेघ र दुलही रानी बिजुलीको वैदिक विधि अनुसार विवाह गराउने सन्दर्भमा सारा पृथ्वीलाई जन्ती र दुलाहाको स्वागतार्थ बिछ्याइने तन्ना र हरियो चहुरलाई मखमली गलैँचाको भूमिकामा प्रस्तुत गरिएको छ । यस्तै सूर्यको गुराँसे लालीले रङ्गिएको हिमचुली दुलाहाको शिरमा बाँधिएको पगरी भएको बताइएको छ ।
अतः उपरोक्त कवितांशमा कविले वैदिक विधिद्वारा मेघ र बिजुलीको विवाह सम्पन्न गराउने क्रममा प्रकृतिका विभिन्न वस्तुहरूलाई अलग अलग भूमिकामा प्रस्तुत गर्दै कविमनमा निहीत अगाध प्रकृति तथा संस्कृति मोह प्रस्तुत गरेका छन् ।
८. ‘मेघ बिजुली विवाह’ कवितामा व्यक्त भाव बताउनुहोस् ।
प्रकृति तथा संस्कृति प्रेमी कवि भरतराज पन्तद्वारा लिखित ‘मेघ बिजुली विवाह’ प्रकृति प्रधान कवितामा प्रकृतिको मानवीकरण गर्दै मानिसले आफ्नो कर्मले धर्तीलाई सजाउनु पर्ने सन्देश दिएका छन् । कवि भरतराज पन्तले आफ्नो कल्पनाशक्ति र बौद्धिकताको उच्चतम् प्रयोग गरी प्रकृति तथा पूर्वीय संस्कृतिप्रति अगाध श्रद्धा व्यक्त गरेका छन् ।
कविले कवितामा प्रकृतिका विभिन्न वस्तु वा दृश्यलाई वैदिक विधिअनुसार विवाह सम्पन्न गर्ने क्रममा आवश्यक भूमिकामा प्रस्तुत गरेका छन् । कविले पृथ्वीलाई तन्ना, हरिया चहुरलाई मखमली गलैँचा, हरियो पहाडलाई पण्डित, हिम चुलीलाई दुलाहाको पगरी, मयुरको बोलीलाई वेदका ऋचा वा मन्त्र, पानी पर्दा बाँसका झ्याङहरूबाट आउने मधुर झिमझिम आवाजलाई झ्यालीको सङ्गीतमय आवाज, हावाले हल्लिएको वनलाई विवाह मण्डप, पहाडका चुचुरालाई केराका खाम तथा चौका चंदुवाका रूपमा प्रस्तुत गरिएको छ । कविले आकाशमा चाहाराको खोजीबाट बासस्थानतर्फ उडेका बकुल्लाका ताँतीलाई रसिक जन्तीको संज्ञा दिएका छन् । यसैगरी निशामा चमचम मधुर प्रकाशसहित चम्कने जूनकिरीलाई दुलहीको सितारे घुम्टी, सप्तरङ्गी इन्द्रेनीलाई दुलहीका कपडा, अस्ताउँदो रवि किरणले रक्तिम देखिएको पश्चिम गिरिलाई दुलहीको आँचल वा खास्टो, रात्रीको अन्धकारले ढाकिएको आवरणलाई दुलहीको कालो केशरासीसहितको चुल्ठोका रूपमा प्रस्तुत गरेका छन् । चराचुरुङ्गीको मधुर वाणीलाई दुलहीको पयरमा लगाइएका कल्लीको मिठासपूर्ण आवाजका रूपमा चित्रण गरेका छन् । वेलावेला झिलिकझिलिक गरी चम्कने बिजुलीलाई हर्ष, उमङ्ग, उत्साह, आवेग तथा डर, भय मिश्रित नव वधूको लज्जायुक्त मुस्कुरावटका रूपमा प्रस्तुत गरिएको छ ।
मेघ र बिजलीको विवाहा उत्सवको समाप्ती पश्चात सारा जगतलाई अन्नको भोज खुवाएर आफ्नी दुलही रानीलाई लिएर मेघरूपी दुलाहा रस्वास्वादनका लागि शरद ऋतुतर्फ प्रस्थान गरेको बताइएको छ । अतः कविले मेघ र बिजुलीको विवाह उत्सव र वर्षा पश्चात अन्नको उत्पादन हुने सबै प्राणीको भरण पोषण हुने कुरा बताउँदै कर्म र श्रमले धर्ती सजाउन सके ।
९. ‘मेघ बिजुली विवाह’ कवितामा मेघ र बिजुलीलाई दुलाहा दुलहीका रूपमा चित्रण गरिए जस्तै अन्य कुन कुन विषयवस्तुलाई के केसँग तुलना गरिएको छ ?
कवि भरतराज पन्तले आफ्नो कवि मन र चेतनाले प्रकृतिका विभिन्न दृश्य तथा वस्तुलाई मानवीय भावमा प्रस्तुत गर्दै प्रकृति तथा संस्कृति प्रेमको संगमका रूपमा यो कविताको रचना गरेका छन् । प्रकृतिका विभिन्न वस्तुलाई निम्न अनुसार तुलना गरिएको पाइन्छ:
१०. आकाश गर्जी बिजुली चम्किँदा एक्कासि तपाईंको मनमा कस्तो भाव उत्पन्न होला, साथीहरूका बिचमा छलफल गर्नुहोस् ।
११. तल दिइएका विषय सन्दर्भमा साथीहरूबिच छलफल गर्नुहोस्:
१२. नेपाली वर्णमालामा राखिएका वर्णहरूको क्रम र नेपाली शब्दकोशमा राखिएको वर्णहरूको क्रम पढ्नुहोस् र दिइएका प्रशनका उत्तर दिनुहोस्ः
कमल, जीवन, निलम, राम, यमन ।
Discussion
Share a helpful question, idea, or explanation with other students.