Class 8 Nepali Chapter 11 Ekjor Jutta Notes | एकजोर जुत्ता

कक्षा ८ नेपाली • पाठ ११

एकजोर जुत्ता

अभ्यास समाधान

शब्द भण्डार

१. दिइएका शब्द र अर्थबारे छलफल गर्नुहोस् :

उत्तर
असार : सार नभएको, आषाढ महिना
खोटो : नचल्ने पैसा, सल्लाको चोप
वर : दुलाहा, नजिक
पक्ष : विवादको एक पाटो, पन्ध्र दिन
फल : परिणाम, फलफूल
पासो : जाल, झेल
नगर : सहर, निषेध
जग : पानी खाने भाँडो, घरको आधार
नाल : बन्दुकको नली फोहोर बग्ने बाटो
हुस्सु : कुहिरो, मूर्ख

२. दिइएका शब्द पढ्नुहोस् र शिक्षकसँग छलफल गरी तिनको अर्थ लेख्नुहोस् :

उत्तर
सभ्य : शिष्ट, भद्र
मलिन : अँध्यारो, मलिनो
दोमन : दोधार, यसो गरूँ कि उसो गरूँको स्थिति
खिन्न : उदास, दिक्दार
जिज्ञासु : जान्न चाहने, जिज्ञासा राख्ने
आश्चर्यपूर्ण : आश्चर्यजनक, छक्क पार्ने
गम्भीर : गहिरो, जटिल, शान्त
खुलस्त : स्पष्ट, नलुकाईकन व्यक्त गरिएको
अचानक : एक्कासी, अकस्मात्, अपर्झट
तरङ्ग : उत्साह, चञ्चलताको अवस्थामा मनमा उठ्ने तर्कविर्तक
निवास : आश्रम, घर

३. दिइएको अनुच्छेदबाट अनेकार्थी शब्द टिपोट गरी तिनको अर्थ लेख्नुहोस् :

उत्तर
साल
वर्ष, सखुवा, सालको रुख
ताप
तातोपन, मानसिक दुःख वा पिर
पुतली
खेलौना, किराको एक जाति
दाना
पशपन्छीको आहार, फलफूलको गेडो
ताल
ठुलो पोखरी, चाल वा पारा

४. दिइएका अनेकार्थी शब्दलाई फरक फरक अर्थ आउने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

उत्तर
उत्तर

उसलाई प्रश्नको उत्तर लेख्न आएन ।

उसको घर चोकबाट उत्तरतिर पर्छ ।

कल

मैले लुगा सिउने कल किन्ने विचार गरेँ ।

साना साना कुरामा कल गर्ने बानी राम्रो होइन ।

गोल

आजको फुटबल खेलमा मैले निर्णायक गोल गरेँ ।

विश्वकर्मा दाइ गोल बनाउन जङ्गलतिर लाग्नुभयो ।

तर

मलाई दुधको तर मन पर्दैन ।

हरि आयो तर श्याम आएन ।

मास

मलाई मासको दाल मिठो लाग्छ ।

असार मासमा धेरै पानी पर्छ ।

हार

उसले श्रीमतीलाई हार किनिदियो ।

आजको खेलमा हाम्रो क्लबको हार भयो ।

५. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

उत्तर
किनमेल : म शनिवार बजार गई किनमेल गर्छु
सप्तरङ्गी : इन्द्रेनी लागेको बेलामा देखिने सप्तरङ्गी दृश्यले मोहित पार्छ ।
पुलकित : भाइको मुहार खेलौना पाएर खुसीले पुलकित भएको छ ।
अचानक : अचानक कति ठूलो पानी पर्‍यो ।
शङ्कालु : कसैमाथि धेरै शङ्कालु बन्नु हुँदैन ।
खुलस्त : हामीले आफ्ना मनका कुरा खुलस्तसँग राख्नुपर्छ ।
संवाद : ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोलिने संवाद साह्रै मन पर्छ ।
निन्याउरो : मन दुखी हुँदा अनुहार निन्याउरो हुन्छ ।

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play