Class 9 Nepali Chapter 9 Kanchanjanghalai Niyalda Notes | कन्चनजंघालाई नियाल्दा अभ्यास

कक्षा ९ नेपाली • पाठ ९

कन्चनजंघालाई नियाल्दा

नियात्रा • अभ्यास समाधान

शब्दभण्डार

१. दिइएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस् :

उत्तर
क) गौरव वा महिमाले युक्त : गर्व
ख) सुन्दर हुनाको भाव : सुन्दरता
ग) आँखा : नयन
घ) बिर्सनै नसकिने, भुल्न नहुने : अविस्मरणीय
ङ) जिउँदो वा जीवित : सजीव
च) हलचल नगर्ने, स्थिर : निश्चल
छ) काम गर्ने क्षमता, शक्ति : सामर्थ्य

२. नियात्रामा प्रयोग भएका निम्नलिखित पद, पदावलीको अर्थबारे छलफल गर्नुहोस् :

उत्तर
कञ्चनजङ्घा : स्वच्छ जाँघ वा तिघ्रा
धावनमार्ग : दौडने मैदान
हिमशृङ्खला : हिमालको लहर
मनोरम दृश्य : रमाइलो दृश्य
बुद्धिमानी : बुद्धि भएको
स्वीकारोक्ति : स्वीकार गरिएको कुरा
प्राकृतिक सौन्दर्य : प्रकृतिको सुन्दरता

३. शब्दकोश हेरेर दिइएका शब्दको अनेक अर्थ लेख्नुहोस् ।

उत्तर
तिर : तिर्ने काम, तर्फ
चुली : सानो चुला, हिमाल वा कुनै वस्तुको टुप्पातिरको भाग
किन : कुनै काम वा विषयको कारण सोध्दा प्रयोग गरिने शब्द, कुनै कुरा पसलबाट पैसा तिरेर ल्याऊ भन्ने आदेश
अर्थ : मतलब, तात्पर्य, पैसा
मूल : जरो, रुखपात, बोटबिरुवा आदिको जमिनमुनि रहने खण्ड वा भाग, मुख्य कुरा

बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्धसँग उच्चारण गर्नुहोस् :

कलरव, सेसेलुङ, कञ्चनजङ्घा, मन्त्रमुग्ध, उद्वेलन, मातृत्वभाव, थाङ्यानी, स्मृतिपट

= शिक्षकको निर्देशनअनुसार गर्नुहोस् ।

२. नियात्राको आठौं अनुच्छेद पालैपालो सस्वरवाचन गर्नुहोस्।

= शिक्षकको निर्देशनअनुसार गर्नुहोस् ।

३. नियात्राको ‘अब हामी…रहेछ’ अनुच्छेद पढी तलका प्रश्नको मौखिक उत्तर दिनुहोस् :

क) अनुच्छेदमा कतिभोटा वाक्य रहेका छन् ?
उत्तर अनुच्छेदमा सातओटा वाक्य रहेका छन् ।
ख) अनुच्छेदको सबैभन्दा लामो वाक्य कुन हो ?
उत्तर अनुच्छेदको दोस्रो वाक्य सबैभन्दा लामो वाक्य हो ।
ग) अनुच्छेदको सबैभन्दा छोटो वाक्यमा कतिओटा शब्द रहेका छन् ?
उत्तर अनुच्छेदको सबैभन्दा छोटो वाक्यमा तीन ओटा शब्द रहेका छन् ।
घ) अनुच्छेदको उपयुक्त शीर्षक के हुन सक्छ ?
उत्तर अनुच्छेदको उपयुक्त शीर्षक ‘निद्रा पछिको स्फुर्ति’ हुनसक्छ ।

४. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :

क) तलेजु बजार कसरी पुगिन्छ ?
उत्तर कन्याम, फिक्कल र फिदिम हुँदै पहाडी घुम्ती अनि विभिन्न आरोहअवरोह पार गर्दै ताप्लेजुङ बजार पुगिन्छ ।
ख) ताप्लेजुङको नामकरण कसरी भएको जनश्रुति पाइन्छ ?
उत्तर मध्यकालमा ‘ताप्ले’ नाम गरेका राजाले शासन गर्ने भएकोले र उनै राजाको अधिनमा रहेको ‘जुङ (लिम्बू भाषा) अर्थात किल्ला भएकाले ताप्लेजुङ नामकरण भएको जनश्रुति पाइन्छ ।
ग) लेखकलाई आफ्नो शरीरप्रति भरोसा नलाग्नुको कारण के हो ?
उत्तर ओइलाएको सागझैँ लल्याकलुलुक शरीर भएकोले लेखकलाई आफ्नो शरीरप्रति भरोसा नलागेको हो ।
घ) सिरेटासँग सिँगौरी खेल्न भन्नुको आशय के हुन सक्छ ?
उत्तर सिरेटासँग सिँगौरी खेल्न भन्नुको आशय हावालाई छिचोल्दै हिँड्नु भन्ने बुझिन्छ ।

५. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

क) माथिको अनुच्छेदमा कस्तो भौगोलिक परिवेश वर्णन गरिएको छ ?
उत्तर माथिको अनुच्छेदमा पहाडी क्षेत्र, मानव वस्ती, मनोरम वातावरण, खेतबारी, किसानहरूले सङ्घर्ष गरिरहेको परिवेशको वर्णन गरिएको छ।
ख) अनुच्छेदका आधारमा त्यहाँका मानिसको पेसा व्यवसायबारे अनुमान गर्नुहोस् ।
उत्तर त्यहाँका मानिसहरू खेतबारीमा काम गर्ने, आफूले उत्पादन गरेका फलफूल तरकारी बेचेर जीविकापार्जन गर्ने, घाँस दाउरा गर्ने गर्थे र उनीहरूको मुख्य पेसा भनेको खेती किसानी हो ।

६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

क) लेखकलाई कञ्चनजङ्घाको पदयात्रा गर्ने रहर किन जाग्यो ?
उत्तर लेखकलाई बेला बेलामा नेपालका प्राकृतिक सम्पदाको नजिकै पुगेर धीत मर्ने गरी हेर्ने हुटहुटी जागेकोले धेरै पटक सपनामा पूर्वी नेपालको प्राकृतिक सौन्दर्यमा रमाउने र कल्पनामा डुबिरहने भएकोले लेखकलाई कञ्चनजङ्घाको पदयात्रा गर्ने रहर जागेको हो।
ख) घुन्साको बसाइमा लेखकले कस्तो अनुभव गरेका छन् ?
उत्तर लेखकले घुन्सा बसाइमा अरू ठाउँको तुलनामा घुन्सा विकसित रहेकोले बिजुली बत्ती र टेलिफोनको सुविधाका कारण सहज अनुभव गरेका छन् । होटेल व्यावसायीले अतिथि सत्कारबाट सन्तुष्टि प्रदान गरेकोले घुन्सामा लेखकले प्राप्त गरेको अनुभव सुन्दर र जीवन्त रहेको छ ।
ग) पाठका आधारमा कन्चनजङ्घाको सौन्दर्य वर्णन गर्नुहोस् ।
उत्तर

यात्रीहरू पुग्दा ८५८६ मिटर उचाइको कञ्चनजङ्घाको शिरमा बादल सलबलाइरहेको थियो यही दृश्यले यात्रीहरू तान्न थाल्छ कञ्चनजङ्घालाई बादलले त्यसरी ढपक्क ढाक्न खोज्दा हावालाई भोक चले हावा गएर बादलका ससाना दललाई लखेट्थ्यो । यहाँ निर प्रकृतिलाई कलात्मक तरिकाले मानवीकरण गरिएको छ ।कञ्चनजङ्घाको सुन्दरतालाई नजिकबाट नियाल्दा यात्राभरिका उनीहरूका दुःख, कष्ट र पीडा हराएर गएछन्। यसैबाट पनि कञ्चनजङ्घा भित्रको सुन्दरता कति जादुमय छ भन्ने प्रष्ट हुन्छ ।

कञ्चनजपालाई नेपाल र भारतको सिमाना छुट्याउने प्राकृतिक पर्खाल र नेपाल आमाको पहरेदारको रूपमा लिइएको छ । यात्रीले कञ्चनजङ्घालगायत वरिपरिका सम्पूर्ण हिमशृङ्खला मुसुमुसु मुस्कुराइरहेका थिए भनेर कञ्चनजङ्घाको सुन्दरतालाई मानवीकरण गरी त्यस सुन्दरताको जीवन्त चित्रण गरेका छन् । घामको लालीले कञ्चनजङ्घा सिँगारिएर सायद दुलही जस्तै बनेको होला । त्यसैले यात्राको सबैभन्दा रोमाञ्चक क्षण यही लागेको छ यात्रीहरूलाई हिउँ चुम्दै ब्युँझेको अरुणको मलिन किरणको फैलावटसँगै कञ्चनजङ्घा शीतल पवनमार्फत पहाड र तराईलाई शान्तिको सन्देश पठाइरहेछ । वास्तवमा कञ्चनजङ्घा त एउटा नियति रहेछ, प्रकृतिसित उसले गरेको सम्झौता र स्वीकारोक्तिले शरीरभरि सेतो र चिसो हिउँको उपर्ना ओढेर हाँसिरहेको एउटा यथार्थता रहेछ भनेर लेखकले स्विकार गरेपछि हामीले पनि कञ्चनजङ्घाको प्राकृतिक सुन्दरताको उचाइ र गहिराइ कति रहेछ भन्ने बुझ्न सक्छौं अतः कञ्चनजङ्घाको सुन्दरता अद्वितीय र आकर्षक छ जसलाई शब्दमा व्यक्त गर्न सकिँदैन ।

७. नियात्रा पढेपछि हिमालको सुन्दरताका बारेमा मनमा उत्पन्न भाव समेटी एउटा अनुच्छेद तयार पार्नुहोस् ।

उत्तर

नेपाल पर्यटनका दृष्टिले धर्तीको स्वर्ग हो जसलाई हिमाल, पहाड र तराई तीन प्रदेश मिलेर स्वर्ग बनाएको छ । त्यसमध्ये यहाँका हिमश्रृखलाहरूले सुनमा सुगन्ध छरेको छ । चिसो मौसम, सिरेसिरे हावा चलिरहने, बिहानीको सूर्यकिरणले त स्वर्ग नै यही आएको जस्तो हुन्छ र मानिसहरू घर्तीको स्वर्ण हिमखलाहरू छोडेर अन्त जान मन गर्दैनन् । सेता दाँतका लहर देखाएर नेपाललाई स्वर्ग बनाउने हिमालहरू नेपालमा धेरै छन जसमध्ये समाधा विश्वकै सर्वोच्च शिखर हो । मलाई यो निबन्ध पढ्दा साँच्चिकै लेखक सँगसँगै कञ्चनजङ्घाको यात्रामा निस्के जस्तो अनुभूति भयो । हिमालबाट बग्ने चिसो पानी र चिसो हावाको स्पर्शले जुन आन्द दिन्छ, त्यो आनन्द प्रकृतिको उच्चतम आनन्द हो । मलाई यस्तो हिमाली परिवेश असाध्यै मनपर्छ । यस्तो परिवेशमा हराउनुको आनन्द अरू कुनै आनन्दसँग तुलना गर्न सकिँदैन ।

८. नियात्राका आधारमा पदयात्राका रमाइला क्षण र आइपर्ने कठिनाइको चर्चा गर्नुहोस् ।

उत्तर

लेखक राजेन्द्रमान डङ्गोल कञ्चनजङ्घाको पदयात्रा गर्न गएका थिए । उक्त यात्रामा उकाली ओराली गर्दै, थकाई मार्दै, भोक र थकाई लाग्दा लाग्दै पनि गन्तव्यका लागि हिँडेका थिए । तर त्यहाँको प्राकृतिक मनोरम दृश्य, त्यहाँका मानिसहरूले गर्ने स्वागत र सम्मानले उनीहरूको थकाई मेटाउँथ्यो । हिँड्दा बाटामा देखिने सुन्दर दृश्य र फलफूलका बोटहरू, फूलहरू पन्छी, जनावर, झरना र गन्तव्यमा पुग्ने उत्साहले यात्रालाई रमाइलो बनाएको थियो बाटाहरू अप्ठेरो हुनाले सञ्चारको माध्यम सबै ठाउँमा नभएकोले बिरामी हुनसक्ने सम्भावनाले भने यात्रालाई कठिन बनाएको थियो । हो यस्तै रमाइलो र कठिनाइ हरेक यात्रामा हुन्छ । मैले पनि जीवनमा यस्तो केही यात्राहरू गरेको छु ती यात्राहरूमा प्रायः यो निबन्धका लेखकका जस्ता अनुभव छन्, त्यस्तै अनुभव हासिल गरेको छु मलाई लाग्छ जो कोहीको यात्रामा यस्तै रमाइलो र कठिनाइहरू हुन्छन् यात्रामा अलि-अलि कठिनाइ भएन भने यात्रा अविस्मरणीय पनि हुँदैन ।

९. नियात्राको हाम्रो यात्राको…. बाटो लाग्यौं’ अनुच्छेद पढी कुनै तीनओटा प्रश्न निर्माण गर्नुहोस् र उक्त प्रश्नको उत्तर लेखी शिक्षकलाई देखाउनुहोस् ।

क) लेखकलाई बाटोमा के से स्वागत गरे ?
उत्तर लेखकटलाई बाटामा रङ्गीविरङ्गी लाली लगायत अनेकौ फूलहरूले स्वागत गरे ।
ख) लेखकलाई के ले गर्दा उर्जा थपिएको महशुस हुन्थ्यो ?
उत्तर लेखकलाई लालीगुराँको सौन्दर्यको सलिमाले प्रत्येक पाइलामा उर्जा पिएको महस हुन्थ्यो।
ग) फलेगाउँ कस्तो देखिएको रहेछ ?
उत्तर फलेगाउँ चारैतिर पहाडले घेरिएको प्रकृतिका कालिगढले कुँदेर बनाएको कलात्मक र सुन्दर उपत्यकाजस्तो देखिएको रहेछ ।

१०. व्याख्या गर्नुहोस् ।

वास्वतमा जीवन भन्नु नै यात्रा रहेछ। यात्रा चाहिँ जोखिम नमोलिकन कहिल्यै पूरा हुँदो रहेनछ ।
उत्तर

कञ्चनजपालाई नियाल्दा नियात्रा राजेन्द्रमान गोलद्वारा लेखिएको नेपालको हिमाली प्राकृतिक सुन्दरता, त्यहाँको बासस्थान र संस्कृतिमा आधारित छ । यस नियात्रामा लेखक कञ्चनजङ्घा हिमालको यात्रा गर्न जाँदा यात्राका रमाइला क्षण र आइपरेका समस्या र कठिनाइको बारेमा आधारित छ ।

माथिको पङ्क्ति यसै नियात्राबाट साभार गरिएको हो। यस नियात्रामा लेखकले भने जस्तै जीवन भनेको यात्रा हो जहाँ जोखिम, कष्ट नभई पूरा हुँदैन आमाको गर्भमा भएदेखि मर्ने बेलासम्म मान सङ्घर्ष गरेर बाँच्छ, चाहे त्यो यो दुनियासँग होस् या प्रकृतिसँग । यो धर्तीमा पाइला टेक्नु भनेकै एउटा सङ्घर्ष र कठिनाइको सुरुवात हो । आनन्दले केही चिन्ता नलिई बालापन गुजार्दै पार गर्नु हो । आनन्दले केही चिन्ता नलिई बालापन गुजार्दै, वयस्कमा जिम्मेवारीको ज्ञान हुँदै जिम्मेवारी बहन गर्दै आफ्नो भविष्य सुनिश्चित गर्न सङ्घर्ष गर्दै बुढेसकालमा हस्पिटलको खाटमा रोगसँग लड्नुसम्मको यात्रा ने जीवन हो। जुन यात्रा कठिनाइ पार गरेर अन्त्यमा आफ्नो गन्तव्यमा पुगेको छ । जुन कार्य म सक्दिन भनेर बसेको भए नियात्राकारले उनले जीवनको एउटा महत्त्वपूर्ण र रमाइला बादहरूलाई छुटाउन सक्छे । त्यसैले जीवनको यात्रा पनि जोखिम नमोलिकन कहिल्यै पूरा हुँदैन । जन्मेदेखि फेर्ने श्वासका लागि सङ्घर्ष गर्नुपर्छ जीवनका तितामिठा क्षणहरूले झनै जीवन सुन्दर बनाउँछन् । हैन भने जीवन जिउनुको के अर्थ हुन्छ र यदि सङ्घर्ष र कठिनाइविना नै मानिसले मृत्यु अङ्गाल्छ भने ।

११. रेडियो, टेलिभिजनमा प्रसारित विकास निर्माणसम्बन्धी समाचार सुनी त्यसबारे आफूलाई लागेको कुरा कक्षामा प्रस्तुत गर्नुहोस् ।

उत्तर

अहिले एक्काइसौं शताब्दीको दुनियाँमा हामी बाँचिरहेका छौं । विश्व ढुङ्गेयुगदेखि चन्द्रमामा पाइला टेक्ने युगसम्म आइपुगेको छ । तर नेपाल एउटा विकासशील देश हो। यहाँका कतिपय ठाउँहरूलाई विकास गर्नु अत्यन्तै जरुरी हुन्छ । प्रत्येक वर्ष जेठ १५ मा हाम्रो देशमा बजेट बाँडफाँट हुन्छ तर बाँडफाँट भएपनि सही ढङ्गले उपयोग हुन्न रेडियो, टेलिभिजनमा नेपाललाई सिङ्गापुर बनाउने, विश्वकै सुन्दर सहर बनाउने भन्ने जस्ता कुरा सुन्छौं । यो भन्दो अन्य आधारभूत कुराहरू जस्तैः सञ्चार, स्वास्थ्य सुविधा र शिक्षाको क्षेत्रमा पहिला विकास गर्नुपर्छ । सही ढङ्गबाट र तीव्र रूपमा आधारभूत कुराहरूको निर्माण र विकास हुनुपर्छ भन्ने मलाई लाग्छ । अहिले विभिन्न सञ्चार माध्यममा देशका विभिन्न ठाऊँमा भ्यु टावरहरू बनी रहेको देख्न सुन्न पाइन्छ । अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छन् तराई काठमाडौंलाई जोड्ने द्रुत मार्ग बन्दै छ यस्ता विकास निर्माणका कुराहरू सुन्दा खुसी लाग्छ ।

१२. पहाडको उकालो ओरालो बाटो हिँड्दा मनमा उत्पन्न हुने रमाइला भाव समेटी एउटा निजात्मक अनुच्छेद तयार गर्नुहोस् ।

उत्तर

म दसैमा मामाघर जाँदा गाउँको पहाडको बाटो हिँडेको थिएँ। पहाडमा चढेका सिंढीहरू, तिर्खा लाग्दा बाटामा भेटिएका पँधेराहरूको मलाई अहिलेसम्म याद छ । वरीपरी बाटोभरि भएका बोटबिरुवा जङ्गल, चराचुरुङ्गीको सुमधुर आवाजसँग मामाघर जाँदा स्वर्गीय आनन्द आएको थियो । झन् बाटोमा भेटिने ऐसेलु, काफल, चुत्रो जस्ता फलफूलले त झनै रमाइलो भएको थियो । सिरसिर चलिरहेको हावा, सफा मौसम, बारीमा काम गर्दै गरेका मानिसहरू ससाना पसलहरू सम्झिँदा निकै नै रमाइलो र फेरि त्यहाँ गइहालौं जस्तो लाग्छ साथीसँग कुरागर्दै रूखको छहारीमुनि बसेर खाजा खाएको पल त झनै ताजा छ । आरुबखरा, आल्चा, नास्पाती टिपेर खाँदा गएको त झनै कहाँ बिर्सिएला ? साँच्चै नै त्यो यात्रा सधै गरिरहुँ, उकाली ओराली गरिरहुँ र जताततै भएका सुन्दर, खेतका फाँटहरू, बारीहरूका हरियाली त आफूसँग बोकेर आऊँ जस्तो लाग्छ ।

१३. नियात्राको ‘आजको हाम्रो…… कञ्चनजङ्घा जस्तै’ अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् ।

उत्तर

बुँदाहरूः

१. ४१०० मिटर उचाइमा रहेको खम्टोचनको यात्रा गर्दा ठाढो उकालो र भोकले चुनौती दिनु,

२. आफूसँग भएको खाजा खाइसकेपछि निरन्तर यात्रा गरिरहनु जीवन यात्रा रहेको र कठिनाइ नभोगी यात्रा पूरा नहुनु,

३. जीवन यात्रा रहेको र कठिनाइ नभोगी यात्रा पूरा नहुने,

४. हिँड्दै गर्दा ६००० मिटरभन्दा माथिको बेगवली हिमाल आँखा अगाडि आउनु र खाम्बोचन पुग्नु सहरियाभन्दा खुसी त्यहाँका मानिस हुनु,

खाम्बोचनको यात्रा

४१०० मिटरको उचाइमा रहेको खाम्बोचनको यात्रा गर्दा पहाडको उकालो र भोक प्यासले चुनौती दिए पनि निरन्तर यात्रा गर्न आफूसँग भएको खाजा खाँदै लेखक अघि बढे जीवनको यात्रा कठिनाइबिना पूरा हुँदैन भन्ने ज्ञान लिँदै ६००० मिटरभन्दा माथिको बेगवती हिमाल आँखामा आइपुग्दा उनीहरू खाम्बोचन पुगे । सहरी लोभलाभबाट टाढा रहेका त्यहाँका बासिन्दा निकै खुसी थिए ।

१४. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

क) उत्तर दिनुहोस् :

क) त्रिवेणीको पूर्व र दक्षिणतिर देखिने दृश्य वर्णन गर्नुहोस् ।
उत्तर त्रिवेणीको पूर्वतर्फ विस्तारित निकुञ्ज र सैनिक गुल्मको कार्यालय, त्यसबाट थोरै पूर्वतिर अवस्थित खप्तड दह, दक्षिणतिरको शिखरमा अवस्थित सहस्रेश्वर शिवालय रहेका छन् ।
ख) खप्तडलाई के केको सम्मिश्रण भनिएको छ ?
उत्तर खप्तडलार्य हरिया भुइँमा राता र पहेंला बुट्टा भरिएका गलैँचाको आकारमा अर्द्धनिद्रित प्रकृति अलिकति रमणीय, अलिकति अत्यास, अलिकति शान्ति, अलिकति एकान्तको सम्मिश्रण भनिएको छ ।
ग) कस्तो कार्यबाट निकुञ्जको नियम उल्लङ्घन हुन्छ ?
उत्तर बोटबिरुवाको कटानीबाट निकुञ्जको नियम उल्लङ्घन हुन्छ ।
घ) तपाईलाई खप्तडको प्राकृतिक सौन्दर्य मन पर्नाका कारण लेख्नुहोस् ।
उत्तर सुन्दर दृश्य, रमणीय, शान्त र एकान्तमय वातावरण, विभिन्न जीवजनावर, पोखरी सबै थोकले भरिपूर्ण भएकोले मलाई खप्तडको प्राकृतिक सौन्दर्य मन परेको हो ।

ख) भाषा संरचना पहिचान गर्नुहोस् :

अ) उपयुक्त वर्णविन्यास पहिचान गर्नुहोस् :
उत्तर कार्यालय
आ) ‘मान्छेले निगालाको एउटा लौरो मात्र टेक्यो’ वाक्यमा रहेका उद्देश्य र विधेय पहिचान गर्नुहोस् ।
उत्तर
उद्देश्य : मान्छेले
विधेय : निगालाको एउटा लौरो मात्र टेक्यो
इ) ‘पाटी, तिर’ शब्दका विभिन्न अर्थ लेख्नुहोस् ।
उत्तर
पाटी : बटुवालाई विश्राम गर्न बनाइएको घर / कुनै दल वा सङ्गठन
तिर : तर्फ / तिर्ने काम वा तिराई
ई) अनुच्छेदबाट दुईओटा विभक्ति पहिचान गरी लेख्नुहोस्।
उत्तर लाई, को

१५. दिइएको सन्दर्भ पड्नुहोस् र तोकिएको कार्य गर्नुहोस् ।

धनकुमारीले कृषि विषय पढिन् । कृषिमा स्नातक सकेपछि उनले जागिर खाने विचार गरिनन् । आमाबुबाले छोरीले कृषि विषय पढेपछि राम्रो जागिर खालिन् भन्ने अपेक्षा गरेका थिए तर धनकुमारीलाई जागिरबाट भन्दा आफ्नो पाहअनुसार गर्ने आधुनिक कृषिबाट नै धेरै राम्रो हुन्छ भन्ने विश्वास थियो । उनले आफ्ना गाउँमा परम्परागत कृषि गर्ने सबै आमाबुबा, दाजुभाइ, दिदीबहिनीलाई आधुनिक प्रणालीअनुसार कृषिको तालिम दिने विचार भएको कुरा बताइन् । धनकुमारीका आमाबुबालाई छोरीको कुरामा विश्वास लाग्यो र खुसी भए ।
आमाबुबाले भविष्यमा इन्जिनियर बनाउने अपेक्षा राखे पनि तपाइँ आफूले पशुविज्ञान विषय पढेर राम्रो गर्न सक्ने कुरा कसरी विश्वास दिलाउनुहुन्छ, कक्षामा मौखिक रूपमा प्रस्तुत गर्नुहोस् ।
उत्तर

सबै मानिसको आफ्नै इच्छा, चाहना र लक्ष्य हुन्छन् । मेरो पनि आफ्नै चाहना र लक्ष्य छ । म भविष्यमा पशुविज्ञान विषय पढेर सोही विषयको विज्ञ बन्ने रहर छ । तर मेरो इच्छाभन्दा फरक छ बुबाआमाको इच्छा उहाँहरू चाहनुहुन्छ कि म भविष्यमा इन्जिनियर बनूँ। हुन त बुबाआमाले पनि मेरो लागि राम्रै सोचेर मलाई त्यो क्षेत्रतिर लाग्न प्रेरित गर्नुभएको हो । सबै अभिभावकहरू आफ्नो सन्तानको उज्यालो भविष्य देख्न चाहन्छन् म पनि मेरो बुबाआमाको विचारलाई सम्मान गर्छु । तर मलाई पशुविज्ञानको क्षेत्रमा विशेष रूचि छ । अरूले यो गर, ऊ गर भनेर कर गरेको विषयमा काममा राम्रो गर्न सकिँदैन । जहाँ आफ्नो रूचि छ र जुन काममा आफू खुसी हुन सकिन्छ त्यो काममा आत्मविश्वास पनि हुन्छ । गर्न सकिन्छ भन्ने अठोट हुन्छ । आखिर म पनि आफ्नो जीवनको जिम्मेवारी आफैँ लिन तयार हुनुपर्छ । मेरो जिन्दगी राम्रो बनोस्, आफू योग्य र सफल मान्छे बनूँ त्यो मेरो पनि चाहना हो त्यसैले कुनै चिन्ता नगरी मलाई मैले मेरो बाबाआमालाई विश्वास दिलाउन कोसिस गर्नेछु ।

सिर्जना र परियोजना

१. ‘प्राकृतिक सुन्दरता’ शीर्षकमा एउटा निबन्ध तयार पार्नुहोस् ।

उत्तर
प्रकृतिको सुन्दरता

सुन्दरता एक अमूर्त कुरा हो र यसको व्यक्ति पिच्छे फरक फरक बुझाइ रहन्छ । मेरो विचारमा सुन्दरता भनेको भावनात्मक कुरा हो, जसलाई एउटै विशेषण र परिभाषाभित्र सीमित राख्न सकिँदैन सुन्दरताको बयान गर्दा प्रकृतिको बयान गरिएन भने पूर्ण हुँदैन । प्रकृतिको सुन्दरता कहिल्यै बुढ्यौलीले नछुने सुन्दरता हो नेपालको होस् या विश्वको अर्को कुनै देशको मलाई विश्वको अर्को कुनै प्राकृतिक सुन्दरताको बारेमा थाहा छैन । आखिर प्रकृति त प्रकृति नै हो जहाँको भएपनि विश्वका उच्च हिमशृङ्खलामध्ये आठवटा नेपालमै छन् । त्यसैले नेपाल हिमालयको स्वर्ग हो । सगरमाथा नजिक सोलुखुम्बुतिरका सुन्दर उच्च हिमचुचुरा, बादलको घुम्टो र सूर्यको मधुरो प्रकाश हेर्दै, आत्मीय मित्रसँग गफिँदै गुल्मीमा उत्पादित कफी पिउँदाको स्वर्गीय आनन्द वास्तवमै अद्भुत हुन्छ यस्तै नेपालमा ३३ प्रकारका गुराँस पाइन्छन् गुराँस एक हजार २०० देखि पाँच हजार ५०० मिटर उचाइसम्म पाइन्छ नेपालको सम्पूर्ण पहाडी क्षेत्र लालीगुमको बगैँचा हो । नेपालको पहाडी क्षेत्रलाई रोडोडेन दोन पार्क भनिन्छ तीनजुरे मिल्के जलजले क्षेत्र गुराँसका लागि चर्चित छ । यो क्षेत्र गुराँसको राजधानी’ नामले प्रख्यात छ यो सुन्दरता गर्वका साथ विश्वलाई पस्किनु छ ।

तराई त नेपालको अन्नभण्डार नै हो । यहाँका खेत – खलियानका धान, उखु, गहुँ र तोरीबारीले सधैं मन प्रफुल्ल पारिरहेको हुन्छन् शुक्लाफाँट, बाँके, बर्दिया, चितवन, पर्सा, कोशीटप्पु आदि राष्ट्रिय निकुञ्जले तराईको सुन्दरतालाई अझै सुनमा सुगन्ध थपिदिएको छ । यो सुन्दरताको आधार नै हिमाल हो । निरन्तर बग्ने मेची कोशी, गण्डकी, कर्णाली र महाकालीको आधार हिमाल नै हो ।

विश्वप्रसिद्ध साहित्यकार रवीन्द्रनाथ ठाकुर हिमालयदेखि निकै प्रभावित थिए । उनले लेखेको एउटा कविता ‘वेर माइन्ड इज विदआउट फिएर’ ले हिमालयको वास्तविकता र सृजनात्मकतालाई उजागर गरेको छ । वास्तवमा नेपाल हिमालयको स्वर्ग हो जहाँ मनमुग्ध हुन्छ, समय प्रकृतिको सुन्दरता यसैमा झल्किन्छ ।

सुन्दरताको सीमा हुँदैन सुन्दरताको परिभाषा पनि व्यक्तिगत हुन्छ । प्रकृति र सरलता नै सुन्दर हुन्छ जर्मन दार्शनिक इम्यानुएल कान्टले भनेका छन् । बिना उद्देश्यको वस्तुमा उद्देश्य भर्नु नै सुन्दरता हो ।

साधारणतया साना अनि सरल वस्तुहरू सुन्दर मानिन्छन् । अर्का बौद्ध दार्शनिक सुमाकर भन्छन्, ‘स्मल इज बिउटिफुल’ आफूले व्यवस्थित गर्न सक्ने, स्याहारसुसार गर्न सक्ने, आफूले चाहेजस्तो बनाउन सक्ने सरल सानो वस्तु नै सुन्दर हो । ठुलो भव्य पनि सुन्दर हो ।

अग्लो सगरमाथा राम्रो हो होचो केचनाकलन पनि राम्रो हो त्यसैले नेपाल राम्रो देश हो कावावाताले जापानी परिभाषा यसरी दिएका छन् सुन्दरता ‘वावी-सावी हुन्छ । सरलतामा जटिलता र जटिलतामा सरलता नै सुन्दरता हो यसैलाई जापानमा ‘वावी-सावी भनिन्छ । पहाड चढ्नु दुःख हो, पहाडको शिरमा पुगेर आनन्द महसुस गर्नु सुख हो । त्यसैले सुन्दरता सुख अनि दुःखको सम्मिश्रण हो । सुन्दरता अनुभव हो, शिक्षा हो । वसन्त ऋतु छ, जताततै लालीगुराँस फुलेका छन् । जीवन एउटा यात्रा न हो । यात्रा र प्रकृतिबिचको आनन्ददायी छ । प्रकृति नै स्वर्ग हो सुख हो ।

२. आफूले भ्रमण गरेको रमणीय ठाउँको वर्णन गरी एक अनुच्छेद तयार गर्नुहोस् ।

उत्तर
मैले भ्रमण गरेको ठाउँ

म गएको माघ महिना मकवानपुरको चित्लाङ भन्ने ठाउँमा पुग्न गएको थिएँ मैले घुमेका धेरै ठाउँहरू मध्ये त्यो एउटा सुन्दर र रमरणीय ठाउँ थियो । हामी केही साथीहरू मिलेर एकरातको रात्रीकालीन बसाइँको लागि मार्खु भन्ने ठाउँ रोजेका थियौं । वरिपरी अग्ला पहाड खाल्डोमा थुचुक्क परेर बसेको मा देख्दा सानो भएपनि त्यो ठाउँ लमहीको सामाजिक-सांस्कृतिक विविधता र ऐतिहासिक घटनाहरूले ज्यादै नै महत्त्वपूर्ण रहेछ तलबाट हेर्दा माथि देखिने चन्द्रागिरि डाँडाको सुन्दरता साँच्चिकै अद्भूत थियो । पहिला लक्ष्मीप्रसाद देवकोटाले ‘कुन मन्दिरमा जान्छौ यात्री’ शीर्षकको कविता लेखेको ठाउँ र कविता लेख्न प्रेरित गर्ने घटना पनि त्यही मार्खुसँग जोडिएको रहेछ । यसका अलावा जुद्धशमशेरले गर्मी छल्नको लागि आएर बस्न बनाएको दरबार पनि देखियो । स्थानीय क्षेत्रका बाख्राको दुधबाट बनेको चिज र किवीबाट बनेका परिकारको साथमा मार्खुको प्राकृतिक सुन्दरताको आनन्द कुनै एक अनुच्छेदमा लेखेर सकिने कुरा थिएन न त भनेर व्यक्त गर्न सकिने कुरा थियो । हामी त्यो सुन्दर र रमणीय यात्रालाई मनभित्र चिरकालसम्म रहने स्मरणीय क्षण बनाएर फर्कियौँ ।

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play