व्यक्तित्व विकासमा विद्यालयको भूमिका
वक्तृता • अभ्यास समाधान
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
२. दिइएका प्राविधिक र पारिभाषिक पद पदावलीको अर्थ लेख्नुहोस् :
३. दिइएका शब्दको उल्टो अर्थ दिने शब्द वक्तृताबाट खोजेर लेख्नुहोस् :
४. दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
बोध र अभिव्यक्ति
४. दिइएको प्रश्नको उत्तर भन्नुहोस् :
५. दिइएको वक्तृतांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
६. दिइएको वक्तृतांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
७. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
व्यक्तित्व भनेको व्यक्तिभित्र रहेका गुणको त्यो समूह हो जसले कुनै व्यक्तिलाई अर्को वा दोस्रो व्यक्तिभन्दा पृथक् राख्दछ । हरेक व्यक्तिमा शिष्टाचार, नैतिकता, आचरण, आत्मविश्वास, साहस, सोचाइ, व्यवहार, बोलीचाली र आनीबानीमा समेत झल्किने जुन भाव छ त्यो नै व्यक्तित्व हो । व्यक्तित्वको वास्तविक रूप उसको चिन्तन, सोच, आचरण तथा मनको प्रकृति र क्षमता हो । त्यसैले विद्यालयमा विद्यार्थीको चिन्तन, सोच, आचरण तथा मनको प्रकृतिलाई अनुकूल गराउने गरी वातावरण निर्माण गर्नु र तदनुकूल शिक्षण क्रियाकलाप गर्नुले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुग्दछ ।
विद्यार्थीलाई भावी जीवनको भारी देखाएरभन्दा उनीहरूको आफ्नै रुचि जे छ त्यसैमा उत्प्रेरित गरेर व्यक्तित्व विकास गर्न सकिन्छ । समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास गर्न जोड दिनुपर्छ । यसका लागि व्यक्तिभित्र रहेको असीमित ऊर्जालाई उजागर गर्ने काम गर्नुपर्छ । त्यस्तै व्यक्तिभित्र रहेको सकारात्मक सोच प्रवर्तन गर्ने र आत्मविश्वास जागृत गर्ने वातावरणको सिर्जना गर्नुपर्छ । व्यक्तिको समग्र व्यक्तित्वको विकास गरिनुपर्छ । विद्यालयलाई किताबका पानामा रहेका कुरालाई व्यावहारिक जीवनसँग जोडेर सिकाउने व्यवस्था मिलाउनुपर्छ र विद्यार्थीको व्यक्तित्व विकासको उपयुक्त वातावरण निर्माणमा जोड दिनुपर्छ । क्रियाकलाप र सहक्रियाकलापलाई सिकाइको अभिन्न अङ्ग बनाउनुपर्छ । यसप्रकार विद्यालयमा विद्यार्थीभित्र आत्मविश्वास र आत्मअनुशासनको वातावरण सिर्जना गर्नुपर्छ । विद्यार्थीमा असीमित तागत छ । त्यस तागतलाई सिर्जना र निर्माणमा प्रयोग गर्ने वातावरण सिर्जना गर्दै व्यक्तित्व विकासमा विद्यालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।
आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थीको भूमिका सबैभन्दा प्रभावकारी र महत्त्वपूर्ण रहेको हुन्छ । यदि व्यक्ति नै आफ्नो व्यक्तित्व विकासका लागि सचेत र चनाखो भएन भने अरूले जति कोसिस गरे पनि त्यो निरर्थक हुन्छ । आफूमा सर्वाङ्गीण पक्षको विकास गराई एक असल र योग्य नागरिक बन्नका लागि विद्यार्थी स्वयम्को कार्य सकारात्मक र विवेकी हुनु जरुरी छ ।
आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थी अनुशासित, इमानदार, अध्ययनशील, जिज्ञासु, चिन्तनमनन गर्ने, खोजमा संलग्न रहने, सबैको सम्मान गर्ने हुनु जरुरी छ । विद्यालयका हरेक गतिविधिमा सक्रिय रहने र घरायसी कार्यमा पनि उत्तिकै चासो राख्ने विद्यार्थीको कार्यले नै उसको व्यक्तित्व विकासमा सहयोग गर्दछ । त्यस्तै विद्यार्थीले आफूलाई आफैँले विश्वास गर्नुपर्छ । आफूभित्र असीमित तागत रहेकोले उक्त तागतलाई सिर्जना र निर्माणमा प्रयोग गर्ने वातावरण सिर्जना विद्यार्थी स्वयम्को पनि हो । दरो इच्छाशक्ति र असफलता तथा कमजोरीबाट सिक्ने कार्यले हामीलाई सफलतातिर लैजान्छ । त्यस्तै अर्काको संस्कृतिको अन्धानुकरण होइन आफ्नो संस्कृतिको वैज्ञानिकीकरणले नै आफ्नो पहिचान दिलाउँछ भन्ने बोध गरी आफ्नो संस्कृतिको संरक्षण र संवर्धनको कार्य गर्नु जरुरी भइसकेको छ ।
यसप्रकार आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण रहन्छ । स्वप्रयासका माध्यमबाट पनि हामीले बहुमुखी व्यक्तित्व फुलाउन र समाजमा सुवास छर्न सक्छौं । सकारात्मक ऊर्जाका माध्यमबाट आफ्नो प्रतिभा प्रस्फुटित गराई राष्ट्र निर्माणमा योगदान दिन सक्छौं ।
८. माथिको वक्तृतामा अमृता नेम्वाङले भनेका कुरालाई दशओटा बुँदामा टिपोट गर्नुहोस् ।
वक्ता अमृता नेम्वाङले भनेका कुराको दशओटा बुँदा :-
१. व्यक्तिको चिन्तन, सोच, आचरण तथा मनको प्रकृति र क्षमता नै व्यक्तित्वको वास्तविक रूप
२. विद्यार्थीलाई भावी जीवनको भारी देखाएरभन्दा रुचिमा उत्प्रेरित गरेर हौस्याउँदा व्यक्तित्व निर्माण सहज बन्ने
३. बौद्धिक व्यक्तित्वको विकासका साथै समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास र असीमित ऊर्जालाई उजागर गर्ने, सकारात्मक सोच, आत्मविश्वास जागृत गर्ने वातावरण सिर्जना गरी विद्यार्थीको समग्र व्यक्तित्व विकासमा विद्यालयको दायित्व सम्बन्धमा बहस हुनु जरुरी
४. विद्यार्थीमा रहेको अनन्त ऊर्जा जगाउने, स्वशक्तिको पहिचान, सकारात्मक सोचको विकास गरी आत्मविश्वास जगाउने काम विद्यालयले गनुपर्ने
५. बहुभाषिक र बहुसांस्कृतिक सौन्दर्य अझ उज्यालो पार्दै विद्यमान प्रतिभा र बौद्धिकता जगाउन विद्यार्थीमुखी कार्यकलाप विद्यालयमा आवश्यक
६. किताबका पानामा रहेका कुरालाई व्यावहारिक जीवनसँग जोडेर सिकाउने व्यवस्था मिलाई व्यक्तित्व विकासको उपयुक्त वातावरण निर्माण गर्नुपर्ने
७. हावर्ड गार्डनरको बहुबौद्धिकताको कुरालाई ध्यान दिएर शिक्षण क्रियाकलाप सम्पन्न गरियो भने विद्यार्थीको बौद्धिक विकास हुन सक्ने
८. डार्विनको प्रतिभालाई कक्षाकोठाको खुराकले नपुगेर उनले प्रकृतिलाई पाठशाला बनाई विकासवादको सिद्धान्त प्रतिपादन गरेका
९. सहक्रियाकलाप र अतिरिक्त क्रियाकलापलाई विद्यार्थीभित्रको उच्च तहको सिर्जनशील चिन्तन, समीक्षात्मक चिन्तन, सञ्चार सिप, निर्णय क्षमता, समस्या समाधानलगायतका सिप विकाससित जोड्नुपर्ने
१०. भविष्यमा एक होनहार, सफल र आत्मविश्वासयुक्त नागरिक निर्माण गर्न विद्यालयले अहम् भूमिका निर्वाह गरोस् भन्ने अपेक्षा ।
९. वक्तृता कसरी सञ्चालन गरिन्छ, कक्षामा छलफल गर्नुहोस् ।
१०. ‘विद्यार्थी जीवनमा अनुशासनको महत्त्व’ शीर्षकमा छोटो वक्तृता तयार पार्नुहोस् ।
आदरणीय सभाध्यक्ष महोदय ! प्रमुख अतिथिज्यू, गुरुवर्ग, निर्णायक मण्डल एवम् मेरा प्रतिस्पर्धी तथा सम्पूर्ण मित्र ! आज आयोजित यस वक्तृत्वकला प्रतियोगितामा सहभागी भई आफ्ना भनाइ राख्न पाउँदा म गौरवान्वित छु । आजको वक्तृताको विषय छ, ‘विद्यार्थी जीवनमा अनुशासनको महत्त्व ।’ सभाध्यक्ष महोदय !
सबैभन्दा पहिला म अनुशासनको अर्थ भन्न चाहन्छु । ‘शासन’ शब्दमा ‘अनु’ उपसर्ग लागेर ‘अनुशासन’ शब्द बनेको हो । यसको अर्थ ‘नियममा बस्नु’ भन्ने हुन्छ । तसर्थ हामीले नियमको परिधिभित्र रहेर आफ्ना गतिविधि सञ्चालन गर्नु र कुनै पनि कार्य गर्नुलाई अनुशासन भनिन्छ । सफलता प्राप्त गरी निरन्तर अगाडि बढ्नका लागि अनुशासन हरेक व्यक्तिका लागि हरेक क्षेत्रमा आवश्यक पर्छ । अझ विद्यार्थी जीवनमा अनुशासनको निकै महत्त्व रहेको हुन्छ ।
श्रद्धेय महानुभावहरू !
अनुशासन विद्यार्थी जीवनको लागि नभई नहुने कुरा हो । उहिले ऋषिमुनिहरूको आश्रममा ज्ञान आर्जन गर्नका लागि जाने शिष्यहरूका लागि अनुशासनलाई निकै जोड दिइन्थ्यो । सामान्य व्यक्ति मात्र होइन त्यहाँ अध्ययन गर्न जाने राजकुमारहरूले समेत उक्त अनुशासनको पालना गर्नुपर्थ्यो । यसबाट पनि हामी अनुशासनको विद्यार्थी जीवनमा कति महत्त्वपूर्ण रहेछ मनन गर्न सक्छौं ।
अनुशासनमा रहनु भनेको सफलतातिर अग्रसर रहनु पनि हो । अनुशासनमा रहने विद्यार्थी नै शिक्षकको प्रिय बन्न सक्छ । विद्यालयका हरेक गतिविधिमा हामीले ध्यान दियौं भने अनुशासित विद्यार्थीले नै सफलता हासिल गरिरहेको हुन्छ । अनुशासनमा रहने व्यक्ति नै सबैको लागि उदाहरणीय बन्न सक्छ । कतिपय शिक्षक तथा विद्यार्थीले अनुशासनलाई हाउगुजी मानेको समेत पाइन्छ । तर अनुशासन आफूले तोकिएको नियममा रहेर तोकिएको कार्य इमानदार भएर गर्नु हो । अनुशासन तोकिएको आचारसंहिताको पालना पनि हो ।
यसर्थ हरेक क्षेत्रमा उत्तिकै महत्त्व रहेको अनुशासन विद्यार्थी जीवनमा झनै महत्त्वपूर्ण छ । हामी विद्यार्थी भविष्यका कर्णधार भएकाले हाम्रो उन्नति प्रगति राष्ट्रको उन्नति प्रगतिसँग पनि जोडिएको हुन्छ । तसर्थ हामीले असल नागरिक बन्न अनुशासनमा जोड दिनु आवश्यक छ भन्दै म मेरो भनाइ यहीँ बन्द गर्दछु । धन्यवाद !
११. तलको दैनिकीको नमुना पढ्नुहोस् र तपाईंले भ्रमण गरेको कुनै एउटा रमणीय स्थलको विषयवस्तु समेटी एक दिनको दैनिकी तयार पार्नुहोस् :
आज पुस १० गते, म बिहान सबेरै उठेँ । बाहिर चराचुरुङ्गी चिरबिर स्वरमा कराउँदै थिए । घुम्न जाने उत्साहले होला सधै उठिरहने समयभन्दा छिटो उठेछु । हातमुख धोएर, खाजाखाइसकेपछि पो अर्लाम बज्यो । ममीले हिजै भन्नुभएको थियो,“भोलि हतार हुन्छ । जाँदा आवश्यक पर्ने सामान तयार गरिहाल्नु है आजै ।” मैले आमाले भन्नुभएपछि हिजै झोला तयार गरिसकेको थिएँ । त्यसपछि घुम्न जाने हाम्रो पूर्वयोजनाअनुसार म तयार हुन थालें ।
बिहान ६ बजे,“कति समय लगाउनुभएको हिँड्नु छिटो ।” भन्दै भाइ आइपुग्यो र हामी उकालो चढ्न थाल्यौं । यात्रामा म र भाइ थियौं । हाम्रो गन्तव्यय थियो ककनी र त्यहाँ पुगेर हिउँ खेल्ने । पसिना बगाउँदै, गफ गर्दै जाँदाजाँदै ३ घण्टा कसरी बित्यो पत्तै भएनछ । हामी करिब ९ बजेतिर मानेभन्ज्याङमा पुग्यौं । त्यहाँ पुगुन्जेल भोकले तिरिमिर भइसकेका थियौं । घरबाट लगेको खाजा खायौं र निकै चिसो भएकाले नजिकैको होटलमा छिरेर दुई दुई कप चिया खायौं । करिब १ घण्टा हिँडेपछि हामी ककनी पुग्यौं त्यहाँ हिउँले सेताम्यै भएको थियो । त्यहाँबाट हिमालको दृश्य झनै मनमोहक थियो । अनि हामी हिउँका डल्लाले एकअर्कालाई हान्दै खेलिरहेको तस्बिरहरू खिच्यौ । भिडियो पनि बनायौँ । अनि नजिकैको होटेलमा गएर नास्ता गर्यो । अनि करिब ३ बजेतिर घर फर्कियौं । पहिलोचोटी मैले हिउँको अनुभव गर्न पाएकोले निकै रमाइलो लाग्नुको साथै थकाइ पनि लागेको थियो । अनि बेलुकाको खाना खाएँ र त्यसपछि छोटो दैनिकी तयार पारी राती ८:३० बजेतिर सुतें ।
१२. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
क) उत्तर दिनुहोस् :
ख) भाषा संरचना पहिचान गर्नुहोस् :
१३. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
सम्पूर्ण आदरणीय साथीहरू,
म तपाईहरूकै चिरपरिचित साथी उमेश प्रधानको तर्फबाट नमस्कार । अहिले विद्यालयबाट विद्यार्थीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक नेतृत्व चयन गर्ने प्रक्रियमा एउटा उम्मेदवारको रूपमा म तपाईंहरूका समक्ष उभिएको छु ।
मैले सधै भरि विद्यालय र विद्यार्थीहरूको बिचमा एउटा पुलको भूमिका निर्वाह गर्ने छु । विद्यार्थीहरू समस्यालाई विद्यालयसम्म पुन्याउने र समाधानको लागि पहल गर्ने छु । कसैलाई कुनै आधारमा भेदभाव नगरी समान व्यवहार गर्ने छु । सबै साथीहरूलाई असल काममा प्रेरित गरी विद्यालयको वातावरण राम्रो बनाउने प्रयास गरिरहने छु । मलाई तपाईंहरूको साथ र सहयोग प्राप्त भएपछि सबैको हितमा उदाहरणीय काम गर्ने छु । तपाईंको सहयोग अवश्य पाउँछु भन्ने विश्वास छ ।
Discussion
Share a helpful question, idea, or explanation with other students.