समय पीडा
कथा • अभ्यास समाधान
शब्दभण्डार
१. दिइएका पद पदावली र तिनले दिने अर्थबिच जोडा मिलाउनुहोस् :
२. दिइएका टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
३. शब्दकोश हेरेर दिइएका शब्दको अर्थ लेख्नुहोस् :
४. सरासर, झ्वाईं, ढुकढुक, झुलुक्क जस्ता घटना वा कार्य आदिको नक्कल जनाउने खालका कुनै पाँचओटा अनुकरणात्मक शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
२. कथाको एक एक अनुच्छेद पालैपालो सस्वरवाचन गर्नुहोस् ।
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
४. दिइएको कथांशको मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
५. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
६. कथा पढी दिइएका संवाद कसले कोसँग भनेका हुन्, पहिल्याउनुहोस् :
रामनाथले आनन्दीसँग
जेठो छोराले आमा आनन्दीसँग
रामनाथले आफैँसँग
सानो छोराले आमा
आमा आनन्दीले सानो छोरासँग
७. ‘समय पीडा’ कथाका आधारमा दिइएका घटनाको क्रम मिलाउनुहोस् :
८. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) उत्तर दिनुहोस् :
(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
९. रामनाथ र आनन्दीले सन्तानबाट कस्तो आशा राखेका थिए, वर्णन गर्नुहोस् ।
कथाकार पद्मावती सिंह (वि.सं. २००५) द्वारा रचिएको ‘समय पीडा’ कथा सामाजिक विषयवस्तुमा आधारित कथा हो । कथाकार सिंहलाई नेपाली आख्यानकारका रूपमा चिन्ने गरिन्छ । प्रस्तुत कथामा कथाकारले रामनाथ र आनन्दी जस्ता आमाबुबाले आफ्ना सन्तानबाट बुढेसकालमा राखेका विभिन्न आशा तथा भरोसालाई निकै मार्मिक र सरल ढङ्गबाट प्रस्तुत गरेकी छन् ।
घरमा सबै सुखसयल भए पनि विदेशमै बस्ने, जति नै दुःख झेल्न परे पनि उतै बस्न रमाउने युवा पिँढीको मनस्थितिका अगाडि रामनाथ र आनन्दीले घुँडा नटेकी सुखै पाउँदैनन् । उनीहरूका दुवै छोरा विदेशमा रहेका हुन्छन् । जेठो छोरो बुहारी र नातिनीसहित अस्ट्रेलियामा हुन्छ भने कान्छो छोरो पढ्ने बाहनामा अमेरिका हुन्छ । छोराहरू बिदेसिएपछि घर शून्य भएको हुन्छ । दुई आँखाका नानी जस्ता दुवै छोरा आफ्ना आँखाबाट ओझेल भएपछि ६० पार गरिसकेका दुवै दम्पती मणि हराएका सर्प जस्तै भएका हुन्छन् । ठुलो छोरा परिवारसहित अस्ट्रेलियातर्फ काम र मामको खोजीमा बिदेसिएपछि सानो छोरालाई आफ्नै साथ राख्न उनीहरूले चाहेका थिए तर सम्भव भएन । उनीहरूको आशा त सधैँ दुवैलाई आफ्नो आँखा अगाडि देख्न चाहनु थियो । रामनाथको आफ्नै व्यापारव्यवसाय भएकाले छोराहरूले त्यही व्यापारव्यवसाय चलाउन भन्ने उनको आशा थियो । पढ्न जाँदा सानो छोराले पढाइ सकेपछि काठमाडौं फर्की यतै काम गर्ने र यतै आई बिहे गर्ने बाचा गरी गएका थिए । आनन्दी सानो छोराले त्यो बाचा पूरा गरोस् भन्ने आशामा थिइन् । सानो छोराको बिहे गरी नातिनातिना खेलाई सुखपूर्वक बाँकी जीवन बिताउने उनको आशा आशामै सीमित रह्यो । यसप्रकार रामनाथ र आनन्दीले पढ्ने क्रममा जहाँ जहाँ गए पनि दुवै सन्तान बुढेसकालमा आफ्ना आँखासामुन्ने देख्न पाइयोस् भन्ने आशा राखेका थिए । सबै परिवार सँगै बसेर सँगै रमाएर रहन सकियोस् र उनीहरू आफ्नो बुढेसकालको सहारा बनुन् भन्ने आशा उनीहरूले सन्तानबाट राखेका थिए ।
१०. ‘समय पीडा’ कथाबाट के सन्देश पाउन सकिन्छ उल्लेख गर्नुहोस् ।
‘समय पीडा’ कथाबाट के सन्देश पाउन सकिन्छ भने बुबाआमा भनेका भगवान् हुन् उहाँहरूले मलाई दुःख कष्ट गरेर आफूले नखाई नखाई रात्र लगाइदिस, विद्यालय, पढाइदिएर हामीलाई आफ्नो खुट्टामा उभिनसले बनाइदिनुभएको हुन्छ हाम्रा इच्छा आकाशालाई उहाँहरूले सकेजति पुनाई दिनुहुन्छ । त्यसैले जब हामीले हाम्रो ऋण तिर्ने पालो आउँछ, त्यतिबेला भाग्नु हुन्न । तर आजकाल छोराछोरीहरू बुढा भएका बुबाआमालाई छोडेर विदेश जाने कि त वृद्धाश्रममा छोडिदिने गर्दछन् तर हामीले बुबाआमालाई बुढेसकालमा स्याहारसुसार गर्नुपर्छ र बुढेसकालको सहारा बन्नुपर्छ। बाहिर गएपनि पढेर सिप सिकेर नेपालमै केही गर्नुपर्छ बुबाआमाको सहारा बन्न सक्नुपर्छ उहाँहरूलाई एक्लो पार्नु हुँदैन ।
११. रामनाथ र आनन्दीमध्ये तपाईंलाई कुन पात्र मन पन्यो, मन पर्नुको कारणसमेत उल्लेख गर्नुहोस् ।
रामनाथ र आनन्दीमध्ये मलाई रामनाथ मन पर्यो । किनभने रामनाथ जत्ति नै पिर परे पनि, पिरोलिए पनि आफूलाई सम्हाल्न सक्थे अरूका अगाडि पिर पोख्दैनथे उल्टो श्रीमतीलाई पनि सान्त्वना दिन्थे आनन्दी छोराछोरी आएनन् भन्दै रोएर फोटो हेरेर मात्र बस्थिन् तर रामनाथ चिन्ता भएपनि, पिर परेपनि आफूलाई सम्हाल्नुका साथै आनन्दीलाई पनि सम्झाउँथे। छोडेर जानेहरूलाई कुनै चिन्ता छैन भने हामी किन चिन्ता लिने, आफ्नो प्रवाह र चिन्ता नगर्नेहरूको चिन्तामा सधैं किन बाँचिरहने भन्ने धारणा राख्थे । मलाई उनको यो सोच निकै नै मन पर्यो ।
१२. व्याख्या गर्नुहोस् ।
समय पीडा कथा कथाकार पद्यावती सिंहद्वारा लेखिएको कथा हो। यस कथामा कथाकार सिंहले अहिले समाजको अधिकांश घरमा हुने घटनाको बारेमा व्यक्त गरेकी छिन्। यस कथामा बुबाआमाले छोराछोरीप्रतिको दायित्व पूरा गर्ने तर छोराछोरीले आत्मनिर्भर भएपछि आआफ्नो बाटो लाने, आमाबुबाको वास्ता नगर्ने प्रवृत्ति बढ्दो रहेको कुरा व्यक्त गरिएको छ ।
माथिको वाक्य यसै कथाबाट साभार गरिएको हो । जुन वाक्य रामनाथले श्रीमती आनन्दीलाई सम्झाउँदा भनेका थिए। साँच्चै नै आमाले हामीलाई नौ नौ महिना पेटमा राखी, प्रसव पीडा सहेर हामीलाई यस धर्तीमा टेकाएकी हुनुहुन्छ। आफ्नो छातीको दुध पिलाएर हामीलाई हुर्काउनुभएको छ । आमाले हामीलाई निःस्वार्थ माया गर्नुहुन्छ भने बाबाले हामीलाई रक्षा गर्नुहुन्छ। कर्म गर्न सिकाउनुहुन्छ । घर चलाउने खर्च धान्नुहुन्छ, हामीलाई बाँच्न चाहिने आधारभूत आवश्यकताहरू पूरा गरिदिनुहुन्छ । राम्रो खानपिन राम्रो शिक्षादिक्षा र रहनसहनको बन्दोबस्त गरिदिनुहुन्छ आमाले छोराछोरीको स्याहारसुसार र हामीलाई हुर्काउँदै जानुहुन्छ । छोराछोरीलाई अलिकति ज्वरो मात्र आएपनि रातभरि आँखा झिमिक्क नगरी बस्नुहुन्छ। आमाले हामीलाई धर्तीमा टेकाउनुहुन्छ, जन्माउहुन्छ भने बुवाले हाम्रो जीवनको सार दिनुहुन्छ हामीलाई लायक बनाउनुहुन्छ ।
त्यसैले आमाबुबा भनेका भगवान् हुन् हामीले उहाँहरूलाई पनि हाम्रो आफ्नो पालोमा दायित्व पूरा गर्दै उहाँहरूको सपना पूरा गर्नुपर्छ। बुढेसकालको सहारा बन्नुपर्छ। बुबाआमाको ऋण तिर्न नसकेपनि केही कम गर्ने प्रयत्न गर्नुपर्दछ ।
१३. पढाइ सकेपछि त्यतै विवाह गरेर विदेशमै घरजम गर्ने सानो छोराको विचारप्रति असहमति प्रकट गर्दै आफ्ना धारणा प्रस्तुत गर्नुहोस् ।
कथाकार पद्मावती सिंह (वि.सं. २००५) द्वारा रचित ‘समय पीडा’ कथा सामाजिक विषयवस्तुमा आधारित कथा हो । कथाले छोराछोरी बिदेसिने र वृद्ध आमाबुबा एक्लै जीवन बिताउन बाध्य हुनुपर्ने अहिलेको समयको पीडालाई प्रस्तुत गरेको छ । पढाइ सकेपछि त्यतै विवाह गरेर विदेशमै घरजम गर्ने सानो छोराको विचारप्रति मेरो पूर्ण रूपमा असहति रहेको छ ।
पढ्नका लागि नेपालमै पनि राम्रा क्याम्पस रहेको छन् । पढ्नकै लागि बिदेसिनुपर्ने अवस्था अहिले छैन । उच्च शिक्षादीक्षा लिन विदेश जानुलाई अस्वाभाविक रूपमा पनि लिनु हुँदैन यो स्वाभाविक हो । विदेशको राम्रोभन्दा राम्रो विश्वविद्यालयमा गएर शिक्षादीक्षा हासिल गर्नु, विभिन्न सिप सिक्नु राम्रो कुरा हो । शिक्षादीक्षा हासिल गरिसकेपछि उतै विवाह गर्ने, विदेशमै घरजम गर्ने र आफ्नो सारा जिन्दगी विदेशमै बिताउने कार्य भने ठिक होइन । यसले असल मानिसको परिचय दिँदैन । मानिस हुनु आफ्नो स्वार्थ मात्र पूरा गर्नु पक्कै होइन । आफ्नो आमाबुबा र राष्ट्रप्रति हरेक असल नागरिकको कर्तव्य र जिम्मेवारी हुन्छ त्यो जिम्मेवारी सबैले पूरा गर्नुपर्छ । यदि त्यसो नगर्ने हो भने मानिस र अरू प्राणीमा के अन्तर रहन्छ त ? तसर्थ पढाइ सकेपछि त्यतै विवाह गरेर विदेशमै घरजम गर्ने सानो छोराको विचारप्रति मेरो असहमति रहेको छ ।
१४. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
प्यारा साथीहरू, जीवन ईश्वरको बरदान हो यसलाई जति सक्दो अर्थपूर्ण बनाउनुपर्छ हामीले जीवनको मूल ध्येय के हो बिंसनु हुँदैन । अहिलेको युवा उमेर जीवनलाई नयाँ बाटोमा लैजाने उर्जाशील र सिर्जनशील उमेर हो । यो उमेरमा लागु पदार्थको कुलतमा फसेर जीवनलाई खेर फाल्ने काम ठुलो मूर्खता हो । यो उमेरलाई सही दिशामा सही उद्देश्यले सही क्रियाकलापतिर लगाउनु आफू परिवार, समाज र सिङ्गो देशको लागि लाभदायिक हुन्छ ।
Discussion
Share a helpful question, idea, or explanation with other students.