माइकल फेराडे
जीवनी • अभ्यास समाधान
शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थका बिच जोडा मिलाउनुहोस् :
२. माइकल फेराडेले वैज्ञानिकमध्ये एक बने अनुच्छेदबाट आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् ।
३. दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
बोध र अभिव्यक्ति
३. पाठको संरचनाबारे सोधिएका प्रश्नको उत्तर भन्नुहोस्ः
५. दिइएको प्रश्नको उत्तर लेख्नुहोस् ।
६. दिइएका आगन्तुक शब्दको अर्थ पहिचान गर्नुहोस् र तिनलाई पाठमा भन्दा भिन्न तरिकाले वाक्यमा प्रयोग गर्नुहोस् :
७. दिइएको मितिमा माइकल फेराडेको जीवनमा कुन कुन घटना भएका थिए लेख्नुहोस् ।
८. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
९. दिइएका अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
१०. व्याख्या गर्नुहोस् :
माइकल फेराडेको जीवनीबाट साभार गरेको माथिको वाक्यले साँच्चै नै यथार्थपरक कुरा बताएको छ । आफूमा नयाँ कुरा सिक्ने भोक भयो भने उसको आर्थिक हालत जस्तो भएपनि ऊ सफलताको शिखरमा पुग्न सक्छ । जीवनीमा पनि माइकल फेराडे एउटा गरिब परिवारमा जन्मिएका थिए हप्तामा एक ओटा रोटी खाएर बस्थे । तैपनि उनमा जीवनमा केही गर्ने हिम्मत र भोक भएकोले उनी विश्वकै ठुलो व्यक्ति बने । उनी मरेर गए पनि आज सारा संसारको हृदयमा जीवित छन्। उनका आविष्कारले मानव जीवन सफल बनाएको छ । परिवार धान्नुको साथै आफ्नो पढाइलाई निरन्तरता दिएका थिए । त्यसैले एउटा गरिब र विपन्न परिवारको व्यक्ति पनि अठोट र लगन भयो भने जस्तोसुकै लक्ष्यमा पुग्न सम्भव हुन्छ । जन्मिने बित्तिकै ठुलो हुँदासम्म सबै कुरा कुनै मेहनत नगरी पाएको व्यक्तिले भन्दा जसलाई सबै कुरा हासिल गर्न मेहनत र पसिना बगाउँछ, त्यो व्यक्ति सफलताको शिखरमा र आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ । यो फेराडेको जीवनीले पुष्टि गर्छ ।
११. माइकल फेराडेले जीवनमा सफलता प्राप्त गरेको मुख्य मुख्य घटना वर्णन गर्नुहोस् ।
१३ वर्षका भएपछि गरिबीकै कारण माइकलको औपचारिक पढाई एक्कासि रोकिँदा नाबालक उमेरमा नै उनले काम गर्नुपर्यो । उनले एउटा पुस्तक पसलमा किताबको जिल्दा हाल्ने काम पाए । उनले फुर्सद निकालेर आफ्नै इच्छा र रुचिबमोजिम किताब पढ्न थाले र जागिरको सात वर्षसम्म थुप्रै किताब पढ्दा उनको बुद्धि तिक्ष्ण हुँदै गयो ।
सन् १८१२ मा लन्डनको रोयल इस्टिच्युटमा विज्ञानसम्बन्धी भाषणको एउटा श्रृङ्खलामा उनी गएका थिए र हम्फ्रीडेवीको भाषण श्रृङ्खला नोटलाई जम्मा पारेर ३०० पेजको पुस्तक बनाएर डेवीको हातमा पुर्याइदिएर यसै घटनापछि उनको जीवनमा सफलताको सुरुआत भयो । सन् १८३१ मा इइल्याण्डमा डायनामो आविष्कार गरे ।
१२. पाठको चौथो अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् ।
बुँदाहरू
१. वैज्ञानिक हम्बी डेवीको भाषणले माइकल प्रभावित भएर भाषण विस्तृत रूपमा तयार पारी भाषण श्रृखलाको नोटलाई जम्मा पारेर ३०० पेजको एउटा पुस्तक बनाई डेबीका हातमा पुन्यादिएका,
२. प्रयोगशालामा वैज्ञानिक प्रयोग गर्दा एक दिन डेवीका आँखामा चोट लाग्नु,
३. अनि आफ्ना भाषण सुनेर नोट बनाउने माइकललाई बोलाएर आफ्नो सहयोगीको रूपमा राम तलब दिएर राख्नु,
४. डेवीसँग युरोप घुम्दा उनले विश्वका केही प्रमुख रसायन विज्ञसँग भेट गर्न सौभाग्य प्राप्त गर्नु
वैज्ञानिक हम्फ्री डेवीको भाषणले माइकल प्रभावित भएर भाषण विस्तृत रूपमा तयार पारी भाषण श्रृखलाका नोटलाई जम्मा पारी ३०० पेजको एउटा पुस्तक डेवीका हातमा पुन्याइदिएका थिए । एकदिन प्रयोगशालामा परीक्षण गर्दा डेवीका आँखामा चोट लाग्यो र भाषण सुनेर नोट बनाउने माइकललाई बोलाएर आफ्नो सहयोगीका रूपमा राम्रो तलब दिएर राखे । डेवीसँग पछि युरोप घुम्दा विश्वका केही प्रमुख रसायन विज्ञसँग भेट गर्ने सौभाग्य पनि पाए ।
१३. व्यक्तिवृत्त वा व्यक्तिगत विवरणमा व्यक्तिको नाम, जन्ममिति, आमाबुबाको नाम, जन्मस्थान, सम्पर्क ठेगाना, योग्यता, सेवा वा कार्य गरेको अनुभव, तालिम प्राप्त गरेका, सम्मान तथा पुरस्कार आदि जस्ता व्यक्तिगत सूचना समावेश गरिन्छ। यिनै विषयवस्तु समेटिने गरी आफ्नो व्यक्तिगत विवरण तयार गर्नुहोस् ।
१४. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
क) उत्तर दिनुहोस् |
ख) भाषा संरचना पहिचान गर्नुहोस् :
१५. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
कृष्ण अधिकारी दाङ जिल्लाका एक प्रतिष्ठित समाजसेवीको रूपमा परिचित छन् । उनको जन्म वि. सं. २०२० माघ २४ गते, तुलसीपुर वडा नं ७ मा निम्न वर्गीय परिवारमा भएको हो । पिता कमल अधिकारी, र माता कमला अधिकारीका कान्छा छोराका रूपमा जन्मिएका कृष्ण सानै उमेरदेखि जिज्ञासु र सहयोगी स्वभावका थिए । उनलाई अरुका ससाना दुःख पीडाले पनि निकै भावुक बनाउँथ्यो । राप्ती बबई क्यापसबाट बिएसम्मको शिक्षा हासिल गरी उनी २५ वर्षको उमेरमा नेपाली सैनिक सेवामा प्रवेश गरेका थिए । सेवामा प्रवेश गरेको २० वर्षपछि स्वेच्छिक अवकाश लिएर आफ्नै ठाउँमा फर्की सामाजिक सेवामा आफूलाई समर्पण गरे । तुलसीपुरमा बाल उद्यान प्राथमिक विद्यालयको स्थापनामा अग्रणी भूमिका खेलेर, आफूलाई एउटा सामाजिक व्यक्तित्वको रूपमा चिनाए । गाउँमा एउटा सार्वजनिक धाराको निर्माण आफ्नै व्यक्तिगत खर्चमा गर्न लगाएका थिए । गाउँका तीनजना असहाय विद्यार्थीहरूको पठनपाठनको लागि आफ्नै तर्फबाट छात्रवृत्तिको व्यवस्था गर्नुका साथै नमुना युवा क्लबलाई विभिन्न खेल सामग्रीहरू उपलब्ध गराए । युवाहरूलाई खेल क्षेत्रमा लाग्न उनले दिएको हौसला प्रशंसनीय छ । सिप विकास केन्द्रको स्थापना गरी स्थानीयहरूको आयआर्जन वृद्धिमा जुन सहयोगी भूमिका उनले निर्वाह गरेका छन्, त्यसलाई तुलसीपुर नगरवासीहरूले कहिल्यै र्बिसने छैनन् । उनको सामाजिक योगदानलाई कदर गर्दै तुलसीपुर उपमहानगरपालिकाबाट २०७५ सालको उत्कृष्ट समाजसेवी पुरस्कार प्रदान गरी दाङ उद्योग वाणिज्य संघबाट नागरिक अभिनन्दनसमेत गरिएको थियो । यस धर्तीमा जन्मे पछि एकदिन मर्नु पर्ने प्रकृतिको नियम नै हो । वि. सं. २०७९ साल फागुन २० गते, काठमाडौं जाने क्रममा सवारी दुर्घटनामा परी उनको दुःखद निधन भयो । उनको भौतिक शरीर अहिले हामी सामु नरहे पनि उनको काम र योगदान सदैव अविस्मरणीय रहने छ ।
Discussion
Share a helpful question, idea, or explanation with other students.