Class 9 Nepali Chapter 7 Kalajit Ra Ajangko Rakshasko Katha Notes | कालजित र अजङ्गको राक्षसको कथा अभ्यास

कक्षा ९ नेपाली • पाठ ७

कालजित र अजङ्गको राक्षसको कथा

लोककथा • अभ्यास समाधान

अभ्यास क्रियाकलाप

‘कालजित र अजङ्गको राक्षसको कथा’ कथाको सङ्क्षिप्त विवेचना

कथाको मुुख्य विषयवस्तुु

जङ्गलमा केही महिलाहरू घाँसदाउरा काट्न जङ्गल गएका बेला एउटा ठुुलो राक्षण देखापर्छ । राक्षसले एउटी महिलालाई खान खोज्छ । अरु महिलाहरूले देखेर गाउँमा गएर होहल्ला गर्छन् । सबै गाउँले भेला भएर राक्षसलाई मार्न जान्छन् । राक्षसले विकराल रूप धारण गरेर सबै गाउँलेलाई खान खोज्छ । गाउँलेहरूले डराएर भाग्छन् । कालले तिमीहरूले दैनिक रूपमा एउटा मान्छे र एक मुरी अन्न दिन्छौँ भने म तिमीहरूलाई मार्दिनँ भन्छ । केही नलागेर गाउँलेले राक्षसको कुरा स्विकार्दछन् । भगवान्ले काल आएका मान्छेलाई मात्र खानुु भने पनि काल नआएका मान्छेलाई समेत खाएर राक्षसले विधिको उल्ल्लङ्घन गर्छ ।

एकदिन एउटी दोजिया महिलाको पालो आउँछ । घरमा एक्लै भएकी र पेटको बच्चाको मायाले महिलाले अन्न बाहिर राखिदिएर माइतीतिर टाप कस्छिन् । राक्षस गाउँ पसेर महिलाको घरमा बस्न थाल्छ । महिलाको छोरो जन्मिन्छ र उनले छोराको नाम कालजित नाम राख्छिन् । कालजित मावली गाउँमा साथीसँग खेल्दै गर्दा साथीहरूले बुबा र घर नभएको ’भतुवा’ भनी गिज्याउँछन् । आमासँग सबै कुरा बुझेर कालजितले आफ्नो गाउँ जाने निधो गर्छ । गाउँमा पुगी आफ्नो घर पत्ता लगाउँछ र राक्षस बस्ने गरेको थाहा पाउँछ ।

राक्षसलाई मामा भनेर मिठा मिठा खानेकुरा दिएर मक्ख पार्छ र दुवै मिलेर त्यस घरमा बस्न थाल्छन् । एक दिन घरबाहिर किन नजानु भएको भन्ने कालजितको जिज्ञासामा राक्षसले आफूले ठुलो गल्ती गरेको र भगवान्सँग माफी माग्न जानुुपर्ने कुरा बताउँछ । कालजितले दिनदिनै करकर गरेपछि राक्षस भगवान् भेट्न जान्छ । भगवान्लाई भेट्न जाँदा कालजितले आफ्नो आयुु पनि सोधेर आउनुु भन्छ । राक्षस फर्केपछि भगवान्ले कालजितको आयु ७९ वर्ष भएको बताउँछ । कालजितले आफ्नो आयु एक वर्ष घटाउन वा बढाउन पुन: राक्षसलाई भगवान्कहाँ पठाउँछ । भावीले लेखेको आयु घटबढ गर्न नसकिने जबाफ भगवान्ले भनेको कुरा राक्षसले कालजितलाई आएर बताउँछ । कालजित राक्षसले आफूलाई मार्न सक्दैन भन्ने निक्यौलमा पुग्छ र कालजित राक्षसलाई मार्न सफल हुुन्छ । कालजितको बहादुरी देखेर गाउँलेहरू खुसी हुुन्छन् कालजितलाई गाउँको प्रमुख चुन्छन् । सानो व्यक्तिको बुद्धि र पुरुषार्थले गाउँमा शान्ति ल्याउन सफल हुन्छ ।

कथामा भएका पात्रहरू

कालजित, राक्षस, कालजितकी आमा, महिलाहरू, गाउँलेहरू, भगवान्, कालजितका साथीहरू

मुख्य पात्र : कालजित र राक्षस

सहायक पात्र : कालजितकी आमा

कालजित

कथाको मुुख्य पात्र हो । बाल पात्र भएर पन धेरै बुुद्धि भएका कालजित कथाको नायक हो । निडर र बुुद्धिमानी कालजित कथामा सकारात्मक भूूमिकामा देखिएको छ । उमेरले सानो भए तापनि बुद्धि र विवेकको प्रयोग गरेर सारा गाउँलेलाई सुख दिन सक्ने कालजित निडर तथा निस्वार्थी बाल पात्रका रूपमा कथामा देखिएको छ ।

राक्षस

कथाकाले मुख्य अर्काे पात्र पात्र राक्षस हो । काथमा खल पात्रको भूूमिकामा देखिएको राक्षस नकारात्मक भूमिका भएको नरभक्षी पात्र हो । अरुलाई अनावश्यक दु:ख दिने, विधिको उल्लङ्घन गर्ने, अरुलाई आफ्नो वशमा पारेर आफ्नो स्वार्थ पूूरा गर्ने राक्षस स्वार्थी भावना भएको पात्र हो ।

परिवेश

कथाको नेपालको कुनै पहाडी गाउँको परिवेशमा र रचना गरिएको छ । गाउँनजिक रहेको घना जङ्गल र खर्क, चौतारा, कालजितको मावली गाउँ, भगवान् बस्ने ठाउँ अर्थात् स्वर्ग आदि स्थानहरूको उल्लेख कथामा चित्रण गरिएको छ । कथामा यस लोकमा भएका स्थानहरू लौकिक परिवेशअन्तर्गत आएका छन् भने भगवान् बस्ने स्वर्गको उल्लेख भएबाट कथाको आंशिक परिवेश अलौकिक स्थानसमेत आएको छ ।

सन्देश

प्रस्तुत कथाबाट कथाकारले कसैले पनि विधिको उल्लङ्घन गर्नुुहुुँदैन । शक्तिशाली भएर पनि विधिको उल्लङ्घन गर्दा त्रास र भय लिएर बाँच्नुुपर्दछ । भगवान्ले पनि विधिको उल्ल्लङ्घ गर्न सक्दैनन् । बिनाकारण अरूलाई दु:ख दिँदा एकदिन त्यस्तो कार्यको परिणाम नराम्रो हुुन्छ । व्यक्ति सानो भए पनि बुद्धि र पुरुषार्थ सानो व्यक्तिमा पनि रहने हुँदा बालबालिकाको कुरा पनि सबैले सुन्नुपर्छ । बालबालिकाहरूले पनि कहिलेकाहीँ ठुुलो जुुक्ति निकालेर सङ्कटबाट बचाउन सक्छन् । समय र परिस्थितिअनुसार बालबालिकाको बुद्धि र पुरुषार्थ समाजका लागि उपयोगी हुन सक्छ । हरेक बालबालिकाहरूलाई एकै किसिमको सोच्नुुहुँदैन । कुनै कुनै बालबालिकाहरू अद्भुुत क्षमता भएका हुन सक्छन् । बालबालकाहरूले पनि समाजको भलो गर्न सक्छन् भन्ने सन्देश यस कथामा प्रस्तुत गरिएको छ ।

शब्दभण्डार

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

उत्तर
बिछट्टै : अचाक्ली, धेरै
नरभक्षी : मान्छेलाई खाने, दानव
किमार्थ : कसै गरेर पनि, केही गरे पनि
लाचार : केही गर्न नसक्ने
ओदान : भाँडा बसाल्नका लागि बलेको अगेनामाथि राखिने तीन खुट्टा भएको फलामे साधन
पुरुषार्थ : बहादुरी, पौरख, अद्भुत क्षमता

२. दिइएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस् :

उत्तर प्रत्येक : हरेक, आइमाई : महिला, मित्र : साथी, दैलो : ढोका, भाग्नु : टाप कस्नु, उमेर : आयु, देवता : भगवान्, विवेक : बुद्धि ।

३. दिइएका टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

उत्तर
टाप कस्नु : जङ्गलमा राक्षस देखेर गाउँले टाप कसेछन् ।
सातोपुत्लो जानु : बाटामा ठुुलो सर्प आफ्नै अगाडि देख्दा त मेरो सातोपुुत्लो उड्यो ।
आलु खानु : यसपालिका एसईईमा धेरैले गणित विषयमा आलुु खाएछन् ।
हातेमालो गर्नु : सबैले हातेमालो गर्ने हो भने समाजको विकास चाँडै हुुुन्छ ।
भाग्य चम्कनु : एकै वर्ष परीक्षामा पास पनि हुुनुु र अमेरिकाको डिभी पनि परेकाले रामेको भाग्य चम्क्यो ।
माया मार्नु : विदेश गएका दाइले परिवारको माया मारेर उतै बस्ने निर्णय गरेछन् ।

४. दिइएका पदावलीको प्रयोग गरी किसानका बारेमा एउटा अनुच्छेद तयार पार्नुहोस् :

उत्तर
किसानको दैनिकी

किसानहरू अत्यन्त मिहिनेती र परीश्रमी हुन्छन् । गाउँमा बस्ने किसानहरू रातदिन काम गर्छन् । खेतीकिसानी गरेर आफू बाँच्नु र अरूलाई बचाउनु उनीहरूको धर्म र कर्म हो । आफूू बाँच्ने र अरुलाई पनि बचाउने उनीहरू परिश्रममा विश्वास गर्छन् । गाईवस्तु पालेर र खेतीकिसानी गरेर जीवन गुुजारा चलाउने उनीहरू धर्मकर्ममा पनि विश्वास गर्दछन् । पशुुलाई छोराछोरी जत्तिकै माया गर्ने उनीहरू नजिकैको वनमा गएर घाँसदाउरा ल्याउँछन् । गाउँमा बस्ने किसानहरू प्राय: ताजा खानेकुरा खान्छन् । यसरी कर्मशील जीवन बाँच्न चाहने गाउँले छलकपट गर्न जान्दैनन् । कुनै अप्ठ्यारो आइपरे सबै मिलेर समस्याको समाधान गर्ने गरेका किसान गाउँलेहरू आफ्नै खुसीमा रमाउँछन् ।

५. कक्षामा छलफल गरी दिइएका उखानको अर्थ लेख्नुहोस् :

उत्तर
(क) हुने बिरुवाको चिल्लो पात : असल बन्नेको लक्षण सानैदेखि देखिन्छ ।
(ख) बाँदरका हातमा नरिवल : कुनै पनि चिजबिजको महŒव थाहा पाएन भने त्यसलाई मिल्काउँछ वा बिगार्छ ।
(ग) खाने मुखलाई जुँगाले छेक्दैन : परिश्रम गर्नेलाई कुनै कुराले पनि छेक्दैन ।
(घ) नपत्याउँदो खोलाले बगाउँछ : बाहिरी पहिचानले उसको भित्री गुुण थाहा हुुँदैन ।
(ङ) नाच्न नजान्ने आँगन टेढो : आफू गर्न नजान्नु दोष अरूलाई दिनु ।

बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

उत्तर अजङ्ग, राक्षस, शरीर, व्यवस्था, आग्रह, भगवान्, निर्णय, परमआयु, अँगेनो, बुद्धि, पुरुषार्थ,

२. कथाको ‘त्यस राक्षसलाई …. सबैलाई सिध्याइदिन्छु’ अनुच्छेद सस्वरवाचन गर्नुहोस् ।

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) कालजित कथाका मुख्य दुई जना पात्रको नाम के हो ?
उत्तर कालजित कथाका मुख्य दुई जना पात्रको नाम कालजित र राक्षस हो ।
(ख) कथाको तेस्रो अनुच्छेदमा कतिओटा वाक्य छन् ?
उत्तर कथाको तेस्रो अनुच्छेदमा बाह्रओटा वाक्य छन् ।
(ग) कुन घटनापछि कालजित आफ्नो गाउँ जाने निर्णयमा पुग्छ ?
उत्तर साथीहरूले बुबा र घर दुवै नभएको ‘भतुवा’ भनेपछि कालजित आफ्नो गाउँ जाने निर्णयमा पुग्छ ।
(घ) जङ्गलमा कुन घटना घटेको थियो ?
उत्तर जङ्गलमा एउटी महिलालाई राक्षसले खाएको घटना घटेको थियो ।
(ङ) राक्षसले गाउँलेसँग कस्तो सर्त राख्यो ?
उत्तर राक्षसले गाउँलेसँग दैनिक एक मुरी अन्न र एक मान्छे दिनुपर्ने सर्त राख्यो ।

४. दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) महिला वनमा किन गएका रहेछन् ?
उत्तर महिला वनमा घाँसदाउरा लिन गएका रहेछन् ।
(ख) एउटी महिलालाई देखेपछि राक्षसले कस्तो सुर कसेछ ?
उत्तर एउटी महिलालाई देखेपछि राक्षसले समातेर खाने सुर कसेछ ।
(ग) महिला कराउँदै गुहार माग्दै गाउँमा जानुको कारण के हो ?
उत्तर महिला कराउँदै गुहार माग्दै गाउँ जानुको कारण राक्षसबाट महिलालाई बचाउनका लागि हो ।
(घ) राक्षसका अगाडि महिलाले केही गर्ने हिम्मत किन गरेनछन् ?
उत्तर राक्षस डरलाग्दो भएकाले राक्षसका अगाडि महिलाले केही गर्ने हिम्मत गरेनछन् ।

५. दिइएका प्रश्नको छोटो उत्तर लेख्नुहोस् :

(क) पाठका घटना कुन कुन स्थानमा घटेका छन्, उल्लेख गर्नुहोस् ।
उत्तर

पाठका घटना कुनै जङ्गल र कुनै गाउँमा घटेका छन् । महिलालाई राक्षसले खाएको घटना वनमा घटेको छ । गाउँलेहरू खुर्पा, बन्चरो लिएर वनमा राक्षस मार्न गएको र राक्षसले अजङ्गको शरीर बनाएपछि गाउँलेहरू भागेको घटना पनि वनमा नै घटेको छ । गाउँलेहरूले गाउँको चौतारामा बसेर छलफल गरेका छन् । कालजितको जन्म मावली गाउँमा भएको छ । कालजित मावली गाउँमा बस्दा त्यहाँका साथीहरूले उसलाई भतुुवा भनेपछि ऊ मावली गाउँ छोडेर आफ्नै गाउँमा फर्केर आएको छ । कालजित र राक्षस कालजितको घरमा सँगै बस्न थालेका र त्यही घरमा कालजितले राक्षसलाई मारेको घटना रहेको छ । यसरी वन, गाउँ र कालजितको मावली गाउँ गरी तीन ठाउँमा घटेको घटनालाई कथाको विषयवस्तुु बनाइएको छ ।

(ख) पाठमा तपाईंलाई मन परेका कुनै दुईओटा संवादात्मक अंश टिपोट गर्नुहोस् ।
उत्तर

पाठमा मलाई मन परेका दुई संवादात्मक अंश निम्न छन् :

गाउँका एक जना भलादमीले भनेछन् : “यदि राक्षसबाट बच्ने उपाय छ भने सोचौं नत्र भने सबै एकै पटक मर्नुभन्दा त यस राक्षसलाई हरेक दिन एक एक जनाका दरले आहारा पु¥याइदिऔं ।”
भगवान्ले भन्नुभएछ, “हेर काल ! यो आयु भावीले जुन दिन जति लेख्यो, लेख्यो । त्यसलाई घटाउन पनि सकिँदैन, बढाउन पनि सकिँदैन । त्यसैले कालजितलाई यही कुरो सुनाइदेऊ ।”
(ग) पाठको शीर्षक तपाईंलाई उपयुक्त लाग्यो कि लागेन, कारण दिनुहोस् ।
उत्तर

यस पाठको शीर्षक ‘कालजित र अजङ्गको राक्षसको कथा’ राखिएको छ । कथामा प्रस्तुत विषयवस्तुलाई सरल रूपमा चिनाउन सफल रहेको यो शीर्षक मलाई उपयुक्त लाग्यो । यो कथा लोककथा भएकाले लोककथाको भाव झल्किने खालको शीर्षक राखिएको छ । कथाका दुई जना पात्र ‘कालजित’ र राक्षसको विशेषता झल्किने ‘अजङ्गको राक्षस’ शीर्षकमा समावेश गरिएको छ । कथाको विषयवस्तुु र पात्रको नाम र विशेषता बुुझाउने शीर्षक राखिएकाले कथाको शीर्षक मलाई उपयुुक्त नै लागेको छ ।

(घ) पाठको दोस्रो अनुच्छेद पढी दुईओटा प्रश्न बनाउनुहोस् ।
उत्तर

पाठको दोस्रो अनुच्छेदबाट दुईओटा प्रश्न :

(क) महिलाहरू जङ्गलमा के लिन गएका थिए ?
(ख) महिलालाई राक्षसले के गर्दै रहेछ ?

६. दिइएका वाक्य कसले कसलाई भनेका हुन्, पहिचान गर्नुहोस् :

उत्तर
(क) हेर मनुवा हो ! यस महिलाको काल आजै आएको थियो र मलाई पनि बिछट्टै भोक लागेको हुनाले मैले यसलाई खाइदिएँ । (राक्षसले गाउँलेलाई)
(ख) यदि राक्षसबाट बच्ने उपाय छ भने सोचौं नत्र भने सबै एकै पटक मर्नुभन्दा त यस राक्षसलाई हरेक दिन एक एक जनाका दरले आहारा पु¥याइदिऔं । (गाउँका एक भलादमीले गाउँलेलाई)
(ग) हाम्रो घर कहाँ हो ? मेरो बुबा कहाँ हुनुहुन्छ ? (कालजितले आफ्नी आमालाई)
(घ) त्यसो भए तपाईं भगवान्लाई भेट्न आजै गइहाल्नुहोस् । यस्ता कुरामा ढिलो गर्नु उचित हुँदैन । (कालजितले राक्षसलाई)
(ङ) तिम्रो आयु त ७९ वर्षको छ रे । (राक्षसले कालजितलाई)

७. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(अ) धार्मिक पर्यटनका दृष्टिकोणले विश्व इतिहासमा नेपालको कस्तो पहिचान छ ?
उत्तर धार्मिक पर्यटनका दृष्टिकोणले विश्व इतिहासमा नेपालको पहिचान सगरमाथा जत्तिकै उच्च र गौतम बुद्ध जत्तिकै शान्त र स्थिर छ ।
(आ) कुन कुन धार्मिक स्थलले नेपालको गौरव बढाएका छन् ?
उत्तर पशुपतिनाथ, लुम्बिनी, चतराधाम, भक्तपुरको डोलेश्वर जस्ता धार्मिक स्थलले नेपालको गौरव बढाएका छन् ।
(इ) कुम्भमेला नेपालको कुन स्थानमा लाग्ने गरेको छ ?
उत्तर कुम्भमेला नेपालको चतराधाममा लाग्ने गरेको छ ।
(ई) धार्मिक पर्यटकको सङ्ख्या वृद्धि कसरी गर्न सकिन्छ ?
उत्तर धार्मिक स्थलहरूको व्यापक प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माण र रणनीति तर्जुमा गरी धार्मिक पर्यटकको सङ्ख्या वृद्धि गर्न सकिन्छ ।
(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
(अ) ’धार्मिक’ र ’पर्यटन’ शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तर
धार्मिक : नेपालका धार्मिक स्थलहरूको संरक्षण र संवद्र्धन गर्नुु जरुरी छ ।
पर्यटन : नेपाललाई समृद्ध बनाउन पर्यटनको विकास गर्नुपर्छ ।
(आ) अनुच्छेदको ‘त्यसैले विश्व इतिहासमा नेपालको छुट्टै पहिचान र विशिष्ट स्थान रहेको छ ।’ वाक्यलाई भविष्यत् कालमा परिवर्तन गर्नुहोस् ।
उत्तर त्यसैले विश्व इतिहासमा नेपालको छुट्टै पहिचान र विशिष्ट स्थान रहेको हुने छ ।
(इ) अनुच्छेदको ‘एक पटकको मेला भर्न करिब डेढ करोड मानिस पुग्ने गरेका छन् ।’ वाक्यलाई अज्ञात पक्षमा परिवर्तन गर्नुहोस् ।
उत्तर एक पटकको मेला भर्न करिब डेढ करोड मानिस पुग्ने गरेछन् ।’
(ई) अनुच्छदेबाट ’ब’ र ’व’ लागी बनेका तीन तीनओटा शब्द पहिचान गरी लेख्नुहोस् ।
उत्तर
’ब’ लागेका शब्द : लुम्बिनी, हिसाब, बुद्ध
’व’ लागेका शब्द : विशिष्ट, विश्व, परिवर्तन

८. व्याख्या गर्नुहोस् :

‘यो आयु भावीले जुन दिन जति लेख्यो, लेख्यो । त्यसलाई घटाउन पनि सकिँदैन, बढाउन पनि सकिँदैन ।’
उत्तर

प्रस्तुत कथांश ‘कालजित र अजङ्गको राक्षसको कथा’ शीर्षकको लोककथाबाट लिइएको हो । यस कथाका सङ्कलक मोतीलाल पराजुली हुन् । प्रस्तुत कथांश भगवान्ले राक्षसलाई आयुका सम्बन्धमा सम्झाउने क्रममा भनेका हुन् ।

कथाअनुसार राक्षसको भान्जाका रूपमा रहेको कालजितले आफ्नो ७९ वर्षको रहेको कुरा सुुनेपछि आफ्नो आयुु किन ७९ नै राखिएको छ । यो आयु उसलाई मन पर्दैन । त्यस आयुुमा एक वर्ष घटी वा बढी बनाइदिन आग्रह गर्दै फेरि राक्षस मामालाई भगवान् कहाँ पठाउँछ । भगवान्लाई गएर राक्षसले कालजितको आयु कि एक वर्ष घटाइदिनुपयो, कि बढाइदिनुप¥यो भन्छ । त्यसपछि भगवान्ले उसलाई मान्छेको आयु भावीले लेखेको छ । त्यसलाई घटीबढी गर्न कसैले पनि सक्दैन दिन्छन्् । कालजितले आफ्नो आयुु भगवान्ले त परिवर्तन गर्न सक्ने रहेनछन् । त्यसैले मानिसले जति दिन आयुु लिएर आएको हुुन्छ त्यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैनन् । मान्छेले पाएको आयुु जति छ त्यो भोगेर मात्र यो संसारबाट बिदा हुुन्छ । त्यसैले यस राक्षसले मलाई मार्न सक्दैन भन्ने निश्चिन्त भएपछि कालजितले राक्षसलाई मार्ने निर्णय लिन्छ ।

आयुु भन्ने कुरा भगवान्का वशमा पनि हुुँदैन । भावीले लेखेको आयुुलाई कसैले पनि घटबढ गर्न सक्दैन । मानिसलाई भावीले लेखिएको आयुु भोगेर मात्र यस संसारबाट बिदा हुुन्छ भन्ने सत्यलाई यस कथांशले पुुष्टि गरेको छ ।

९. कथाको दोस्रो अनुच्छेद अनुलेखन गर्नुहोस् ।

१०. दिइएका प्रश्नको उत्तर दिनुहोस् :

(क) राक्षसले गाउँलेलाई के गरेर दु:ख दिएको रहेछ, वर्णन गर्नुहोस् ।
उत्तर

‘कालजित र अजङ्गको राक्षसको कथा’ शीर्षकको लोककथा सङ्कलक मोतीलाल पराजुली हुुन् । पराजुलीले यस कथामा नेपाली ग्रामीण समाजमा प्रचलित लोककथालाई सरल र आकर्षक तरिकाले प्रस्तुत गर्दै कहिलेकाहीँ गाउँमा आइपरेको ठुुलो समस्यालाई बुुद्धिमानी बालबालिकाहरूले निराकरण गर्न सक्छन् भन्ने सन्देश प्रस्तुत गरेका छन् ।

राक्षसले वनमा घाँसदाउरा काट्न गएका महिलामध्ये एक जनालाई खान्छ । अरू महिलाहरू राक्षस देखेर हारगुहार गर्दै गाउँमा आएर सबै कुरा बताउँछन् । सबै गाउँलेहरू घरेलु हतियार लिएर राक्षसलाई मार्न जान्छन् र आक्रमण गर्न खोज्छन् । गाउँलेहरू आएको देखेर राक्षसले आफ्नो शरीर पहाड जत्रो बनाउँदै सबै गाउँलेलाई खाइदिने कुरा गर्छ । राक्षसबाट डराएर गाउँलेहरू गाउँतिर भाग्छन् चौतारामा भेला हुुन्छन् । एकैचोटि मर्नुभन्दा पालैपालो मर्नु राम्रो हुने भन्दै हरेक दिन एक एक जनाका दरले आहारा पु¥याउने कुरा गरेर राक्षससँग वार्ता हुन्छ । दिनको एक जना मानिस र एक मुरी अन्न खाँदै गएको राक्षसले गाउँलेलाई साह्रै दु:ख दिन्छ । धम्क्याएर, डर र त्रास देखाएर गाउँलेलाई आफ्नो वशमा राख्दै सारा गाउँलेलाई दु:ख दिएछ ।

(ख) कालजितले राक्षसलाई नमारेको भए गाउँमा कस्तो अवस्था आउँथ्यो होला, अनुमान गरेर लेख्नुहोस् ।
उत्तर कालजितले राक्षसलाई नमारेको भए राक्षसले सारा गाउँलेलाई एक दिन खाइसक्थ्यो होला । गाउँमै बसेर सबै गाउँलेलाई दुु:ख दिइरहन्थ्यो होला । गाउँलेहरू सकिएपछि गाउँका पशुुहरू पनि खान्थ्यो होला । त्यस गाउँका मानिस र पशुुहरू सकिएपछि अर्काे गाउँमा जान्थ्यो होला र त्यसै गरी मान्छेहरूलाई माथ्र्याे होला । यसरी बर्साैँ लगाएर सारा गाउँ नै सखाफ पाथ्र्याे होला ।

११. ’सानो व्यक्तिको बुद्धि र पुरुषार्थले गाउँमा शान्ति ल्याउन सफल भयो’ भन्ने भनाइको आशय खुलाउनुहोस् ।

उत्तर

मानिसको बाहिरी आवरण र उमेर हेरेर ऊसँग कति बुुद्धि छ भन्ने कुरा जानिँदैन । समय आएपछि हरेक मानिसले आफूूभित्र भएको बुद्धि प्रयोग गर्न जान्नुुपर्छ । गाउँ तथा समाजको भलो हुने काम गरेमा सबैले त्यस्ता व्यक्तिको गुुणगान गर्छन् । कुनै कुनै बालबालिकाहरूमा पनि अद्भुुत क्षमता हुन सक्छ । साना बालबािलकाहरूले केही गर्न सक्दैनन् भन्ने सोचेर उनीहरूको बुुुद्धि र कर्मप्रति बेवास्ता गर्नुहुँदैन । कतिपय कुराहरू पूरा गर्न बलभन्दा पनि बुुद्धिको आवश्यकता हुुन्छ । यस्ता कम उमेर भएका व्यक्तिको बुुद्धि र पुरुषार्थले कहिलेकाहीँ नसोचेको कार्य पूरा हुन सक्छ । कुनै कुनै सानो व्यक्ति अर्थात् बालबालिकाले पनि बुद्धि र पुरुषार्थको काम गर्न सक्छन् । जसरी कालजितले गाउँलेलाई दु:ख दिने राक्षसलाई आफ्नो बुद्धि र पुरुषार्थको प्रयोग गरेर मारी गाउँमा शान्ति ल्याउन सफल भयो त्यसरी नै हाम्रा बालबालिकाले पनि बुद्धि र पुरुषार्थको प्रयोग गरी आफ्नो समाजको लागि सकेको योगदान दिन सक्छन् भन्ने आशय । सानो छ भनेर उनीहरूलाई हेप्ने र उनीहरूको बुुुद्धि र पुरुषार्थको बेबस्ता गर्ने समाजलाई ’सानो व्यक्तिको बुद्धि र पुरुषार्थले गाउँमा शान्ति ल्याउन सफल हुुन सक्छन् भन्ने कुरा मनन गर्नुपर्दछ भन्ने आशय यस कथामा कालजितको चरित्रबाट पुुष्टि गरिएको छ ।

१२. ’कालजित र अजङ्गको राक्षस’ कथाका मुख्य मुख्य घटना नछुट्ने गरी बुँदागत रूपमा लेख्नुहोस् ।

यसको उत्तर सुरुको विषयवस्तुुका आधारमा निर्माण गर्नुहोस् ।

१३. ’कालजित र अजङ्गको राक्षस’ कथाबाट के सन्देश पाउनुभयो, लेख्नुहोस् ।

यसको उत्रर पहिला नै दिइएको छ, त्यहीँ हेर्नुहोला ।

भाषिक संरचना र वर्णविन्यास

१. दिइएका वाक्यमा प्रयोग भएका क्रियापद पहिचान गर्नुहोस् :

उत्तर
(क) गएँ, गरेँ, भएँ, फर्के (बितेको सयम जनाउने)
(ख) बस्छ, गर्छ, खेल्छ, सघाउँछ (वर्तमान समय जनाउने)
(ग) जाने छौ, किन्ने छौ, राख्ने छौ, फर्कने छौ (आउने समय जनाउने)

२. कोष्ठकमा दिइएको निर्देशनअनुसार तलका अनुच्छेदलाई परिवर्तन गर्नुहोस् :

उत्तर
(क) वर्तमान काल :
गाउँमा विद्यालय खुल्छ । अशिक्षित पनि शिक्षित हुन्छन् । उनीहरूले आफूमाथि भएको शोषणको विरोध गर्छन् । शोषकले शोषण गर्न छाड्छन् । सबै जना मिलेर बस्न थाल्छन् ।
(ख) भविष्यत् काल :
हामी देश सेवामा लाग्ने छौं । हामी आफ्नै माटामा परिश्रम गर्ने छौं । आधुनिक खेती प्रणाली अपनाएर अन्न उब्जाउने छौं । आफ्नै धर्तीलाई हराभरा बनाउने छौं । यसबाट देश विकासमा टेवा पुग्ने छ ।
(ग) भूत काल :
बहिनीले मिहिनेत गरी । ऊ परीक्षामा सफल भई । उसले पुरस्कार पाई । ऊ खुसी हुँदै घर आई । त्यो कुरा सुनेर आमाबुबा खुसी हुनुभयो ।

३. दिइएको अनुच्छेद पढ्नुहोस् र क्रियापदका पक्ष पहिचान गर्नुहोस् :

उत्तर
म सानामा चरचुरुङ्गी देखेर रमाउथेँ । (अभ्यस्त भूत)
एक दिन परेवा देखेर च्याप्प समाउन खोजेंछु । (अज्ञात भूत)
परेवा भुर्र उड्दा मलाई पनि उड्न मन लाग्यो । (सामान्य भूत)
शनिबारको दिन बुबाले मलाई सहर घुमाउन लैजानुभएको थियो । (पूर्ण भूत)
सहरमा मोटरगाडी गुडिरहेका थिए । (पूर्ण भूत)
त्यो दृश्यले मलाई चकित तुल्यायो । (सामान्य भूत)

४. कोष्ठकमा दिइएको सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

उत्तर
(क) अपूर्ण पक्ष :
सदिच्छा विज्ञान विषय पढ्दै छिन् । उनी डाक्टर बन्ने कुरा सोच्दै छिन् । उनी बिरामीको सेवा गर्दै हुने छिन् । सबैले उनलाई धन्यवाद दिँदै हुने छन् ।
(ख) पूर्ण पक्ष :
आशिका जनकपुरबाट हेटौंडा गएकी छन् । उनले हजुरआमालाई फलफूल लगेकी छन् । हजुरआमाले नातिनीको बाटो हेरेको हुनुहुन्छ । उहाँले नातिनीलाई मन पर्ने सेलरोटी पकाएको हुनुहुन्छ ।

५. दिइएको अनुच्छेद पढ्नुहोस् र अज्ञात पक्षका क्रियापद पहिचान गर्नुहोस् :

उत्तर भन्नुभएछ, भनेछ, गरेछ, पाएछ, समातेछ

६. दिइएको अनुच्छेदलाई अज्ञात पक्षमा परिवर्तन गर्नुहोस् :

उत्तर राती असिनापानी परेछ । पल्लो डाँडामा पहिरो गएछ । खेत पनि पानीले डुबाएछ । चराको गुँड पनि भत्काएछ । पानी त गजबसँगै नै परेछ त । अबेर राती बुबाले पनि थाहा पाउनुभएछ । बहिनीले पनि थाहा पाइछिन् । भाइले पनि राती नै थाहा पाएछन् । तैंले मात्र कसरी थाहा पाइनछस् ?

७. दिइएको अनुच्छेदलाई अभ्यस्त पक्षमा परिवर्तन गर्नुहोस् :

उत्तर यसरी राक्षसलाई मारेपछि कालजितले गाउँलेलाई बोलाउँथ्यो र सबै मिलेर राक्षसको सद्गत गर्थे । कालजितलाई गाउँलेले प्रशंसा गरेर आफ्नो गाउँको प्रमुख चुन्थे । त्यसपछि कालजितले मावलीमा गएर आमालाई लिएर आउँथ्यो । ऊ आफ्नो घर, खेतीबाली समाली बस्न थाल्थ्यो । काललाई पनि जितेर गाउँमा सुखशान्ति दिएको हुनाले गाउँलेले कालजितलाई सम्मानपूर्वक राख्न थाल्थे । सानो व्यक्तिको बुद्धि र पुरुषार्थले पनि सधैँका लागि गाउँमा शान्ति ल्याउन सफल हुन्थ्यो ।

८. डुल्, भन्, उठ्, पढ् धातुबाट बन्ने अभ्यस्त पक्षका क्रियापद प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् ।

उत्तर युुवा अवस्थामा हामी गाउँभिर डुल्थ्यौँ । गाउँको सेवा गर्नुपर्छ भनेर सबै गाउँलेलाई भन्थ्यौँ । बिहान सबेरै उठ्थ्यौँ र पाठ पढ्थ्यौँ । हाम्रा क्रियाकलाप देखेर सबै गाउँले छक्क पर्थे र हामीलाई समाज सुधारक भन्थे ।

९. दिइएका अनुच्छेद पढ्नुहोस् र ’ब’ र ’व’ को प्रयोग पहिचान गर्नुहोस् :

उत्तर
(क) विजय वेदविद्याश्रममा वेद पढ्छन् । विवेक, वृषभनाथ, वर्षमान, विज्ञानराम र विकल्पप्रसाद पनि वेद विद्यालयमा वैदिक मन्त्र पढ्छन् । कविता र सविता पनि विक्रम संवत् २०७८ को शैक्षिक सत्रमा वेद पढ्न भर्ना भएका छन् । पढ्नु विद्यार्थीको कर्तव्य हो । पढाइले मान्छेको व्यवहारमा सकारात्मक परिवर्तन ल्याइदिन्छ ।
(ख) बुद्धप्रसाद, बुद्धिनाथ, बलबहादुर र अम्बिकादेवीले धरहरा हेरे । गगनचुम्बी धरहरा हेर्न उनीहरू जस्तै बाँके, बर्दिया, बझाङ, बैतडीबाट मात्र होइन बर्दिबासबाट समेत मान्छे आए ।
(ग) भूकम्पमा बरबाद भएको धरहरा बनेकाले अब म पनि आमाबुबा र बहिनीलाई लिएर धरहरा हेर्न जान्छु र बस्नेत खाजाघरमा गएर बारा र बिरौंला खान्छु ।
(घ) राम्रो वकालत गरेर वाहवाह कमाएका दुई जना वकिल भवन वरपरको चउरमा वाल्ल परेर हेर्दै थिए । उनीहरू अदालत गए वा वडा कार्यालय मलाई थाहै भएन ।

१०. कथामा रहेका ‘व’ लेख्दा ‘ब’ उच्चारण हुने, ‘ब’ लेख्दा ‘ब’ नै उच्चारण हुने अनि ‘व’ लेख्दा ’व’ नै उच्चारण हुने ’शब्दको अलग अलग सूची बनाउनुहोस् ।

उत्तर
‘व’ लेख्दा ‘ब’ उच्चारण हुने शब्द :
गाईवस्तु जीविका, वन, व्यवस्था, मानव, विधि, वर्ष, पूर्वकथा, वचनवाण, दुवै, भगवान्, जथाभावी, भावी, वेला,
‘ब’ लेख्दा ‘ब’ नै उच्चारण हुने शब्द :
बाह्र, सबै, बारेमा, तरबार, बन्चरो, बर्साउन, बाबै, बिछट्टै, अब, बचाउन, बच्ने, बिहानै, बन्न, बनाएछ, बताएछन्, कबोल बाँधेछन्, बसेकी, ्र बाहेक, बच्चा, बमोजिम, बितेछ, बुबा, बेलीबिस्तार, बाहिरबाटै, कब्जा, बरु, बानी, बसी बसी, बस्ती, बिच, सबेरै, केहीबेर, बाली, बुद्धि बैकुण्ठ
‘व’ लेख्दा ‘व’ नै उच्चारण हुने शब्द :
वरपर, मनुुवा, स्वीकार, मावली, भतुुवा, खुुवाउन, खुुवाउँछुु ।

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play