पर्यावरण सन्तुलन
संवाद • अभ्यास समाधान
शब्दभण्डार
१. संवादमा दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
२. दिइएका पद पदावलीहरूलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
३. पाठमा प्रयोग भएका पर्यावरण, हरितकण आदि जस्ता पर्यावरणसँग सम्बन्धित कुनै पाँचओटा प्राविधिक र पारिभाषिक शब्द पहिचान गरी कक्षामा सुनाउनुहोस् ।
४. पाठमा प्रयोग भएका इकोसिस्टम, नाइट्रिक एसिड जस्ता अङ्ग्रेजी भाषाबाट आएका अरू पाँचओटा शब्द टिप्नुहोस् ।
५. तल दिइएका वाक्यमा रहेका कोश-कोस जस्ता शब्द खोजेर लेख्नुहोस् :
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
२. संवादमा प्रयोग भएका पात्रको भूमिका निर्वाह गर्दै हाउभाउ झल्किने गरी कक्षामा संवादात्मक शैलीमा वाचन गर्नुहोस् ।
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
४. दिइएको अनुच्छेद मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
५. दिइएका भनाइका वक्ता को को हुन् ? पहिचान गर्नुहोस् :
६. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
७. पाठको विषयवस्तुु बोध गरी दिइएका शीर्षकमा एक एक अनुुच्छेद लेख्नुहोस् :
ग्लोबल वार्मिङ भनेको जलवायु परिवर्तन हो । जलवायुु परिवर्तन भनेको पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुन: अन्तरिक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ । मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफ्लोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्यधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू पर्दछन् । यिनै कारणले ग्लोबल वार्मिङ बढिरहेको छ ।
आधुनिक भौतिक विज्ञानमा प्रत्येक कार्यका लागि ऊर्जालाई आवश्यक बताइएको छ । दैनिक जीवनमा ऊर्जाको प्रयोग धेरै रूपहरूमा गरिन्छ । यान्त्रिक ऊर्जा , विद्युत ऊर्जा, ऊष्मीय ऊर्जा, प्रकाश ऊर्जा, रसायनिक ऊर्जा इत्यादि । मोटरमा विद्युत ऊर्जालाई यान्त्रिक ऊर्जामा बदलेर गर्न काम लिइन्छ । बैटरीमा रसायनिक ऊर्जालाई विद्युत ऊर्जामा बदलेर काम चलाइन्छ । विद्युत ऊर्जालाई प्रकाश तथा ऊष्मीय ऊर्जामा बदलेर काम चलाइन्छ । कार वा बसको इन्जिन पेट्रोलको रासायनिक ऊर्जालाई पहिला ऊष्मीय ऊर्जामा बदलिन्छ तथा त्यसलाई फेरि यान्त्रिक ऊर्जामा बदलेर काम चलाइन्छ । यी सबै कार्यहरूका लागि प्रयुक्त ऊर्जाका स्रोतहरुमा कोइला, पेट्रोलियम, प्राकृतिक ग्यास, पवन ऊर्जा, सौर्य ऊर्जा, लहर ऊर्जा (तरङ्ग ऊर्जा), नदी घाटी परियोजनाहरू पर्दछन् ।
८. दिइएका प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :
हावा, पानी, माटो, बोटबिरुवा, जीवजन्तु, सूर्यको प्रकाश जस्ता प्राकृतिक वस्तु मिलेर बनेको हाम्रो वरिपरिको आवरणलाई नै पर्यावरण भनिन्छ । पर्यावरण भनेको हाम्रो जीवनलाई प्रभावित गर्ने भौतिक र जैविक परिवेश हो । पर्यावरणलाई जोगाउन र बिगार्नमा मानवको मात्र हात रहेको छ । मानवीय क्रियाकलापका कारण पर्यावरणमा विभिन्न खाले सङ्कट देखापरेका छन् । पर्यावरण असन्तुलन भएकाले पर्यावरण संरक्षण गर्नु अत्यावश्यक रहेको कुुरा यस संवादमा व्यक्त भएको मुख्य विषय हो ।
पर्यावरणमा भएका विभिन्न स्रोतसाधनको प्रयोगबाट नै मानवको जीविका चलेको छ । पृथ्वीमा भएका प्राणीहरुमध्ये मानिस सर्वाेकृष्ट प्राणी भएकाले ऊ आफ्नो चेतना र ज्ञानको प्रयोग गरी पृथ्वीमा रहेका उपलब्ध स्रोतसाधनको उत्खन र प्रशोधन गरी भरपुर प्रयोग गर्छ । दिगो विकासको अवधारणाअनुरूप खानेपानी योजना, जलविद्युत् परियोजना, सडक निर्माण जस्ता विकास योजना निर्माण गर्नुपर्छ । यस्ता विकास योजना सुरु गर्दा विज्ञ समूहद्वारा उक्त योजनाले पार्न सक्ने पर्यावरणीय प्रभावको अध्ययन गरी तयार गरिएको प्रतिवेदनका आधारमा कार्यान्वयनमा ल्याउने परिपाटी बसाल्नुपर्छ । त्यस्तै प्लास्टिकको बढ्दो प्रयोग, रासायनिक मल, कीटनाशक विषादी आदिले पनि वातावरणमा नकारात्मक प्रभाव पार्ने भएकाले यसबारे जानकारीमूलक कार्यक्रम आयोजना गरी जनचेतना बढाउन सके पर्यावरणीय सन्तुलन कायम गर्न मदत पुग्छ । घरबाट निस्कने फोहोरको वर्गीकरण गरी सड्ने फोहोरलाई मल बनाई प्रयोग गर्न सके वातावरणीय सरसफाइमा टेवा पुग्छ । यसो गर्दा रासायनिक मलको प्रयोगलाई घटाउन सकिने भएकाले हामी सबैले आफ्नो घरबाटै पर्यावरण संरक्षणको अभियान सुरु गर्न सकिन्छ । पेट्रोलियम पदार्थका सट्टामा जलविद्युत, सौर्य ऊर्जा, गोबरग्याँस जस्ता वैक्िल्पक ऊर्जाका स्रोतको प्रयोग गर्न सके वातावरणीय प्रदूषण घट्न गई स्वच्छ वातावरण कायम हुुन्छ । नवीकरणीय र अनवीकरणीय स्रोतको प्रयोग गरी पर्यावरण सन्तुलित कायम गर्न सकिन्छ ।
पृथ्वीबाट प्राप्त स्रोतको उपयोगमा पनि ध्यान दिनुुपर्दछ । यस्ता उपयोग गरिने कुराहरु आवश्यकताभन्दा बढी प्रयोग गर्नुहँुुदैन । दिगो विकासको अवधारणाअनुसार विकास निर्माणका कार्य गर्ने, जनचेतना अभिवृद्धि गरी वातावरणमा देखिएका नकारात्मक प्रभाव न्यूनीकरण गर्ने, दुवै किसिमका स्रोतको उचित प्रयोग गर्ने जस्ता विभिन्न कार्य गरेर वातावरणको संरक्षण गर्न सकिन्छ । वातावरण संरक्षण भएमा वन्यजन्तुु, वनस्पति र प्राणी सबैलाई फाइदा हुने भएकाले यसको संरक्षण गर्नुु मानव जातिको महŒवपूर्ण कार्य हो ।
हाम्रो वरिपरिको परिवेश नै वातावरण हो । वातावरणीय सन्तुलन कायम गर्न पृथ्वीका सबै प्राणीहरुमध्ये मानवको भूमिका महŒवपूर्ण हुन्छ । हाम्रा हरेक क्रियाकलापहरुबाट हामीले घरबाट नै वातावरण सन्तुलन कायम गर्न सहयोग पु¥याउन सक्छौँ ।
आजको परिवेशमा पर्यावरण असन्तुलित हुनमा मानव र उसका क्रियाकलाप नै प्रमुख कारक रहेका छन् । पर्यावरण सन्तुलन बिगार्ने खालका क्रियाकलापको गर्दा वातावरण असन्तुलित हुन जान्छ । वातावरण असन्तुुलित भएमा पृथ्वीमा रहेका प्राणी, वनस्पति र मानव सङ्कटको भुुमरीमा पर्छन् । त्यसैले वातावरण संरक्षण गर्नु मानव मात्रको मुुख्य कर्तव्य हो । वातावरण सन्तुलन कायम गर्न हामीले विकास निर्माणका कार्य गर्दा दिगो विकासको अवधारणा अवलम्बन गर्नुपर्छ । अनियन्त्रित जनसङ्ख्या वृद्धि, बढ्दो सहरीकरण, स्रोत साधनको अत्यधिक प्रयोग आदि पर्यावरण विनाशका कारण मानवीय गतिविधि हुन् । यसलाई हामीले समयमै सचेत भएर वातावरणमैत्री व्यवहार प्रदर्शन गर्नुपर्छ । घरबाट निस्कने फोहोरको वर्गीकरण गरी सड्ने फोहोरलाई मल बनाई प्रयोग गर्न सके वातावरणीय सरसफाइमा टेवा पुग्छ । यसो गर्दा रासायनिक मलको प्रयोगलाई घटाउन सकिने भएकाले हामी सबैले आफ्नो घरबाटै पर्यावरण संरक्षणको अभियान सुरु गर्नुपर्दछ । पेट्रोलियम पदार्थका सट्टामा जलविद्युत, सौर्य ऊर्जा, गोबरग्याँस जस्ता वैकल्पिक ऊर्जाका स्रोतको प्रयोग गर्न सके वातावरणीय प्रदूषण घट्न गई हामी स्वच्छ वातावरण कायम गर्न सक्छौँ ।
प्रत्येक घरबाट निस्कने फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्नाले मानवले घरबाटै वातावरणीय सन्तुलनमा सहयोग पुयाउन सक्छ । हाम्रो सानो प्रयासले समग्र पृथ्वीलाई र पृथ्वीमा भएका प्राणीलाई जोगाउन सक्छ, स्वस्थ बनाउन सक्छ । पृथ्वीबाट प्राप्त स्रोतको उचित उपयोग गरी पर्यावरण सन्तुुलित राख्ने कुरामा मानव जीवनको ठुुलो भूमिका हुने भएकाले मानवका हरेक क्रियाकलापहरु पर्यावरण सन्तुुलन राख्ने खालका भएमा हामीले वातावरणलाई सन्तुुलन राख्न सहयोग पुु¥याउन सक्छौँ ।
९. दिइएका चित्रको अध्ययन गर्नुहोस् । प्रदूषण न्यूनीकरणका उपायबारे आफ्नो प्रतिक्रिया दिनुहोस् :
चित्रअनुसार कलकारखाना, यातायातका साधनबाट निस्किने धुँवा, धुलोले गर्दा वातावरण नष्ट भएको छ । पानीको मुहानमा जथाभावी फोहोर गर्नाले पर्यावरण असन्तुुलन हुन गई विभिन्नखाले प्राकृतिक प्रकोप बढ्छ । बढ्दो सहरीकरण, अव्यवस्थित बसोबास र पर्यावरण सन्तुुलन कायम गर्ने चेतनाको कमी रहेको यस चित्रका क्रियाकलापमा देखिन्छ । यस्ता क्रियाकलापबाट पर्यावरण असन्तुलन हुन गई सम्पूर्ण प्राणी तथा वनस्पतिमा विभिन्नखाले सङ्कट देखापर्दछन् । यस्ता क्रियाकलापको अन्त्य गर्न मानवजाति नै अग्रसर हुनुपर्दछ । समाजमा पर्यावरण सन्तुलन कायम गर्ने खालका जनचेतना फैलाउने, विद्युुत यातायातको प्रयोग गर्ने र पानीका मुुहान सफा राख्नुुपर्छ । जथाभावी फोहोर गर्नुको सट्टा त्यसको नियन्त्रण गर्नुपर्दछ । मानव वस्तीभन्दा धेरै टाढा कलकारखाना, उद्योग खोल्नुुपर्दछ । उद्योगबाट निस्कने धुुँवाको नियन्त्रण गर्नेतर्फ सोच्नुुपर्दछ ।
१०. ‘खेलकुदको महŒव’ शीर्षकमा दुई जना साथीका बिचमा गरिएको संवाद रचना गर्नुहोस् :
खेलकुदको महŒव (संवाद)
(नवीन र जागृत विद्यालयको चौरमा खाजा खाँदै बसेका छन् । चौरमा केही विद्यार्थीहरु अनेक खालका खेल खेलिरहेका छन् । ती खेल देखेर दुुई जनाबिच खेलकुुदको महŒवका बारेमा कुुराकानी सुरु गर्छन् ।)
Discussion
Share a helpful question, idea, or explanation with other students.