सत्यमोहन जोशी
जीवनी • अभ्यास समाधान
शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
२. दिइएका शब्दको विपरीत अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
३. दिइएका शब्दको विपरीत अर्थ आउने शब्द खोजेर लेख्नुहोस् :
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
२. जीवनीको पहिलो अनुच्छेद सस्वरवाचन गर्नुहोस् ।
३. दिइएको अनुच्छेद मनमनै पढी संरचनाबारे सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :
४. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
सरकारी सेवाको सामान्यदेखि उच्च ओहदासम्म काम गरेका जोशीले भाषा, साहित्य र संस्कृतिका साथै नेपाल भाषामा समेत काम गरेका छन् । नेपाली साहित्यका विविध विधामा कलम चलाउने जोशीका करिब तीन दर्जन कृतिहरु प्रकाशित भएका छन् । विभिन्न साहित्यिक सङ्घसंस्थामा आबद्ध जोशी कलेज पढ्न थालेपछि संस्कृत साहित्यबाट प्रभावित भएका थिए । माधवप्रसाद घिमिरे र लक्ष्मीप्रसाद देवकोटासँग सङ्गत गर्न पुुगे । त्यसरी नै भाषानुुवाद परिषद्का अध्यक्ष पुष्कर शमशेरको सान्निध्यमा पुुगेपछि अङ्ग्रेजी भाषाका कथा र कविता नेपाली भाषामा अनुुवाद गर्न थाले । जागिरको सिलसिलामा तनहुुँ र लमजुुङ जिल्लामा रहँदा त्यहाँका ग्रामीण लोकभाकाको सुस्केर सुनेर उनी लोकसाहित्यतर्फ आकर्षित भए । यी विभिन्न साहित्यिक र सांस्कृतिक पृष्ठभूूमिले उनलाई साहित्यलेखनतर्फ आकृष्ट गरायो । उनको प्रारम्भिक साहित्यलेखनको प्रारम्भ १९९८ मा भएको थियो भने प्रकाशनका दृष्टिले चाहिँ २०१४ सालमा ‘हाम्रो लोकसंस्कृति’ नामक कृति प्रकाशनबाट साहित्यलेखनको प्रारम्भ भएको थियो ।
नेपाली साहित्यमा लामो समयसम्म योगदान दिएका जोशीलाई उनले गरेको कार्यको योगदानलाई मूूल्याङ्कन गरी विभिन्न सङ्घसंस्थाले सम्मान तथा पुरस्कार आदि सम्मान गरेका छन् । उनले नेपाली वाङ्मय र संस्कृतिका क्षेत्रमा पुुर्याएको योगदानको कदर गर्दै काठमाडाँै विश्वविद्यालयबाट वि.सं. २०६८ मा महाविद्यावारिधिको उपाधि प्रदान गरिएको थियो । उनलाई त्रिमूर्ति निकेतनले २०७१ साल मङ्सिर १५ गते ‘शताब्दी पुरुष’ को उपाधि प्रदान गरेको थियो । नेपाल सरकारका तर्फबाट वि. सं. २०७४ वैशाख २१ मा उनलाई ‘वाङ्मय शताब्दी पुरुष’ को उपाधि प्रदान गरिएको थियो । उनको नाममा ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’समेत मनाइएको थियो । उनी नेपाली र नेपाल भाषाको संरक्षण तथा नेपालीको राष्ट्रिय पहिचानका लागि निरन्तर लागिरहे । जोशीले ‘गोरखा दक्षिण बाहु’, ‘मदन पुरस्कार’, ‘पृथ्वी प्रज्ञा पुरस्कार’, ‘भानुभक्त पुरस्कार’ लगायतका दर्जनौँ पुरस्कार प्राप्त गरिसकेका छन् । उनलाई झन्डै दुई सय सङ्घसंस्थाले सम्मान तथा अभिनन्दनसमेत गरिसकेका छन् । वि. सं. २०७६ मा नेपाल राष्ट्र बैङ्कले जोशीको नाम र मुहार अङ्कित एक सय रुपियाँको सिक्का प्रकाशनमा ल्याएको छ । उनले ‘लोक संस्कृति’, ‘नेपाली राष्ट्रिय मुद्राहरू’ र ‘कणर्ाली लोक संस्कृति’ नामक कृतिका लागि तीन पटक मदन पुरस्कार पाउन सफल भएका थिए । उनी नै तीन तीन पटकसम्म मदन पुरस्कार प्राप्त गर्ने एक मात्र व्यक्ति हुन् ।
कलेज पढ्न थालेपछि उनले संस्कृत साहित्यबाट प्रभावित भई छन्दमा कविता लेख्न थालेका थिए । त्यति वेलै लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरेको सङ्गतमा पुगेका उनले कविद्वयबाटै कविता लेख्ने प्रेरणा पाएको देखिन्छ । भाषानुवाद परिषद्का अध्यक्ष पुष्कर शमशेरको सान्निध्यमा आएपछि उनले अङ्ग्रेजी भाषाका कथा र कविता नेपालीमा अनुवाद गरेका थिए । जागिरको सिलसिलामा तनहुँ र लमजुङ जिल्लामा रहँदा त्यहाँका ग्रामीण लोकभाकाको सुस्केरा सुनेर उनलाई लोकसाहित्यमा लाग्ने प्रेरणा मिल्यो । त्यसपछि उनी संस्कृतिको अध्ययन अनुसन्धानमा आफूलाई समर्पित गर्न थाले । यसैको प्रेरणास्वरूप उनले वि. सं. २०१४ मा ‘हाम्रो लोकसंस्कृति’ नामक पुस्तक प्रकाशन गरेका थिए । उनले नेपाली साहित्यमा कविता, नाटक, समालोचनाका अतिरिक्त लोकसाहित्य, संस्कृति आदि क्षेत्रका दर्जनौँ कृति रचना गरेका छन् । उनले भाषा र नाटक, कविता, कथा, निबन्धजस्ता साहित्यिक विधाका करिब तीन दर्जन जति कृति रचना गरेका छन् । उनका नेपाल भाषाका विभिन्न विषय र विधाक्षेत्रसँग सम्बन्धित करिब चार दर्जन रचना प्रकाशन गरी नेपाल भाषाको श्रीवृद्धिमा समेत महइभ्वपूणर् योगदान पुर्याएका छन् । उनी ‘नेपाल भाषा एकेडेमी’ को स्थापना र नेवारी साहित्य, कला र संस्कृति जोगाउन क्रियाशील देखिन्छन् ।
उनले चीनमा रहँदा कलाकार अरनिको र उनले चीनमा निर्माण गरेको श्वेतचैत्यबारे खोज अनुसन्धान गरी ‘नेपाली वास्तुविद् कलाकार अरनिको’ नामक शोधग्रन्थ प्रकाशित गरे । उनले भृकुटीबारे पनि खोज अनुसन्धान गरी तथ्य पहिल्याउने काम गरेका थिए । यसरी यी विविध कार्यबाट उनले लोकसंस्कृतिको खोज अनुुन्धानमा महŒवपूणर् कार्य गरेका थिए ।
सत्यमोहन जोशीले विभिन्न ओहदामा रहँदा र कर्मक्षेत्रमा खटिँदा जोशीले चिरस्मरणीय योगदान दिएका छन् । उनले प्रज्ञा प्रतिष्ठानमा रहँदा दिलोज्यानले मुलुकका भाषा र संस्कृतिको विकासमा अहम् योगदान दिएका छन् । उनले प्रज्ञा प्रतिष्ठानमा रहँदा दिलोज्यानले मुलुकका भाषा र संस्कृतिको विकासमा अहम् योगदान दिएका छन् । यिनकै संयोजकत्वमा विदेशीले नेपालका बारेमा तयार पारेका लेखरचना र पुस्तकको ग्रन्थसूची तयार भएको थियो । उनी प्रज्ञा प्रतिष्ठानमा रहँदा ‘गाईजात्रा महोत्सव’ को प्रवर्धन गरेका थिए । तत्कालीन प्रशासकलाई समेत व्यङ्ग्य गरिएको आरोप लगाई गाईजात्रा कार्यक्रम बन्द गराउन दरबारबाट आएको दबाबलाई उनले ठाडै अस्वीकार गरी कार्यक्रम जनतामाझ जनप्रिय रहेकाले बन्द गर्न नसकिने जबाफ फर्काइदिएका थिए । यसबाट उनी जनमतका विपरीत कसैको दबाब र धम्कीबाट पछि नहट्ने व्यक्ति थिए भन्ने प्रस्ट हुन्छ । उनकै प्रयासबाट समाजका विकृति विसङ्गतिका विरुद्ध गाईजात्राका माध्यमबाट हास्यव्यङ्ग्य विधाको विकास भएको थियो । यस कार्यव्रmमको सफलताबाट हौसिएका जोशीले नेपाली नाटकलाई माथि उकास्ने हेतुले प्रतिष्ठानमै ‘नाटक महोत्सव’ गर्ने परिपाटी पनि बसालेका थिए । उनी आफ्नो जिम्मेवारीमा अहोरात्रजमलमा राष्ट्रिय नाचघरका लागि जग्गा किन्ने र भक्तपुरमा राष्ट्रिय सङ्ग्रहालयको निर्माण गर्ने काम पनि जोशीकै सक्रियतामा भएको थियो । उनले प्रज्ञा प्रतिष्ठानमा सदस्य सचिव रहँदा नेपाली भाषाका साथै शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू, मैथिली, लेप्चा, थारू, दनुवार, नेवार, चेपाङ, राजवंशीलगायतका भाषाको अध्ययन अनुसन्धान गरेका थिए । यिनै १४ भाषामा पर्यायवाची कोश निर्माणको कार्यसमेत सम्पन्न भएको थियो । सत्यमोहन जोशीले नेपालका प्राचीन मुद्राको खोज अनुसन्धान गरी ‘नेपाली राष्ट्रिय मुद्राहरू’ नामक ग्रन्थ पनि लेखेका छन् । यसरी विभिन्न कार्य गरी उनले भाषा संस्कृतिको संरक्षण लागेको देखिन्छ ।
५. कोष्ठकभित्र साल र त्यसभन्दा तल सत्यमोहनको जीवनमा घटेका घटना दिइएका छन् । उक्त घटना कुन कुन सालमा भएका हुन्, पहिचान गरी लेख्नुहोस् :
६. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
७. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
८. जीवनीमा रहेको ‘नेपाल आमाका …. व्यक्ति हुन्’ अनुच्छेदबाट मुख्य चारओटा बुुँदा टिपी सारांश लेख्नुहोस् ।
बुँदाहरु :
(क) नेपाल आमाका सपुुत जोशीले थुप्रै सम्मान तथा पुरस्कार पाउनुु र नेपालीको गौरव उच्च पार्नु,
(ख) वाङ्मय र संस्कृतिका क्षेत्रमा पुुर्याएको योगदानस्वरुप महाविद्यावारिधिको उपाधि, शताब्दी पुरुष र शताब्दी वाङ्मय पुरुषजस्ता उपाधि पाउनुु,
(ग) जोशीले गोर्खा दक्षिण बाहुु, मदन पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार, भानुुभक्त पुरस्कारलगायत दर्जानौँ पुरस्कार पाउनु,
(घ) नेपाल राष्ट्र बैङ्कले जोशीको नाम र मुहार अङ्कित एक सय रुपियाँको सिक्का प्रकाशन गरेको छ भने तीन पटक मदन पुरस्कार पाउनुु ।
नेपाल आमाका सपुुत जोशीले थुुप्रै सम्मान तथा पुरस्कार पाएका छन् । नेपाल र नेपालीको गौरवलाई उच्च बनाउने जोशीलाई नेपाली वाङ्मय र संस्कृतिका क्षेत्रमा योगदान पुर्याएवापत् विभिन्न उपाधि दिइएको छ । जोशीले गोरखा दक्षिण बाहुु, मदन पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार, भानुुभक्त पुरस्कारलगायत दर्जनौँ पुुरस्कार प्राप्त गरेका छन् । दुुई सयभन्दा बढी सङ्घसंस्थाले अभिनन्दन गरिसकेका जोशीका नाम र मुहार अङ्कित एक सयको सिक्का नेपाल राष्ट्र बैङ्कले प्रकाशनमा ल्याएको छ । उनले विभिन्न कृतिका लागि तीनपटक मदन पुरस्कारसमेत पाएका छन् ।
सोधिएको शब्दसङ्ख्या : १७४
एक तृतीयांश शब्दसङ्ख्या : ५८
सारांशिक शब्दसङ््ख्या : ६०
९. सत्यमोहन जोशीको जीवनीबाट कस्तो शिक्षा पाइन्छ, तलका भनाइका आधारमा व्याख्या गर्नुहोस् :
नेपाली भाषा साहित्यका साधक र श्रेष्ठ व्यक्तित्वका धनी सत्यमोहन जोशीले लामो समयसम्म भाषासाहित्यको श्रीवृद्धि गर्न योगदान दिएका छन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जाति र देशको हितका लागि जीवन समर्पित गरेका जोशीको जीवनीबाट विविध प्रकारका शिक्षा प्राप्त गर्न सकिन्छ ।
भाषा र साहित्यको वृद्धि गर्न देशविदेशसमेत पुुगेका जोशी सादा जीवन र उच्च विचारमा विश्वास गर्ने व्यक्ति हुन् । सफलता हासिल गर्न धैर्य चाहिन्छ भन्ने जोशी सरल जीवनबाट नै उच्च स्थानमा पुुग्न सकिन्छ भन्ने विचार राख्ने साहित्यकार हुन् । दुःखमा नआत्तिने र सुखमा नमात्तिने जोशी सकारात्मक सोच र आशावादी जीवनदृष्टि बोकेका व्यक्ति हुन् । व्यक्तिको अधिकार कर्ममा हुन्छ । त्यसैले निरन्तर कर्म गर्नुपर्छ । कर्म गर्दा दुःख आइपरेमा आत्तिनुुहँदैन । धेरै सुख भयो भने पनि मात्तिनुु हुँदैन । कुनै कुराको आशा नगरी कर्म गरेमा एक दिन अवश्य सफल भन्ने विचार जोशीको रहेको छ । जीवन जिउने क्रममा आइपरेका विभिन्न आरोह अवरोहलाई हातेमालो गर्दै जीवन अगाडि बढाउनुुपर्छ । कुनैबेला आफूूले गर्दै गरेको काममा बाधा उत्पन्न भएमा त्यसको निराकरण गर्दै जीवनको गतिलाई अगाडि बढाउनुुपर्छ । जीवनको अर्को पर्यायवाची रुप सङ्घर्ष हो । जीवनमा सङ्घर्ष नगरी सफलता प्राप्त गर्न सकिन्न भन्ने विचार उनको रहेको छ ।
अतः जीवनमा सफलता हासिल गर्न धैर्यको आवश्यकता पर्दछ । मानिसले जीवनलाई सरल रुपमा जिउनुुपर्दछ । उच्च विचार लिएर उद्देश्यमा पुुग्ने कोसिस गर्नुपर्दछ । सुखमा नआत्तिई र सुखमा नमात्तिई जीवनका उकाली ओरालीसँग हातेमालो गर्दै सङ्घर्षमय जीवन भयो भने मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने करा उनको जीवनीबाट प्राप्त हुने शिक्षा हो ।
१०. जीवनीका आधारमा सत्यमोहन जोशीलाई देशभक्त व्यक्तित्वका रूपमा चिनाउनुहोस् ।
सत्यमोहन जोशी मुुलुुकको भाषा र संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान दिने व्यक्ति हुन् । उनले गाइजात्रा महोत्सवको प्रवर्धन गर्नुका साथै नेपाली नाटकलाई उकास्न नाटक महोत्सव गर्ने परिपाटीको जग बसाले । जमलमा राष्ट्रिय नाचघरको स्थापना र भक्तपुरमा सङ्ग्रहालयको निर्माण पनि यिनले गरेका थिए ।
जोशीले नेपालीलगायत नेपालका राष्ट्रभाषाको उत्थानमा पनि महŒवपूणर् योगदान दिएका थिए । नेपालका प्राचीन मुद्राहरुको खोजअनुसन्धान गरी नेपाली राष्ट्रिय मुद्राहरु नामक ग्रन्थसमेत प्रकाशित गरे । अध्ययनका क्रममा विश्वकै सबैभन्दा सानो सिक्का पत्ता लगाएर गिनिजबुक वल्र्ड रेकर्डमा समेत दर्ता गराए । चीनमा गएर नेपाली भाषाको प्रचारप्रसार गर्नुका साथै अरनिको, भृकुटी आदिका बारेमा पनि खोज अनुसन्धान गरी पुस्तकसमेत प्रकाशन गरे । अमेरिकामा गएर नेवारी भाषा र संस्कृतिको उत्थानमा सहयोग पुुर्याएका जोशीले विभिन्न देशमा नेपालको संस्कृतिको परिचयसमेत गराए । सत्यमोहन जोशी नेपाली भाषा, लोकसाहित्य र संस्कृति आदि क्षेत्रमा अनरवत योगदान दिने व्यक्ति हुन् । नेपाल भाषा एकेडेमीको स्थापना, चिनिया कविताको नेपाली अनुवाद, कणर्ाली लोक संस्कृतिको खोज गरी आफूलाई संस्कृतिविद्का रुपमा स्थापित गराउने व्यक्ति हुन् ।
व्यक्तिगत जीवनभन्दा राष्ट्र र राष्ट्रियताका लागि अनवरत रुपमा समर्पित हुने जोशी कर्मशील र राष्ट्रप्रेमी व्यक्ति हुन् । जोशीले अथक प्रयास र निरन्तर साहित्य, भाषा र संस्कृतिको श्रीवृद्धि गरेकाले उनी एक देशप्रेमी व्यक्तित्वका रुपमा प्रतिष्ठापित भएका छन् । उनको जति देशसेवामा सबै नेपालीहरु एकजुट भई लाग्ने हो भने सजिलै देशले काँचुुली फेर्न सक्छ । बहुुभाषिक र बहुुसांस्कृतिक राष्ट्रलाई सशक्त र भावनात्मक रुपमा एकताको सूूत्रमा बाँध्न सफल सत्यमोहन आदर्श विचार भएका सच्चा देशप्रेमी हुन् । उनले गरेका कार्य, भाषा, संस्कृति र साहित्यमा दिएको योगदानका साथै नेपाली भाषा, साहित्य र संस्कृतिलाई विश्वमा प्रचारप्रसार गर्न कार्यबाट उनी सच्चा देशभक्त हुन् भन्ने कुरा पुुष्टि हुुन्छ ।
११. तपाईँको समुदायमा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका कुनै एक जना व्यक्तिको व्यक्तिवृत्त तयार गर्नुहोस् ।
१२. दिइएका सन्दर्भका आधारमा सत्यमोहन जोशीका योगदानको चर्चा गर्नुहोस् ।
नेपाली साहित्यमा लामो समयमसम्म योगदान दिएका सत्यमोहन जोशीले नेपाली भाषा, साहित्य, संस्कृति र कलाका क्षेत्रमा विशिष्ट योगदान दिएका छन् । नेपाल र नेपाली भाषामा कलम चलाउने जोशीले प्रशासनिक, साहित्यिक, सांस्कृतिक तथा भाषिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् ।
आई.ए. उत्तीणर् गरेपछि स्नातक तहमा पढ्न सुरु गरे पनि परिवारको जीविकाका लागि जागिर खान बाध्य भएका जोशीले सरकारी सेवाका सामान्यदेखि उच्च ओहदामा सेवा गरेका थिए । वि. सं. २००१ मा औद्योगिक व्यापारिक समाचार सङ्ग्रह अड्डाबाट जागिरे जीवन सुरुआत गरेका जोशीले राष्ट्रिय योजना परिषद्मा अधिकृत, परशुुराम भक्त माथेमाको स्वकीय सचिव, पुरातŒव र संस्कृति विभागमा निर्देशक, प्रज्ञा प्रतिष्ठानमा सदस्य आदि उच्च पदमा रही प्रशासनिक सेवाका क्षेत्रमा आफ्नो दायित्व निर्वाह गरेका थिए ।
उनले साहित्यका क्षेत्रमा पनि महŒवपूूणर् योगदान दिएका छन् । १९९८ बाट साहित्य लेखनको सुरुआत गरेका जोशीले २०१४ मा ‘हाम्रो लोकसंस्कृति’ कृति प्रकाशन गरेका थिए । उनका नेपाली साहित्यका कविता, नाटक, समालोचनाका अतिरिक्त लोकसाहित्य, संस्कृति आदि क्षेत्रका दर्जनौँ कृति रचना गरेका छन् । उनका विविध विषय र विधासँग सम्बन्धित करिब चार दर्जन रचनाहरु प्रकाशित भइसकेका छन् । यसरी नेपाल र नेपाली भाषाको श्रीवृद्धिमा महŒवपूणर् योगदान पुुर्याएका जोशीको साहित्यक योगदान पनि उल्लेखनीय छ ।
जोशीले कर्मक्षेत्रमा रहँदा भाषा र संस्कृतिको विकासमा समेत महŒवपूणर् योगदान दिएका छन् । गाईजात्रा महोत्सवको प्रवर्धन, नाटक महोत्सवको आयोजना, नाचघर र सङ्ग्रहालयको निर्माण, नेपालका राष्ट्रभाषाहरुको अध्ययन-अनुुसन्धान, शब्दकोशको निर्माण, प्राचीन मुद्राहरुको खोज अनुसन्धानका साथै देश विकासमा समेत नेपाली भाषाको प्रचारप्रसार गरी उनले भाषिक र सांस्कृतिक विकासमा महŒवपूणर् योगदान दिएका छन् ।
यसरी नै उनले अरनिको, भृकुुटीका साथै श्वेतचैत्यबारे अनुुसन्धान गरी शोधग्रन्थ प्रकाशित गरेका थिए । आफ्नो जाति र भाषाको प्रवर्धनमा अमेरिका पुुगेका जोशीले सांस्कृतिक विविधतासम्बन्धी कार्यक्रममा समेत भाग लिएर नेपाली संस्कृतिको प्रवर्धनमा विशिष्ट योगदान दिएका छन् ।
यसरी प्रशासनिक, साहित्यिक, भाषिक र सांस्कृतिक क्षेत्रमा विभिन्नखाले कार्यक्रममार्फत नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृद्धिमा उनले महŒवपूणर् योगदान दिएका छन् । उनले विविध क्षेत्रमा दिएको योगदान अविस्मरणीय रहेको छ ।
१३. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
सुनाइ र बोलाइ
१. सुनाइ पाठ ५ सुन्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
२. नयाँ ठाउँमा जाँदा तपाईँलाई कस्तो अनुभूति हुन्छ, कक्षामा सुनाउनुहोस् ।
भाषिक संरचना र वणर्विन्यास
२. दिइएका उपसर्ग लागेर बनेका शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :
३. दिइएका उपसर्ग लगाई दुई दुईओटा शब्द निर्माण गर्नुहोस् :
४. दिइएको अनुच्छेदबाट दशओटा उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रकृया देखाउनुहोस् :
५. दिइएको अनुच्छेदमा रातो रङ लगाएका शब्द कुन कुन प्रत्यय लागेर बनेका छन्, छुट्याउनुहोस् :
६. दिइएका प्रत्ययबाट एक एकओटा शब्द निर्माण गर्नुहोस् :
७. दिइएको अनुच्छेद पढी शिरबिन्दु र चन्द्रबिन्दु लागेका शब्दको अलग अलग सूची बनाउनुहोस् :
८. दिइएको अनुच्छेदलाई शिरबिन्दु र चन्द्रबिन्दुको उपयुक्त प्रयोग गरी पुनर्लेखन गर्नुहोस् :
सिर्जना र परियोजना कार्य
१. नाटककार बालकृष्ण समको व्यक्तिगत विवरण पढ्नुहोस् । दिइएका सूचनाका आधारमा छोटो जीवनी तयार पार्नुहोस् :
नेपाली माटोमा विभिन्न कालखण्डमा जन्मिएका मानिसहरुले विभिन्न क्षेत्रमा महŒवपूणर् योगदान दिएका छन् । नेपाली साहित्यका विविध विधामा कलम चलाए तापनि नाटक विधामा उल्लेखनीय योगदान दिने व्यक्तिहरुमध्ये बालृकष्ण समको नाम अग्रपङ्क्तिमा पर्दछ । पिता समर शमशेर जबरा र माता कृति राज्यलक्ष्मीका सुुपुुत्रका रुपमा काठमाडौँको ज्ञानेश्वरमा वि. सं. १९५९ माघ २४ गते उनको जन्म भएको थियो ।
आई. एस्सीसम्मको अध्ययन गरेका समले सैनिक सेवा, रेडियो नेपालको निर्देशक, गोरखापत्रको सम्पादकजस्ता पदमा रही सेवा गरेका थिए । नेपाली साहित्यका विविध विधामा कलम चलाएका समका ‘मुुटुुको व्यथा’, ‘अमरसिंह’ र ‘भीमसेनको अन्त्य’जस्ता नाटकका कृतिहरु प्रकाशित भएका थिए । यसरी नै ‘चिसो चुुह्लो’ महाकाव्य र ‘आगो र पानी’ खण्डकाव्य कविताकाव्य पनि प्रकाशित भएका थिए । आधुुनिक नेपाली नाटकका प्रवर्तकका रुपमा रहेका समले सुखान्त र दुःखान्त दुवै खाले नाटकको रचना गरेका छन् । उनी नेपाली साहित्यका नाटक विधामा नाट्यसम्राट्का रुपमा समेत चिनिएका छन् ।
नेपाली साहित्यमा महŒवपूणर् योगदान दिएवापत् उनले त्रिभुुवन पुरस्कार, साझा पुरस्कार, पृथ्वी प्रज्ञा पुुरस्कार आदि पुरस्कार पाएका थिए । उनको मृत्युु वि. सं. २०३८ साउन ६ गते काठमाडौँमा भएको थियो ।
Discussion
Share a helpful question, idea, or explanation with other students.