Class 9 Nepali Chapter 5 Satyamohan Joshi Notes | सत्यमोहन जोशी अभ्यास

कक्षा ९ नेपाली • पाठ ५

सत्यमोहन जोशी

जीवनी • अभ्यास समाधान

शब्दभण्डार

१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :

उत्तर
गाईजात्रा : जनैपूर्णिमाको भोलिपल्ट मनाइने जात्रा
जीवनदृष्टि : जीवनदर्शन, जीवनलाई हेर्ने दृष्टि वा आधार
संस्कृति : कुनै राष्ट्र वा जातिका कलाकौशल, बौद्धिक विकाससम्बद्ध क्रियाकलाप
पुरातत्व : प्राचीन समयका ऐतिहासिक तथा महत्वपूर्ण वस्तुको अध्ययन गर्ने विद्या
सङ्ग्रहालय : प्राचीन महत्वका, दुर्लभ र अनौठा वस्तु बटुलेर राखिने ठाउँ वा घर
प्रतिष्ठान : प्रतिष्ठापूर्व रूपमा स्थापित कुनै संस्था

२. दिइएका शब्दको विपरीत अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस् :

उत्तर
अनुत्तीर्ण : उत्तीर्ण
विनाश : रक्षा
अविश्वास : विश्वास
स्वार्थ : निस्वार्थ
निराशा : आशा
अरुचि : रुचि
कपुुत : सपुत
स्वीकार : अस्वीकार
निष्क्रियता : सक्रियता

३. दिइएका शब्दको विपरीत अर्थ आउने शब्द खोजेर लेख्नुहोस् :

उत्तर
सुरक्षित : असुरक्षित
सभ्य : असभ्य
नास्तिक : आस्तिक
लौकिक : अलौकिक
गहन : फितलो
सूक्ष्म : स्थूल

बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

उत्तर
वाङ्मय : बाङ्मय
अविश्रान्त : अबिस्रान्त
औद्योगिक : अउद्योगिक्
कर्मक्षेत्र : कर्मछेत्र
हास्यव्यङ्ग्य : हास्यब्यङ्ग्य
काँचुली : काँचुुली
सङ्घर्ष : सङ्घर्स
संस्कृति : सम्स्कृति

२. जीवनीको पहिलो अनुच्छेद सस्वरवाचन गर्नुहोस् ।

३. दिइएको अनुच्छेद मनमनै पढी संरचनाबारे सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) माथिको अनुच्छेदमा कतिओटा वाक्य छन् ?
उत्तर माथिको अनुुच्छेदमा सातओटा वाक्य छन् ।
(ख) अनुच्छेदको सबैभन्दा लामो वाक्य कुन हो, त्यो कति शब्दले बनेको छ ?
उत्तर सत्यमोहनमा रहेको अथक प्रयास र कामप्रतिको लगावबाट हामी सबै निष्ठावान् भई देशसेवामा लाग्यौँ भने सजिलै देशको काँचुली फेर्न सकिन्छ भन्ने सन्देश प्राप्त गर्न सकिन्छ भन्ने सबैभन्दा लामो वाक्य हो र यसमा २४ ओटा शब्द छन् ।
(ग) व्यक्तिगत स्वार्थमा नलागेको कुरा कुन वाक्यमा छ, त्यसको आशय के हो ?
उत्तर व्यक्तिगत स्वार्थमा नलागेको कुरा चौथो वाक्यमा छ । यसको आशय उनी व्यक्तिगत स्वार्थमा नलागी राष्ट्र र राष्ट्रियताका लागि अनवरत रुपमा समर्पित भए भन्ने मूूल आशय हो ।

४. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) सत्यमोहन जोशीको साहित्य लेखनको प्रारम्भ कहिलेदेखि भएको हो ?
उत्तर

सरकारी सेवाको सामान्यदेखि उच्च ओहदासम्म काम गरेका जोशीले भाषा, साहित्य र संस्कृतिका साथै नेपाल भाषामा समेत काम गरेका छन् । नेपाली साहित्यका विविध विधामा कलम चलाउने जोशीका करिब तीन दर्जन कृतिहरु प्रकाशित भएका छन् । विभिन्न साहित्यिक सङ्घसंस्थामा आबद्ध जोशी कलेज पढ्न थालेपछि संस्कृत साहित्यबाट प्रभावित भएका थिए । माधवप्रसाद घिमिरे र लक्ष्मीप्रसाद देवकोटासँग सङ्गत गर्न पुुगे । त्यसरी नै भाषानुुवाद परिषद्का अध्यक्ष पुष्कर शमशेरको सान्निध्यमा पुुगेपछि अङ्ग्रेजी भाषाका कथा र कविता नेपाली भाषामा अनुुवाद गर्न थाले । जागिरको सिलसिलामा तनहुुँ र लमजुुङ जिल्लामा रहँदा त्यहाँका ग्रामीण लोकभाकाको सुस्केर सुनेर उनी लोकसाहित्यतर्फ आकर्षित भए । यी विभिन्न साहित्यिक र सांस्कृतिक पृष्ठभूूमिले उनलाई साहित्यलेखनतर्फ आकृष्ट गरायो । उनको प्रारम्भिक साहित्यलेखनको प्रारम्भ १९९८ मा भएको थियो भने प्रकाशनका दृष्टिले चाहिँ २०१४ सालमा ‘हाम्रो लोकसंस्कृति’ नामक कृति प्रकाशनबाट साहित्यलेखनको प्रारम्भ भएको थियो ।

(ख) जोशीले कुन कुन सम्मान र पुरस्कार प्राप्त गरे ?
उत्तर

नेपाली साहित्यमा लामो समयसम्म योगदान दिएका जोशीलाई उनले गरेको कार्यको योगदानलाई मूूल्याङ्कन गरी विभिन्न सङ्घसंस्थाले सम्मान तथा पुरस्कार आदि सम्मान गरेका छन् । उनले नेपाली वाङ्मय र संस्कृतिका क्षेत्रमा पुुर्‍याएको योगदानको कदर गर्दै काठमाडाँै विश्वविद्यालयबाट वि.सं. २०६८ मा महाविद्यावारिधिको उपाधि प्रदान गरिएको थियो । उनलाई त्रिमूर्ति निकेतनले २०७१ साल मङ्सिर १५ गते ‘शताब्दी पुरुष’ को उपाधि प्रदान गरेको थियो । नेपाल सरकारका तर्फबाट वि. सं. २०७४ वैशाख २१ मा उनलाई ‘वाङ्मय शताब्दी पुरुष’ को उपाधि प्रदान गरिएको थियो । उनको नाममा ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’समेत मनाइएको थियो । उनी नेपाली र नेपाल भाषाको संरक्षण तथा नेपालीको राष्ट्रिय पहिचानका लागि निरन्तर लागिरहे । जोशीले ‘गोरखा दक्षिण बाहु’, ‘मदन पुरस्कार’, ‘पृथ्वी प्रज्ञा पुरस्कार’, ‘भानुभक्त पुरस्कार’ लगायतका दर्जनौँ पुरस्कार प्राप्त गरिसकेका छन् । उनलाई झन्डै दुई सय सङ्घसंस्थाले सम्मान तथा अभिनन्दनसमेत गरिसकेका छन् । वि. सं. २०७६ मा नेपाल राष्ट्र बैङ्कले जोशीको नाम र मुहार अङ्कित एक सय रुपियाँको सिक्का प्रकाशनमा ल्याएको छ । उनले ‘लोक संस्कृति’, ‘नेपाली राष्ट्रिय मुद्राहरू’ र ‘कणर्ाली लोक संस्कृति’ नामक कृतिका लागि तीन पटक मदन पुरस्कार पाउन सफल भएका थिए । उनी नै तीन तीन पटकसम्म मदन पुरस्कार प्राप्त गर्ने एक मात्र व्यक्ति हुन् ।

(ग) जोशीले लोकसाहित्यका क्षेत्रमा के के काम गरेका छन् ?
उत्तर

कलेज पढ्न थालेपछि उनले संस्कृत साहित्यबाट प्रभावित भई छन्दमा कविता लेख्न थालेका थिए । त्यति वेलै लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरेको सङ्गतमा पुगेका उनले कविद्वयबाटै कविता लेख्ने प्रेरणा पाएको देखिन्छ । भाषानुवाद परिषद्का अध्यक्ष पुष्कर शमशेरको सान्निध्यमा आएपछि उनले अङ्ग्रेजी भाषाका कथा र कविता नेपालीमा अनुवाद गरेका थिए । जागिरको सिलसिलामा तनहुँ र लमजुङ जिल्लामा रहँदा त्यहाँका ग्रामीण लोकभाकाको सुस्केरा सुनेर उनलाई लोकसाहित्यमा लाग्ने प्रेरणा मिल्यो । त्यसपछि उनी संस्कृतिको अध्ययन अनुसन्धानमा आफूलाई समर्पित गर्न थाले । यसैको प्रेरणास्वरूप उनले वि. सं. २०१४ मा ‘हाम्रो लोकसंस्कृति’ नामक पुस्तक प्रकाशन गरेका थिए । उनले नेपाली साहित्यमा कविता, नाटक, समालोचनाका अतिरिक्त लोकसाहित्य, संस्कृति आदि क्षेत्रका दर्जनौँ कृति रचना गरेका छन् । उनले भाषा र नाटक, कविता, कथा, निबन्धजस्ता साहित्यिक विधाका करिब तीन दर्जन जति कृति रचना गरेका छन् । उनका नेपाल भाषाका विभिन्न विषय र विधाक्षेत्रसँग सम्बन्धित करिब चार दर्जन रचना प्रकाशन गरी नेपाल भाषाको श्रीवृद्धिमा समेत महइभ्वपूणर् योगदान पुर्‍याएका छन् । उनी ‘नेपाल भाषा एकेडेमी’ को स्थापना र नेवारी साहित्य, कला र संस्कृति जोगाउन क्रियाशील देखिन्छन् ।

उनले चीनमा रहँदा कलाकार अरनिको र उनले चीनमा निर्माण गरेको श्वेतचैत्यबारे खोज अनुसन्धान गरी ‘नेपाली वास्तुविद् कलाकार अरनिको’ नामक शोधग्रन्थ प्रकाशित गरे । उनले भृकुटीबारे पनि खोज अनुसन्धान गरी तथ्य पहिल्याउने काम गरेका थिए । यसरी यी विविध कार्यबाट उनले लोकसंस्कृतिको खोज अनुुन्धानमा महŒवपूणर् कार्य गरेका थिए ।

(घ) नेपाल भाषा र संस्कृतिको संरक्षणमा जोशीको योगदान कस्तो रहेको छ ?
उत्तर

सत्यमोहन जोशीले विभिन्न ओहदामा रहँदा र कर्मक्षेत्रमा खटिँदा जोशीले चिरस्मरणीय योगदान दिएका छन् । उनले प्रज्ञा प्रतिष्ठानमा रहँदा दिलोज्यानले मुलुकका भाषा र संस्कृतिको विकासमा अहम् योगदान दिएका छन् । उनले प्रज्ञा प्रतिष्ठानमा रहँदा दिलोज्यानले मुलुकका भाषा र संस्कृतिको विकासमा अहम् योगदान दिएका छन् । यिनकै संयोजकत्वमा विदेशीले नेपालका बारेमा तयार पारेका लेखरचना र पुस्तकको ग्रन्थसूची तयार भएको थियो । उनी प्रज्ञा प्रतिष्ठानमा रहँदा ‘गाईजात्रा महोत्सव’ को प्रवर्धन गरेका थिए । तत्कालीन प्रशासकलाई समेत व्यङ्ग्य गरिएको आरोप लगाई गाईजात्रा कार्यक्रम बन्द गराउन दरबारबाट आएको दबाबलाई उनले ठाडै अस्वीकार गरी कार्यक्रम जनतामाझ जनप्रिय रहेकाले बन्द गर्न नसकिने जबाफ फर्काइदिएका थिए । यसबाट उनी जनमतका विपरीत कसैको दबाब र धम्कीबाट पछि नहट्ने व्यक्ति थिए भन्ने प्रस्ट हुन्छ । उनकै प्रयासबाट समाजका विकृति विसङ्गतिका विरुद्ध गाईजात्राका माध्यमबाट हास्यव्यङ्ग्य विधाको विकास भएको थियो । यस कार्यव्रmमको सफलताबाट हौसिएका जोशीले नेपाली नाटकलाई माथि उकास्ने हेतुले प्रतिष्ठानमै ‘नाटक महोत्सव’ गर्ने परिपाटी पनि बसालेका थिए । उनी आफ्नो जिम्मेवारीमा अहोरात्रजमलमा राष्ट्रिय नाचघरका लागि जग्गा किन्ने र भक्तपुरमा राष्ट्रिय सङ्ग्रहालयको निर्माण गर्ने काम पनि जोशीकै सक्रियतामा भएको थियो । उनले प्रज्ञा प्रतिष्ठानमा सदस्य सचिव रहँदा नेपाली भाषाका साथै शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू, मैथिली, लेप्चा, थारू, दनुवार, नेवार, चेपाङ, राजवंशीलगायतका भाषाको अध्ययन अनुसन्धान गरेका थिए । यिनै १४ भाषामा पर्यायवाची कोश निर्माणको कार्यसमेत सम्पन्न भएको थियो । सत्यमोहन जोशीले नेपालका प्राचीन मुद्राको खोज अनुसन्धान गरी ‘नेपाली राष्ट्रिय मुद्राहरू’ नामक ग्रन्थ पनि लेखेका छन् । यसरी विभिन्न कार्य गरी उनले भाषा संस्कृतिको संरक्षण लागेको देखिन्छ ।

५. कोष्ठकभित्र साल र त्यसभन्दा तल सत्यमोहनको जीवनमा घटेका घटना दिइएका छन् । उक्त घटना कुन कुन सालमा भएका हुन्, पहिचान गरी लेख्नुहोस् :

उत्तर
२०१४ : हाम्रो लोकसंस्कृति नामक पुस्तक प्रकाशन
२०७४ : नेपाल सरकारबाट ‘वाङ्मय शताब्दी पुरुष’ को उपाधि प्राप्त
२०६८ : काठमाडाँै विश्वविद्यालयबाट महाविद्यावारिधिको उपाधिले विभूषित
१९७७ : सत्यमोहनको जन्म
१९९८ : त्रिचन्द्र कलेजबाट आई.ए. उत्तीर्ण
२०७६ : नेपाल राष्ट्र बैङ्कले जोशीको नाम र मुहार अङ्कित धातुको सिक्का प्रकाशन
२०७१ : त्रिमूर्ति निकेतनबाट ‘शताब्दी पुरुष’ को उपाधि प्राप्त
२००१ : जागिरे जीवनको सुरुआत

६. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) सत्यमोहन जोशीका आमाबुबा चिन्तित हुनुको कारण के हो ?
उत्तर सत्यमोहन जोशीका आमाबुुबा छोरो पाँच वर्षको हुँदासमेत बोली नफुुटेका कारण चिन्तित थिए ।
(ख) सत्यमोहन जोशीको अक्षरारम्भ कुन उमेरमा र कहाँ भएको थियो ?
उत्तर सत्यमोहन जोशीको अक्षरारम्भ सात वर्षको उमेरमा छिमेकी गुरुबाट भएको थियो ।
(ग) उनको पढाइ अघि बढ्न नसक्नुको कारण के देखिन्छ ?
उत्तर उनको परिवारको आर्थिक अवस्था कमजोर थियो । आर्थिक अवस्था कमजोर भएकाले परिवारको जीविका चलाउन निकै धौधौ परेको अवस्थामा पढाइ छोडेर जागिरतिर लाग्नुु परेकाले उनको पढाइ अघि बढ्न सकेन ।
(घ) सत्यमोहनले कुन तहसम्मको शिक्षा हासिल गरेका थिए ?
उत्तर सत्यमोहन जोशीले स्नातक तहसम्मको अध्ययन गरेका थिए ।

७. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(अ) ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भन्नाले के बुझिन्छ ?
उत्तर विपन्नहरुले प्राण धान्नका लागि सिस्नुु खाने गर्थे । धन धेरे भए पनि चिन्ताले युक्त हुनुुभन्दा साग र सिस्नु खाएर आनन्दसँग बाँच्नुु लाभदायक हुन्छ भन्ने उक्त वाक्यको आशय हो ।
(आ) सिस्नुमा कुन पौष्टिक तत्त्व पाइन्छ ?
उत्तर सिस्नुुमा औषधीय गुुणका साथै २५ प्रतिशतसम्म प्रोटिन र भिटामिन ए, सी, डी तथा लौहतत्त्व, पोटासियम, क्लाल्सियमजस्ता पौष्टिक तत्व पाइन्छ ।
(इ) सिस्नुलाई किन अर्गानिक उत्पादन भनिएको हो ?
उत्तर सिस्नु पाखापखेरामा पाइने विषादी र रासायनिक मलको प्रकोपबाट मुक्त भएकाले यसलाई अर्गानिक उत्पादन भनिएको हो ।
(ई) सिस्नु पकाएर खाने विभिन्न तरिका बताउनुहोस् ।
उत्तर सिस्नुलाई पखालेर उम्लेको पानीमा राखी घोटेर पकाइन्छ । सिस्नुुमा नुुन, खोर्सानी, टिमुरको धुुलो, लसुुन, मकैका च्याख्लामा राखेर पकाइन्छ । यसरी नै नुुन, मरिच र क्रिम हालेर सुुपको रुपमा पनि प्रयोग गरिन्छ । ग्रिनटीका रुपमा पनि सेवन गर्न सकिन्छ । यसलाई पाउडर बनाएर सुपा वा तरकारीका रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
(अ) अनुच्छेदबाट ‘आदि’ र ‘विपन्न’ शब्दका विपरीतार्थी शब्द लेख्नुहोस् ।
उत्तर आदि : पछिल्ला, विपन्न : सम्पन्न
(आ) अनुच्छेदबाट चन्द्रबिन्दु लागेका शब्द टिप्नुहोस् ।
उत्तर लोभ्याउँदै, चाहिँ, सँग
(इ) ‘विशुद्ध’ र ‘प्रचलन’ शब्दमा लागेका उपसर्ग छुट्याउनुहोस् । ती उपसर्ग लागेका थप दुई दुईओटा शब्द लेख्नुहोस् ।
उत्तर वि+शुुद्ध, प्र+चलन, वि+मान, वि+विशेष, प्र+कार, प्र+योग ।
(ई) अनुच्छेदबाट दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी लेख्नुहोस् ।
उत्तर रासायनिक : रसायन+इक, औषधीय : औषध+ईय

८. जीवनीमा रहेको ‘नेपाल आमाका …. व्यक्ति हुन्’ अनुच्छेदबाट मुख्य चारओटा बुुँदा टिपी सारांश लेख्नुहोस् ।

उत्तर

बुँदाहरु :

(क) नेपाल आमाका सपुुत जोशीले थुप्रै सम्मान तथा पुरस्कार पाउनुु र नेपालीको गौरव उच्च पार्नु,

(ख) वाङ्मय र संस्कृतिका क्षेत्रमा पुुर्‍याएको योगदानस्वरुप महाविद्यावारिधिको उपाधि, शताब्दी पुरुष र शताब्दी वाङ्मय पुरुषजस्ता उपाधि पाउनुु,

(ग) जोशीले गोर्खा दक्षिण बाहुु, मदन पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार, भानुुभक्त पुरस्कारलगायत दर्जानौँ पुरस्कार पाउनु,

(घ) नेपाल राष्ट्र बैङ्कले जोशीको नाम र मुहार अङ्कित एक सय रुपियाँको सिक्का प्रकाशन गरेको छ भने तीन पटक मदन पुरस्कार पाउनुु ।

सत्यमोहन जोशी

नेपाल आमाका सपुुत जोशीले थुुप्रै सम्मान तथा पुरस्कार पाएका छन् । नेपाल र नेपालीको गौरवलाई उच्च बनाउने जोशीलाई नेपाली वाङ्मय र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याएवापत् विभिन्न उपाधि दिइएको छ । जोशीले गोरखा दक्षिण बाहुु, मदन पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार, भानुुभक्त पुरस्कारलगायत दर्जनौँ पुुरस्कार प्राप्त गरेका छन् । दुुई सयभन्दा बढी सङ्घसंस्थाले अभिनन्दन गरिसकेका जोशीका नाम र मुहार अङ्कित एक सयको सिक्का नेपाल राष्ट्र बैङ्कले प्रकाशनमा ल्याएको छ । उनले विभिन्न कृतिका लागि तीनपटक मदन पुरस्कारसमेत पाएका छन् ।

सोधिएको शब्दसङ्ख्या : १७४

एक तृतीयांश शब्दसङ्ख्या : ५८

सारांशिक शब्दसङ््ख्या : ६०

९. सत्यमोहन जोशीको जीवनीबाट कस्तो शिक्षा पाइन्छ, तलका भनाइका आधारमा व्याख्या गर्नुहोस् :

उत्तर

नेपाली भाषा साहित्यका साधक र श्रेष्ठ व्यक्तित्वका धनी सत्यमोहन जोशीले लामो समयसम्म भाषासाहित्यको श्रीवृद्धि गर्न योगदान दिएका छन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जाति र देशको हितका लागि जीवन समर्पित गरेका जोशीको जीवनीबाट विविध प्रकारका शिक्षा प्राप्त गर्न सकिन्छ ।

भाषा र साहित्यको वृद्धि गर्न देशविदेशसमेत पुुगेका जोशी सादा जीवन र उच्च विचारमा विश्वास गर्ने व्यक्ति हुन् । सफलता हासिल गर्न धैर्य चाहिन्छ भन्ने जोशी सरल जीवनबाट नै उच्च स्थानमा पुुग्न सकिन्छ भन्ने विचार राख्ने साहित्यकार हुन् । दुःखमा नआत्तिने र सुखमा नमात्तिने जोशी सकारात्मक सोच र आशावादी जीवनदृष्टि बोकेका व्यक्ति हुन् । व्यक्तिको अधिकार कर्ममा हुन्छ । त्यसैले निरन्तर कर्म गर्नुपर्छ । कर्म गर्दा दुःख आइपरेमा आत्तिनुुहँदैन । धेरै सुख भयो भने पनि मात्तिनुु हुँदैन । कुनै कुराको आशा नगरी कर्म गरेमा एक दिन अवश्य सफल भन्ने विचार जोशीको रहेको छ । जीवन जिउने क्रममा आइपरेका विभिन्न आरोह अवरोहलाई हातेमालो गर्दै जीवन अगाडि बढाउनुुपर्छ । कुनैबेला आफूूले गर्दै गरेको काममा बाधा उत्पन्न भएमा त्यसको निराकरण गर्दै जीवनको गतिलाई अगाडि बढाउनुुपर्छ । जीवनको अर्को पर्यायवाची रुप सङ्घर्ष हो । जीवनमा सङ्घर्ष नगरी सफलता प्राप्त गर्न सकिन्न भन्ने विचार उनको रहेको छ ।

अतः जीवनमा सफलता हासिल गर्न धैर्यको आवश्यकता पर्दछ । मानिसले जीवनलाई सरल रुपमा जिउनुुपर्दछ । उच्च विचार लिएर उद्देश्यमा पुुग्ने कोसिस गर्नुपर्दछ । सुखमा नआत्तिई र सुखमा नमात्तिई जीवनका उकाली ओरालीसँग हातेमालो गर्दै सङ्घर्षमय जीवन भयो भने मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने करा उनको जीवनीबाट प्राप्त हुने शिक्षा हो ।

१०. जीवनीका आधारमा सत्यमोहन जोशीलाई देशभक्त व्यक्तित्वका रूपमा चिनाउनुहोस् ।

उत्तर

सत्यमोहन जोशी मुुलुुकको भाषा र संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान दिने व्यक्ति हुन् । उनले गाइजात्रा महोत्सवको प्रवर्धन गर्नुका साथै नेपाली नाटकलाई उकास्न नाटक महोत्सव गर्ने परिपाटीको जग बसाले । जमलमा राष्ट्रिय नाचघरको स्थापना र भक्तपुरमा सङ्ग्रहालयको निर्माण पनि यिनले गरेका थिए ।

जोशीले नेपालीलगायत नेपालका राष्ट्रभाषाको उत्थानमा पनि महŒवपूणर् योगदान दिएका थिए । नेपालका प्राचीन मुद्राहरुको खोजअनुसन्धान गरी नेपाली राष्ट्रिय मुद्राहरु नामक ग्रन्थसमेत प्रकाशित गरे । अध्ययनका क्रममा विश्वकै सबैभन्दा सानो सिक्का पत्ता लगाएर गिनिजबुक वल्र्ड रेकर्डमा समेत दर्ता गराए । चीनमा गएर नेपाली भाषाको प्रचारप्रसार गर्नुका साथै अरनिको, भृकुटी आदिका बारेमा पनि खोज अनुसन्धान गरी पुस्तकसमेत प्रकाशन गरे । अमेरिकामा गएर नेवारी भाषा र संस्कृतिको उत्थानमा सहयोग पुुर्‍याएका जोशीले विभिन्न देशमा नेपालको संस्कृतिको परिचयसमेत गराए । सत्यमोहन जोशी नेपाली भाषा, लोकसाहित्य र संस्कृति आदि क्षेत्रमा अनरवत योगदान दिने व्यक्ति हुन् । नेपाल भाषा एकेडेमीको स्थापना, चिनिया कविताको नेपाली अनुवाद, कणर्ाली लोक संस्कृतिको खोज गरी आफूलाई संस्कृतिविद्का रुपमा स्थापित गराउने व्यक्ति हुन् ।

व्यक्तिगत जीवनभन्दा राष्ट्र र राष्ट्रियताका लागि अनवरत रुपमा समर्पित हुने जोशी कर्मशील र राष्ट्रप्रेमी व्यक्ति हुन् । जोशीले अथक प्रयास र निरन्तर साहित्य, भाषा र संस्कृतिको श्रीवृद्धि गरेकाले उनी एक देशप्रेमी व्यक्तित्वका रुपमा प्रतिष्ठापित भएका छन् । उनको जति देशसेवामा सबै नेपालीहरु एकजुट भई लाग्ने हो भने सजिलै देशले काँचुुली फेर्न सक्छ । बहुुभाषिक र बहुुसांस्कृतिक राष्ट्रलाई सशक्त र भावनात्मक रुपमा एकताको सूूत्रमा बाँध्न सफल सत्यमोहन आदर्श विचार भएका सच्चा देशप्रेमी हुन् । उनले गरेका कार्य, भाषा, संस्कृति र साहित्यमा दिएको योगदानका साथै नेपाली भाषा, साहित्य र संस्कृतिलाई विश्वमा प्रचारप्रसार गर्न कार्यबाट उनी सच्चा देशभक्त हुन् भन्ने कुरा पुुष्टि हुुन्छ ।

११. तपाईँको समुदायमा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका कुनै एक जना व्यक्तिको व्यक्तिवृत्त तयार गर्नुहोस् ।

१२. दिइएका सन्दर्भका आधारमा सत्यमोहन जोशीका योगदानको चर्चा गर्नुहोस् ।

उत्तर

नेपाली साहित्यमा लामो समयमसम्म योगदान दिएका सत्यमोहन जोशीले नेपाली भाषा, साहित्य, संस्कृति र कलाका क्षेत्रमा विशिष्ट योगदान दिएका छन् । नेपाल र नेपाली भाषामा कलम चलाउने जोशीले प्रशासनिक, साहित्यिक, सांस्कृतिक तथा भाषिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् ।

आई.ए. उत्तीणर् गरेपछि स्नातक तहमा पढ्न सुरु गरे पनि परिवारको जीविकाका लागि जागिर खान बाध्य भएका जोशीले सरकारी सेवाका सामान्यदेखि उच्च ओहदामा सेवा गरेका थिए । वि. सं. २००१ मा औद्योगिक व्यापारिक समाचार सङ्ग्रह अड्डाबाट जागिरे जीवन सुरुआत गरेका जोशीले राष्ट्रिय योजना परिषद्मा अधिकृत, परशुुराम भक्त माथेमाको स्वकीय सचिव, पुरातŒव र संस्कृति विभागमा निर्देशक, प्रज्ञा प्रतिष्ठानमा सदस्य आदि उच्च पदमा रही प्रशासनिक सेवाका क्षेत्रमा आफ्नो दायित्व निर्वाह गरेका थिए ।

उनले साहित्यका क्षेत्रमा पनि महŒवपूूणर् योगदान दिएका छन् । १९९८ बाट साहित्य लेखनको सुरुआत गरेका जोशीले २०१४ मा ‘हाम्रो लोकसंस्कृति’ कृति प्रकाशन गरेका थिए । उनका नेपाली साहित्यका कविता, नाटक, समालोचनाका अतिरिक्त लोकसाहित्य, संस्कृति आदि क्षेत्रका दर्जनौँ कृति रचना गरेका छन् । उनका विविध विषय र विधासँग सम्बन्धित करिब चार दर्जन रचनाहरु प्रकाशित भइसकेका छन् । यसरी नेपाल र नेपाली भाषाको श्रीवृद्धिमा महŒवपूणर् योगदान पुुर्‍याएका जोशीको साहित्यक योगदान पनि उल्लेखनीय छ ।

जोशीले कर्मक्षेत्रमा रहँदा भाषा र संस्कृतिको विकासमा समेत महŒवपूणर् योगदान दिएका छन् । गाईजात्रा महोत्सवको प्रवर्धन, नाटक महोत्सवको आयोजना, नाचघर र सङ्ग्रहालयको निर्माण, नेपालका राष्ट्रभाषाहरुको अध्ययन-अनुुसन्धान, शब्दकोशको निर्माण, प्राचीन मुद्राहरुको खोज अनुसन्धानका साथै देश विकासमा समेत नेपाली भाषाको प्रचारप्रसार गरी उनले भाषिक र सांस्कृतिक विकासमा महŒवपूणर् योगदान दिएका छन् ।

यसरी नै उनले अरनिको, भृकुुटीका साथै श्वेतचैत्यबारे अनुुसन्धान गरी शोधग्रन्थ प्रकाशित गरेका थिए । आफ्नो जाति र भाषाको प्रवर्धनमा अमेरिका पुुगेका जोशीले सांस्कृतिक विविधतासम्बन्धी कार्यक्रममा समेत भाग लिएर नेपाली संस्कृतिको प्रवर्धनमा विशिष्ट योगदान दिएका छन् ।

यसरी प्रशासनिक, साहित्यिक, भाषिक र सांस्कृतिक क्षेत्रमा विभिन्नखाले कार्यक्रममार्फत नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृद्धिमा उनले महŒवपूणर् योगदान दिएका छन् । उनले विविध क्षेत्रमा दिएको योगदान अविस्मरणीय रहेको छ ।

१३. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :

उत्तर म आफ्ना साथी वा भाइबहिनीहरुलाई कर्म गर्नुपर्दछ, एकदिन सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा विभिन्न व्यक्तिहरुका उदाहरण दिएर अभिप्रेरित गर्दछुु । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चिया पसलेबाट प्रधानमन्त्री बनेको, एउटा बाथरोगका रोगी रामदेव योगका प्रशिक्षक बनेको, नेपालकी झमक घिमिरेले प्राप्त गरेको सफलता आदि कुराहरु सुनाएर मान्छेले चाहे जस्तासुकै कठिन कर्म पनि गर्न सक्छ भन्ने कुरा बताएर साथीभाइ र भाइबहिनीलाई अभिप्रेरित गर्छु ।

सुनाइ र बोलाइ

१. सुनाइ पाठ ५ सुन्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) म पात्र बाहिर निस्कन डराउनाको कारण के थियो ?
उत्तर ‘म’ पात्र भर्खर दिल्ली पुुगेकाले हराइने डरले बाहिर निस्कन डराएका हुन् ।
(ख) म पात्रले गाउँघरमा के खाए जस्तै गरी पान खाए ?
उत्तर म पात्रले गाउँघरमा पूजाआजा आदिमा पातामा पोको पारेर प्रसादजस्तै मानेर पान खाए ।
(ग) म पात्र किन हाँसोका पात्र भए ?
उत्तर पानको पोको फुुकाएर भित्रका खिच्रिङमिच्रिङलाई औँलाले निकाल्दै खाएको देखेर म पात्र हाँसोका पात्र बने ।
(घ) म पात्रलाई किन ग्लानि भयो ?
उत्तर हातमा पान लिएर एकछिन पर्खेको भए अरुले खाएको हेरेर खाएको भए हाँसोको पात्र भइँदैन थियो । हतार गरेछुु भनी म पात्रलाई ग्लानि भयो ।

२. नयाँ ठाउँमा जाँदा तपाईँलाई कस्तो अनुभूति हुन्छ, कक्षामा सुनाउनुहोस् ।

भाषिक संरचना र वणर्विन्यास

२. दिइएका उपसर्ग लागेर बनेका शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :

उत्तर
अनु+सार
बद+नाम
परा+जय
प्र+गति
प्र+आरम्भ
अप+मान
सम्+वाद
वि+भेद
अधि+आदेश
अभि+व्यक्ति
अति+उत्तम
वि+कल्प
प्रति+एक
नि+योग
परि+भाषा
उप+हार
उप+करण
निर्+दोष
निर्+जीव
निर्+भय
दुुस्+कर्म
दुर्+गति
उत्+लेख्य
दुुर्+घटना
अव+शेष
आ+कृति
नि+बन्ध
ना+जबाफ

३. दिइएका उपसर्ग लगाई दुई दुईओटा शब्द निर्माण गर्नुहोस् :

उत्तर
बद+मासः बदमास, बद+नियतः बदनियत
ना+लायकः नालायक, ना+जबाफः नाजवाफ
अधि+कारः अधिकार, अधि+आत्मः अध्यात्म
अनुु+वादः अनुवाद, अनुु+हारः अनुहार
अभि+नयः अभिनय, अभि+भावकः अभिभावक
अति+अन्तः अत्यन्त, अति+चार : अतिचार
अव+गुणः अवगुण, अव+शेषः अवशेष
अप+मानः अपमान, अप+कारः अपकार
उत्+कृष्ट : उत्कृष्ट, उत्+गमः उद्गम
दुर्+गमः दुुर्गम, दुुर्+आशाः दुराशा
दुस्+कर्म : दुुष्कर्म, दुुस्+साहसः दुुस्साहस
नि+गमः निगम, नि+योगः नियोग
निर्+माणः निर्माण, निर्+वाचनः निर्वाचन
परा+जयः पराजय, परा+क्रमः पराक्रम
परि+चयः परिचय, परि+वर्तनः परिवर्तन
प्र+कारः प्रकार, प्र+योगः प्रयोग
प्रति+कारः प्रतिकार, प्रति+एकः प्रत्येक
वि+शेषः विशेष, वि+मानः विशेष
सम्+भावना : सम्भावना, सम्+योगः संयोग ।

४. दिइएको अनुच्छेदबाट दशओटा उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रकृया देखाउनुहोस् :

उत्तर
पर्यटन : परि+अटन
उद्योग : उत्+योग
प्रचुर : प्र+चुर
सम्भावना : सम्+भावना
प्रकृति : प्र+कृति
पर्यावरण : परि+आवरण
पर्यटक : परि+अटक
आकर्षण : आ+कर्षण
अतिथि : अ+तिथि
सम्मान : सम्+मान

५. दिइएको अनुच्छेदमा रातो रङ लगाएका शब्द कुन कुन प्रत्यय लागेर बनेका छन्, छुट्याउनुहोस् :

उत्तर बोल्+अक्कड, कवि+य, सिप+आलुु, दाङ+आली, घुुुस +याहा, भ्रष्टाचार+ई, सहर+इया, बोल्+आवट, बैतडी+एली, दृश्+अन, गाउँ+ले ।

६. दिइएका प्रत्ययबाट एक एकओटा शब्द निर्माण गर्नुहोस् :

उत्तर
बुुझ्+अक्कड : बुुझक्कड
लेख्+आइ : लेखाइ
चुुन्+आउ : चुुनाउ
लेक+आली : लेकाली
माया+आलुु : मायालुु
चुुहुु+आवट : चुुहावट
सुुत्+आहा : सुताहा
भित्र+इया : भित्रिया
रस+इलो : रसिलो
बाहिर+ई : बाहिरी
जूून+एली : जुुनेली
लेख्+ओट : लेखोट
पाल्पा+ली : पाल्पाली
भादगाउँ+ले : भादगाउँले
कृ+अक : कारक
भूू+अन : भवन
समाज+इक : सामाजिक
मित्र+ता : मित्रता
कृ+ति : कृति
धीर+य : धैर्य ।

७. दिइएको अनुच्छेद पढी शिरबिन्दु र चन्द्रबिन्दु लागेका शब्दको अलग अलग सूची बनाउनुहोस् :

उत्तर
शिरबिन्दुु लागेका शब्दहरु
संयोग, संवेग, संलग्न, संस्कृति ।
चन्द्रबिन्दुु लागेका शब्दहरु
सँगसँगै, खाँदा, छुु्ट्टिँदैन्, सँगी ।

८. दिइएको अनुच्छेदलाई शिरबिन्दु र चन्द्रबिन्दुको उपयुक्त प्रयोग गरी पुनर्लेखन गर्नुहोस् :

उत्तर संस्कृतिविद् सत्यमोहन जोशीले नेपाल टेलिभिजनसँग सङ्क्षिप्त कुराकानी गर्दै हाम्रो संस्कार र संस्कृतिको संरक्षण हामी आफैले गर्नुपर्छ भन्ने धारणा राख्नुभयो । अझ उहाँले नेपाली गाउँघर र लेकबेँसीबाट लोकसाहित्यको सँगालो नै भेटिने प्रकृयासमेत दिनुभयो ।

सिर्जना र परियोजना कार्य

१. नाटककार बालकृष्ण समको व्यक्तिगत विवरण पढ्नुहोस् । दिइएका सूचनाका आधारमा छोटो जीवनी तयार पार्नुहोस् :

उत्तर
बालकृष्ण सम

नेपाली माटोमा विभिन्न कालखण्डमा जन्मिएका मानिसहरुले विभिन्न क्षेत्रमा महŒवपूणर् योगदान दिएका छन् । नेपाली साहित्यका विविध विधामा कलम चलाए तापनि नाटक विधामा उल्लेखनीय योगदान दिने व्यक्तिहरुमध्ये बालृकष्ण समको नाम अग्रपङ्क्तिमा पर्दछ । पिता समर शमशेर जबरा र माता कृति राज्यलक्ष्मीका सुुपुुत्रका रुपमा काठमाडौँको ज्ञानेश्वरमा वि. सं. १९५९ माघ २४ गते उनको जन्म भएको थियो ।

आई. एस्सीसम्मको अध्ययन गरेका समले सैनिक सेवा, रेडियो नेपालको निर्देशक, गोरखापत्रको सम्पादकजस्ता पदमा रही सेवा गरेका थिए । नेपाली साहित्यका विविध विधामा कलम चलाएका समका ‘मुुटुुको व्यथा’, ‘अमरसिंह’ र ‘भीमसेनको अन्त्य’जस्ता नाटकका कृतिहरु प्रकाशित भएका थिए । यसरी नै ‘चिसो चुुह्लो’ महाकाव्य र ‘आगो र पानी’ खण्डकाव्य कविताकाव्य पनि प्रकाशित भएका थिए । आधुुनिक नेपाली नाटकका प्रवर्तकका रुपमा रहेका समले सुखान्त र दुःखान्त दुवै खाले नाटकको रचना गरेका छन् । उनी नेपाली साहित्यका नाटक विधामा नाट्यसम्राट्का रुपमा समेत चिनिएका छन् ।

नेपाली साहित्यमा महŒवपूणर् योगदान दिएवापत् उनले त्रिभुुवन पुरस्कार, साझा पुरस्कार, पृथ्वी प्रज्ञा पुुरस्कार आदि पुरस्कार पाएका थिए । उनको मृत्युु वि. सं. २०३८ साउन ६ गते काठमाडौँमा भएको थियो ।

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play