निवेदन
अभ्यास समाधान
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
२. दिइएको अनुच्छेद पढी आगन्तुक शब्द, सिङ्गो शब्द र सङ्क्षिप्त शब्द पहिचान गर्नुहोस् :
३. दिइएका शब्द अलग अलग वाक्यमा प्रयोग हुने गरी एउटा अनुच्छेद रचना गर्नुहोस् :
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्धसँग उच्चारण गर्नुहोस् :
२. ‘निवेदन’ पाठ सस्वरवाचन गर्नुहोस् र शिक्षकको सहयोगमा प्रत्येक साथीको वाचन समय, हाउभाउ, शुद्धता आदि पक्षमा छलफल गर्नुहोस् ।
३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
४. दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
५. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
६. दिइएको शुभकामना पत्र पढी नयाँ वर्षको अवसरमा साथीलाई दिइने शुभकामना पत्र तयार गर्नुहोस् :
७. नौ कक्षाका विद्यार्थीका तर्फबाट शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिन अनुरोध गर्दै विद्यालयका प्रधानाध्यापकलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् ।
मिति :२०८९।०३।५
श्रीमान् प्रधानाध्यापक,
भक्तपुर इङ्लिस सेकेन्डरी स्कुल,
मध्यपुर थिमी, गठ्ठाघर ।
विषय : शैक्षिक भ्रमणका लागि प्रबन्ध मिलाइदिनुुहुन ।
महोदय,
उपर्युक्त सम्बन्धमा ज्ञान पुुस्तकमा मात्र सीमित हुँदैन । प्रकृतिमा रहेका विभिन्न कुराहरुको प्रत्यक्ष अवलोकनबाट पनि ज्ञान प्राप्त गर्न सकिन्छ । किताबी ज्ञानभन्दा किताब पढेका कुराहरु प्रत्यक्ष अवलोकनबाट प्राप्त गरिने ज्ञान चिरस्थायी हुन्छ । विद्यार्थीहरुले विभिन्न स्थानहरुको प्रत्यक्ष अवलोकनबाट त्यहाँको सम्पूणर् वस्तुुस्थितिबारे ज्ञान हासिल गर्दछन् । भ्रमणका समयमा देखेका, भोगेका र अनुुभव गरेका कुराहरुले जीवनमा अगाडि बढ्न सहयोग पनि प्राप्त हुन्छ ।
नयाँ ठाउँको अवलोकन गर्ने र त्यहाँबाट प्रत्यक्ष रुपमा ज्ञान लिनका लागि विद्यार्थीहरुले विभिन्न ठाउँको अवलोकन गर्ने चाहना राख्नुु स्वाभाविकै हो । त्यसैले यसपटक कक्षा ९ का विद्यार्थीहरुले नेपालका केही स्थानको शैक्षिक भ्रमण गर्ने विचार राखेका छन् । यस शैक्षिक भ्रमणका लागि चाहिने यातायातका साथै शैक्षिक भ्रमणको प्रबन्ध मिलाई सहयोग गरिदिनुुहुनका लागि आग्रह गर्दछौँ । पक्कै पनि हाम्रो यो मनसायलाई बुुझेर शैक्षिक भ्रमणका लागि चाहिने सम्पूूणर् कुराहरुको बन्दोबस्त गरिदिनुुहुुन्छ भन्ने आशा राख्दै यो निवेदन पेस हजुरसमक्ष पेस गरेका छौँ ।
निवेदक
कक्षा नौका सम्पूणर् विद्यार्थीहरु ।
८. तपाईँको समाजमा आइपरेका सामाजिक समस्याबारे छलफल गरी निष्कर्ष कक्षामा सुनाउनुहोस् ।
९. दिइएको निवेदनको नमुना पढी जेहेनदार छात्रवृत्तिका लागि विद्यालयका प्रधानाध्यापकलाई निवेदन लेख्नुहोस् :
मिति २०७८।०३।०५
श्री प्रधानाध्यापकज्यू,
एभरेस्ट पब्लिक एकेडेमी
मध्यपुर थिमी, सिन्टिटार, भक्तपुर ।
विषय : छात्रवृत्ति उपलब्ध गराइदिनुुहुुन ।
महोदय,
उपर्युुक्त सम्बन्धमा म यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत विकास बुुढाथोकी हुँ । मेरो घरको आर्थिक अवस्था सारै कमजोर रहेको छ । देशमा बढ्दै गएको महँगीले बुुबा र आमाको कमाइबाट हामी चार जना परिवारको दैनिक गुुजारा चल्न मुुस्किल पर्दै गएको छ । यस्तो अवस्थामा बुुबाआमाले गरिबी कारण मेरो पढाइलाई अगाडि बढाउन नसक्ने अवस्थाा पुुग्नुुभएको छ । मैले यस विद्यालयको कक्षा ८ कक्षामा तृतीय स्थान प्राप्त गरी उत्तीणर् गरेको छु । यसका साथै विद्यालयबाट हुने अतिरिक्त क्रियाकलापका कार्यक्रमका साथै अन्य संस्थाबाट हुने विभिन्न खेलकुुदलगायत अन्य बौद्धिक कार्यक्रममा भाग लिई विभिन्न पदकसमेत जित्न सफल भएको छुु ।
विद्यालयमा गठित बालक्लबको सक्रिय सदस्य भएर विद्यार्थी र समाजमा चेतना फैलाउने कार्यमा पनि म लगातार लागिपरेको छु । यी विविध कार्यहरुमा सहभागी भएर मैले आफूले जानेको कुरा अरुलाई सिकाउँदै पनि आएको छ । आर्थिक समस्याले गर्दा मैले पढाइबाट वञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै यस विद्यालयबाट प्रदान गरिने जेहेनदार छात्रवृत्ति उपलब्ध गराएर मेरो पढाइलाई निरन्तरता दिनुुहुुन हजुर समक्ष यो निवेदन पेस गरेको छुु । आशा छ, पक्कै पनि यो मेरो अनुरोधलाई गहनका साथ लिनुुहुनेछ ।
निवेदक :
विकास बुढाथोकी
(कक्षा : ९)
१०. दिइएको बधाई पत्र पढ्नुहोस् र राष्ट्रिय महिला आयोगद्वारा आयोजित पालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छात्रालाई दिइने बधाई पत्रको नमुना तयार पार्नुहोस् :
११. दिइएको श्रद्धाञ्जली एवम् समवेदना पत्रको नमुना पढ्नुहोस् र यस्तै ढाँचामा एउटा श्रद्धाञ्जली तथा समवेदना पत्र तयार गर्नुहोस् :
१२. कुनै सूचना वा सन्देश पठाउँदा म्यासेन्जर र टेलिफोनको शैलीमा भिन्नता हुन्छ । म्यासेन्जरमा दोहोरो श्रव्यदृश्य र लेख्य आदिका माध्यमबाट सूचना वा सन्देशको आदानप्रदान हुन्छ भने टेलिफोनमा केवल कथ्यश्रव्यका आधारमा मात्र सूचना वा सन्देश आदानप्रदान हुन्छ । यस्ता सञ्चारका माध्यम धेरै छन् । म्यासेन्जर र टेलिफोनमा रहेको भिन्नता खुल्ने गरी यी दुईलाई पात्रका रूपमा प्रस्तुत गरी तयार पारिने तलको संवाद पूरा गर्नुहोस् :
(म्यासेन्जर र टेलिफोनको अकस्मात् भेट भयो । दुवै एकआपसमा परिचय र कुराकानी गर्दै छन् ।)
१३. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
सुनाइ र बोलाइ
१. सुनाइ पाठ ४ सुन्नुहोस् र दिइएका वाक्य ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस् :
२. सम्मान पत्रमा के के कुरा समेटिँदा रहेछन्, भन्नुहोस् :
भाषिक संरचना र वर्णविन्यास
२. दिइएको अनुच्छेद पढी तत्सम, तद्भव र आगन्तुक शब्द पहिचान गर्नुहोस् :
आदर्श, जीवन, भीम र प्रतीक्षा करिब आधा घण्टा हिँडेर अखबार किन्न पसल गए । त्यहाँ मानिसको भिड थियो । उनीहरूले अखबारमा प्रकाशित समाचारको शीर्षक मात्र हेर्दै गए । उनीहरूले नयाँ वर्षको अवसरमा इन्टरनेट जोड्न छुट दिइएको सूचना ध्यान दिएर पढे । उनीहरूले घर फर्कँदा डेरीमा पसेर दुध, दही र पनिर किनेर ल्याए ।
३. पाठमा प्रयोग भएका दुई दुईओटा तत्सम, तद्भव र आगन्तुक शब्द टिपोट गर्नुहोस् ।
४. दिइएको अनुच्छेदमा रहेका मूल र व्युत्पन्न शब्द पहिचान गरी अलग अलग सूची बनाउनुहोस् :
५. पाठको ‘आज हरेक टोल टोल …. पुर्याउन सक्छन्’ भन्ने अनुच्छेदमा प्रयोग भएका पाँचओटा व्युत्पन्न शब्द टिप्नुहोस् ।
६. आफ्नो पढाइका बारेमा छोटो अनुच्छेद तयार पार्नुहोस् र उक्त अनुच्छेदमा रहेका मूल र व्युत्पन्न शब्द रेखाङ्कन गर्नुहोस् ।
७. दिइएको अनुच्छेदमा सुरु, बिच र अन्तिममा दीर्घ ऊकार ( ू ) प्रयोग भएका शब्द पहिचान गर्नुहोस् :
पूणर्माया लिम्बूले आफ्नी साथी विभूतिका लागि स्विटर तयार पारेकी थिइन् । उनकी माइजूले हेरूँ हेरूँ लाग्यो भन्दै उक्त स्विटर आफूलाई दिनू भन्ने आग्रह गर्नुभयो । स्विटर बन्नुपूर्व नै फुपू र भाउजूले पनि त्यस्तै माग गरेकाले कसो गर्ने होला भनी सोच्न थालिन् ।
Discussion
Share a helpful question, idea, or explanation with other students.