आमाको तस्वीर
कविता • अभ्यास समाधान
शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
२. दिइएका शब्दको विपरीतार्थी शब्द पाठबाट खोजेर लेख्नुहोस् :
३. दिइएका पद तथा पदावलीलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
२. कविता गति, यति र लय मिलाई सस्वरवाचन गर्नुहोस् ।
३. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :
४. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
५. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) उत्तर दिनुहोस् :
(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
६. ‘आमाको तस्बिर’ कविताका आधारमा आमाले छोराछोरीप्रति गर्ने माया ममताको चर्चा गर्नुहोस् ।
‘आमाको तस्बिर’ कवि भूपिन खड्का (वि.सं. २०३०) द्वारा रचना गरिएको गद्य शैलीको उत्कृष्ट कविता हो । कवि भूपिन समसामयिक नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने युवा साहित्यकार हुन् । यस कवितामा कवि भूपिनले आमाले छोराछोरीप्रति गर्ने माया ममताको चर्चा निकै मार्मिक ढङ्गले गरेका छन् ।
बाबुको मृत्यु भएपछि आमाले सन्तान हुर्काउनका लागि निकै कष्ट सहनु पर्छ । अँजुलीभरि सपनाको घान हालेर जाँतो चलाउनुपर्छ । आमाले पिठिउँमा सन्तान बोकेर लोरी गाउँदै जाँतो घुमाउँछिन् । सन्तानको उमेर बढ्दै गएपछि जाँतो छेउमा राखेर कथा सुनाउँदै जाँतो चलाउँछिन् । सन्तानले जाँतो चलाउने जिद्दी गर्दा स्नेहले सक्दैन अहिले कलिलो हत्केलामा ठेला उठ्छ भनेर सम्झाउँछिन् । आफ्नै ढाड कुप्रो बनाएर सन्तानलाई डोकाको घाँसमाथि राखेर उकाली ओराली गर्छिन् । सन्तानलाई सधैँ सुखमा राखेर आफूले हातमा ठेला उठाउँछिन् । दैलो पोत्नु, झिसमिसेमै पँधेरोबाट पानी ल्याउनु, भकारो फाल्नु, घाँस काट्नु, दाउरा ल्याउनु आमाका दैनिकी हुन् । यी सबै गरेर एउटी आमाले सन्तानलाई ठुलो बनाउँछिन् । ठुलो भएपछि सन्तानले आमाका लागि केही नगरे पनि आमा भने सन्तान सधैँ खुसी र सुखी रहोस् भन्ने कामना गर्छिन् । सन्तानप्रति आमाको स्नेह स्वार्थरहित हुन्छ ।
यसप्रकार आमाले अनेक दुःखकष्ट सहेर भए पनि सन्तानलाई हुर्काएकी हुन्छिन् । आफू दुःखमा रहेर पनि सन्तानलाई सुख दिन्छिन् । छोराछोरीले आमाका लागि बुढेसकालमा केही नगरे पनि छोराछोरीको प्रगति र सुखमा रमाउने निस्वार्थ देवी र ममताकी खानीका रूपमा कवितामा कविले आमाको माया ममताको चर्चा गरेका छन् ।
७. ‘म’ पात्र स्वदेशमै रहेको भए आमाको दु:ख कसरी हटाउँथ्यो होला, कविताका आधारमा लेख्नुहोस् ।
८. दिइएका श्लोकलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस् :
मेरै जीवनको चक्र त्यही जाँतो झैँ घुम्यो ।
झिसमिसेमै गएर पँधेराबाट पानी ल्याएनछ ।
९. दिइएको कवितांशको व्याख्या गर्नुहोस् :
जब जाँतो घुमाउन सक्ने भएँ
मेरै जीवनको चक्र घुम्यो त्यही जाँतो
र म उड्नुपयो सात समुद्रपारि ।
प्रस्तुत कवितांश ‘आमाको तस्बिर’ शीर्षकको कविताबाट साभार गरिएको हो । गद्य शैलीमा संरचित यस कविताका रचनाकार कवि भूपिन खड्का (वि.सं. २०३०) हुन् । ठुलो भएपछि विदेसिनु परेको पीडालाई माथिको कवितांशमा चर्चा गरिएको छ ।
आमा लोरी सुनाउँदै पिठिउँमा ‘म’ पात्रलाई बोकेर जाँतो घुमाउँथिन् । अलि ठुलो भएपछि जाँतो छेउमा राखेर विभिन्न कथाहरू सुनाउँदै जाँतो घुमाउँथिन् । ‘म’ पात्र जाँतो घुमाउने जिद्दी गर्थ्यो तर आमा स्नेहले ‘सक्दैनस् बाबु अहिले कलिलो हत्केलामा ठेला उठ्छ’ भन्थिन् । समय क्रमसँगै ‘म’ पात्र ठुलो भयो । जाँतो घुमाउन सक्ने अर्थात् आमाको काम सघाउन सक्ने भयो तर उसको जीवनचक्र जाँतो झैँ घुम्न पुग्यो । ऊ विदेसिन बाध्य भयो । छोरो विदेशमा भौंतारिँदा आमाको दु:ख भने आमासँगै रहन गयो भन्ने कुरा माथिको कवितांशमा कविले स्पष्ट पारेका छन् । यसप्रकार गद्य लयमा संरचित माथिको कवितांशका माध्यमबाट कविले ठुलो भएपछि सन्तान विदेसिने र आमाको काम सघाउँछु भन्ने छोरो विदेशमै अल्मलिने अवस्थाले हरेक आमा मात्र नभएर नेपाल आमासमेत दुःखको भुमरीमा फस्दै गएको वर्तमानको तितो यथार्थलाई स्पष्ट पार्न खोजिएको छ ।
१०. दिइएको अनुच्छेद पढ्नुहोस् । त्यस्तै गरी ‘मलाई मन पर्ने ठाउँ’ शीर्षकमा भावात्मक अनुच्छेद तयार पार्नुहोस् :
नेपाल प्रकृतिको अनुपम उपहार हो । यहाँका थुप्रै ठाउँ हेर्न र घुम्न लायक छन् । ती मध्ये मलाई मुस्ताङदेखि मुक्तिनाथसम्मको स्थान साह्रै मनमोहक लाग्छ । ती ठाउँमा गएपछि मलाई फेरि फर्कन मन लाग्दैन । यस्तो लाग्छ त्यहाँका सुन्दर दृश्यपान गरेर बसिरहूँ । कागबेनीदेखि मुक्तिनाथसम्म जाँदा बाटोमा देखिने हरियालीविहीन डाँडा निकै मनमोहक र कलात्मक देखिन्छ । नजिकै रहेका धवलागिरि र नीलगिरि यात्रुलाई स्वागत गर्नकै लागि भनेर नित्यनिरन्तर खडा भइरहेका जस्ता देखिन्छन् । कतिपय त्यहाँका दृश्यहरू त स्वर्गका टुक्रा नै खसेजस्तो लाग्छ । जो कोही त्यहाँ पुगे पनि उसलाई स्वर्गीय आनन्दको अनुभूति जागृत हुन्छ । अझ मुक्तिनाथ मन्दिर र त्यहाँ वरपरको दृश्य हेर्दा त जो कोही व्यक्ति पनि मोक्षको अनुभूति गर्न बाध्य हुन्छ त्यहाँको वातावरणले । मुक्तिनाथ विश्वलाई नै धार्मिक सहिष्णुताको पाठ सिकाउने पवित्र भूमि पनि हो । ज्योतिको दिव्य धाम र प्रकृतिको सुन्दर क्रीडास्थलका रूपमा रहेको मुक्तिनाथको दर्शन गर्न आउने जो कोहीलाई पनि मलाई झैँ अनुभूति लाग्छ होला सायद ।
भाषिक संरचना र वर्णविन्यास
२. दिइएको अनुच्छेदबाट कर्तृवाच्य र भाववाच्यका क्रियापद टिप्नुहोस् :
३. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाच्य परिवर्तन गर्नुहोस् :
: हामीद्वारा भ्रमण गइएको थियो ।
: म हिलामा लडेंछु ।
: हामी समयमा बासस्थान पुगौं ।
: हामीद्वारा नौ बजे विद्यालय हिँडिन्थ्यो ।
: साथीहरूद्वारा कक्षामा ध्यानपूर्वक बसिँदै हुने छ ।
: हामी तरकारी किन्न बजार हिँड्यौं ।
Discussion
Share a helpful question, idea, or explanation with other students.