नेपाली लोकबाजा
निबन्ध • अभ्यास समाधान
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्:
२. ‘नेपाली लोकबाजा’ निबन्धमा विभिन्न जातजातिमा प्रचलित बाजाका नाम दिइएको छ । ती बाजासँग सम्बन्धित शब्द पहिचान गरी साथीसँग छलफल गर्नुहोस् ।
३. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
४. भन्ज्याङ चौतारी, चिया नास्ता, साथी भाइ, सन्चो बिसन्चो जस्ता अन्य पाँचओटा जोडी शब्द खोज्नुहोस् ।
बोध र अभिव्यक्ति
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस :
४. दिइएको निबन्धांशको सन्दर्भ पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
५. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
नेपाल अनेकौँ कला र संस्कृतिको अनुपम सङ्ग्रहालय हो । यहाँ फुलेका र फक्रेका अनेकौं सांस्कृतिक वैभवमध्ये हाम्रो लोकबाजा गौरव गर्न लायक सम्पत्ति हुन् । पुराण वा मिथकमा वर्णित शिवजीले हातमा लिने डमरु, विष्णुका हातको शङ्ख र कृष्णका मुरलीनदलाई हेर्दा पौराणिक कालबाट नै बाजाको सुरुआत भएको मानिन्छ । नेपाली वाद्यवादका विकास प्राचीन कालदेखि हुँदै आएको हो । जुन कुरा वसन्तदेवको संवत् ४३४ को टिस्टुङको अभिलेखमा कुदिएको रुखको सन्दर्भले अंशुवर्माको अभिलेखमा मङ्गल बाजा बजाउने र शङ्ख बजाउने, ललितपुर लेलेको अभिलेखमा परेको वादित्र गोष्ठिको प्रसङ्ग, हनुमान ढोकाको एक मूर्तिमा प्रताप मल्लले बाजा बजाइरहेका दृश्य अङ्कित हुनुले लोकबाजाको विकास प्राचीन कालदेखि नै भएको हो भन्ने कुराको पुष्टि गर्दछ ।
बाजाबाट निस्कने धुनले व्यक्तिमा परिवेशअनुकूलको भाव पैदा गर्ने, शुभाशुभ सङ्केत गर्न र व्यक्तिको शारीरिक एवम् मानसिक अवस्था स्वास्थ्य तन्दुरुस्त राख्न मद्दत पुयाउने भएकोले लोकबाजाको महत्त्व छ । लोकबाजाले शुभकार्यको सङ्केत, मलामी जाँदा बजाउने शङ्खले भूतप्रेत भगाउने भन्ने परम्परित विश्वास र फुक्दा फोक्सो स्वस्थ रहने, नगराले चुङको घोषणा गर्ने, पुङले सामाजिक भेलाको सङ्केत दिन्छ भने बाजा बजाएर पैसा व्यवसाय विकसित गरी आयआर्जन गर्न मिल्छ त्यसैले लोकबाजाको निकै महत्त्व रहेको छ ।
६. व्याख्या गर्नुहोस् :
प्रस्तुत गद्यांश कक्षा ९ को नेपाली पाठ्यपुस्तकअन्तर्गत पाठ १४ मा रहेको ‘नेपाली लोकबाजा’ शीर्षकको निबन्धबाट साभार गरिएको हो । यस निबन्धका रचनाकार यसै पाठ्यपुस्तकका सम्पादक समूहहरू हुन् । यस निबन्धमा निबन्धकारले नेपाली लोक बाजाहरू, नेपाली लोक बाजाको महत्व र यसको संरक्षणका विषयमा चर्चा गरेका छन् । नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले विभिन्न बाजाहरूको आफ्नै महत्व छ भन्ने प्रसङ्गमा उक्त गद्यांश प्रस्तुत गरिएको छ ।
हाम्रो नेपाली धर्ती अनेकौँ मौलिक कला संस्कृतिको अनुपम सङ्ग्रहालय हो । यहाँ फुलेको र फक्रेका अनेकौं सांस्कृतिक वैभवमध्ये हाम्रो लोकबाजा गौरव गर्न लायक सम्पत्ति हुन् । लोकबाजा मात्र नभएर लोक संस्कृति, कला, धर्म, पनि नेपालको गौरवमय सम्पत्ति हुन् । यिनै थरी थरीका संस्कृतिले नै नेपाललाई विश्वका अरू देशभन्दा भिन्न र सुन्दर बनाएको छ। करिब २०० भन्दा बढी संस्कृति र जातजातिको साझा फूलबारी रहेको नेपाल विश्वकै सुन्दर देश हो । यहाँका धर्म संस्कृतिले नेपाललाई विश्वमा चिनाएका छन् । यहाँ भएका बहुजाति र बहुसांस्कृतिक रूपहरू हेर्न बर्षेनी कैयौं पर्यटकहरू आउँछन् । बहुजातीय र बहुसांस्कृतिक मुलुक हुनु नेपालकै गौरवमय अतीत मात्र होइन वर्तमान पनि हो किनभने नेपाल संस्कृति र जातिय दृष्टिले वैभावशाली छ । नेपाली समाजको रहनसहन, चाडपर्व, धार्मिक सहिष्णुता, जातिय विविधता, मौलिक सभ्यता विश्वमै प्रख्यात छ र यसलाई संरक्षण र संवर्द्धन गर्ने हो भने यसैबाट विदेशी मुद्रा आर्जन गर्न सक्छौं । नेपालको अर्थतन्त्र बलियो हुन जान्छ । त्यसैले नेपाली धर्म, संस्कृति, जाति गौरवमय अतित नभई सुन्दर भविष्य र वर्तमान हो ।
हाम्रो नेपाली लोकबाजा हाम्रो नेपाली मौलिक लोकसंस्कृतिको अभिन्न अङ्ग हो । नेपाली लोकबाजाहरू नेपाली लोकजीवनका धुकधुकी हुन् । हरेक बाजाले विभिन्न जातजाति र संस्कृतिको प्रतिनिधित्व गरेका हुन्छन् । जहाँ हरेक बाजाले छुट्टै इतिहास रचेका हुन्छन् । आजभोलि हाम्रो लोकबाजाप्रति नयाँ पुस्ताको चासो घट्न थालेको छ । सारङ्गी, मादल, मुर्चुङ्गा, विनायो जस्ता लोकबाजाको सट्टा हार्मोनियम, गितार, किबोर्ड जस्ता मोर्डन बाजाहरूको प्रयोग हुन र मन पराउन थालिएको छ । दिन प्रतिदित देशमा लोकबाजा बजाउने मान्छेको अभाव हुनु भनेको चिन्ताको विषय हो । आधुनिकतालाई अँगाल्न समयको माग भए तापनि यसैमा डुबेर आफ्नो मौलिकतालाई भुल्नु भनेको हाम्रो लोकसंस्कृति सङ्कटमा पर्नु हो । संस्कृति भनेको हरेक शब्दको आत्मा हो र मौलिकताको पर्याय हो । हाम्रो पहिचान हो जहाँ इतिहास लुकेको छ । त्यसैले मौलिक बाजा सङ्कटमा पर्नु भनेको हाम्रो पहिचानसमेत सङ्कटमा पर्नु हो । त्यसैले आफ्नो संस्कृति, यी अमूल्य लोकबाजाको प्रयोग र संरक्षणप्रति राज्य र नागरिकसमेत जागरूक हुनु जरुरी छ ।
७. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) उत्तर दिनुहोस्
(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
८. नेपाली लोकबाजाका विशेषता कस्ता छन्, निबन्धका आधारमा समीक्षा गर्नुहोस् ।
नेपाली लोक बाजाहरु लोक गीत संगीत सिर्जना गर्ने मनोरञ्जनका साधन त हुँदै हुन् यसका साथसाथै यस्ता नेपाली लोकबाजाले छुट्टै विशेषता पनि बोकेका छन् । हाम्रा लोक बाजाहरू जन्म, विवाह, मृत्यु संस्कारका साथै चाडपर्व, जात्रा, उत्सव, महोत्सव आदिका अवसरमा बजाइन्छन् । हाम्रा कतिपय बाजाहरूले शुभकार्यको संकेत गर्दछन् । पन्चे बाजा बजाउँदा शुभकार्यको सङ्केत मानिन्छ । पन्चेबाजा अघि लगाएर शुभ कार्य गर्ने गरिन्छ । कतिपय बाजाहरू अशुभ भगाउनका निम्ति बजाउने गरिन्छ । मलामी जाँदा एकोहोरो शङ्ख फुक्ने गरिन्छ, यसोगर्दा भूत प्रेत भगाउन सकिन्छ भन्ने मान्यता रहेको छ । त्यस्तै अर्कातिर शङ्ख फुक्दा फोक्सोको व्यायाम हुन्छ भन्ने पनि मानिन्छ । मुरली वा बाँसुरी बजाउँदा त्यसले प्रेमभाव प्रकट गर्दभ भन्ने पुष्टि पौराणिक कालमा कृष्णले प्रेमलिला मच्चाएको कुराबाट हुन्छ । युद्धको घोषणा गर्न नगरा बजाउने, सामाजिक भेलाको निम्ति सूचित गर्न पुङ् बाजाहरु बजाउने चलन रहेको पनि पाइन्छ । यसरी नेपाली लोकबाजाका थुप्रै विशेषताहरू रहेको छ भन्न सकिन्छ ।
९. निबन्धको चौथो अनुच्छेदको आशय बोध हुने गरी पाँचओटा प्रश्न निर्माण गर्नुहोस् ।
१०. नौमती बाजाका विषयमा सूचनामूलक अनुच्छेद तयार गर्नुहोस् ।
नेपाल लोक गीत सङ्गीतमा अत्यन्त धनी र समृद्ध छ । नेपालको लोकगीत संगीतमा प्रयोग गरिने वाद्यवादनहरू नेपालका आफ्नै मौलिक वाद्यवादनहरू रहेका छन् । त्यसमा पनि नौमती बाजाको विशेष महत्व रहेको । हिजोका दिनमा कुनै जातिविशेषले र जातिविशेषका मात्र भनेर चिनिने र बजाइने यी लोकबाजा आज समग्र नेपाली जातिका आफ्नै बाजा बनेका छन् । जुनसुकै जातिका बिवाहमा बजाइने पन्चेबाजा तथा नौमती बाजाको लोकप्रियता आजभोलि झनै बढ्दो क्रममा छ । नौमती बाजा व्यवसायका रुपमा पनि बढ्दै गएको छ । मानिसहरूले नौमती र पन्चे बाजा बजाउँदै आर्थिक उपार्जनसमेत गरिरहेका छन् । आजभोलि हरेकले विवाहको अवसरमा अनिवार्य नौमती बाजाको प्रयोग गर्न थालेका छन् । त्यसैले यो नौमती बाजा तथा पन्चेबाजा नेपालको गीतसङ्गीतमा अति महत्वपूर्ण रहेको छ भन्न सकिन्छ ।
११. निबन्धको तेस्रो अनुच्छेदबाट चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् ।
बुँदा टिपोट
• बहुजातीय र बहुसांस्कृतिक मुलुक नेपालमा आफ्नै बाजा, गित सङ्गित नभएको कुनै पनि जाति नहुनु,
• नेवार जातिका धिमे, नगरा र कुसुण्डा जातिको पिर्लुङ पिपरी लगायत नौमती र पञ्चेबाजा नेपालका प्रचलित बाजा हुनु,
लिम्बूको च्याब्रुङ, मगरको मादल, डम्फु र मुर्चुङ्गा, किराँतको टुङ्ना र बिनायो बाजाले नेपाली संस्कृतीलाई समृद्ध तुल्याउनु,
• नेपालका लोकबाजा सबै नेपालीका अमूल्य सम्पत्ति भएकाले सबै जातिले यस्ता लोकबाजालाई जगेर्ना गर्नु जरुरी हुनु,
नेपाल बहुजातीय बहुसांस्कृतिक मुलुक भएको हुनाले यहाँका आफ्नै बाजा, गीत-संगीत हुने गर्दछन् । आफ्नै गीतसंगीत नहुने कुनै जाति यहाँ रहेका छैनन् । नेवार जातिका धिमे, नगरा; कुसुन्डा जातिका पिर्लुङ पिपिरी; लिम्बुको च्याब्रुङ, मगरको मादल, डम्फु र मुर्चुङ्गा; किरातको टुङ्ना र बिनायो; ब्राह्मण क्षेत्रीका शङ्ख, घण्ट, खैंजडीलगायतका नौमती र पञ्चेबाजाहरूले नेपालको संस्कृतिलाई समृद्ध तुल्याएका छन् । नेपालका लोकबाजाहरू सबै नेपालीका अमूल्य सम्पत्ति भएकाले सबैले यसको जगेर्ना गर्नु जरुरी छ ।
१२. रेडियोमा प्रसारित शैक्षिक कार्यक्रम सुनेर त्यसको विषयवस्तु कक्षाकोठामा प्रस्तुत गर्नुहोस् ।
यस क्षेत्रमा ‘पपुलर एफएम’ नामक एउटा एफएम रेडियो रहेकोछ । यस रेडियोले प्रत्येक शनिबार शिक्षा क्षेत्रमा योगदान पुर्याएका महत्वपूर्ण व्यक्तित्वलाई झिकाएर शिक्षाक्षेत्रमा गरेका कार्यहरूको बारेमा समीक्षा गर्ने गर्दछ । यसैक्रममा हिजो शनिबार मोरङ जिल्लाका शिक्षा समन्वय अधिकारीलाई बोलाएर कुराकानी गरेको थियो । उक्त कुराकानीमा शिक्षा समन्वय समितिका प्रमुखले जिल्लाका विद्यालयहरूमा गरेका सुधारका कार्य तथा शिक्षकलाई दिएको तालिमका विषयमा जानकारी गराउनु भएको थियो । उहाँले शिक्षा क्षेत्रको सुधारका लागि सरकारले राम्रा कार्यक्रमहरू ल्याउन नसकेको बताउनु भएको थियो । विद्यालयमा शिक्षाको गुणस्तर खस्कँदो क्रममा रहनु राज्य पनि जिम्मेवार रहेको बताउनु भयो ।
Discussion
Share a helpful question, idea, or explanation with other students.