कार्यालयीय चिठी
अभ्यास समाधान
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
२. दिइएका शब्दको पर्यायवाची शब्द पाठबाट खोजेर लेख्नुहोस् :
३. दिएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
बोध र अभिव्यक्ति
४. दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
५. दिइएको अनुच्छेद पढी उत्तर लेख्नुहोस् :
६. तालिम केन्द्रबाट लेखिएको पत्र पाएपछि पाठ्यक्रम विकास केन्द्रले विज्ञ खटाएको पत्रको नमुना तयार पार्नुहोस् ।
प्रदेश सरकार
पाठ्यक्रम विकास केन्द्र
सानोठिमी भक्तपुर
मिति : ………
प.स. ……….
च.न. ………..
श्रीमान् प्रमुख
शिक्षा तालिम केन्द्र रुपन्देही
विषय : नेपाली विषयका विज्ञ खटाइदिएको सम्बन्धमा ।
प्रस्तुत विषयमा त्यस तालिम केन्द्रले माध्यमिक शिक्षा (कक्षा ९-१०) नेपाली भाषा विषयका शिक्षणका लागि शिक्षण विधि र प्रविधि सम्बन्धी तालिमको आयोजना गर्न लागेको रहेछ । यस केन्द्रबाट नेपाली भाषा पाठ्यक्रममा समयानुकूल परिमार्जन गरिएका पाठ्यक्रम तथा पाठ्यपुस्तक शिक्षण विधिबारे छलफल र अन्तरक्रिया गर्ने उद्देश्यले तालिमको आयोजना गरेको
कुरा अति नै सराहनीय रहेको छ । त्यस कार्यका लागि तपाईंहरू गरेको मागबमोजिम विषयवस्तुको सिकाइ सहजीकरणका लागि नेपाली विषयका विज्ञको उपलब्ध गराइदिएको जानकारी गराइन्छ ।
बोधार्थ
१. रमेश अधिकारी
२. कृष्ण भट्टराई
प्रमुख
पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर
७. तपाईंको विद्यालयले रजिष्ट्रेशन फाराम भरी शिक्षा विकास तथा समन्वय इकाईलाई पठाउने पत्रको नमुना तयार गर्नुहोस् ।
मिति २०७९/०९/१०
प.सं. .
च.नं.
श्री शिक्षा विकास तथा समन्वय इकाइ
प्रदेश नम्बर १, विराटनगर
विषय : रजिस्ट्रेसन फारम पठाइएको सम्बन्धमा ।
प्रस्तुत विषयमा वि.सं. २०८० मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा सहभागी हुनका लागि यस विद्यालयका विद्यार्थीहरूले शैक्षिक सत्र २०७९ मा कक्षा नौमा भर्नुपर्ने रजिस्ट्रेसन फाराम राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा – १०) द्वारा तोकिएको मितिमा भर्ने भराउने कार्य सम्पन्न गरी तोकिएबमोजिम वर्णानुक्रममा मिलाउने कार्य र समस्टिगत तयार पार्ने कार्य समेत सम्पन्न गरिएको छ । यसका साथै रजिस्ट्रेसनबापतको प्रतिविद्यार्थी शुल्क रु. ६००/- (अक्षरेपि छ सय मात्र) का दरले हुन आउने जम्मा शुल्क रु.१८,०००।- (अक्षरेपि अठार हजार मात्र) राष्ट्रिय वाणिज्य बैङ्क, बर्दिवास शाखामा बुझाएको भौचर यसै पत्रसाथ संलग्न गरी फाराम पठाइएको व्यहोरा अनुरोध छ ।
प्रधानाध्यापक
श्री मोर्डर्न गुरुकुल बो. स्कुल (बर्दिवास)
८. दिइएको घरायसी चिठीको नमुना पढी आफ्नो क्षेत्रमा रहेको कुनै ऐतिहासिक वा सांस्कृतिक स्थलको भ्रमण गर्न अनुरोध गर्दै साथीलाई चिठी लेख्नुहोस् ।
साथीलाई चिठी
२०७९|०९|२५
प्यारो साथी कृष्ण,
मिठो सम्झना ।
म यहाँ आराम छु र आरामको कामना गर्दछु । तिमीले पठाएको पत्र मैले पाएँ । तिमीले आफ्नो पत्रमा तिम्रो ठाउँको रमणीय ऐतिहासिक तथा धार्मिक स्थलका बारेमा वर्णन गरेर लेखेका रहेछौ, पढेर खुशी लाग्यो । तिम्रो पत्रबाट धेरै जानकारी पनि पाएँ ।
हाम्रो ठाउँ उर्लाबारीमा पनि ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलहरू रहेका छन् । यस क्षेत्रमा खासगरी धिमाल जातिको बाहुल्यता रहेका कारण यहाँ धिमाल जातिसँग सम्बन्धित विभिन्न ऐतिहासिक तथा सांस्कृतिक स्थलहरू रहेका छन् । उर्लाबारी क्षेत्रको वडा नम्बर ३ तथा वडा नम्बर ९ मा धिमालसँग सम्बन्धित मेला तथा पर्वहरू पनि धुमधामका साथ मनाइन्छन् । यहाँ लाग्ने मेलालाई ढङ्ढङे मेला भनिन्छ । यो मेला साउन महिनातिर पर्दछ । यो समयमा तिम्रो पनि वर्खे छुट्टी हुन्छ होला त्यसबेला यहाँ घुम्न आऊ, सारै रमाइलो हुन्छ । लत बाँकी कुरा गर्दै गरौंला । आजलाई कलम बन्द गर्दछु।
उही तिम्रो प्यारो साथी
भुवन अधिकारी
९. दिइएको निमन्त्रणा पत्र पढी विद्यालयमा आयोजना हुन लागेको कुनै साहित्यिक कार्यक्रममा उपस्थितिका लागि एउटा निमन्त्रणा पत्र तयार पार्नुहोस् :
श्री……….ज्यू
यस बर्दिवास साहित्य-सांस्कृतिक प्रतिष्ठानले समाजले यही मिति २०८०/०१/ ११ गते कविता वाचन कार्यक्रम संचालन गर्न लागेकाले उक्त कार्यक्रममा यहाँको उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौँ ।
कार्यक्रम –
कार्यक्रम स्थान : उद्योग वाणीज्य महाँसङघको सभाहल
कार्यक्रम समय : बिहान ११ बजेबाट
आयोजक –
बर्दिवास साहित्य-सांस्कृतिक प्रतिष्ठान
१०. दिएको सूचना पढी सरुवा रुखको रोकथामका लागि स्वास्थ्य कार्यालयले तयारी गर्ने सूचना तयार गर्नुहोस् ।
यस स्वास्थ्य कार्यालयबाट यही कात्तिक १६ गतेका दिन सञ्चालन गर्न लागेको सरुवा रोग रोकथाम तथा सचेतनामूलक कार्यक्रम यही असार १५ देखि २० गतेसम्म भएकोले सम्पूर्ण वडा बासिन्दाहरूलाई यस कार्यक्रममा सहभागी भई सरुवा कार्यक्रमका लागि सहकार्य गरिदिनुहु हार्दिक अनुरोध गरिन्छ ।
वडा नं. १
(बर्दिवास नगरपालिका)
Discussion
Share a helpful question, idea, or explanation with other students.