नेपालको वैदेशिक व्यापार
प्रबन्ध • अभ्यास समाधान
शब्द भण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
२. कोष्ठकबाट खाली ठाउँमा उपयुक्त शब्द भर्नुहोस् :
३. दिइएका पदावली बुझाउने शब्द ‘नेपालको वैदेशिक व्यापार’ प्रबन्धबाट पहिचान गरी लेख्नुहोस् :
४. ‘नेपालको वैदेशिक व्यापार’ प्रबन्धबाट सातओटा पारिभाषिक प्राविधिक शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
बोध र अभिव्यक्ति
३. ‘नेपालको वैदेशिक व्यापार’ प्रबन्ध पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
४. ‘नेपालको वैदेशिक व्यापार’ प्रबन्धको पहिलो अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस् ।
कुनै पनि वस्तु वा मालसामान खरिद अथवा उत्पादन गरेर बिक्रीवितरण गर्ने कार्यलाई व्यापार भनिन्छ । व्यापारको सामान्य उद्देश्य नाफा कमाउनु हो तथापि यसलाई नाफामूलक र सेवामूलक व्यवसाय मान्ने गरिन्छ । वस्तु तथा मालसामानको प्रकृतिअनुसार व्यापारलाई सामान्यतः स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी तीन भागमा वर्गीकरण गर्ने गरिन्छ । स्थानीय व्यापार भन्नाले स्थानीय स्तरमा उत्पादित वस्तु वा मालसामान त्यहीँ बेचबिखन गर्ने भन्ने बुझिन्छ । राष्ट्रिय व्यापारअन्तर्गत देशका कुनै भूभागमा वस्तु वा मालसामान उत्पादन गरी देशभित्रकै अर्को स्थानमा किनबेच गरिन्छ । यदि अर्को मुलुकमा वस्तु वा मालसामान किनबेच हुन्छ भने त्यसलाई अन्तर्राष्ट्रिय व्यापार भनिन्छ ।
५. ‘नेपालको वैदेशिक व्यापार’ प्रबन्ध पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
६. ‘नेपालको वैदेशिक व्यापार’ प्रबन्धको चौथो अनुच्छेदबाट चारओटा प्रश्न बनाउनुहोस् र तिनका उत्तर पनि लेख्नुहोस् ।
७. व्याख्या गर्नुहोस् :
👉 प्रस्तुत प्रबन्धांश ‘नेपालको वैदेशिक व्यापार’ शीर्षकको प्रबन्धबाट लिइएको हो । यसका लेखक कक्षा ८ नेपाली पाठ्यपुस्तक लेखक समूहमध्येका एक हुन् । नेपालमा दिगो अर्थतन्त्रको विकास गरेर विभिन्न देशबिचको व्यापारलाई व्यवस्थित र सन्तुलित बनाउनु पर्ने सन्दर्भ प्रबन्धांशमा अभिव्यक्त गरिएको छ ।
कुनै पनि राष्ट्रको अर्थतन्त्रलाई दिगो बनाउनका लागि वैदेशिक व्यापारलाई व्यवस्थित र सन्तुलित बनाउनु आवश्यक हुन्छ । आयात बढी र निर्यात कम भएमा व्यापार घाटा हुन्छ । यसले देशको अर्थतन्त्र असन्तुलित बन्दै जान्छ । नेपालको वैदेशिक व्यापार पनि घाटामा रहेको छ । नेपालको अर्थतन्त्रलाई सबल बनाउन महँगा र विलासी वस्तुको आयातलाई निरुत्साहित गर्नुपर्छ । बरु त्यस्ता वस्तु स्वदेशमा नै उत्पादन गर्न प्रोत्साहन गर्नुपर्छ । नेपालको वैदेशिक व्यापार र बाह्य पर्यटनलाई समानान्तर रूपमा प्रवर्धन गर्न सक्यो भने तीव्र गतिमा आर्थिक विकास हासिल गर्न सकिन्छ । त्यस्तै विदेश अध्ययनका नाममा भइरहेको स्वदेशी मुद्राको बहिगर्मनलाई रोक्नुपर्छ । कृषिमा आत्मनिर्भर बनी कृषिजन्य उत्पादनको आयात कम गर्नुपर्छ । विदेशमा उच्च माग भएका वस्तुको उत्पादन बढाउनुपर्छ ।
यसप्रकारका कार्य गर्न सकेको खण्डमा नेपालको वैदेशिक व्यापारलाई व्यवस्थित र सन्तुलित बनाउन सकिन्छ । सन्तुलित वैदेशिक व्यापार नेपालको दिगो अर्थतन्त्रको लागि अनिवार्य सर्त हो भन्ने कुरा माथिको प्रबन्धांशले स्पष्ट पारेको छ ।
८. ‘नेपालले वैदेशिक व्यापार लाभदायक हुन्छ ।’ अनुच्छेद पढी सार लेख्नुहोस् ।
नेपालले वैदेशिक व्यापार घाटा निराकरणका लागि आफ्ना जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्दै कपडा, जुत्ताचप्पल, कागज, खाने तेल जस्ता उपभोग्य वस्तुमा आत्मनिर्भर हुनुपर्छ । कृषिजन्य आयातलाई कम गर्दै व्यावसायिक र आधुनिक कृषि गर्नु अपरिहार्य छ । कृषिजन्य, पशुजन्य र फलफूलको उत्पादनमा आत्मनिर्भर बन्नुपर्छ । विदेशमा अत्यधिक माग भएका वस्तुको उत्पादन बढाउँदै कृषिजन्य उत्पादनलाई निर्यात गर्न सक्नुपर्छ ।
९. विदेशमा उच्च माग हुने घरेलु उत्पादनलाई औद्योगिक उत्पादनमा कसरी रूपान्तरण गर्न सकिन्छ ? आफ्ना तर्क प्रस्तुत गर्नुहोस् ।
नेपाली हस्तकला, वास्तुकला, तयारी पोसाक गलैँचा जस्ता घरेलु उत्पादन विदेशमा निर्यात हुने गरेको छ । गलैंचा, मूर्ति लगायतका घरेलु उत्पादनको विदेशमा उच्च माग रहेको छ । यस्ता वस्तुहरूको हामीले उत्पादन बढाउन सकिरहेका छैनौं । यस्ता वस्तुको उत्पादन बढाउनका लागि औद्योगिक उत्पादनमा रूपान्तरण गर्नु आवश्यक छ। घरेलु प्रक्रियाबाट मात्र उत्पादन बढाउन सकिँदैन ।
विदेशमा उच्च माग हुने गरेका घरेलु उत्पादनलाई औद्योगिक उत्पादनमा रूपान्तरण गर्न सर्वप्रथम त लगानी बढाउनुपर्छ । आधुनिक मेसिनको प्रयोग गर्नुपर्छ । यस्ता पेसाप्रति मानिसको आकर्षण बढाउनुपर्छ । कामदारका लागि तालिमको व्यवस्था गर्नुपर्छ । आधुनिक मेसिन प्रयोग गर्न सक्ने सिप र क्षमताको विकास गर्नुपर्छ । विद्युतलाई सस्तो र भरपर्दो बनाउनु आवश्यक छ । यसरी हामीले घरेलु उत्पादनलाई औद्योगिक उत्पादनमा रूपान्तरण गर्न सक्छौँ ।
१०. ‘उद्योगको महत्त्व’ शीर्षकमा आफ्नो विचार लेख्नुहोस् ।
उद्योगका माध्यमबाट विभिन्न किसिमका उपभोग्य वस्तुको उत्पादन गर्न सकिन्छ । घरेलु उत्पादनबाट सीमित मात्रामा वस्तु उत्पादन गर्न सकिन्छ भने उद्योगका माध्यमबाट कम समयमा धेरै वस्तुको उत्पादन गर्न सकिन्छ । कपडा, जुत्ताचप्पल, कागज, खाने तेल जस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन उद्योगकै माध्यमबाट गर्न सकिन्छ । औद्योगिकीकरणमा जोड दिएका राष्ट्रहरूको अर्थतन्त्र सबल रहेको छ । उनीहरू आत्मनिर्भर बनेका छन्, समृद्ध बनेका छन् । त्यहाँ रोजगारीका अवसरहरू पनि प्रशस्तै रहेका छन् । तसर्थ दैनिक आवश्यकता पूरा गर्ने उपभोग्य वस्तुको उत्पादन गर्न, रोजगारीका अवसरहरू वृद्धि गर्न, सबल र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न उद्योगको महत्त्व रहेको छ ।
१२. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् :
चारओटा बुँदा टिपोट :
(क) पाल्पा, भोजपुर, चितवन, नुवाकोट, जुम्ला आदि स्थानका विभिन्न उत्पादनले देशका विभिन्न स्थानमा बजार पाउनु
(ख) जुम्ला, सोलुखुम्बु र मुस्ताङका स्याउ, गोरखाको सुन्तला, रामेछापको जुनारको खोजी बढ्नु
(ग) मुलुकमा प्रायः सबै ठाउँमा यातायात पुग्नु
(घ) यातायात र सञ्चारले जनताका भावना र सम्बन्ध जोड्नु ।
विभिन्न स्थानका विभिन्न उत्पादनले देशका विभिन्न स्थानमा बजार पाएका छन् । जुम्ला, सोलुखुम्बु र मुस्ताङका स्याउ, गोरखाको सुन्तला, रामेछापको जुनारको खोजी बढेको छ । मुलुकका प्रायः सबै ठाउँमा यातायात पुगेकाले यसले ठाउँलाई मात्र नभई भावनालाई जोडेको छ ।
अनुच्छेदमा भएको शब्द : १००
सारांशमा भएको शब्द : ३५
Discussion
Share a helpful question, idea, or explanation with other students.