फर्क आफ्नै देश
कविता • अभ्यास समाधान
शब्द भण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
२. दिइएको अनुच्छेद पढी लघुतावाची शब्द टिपोट गर्नुहोस् :
३. दिइएका लघुतावाची शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
४. दिइएका शब्द प्रयोग गरी अनुच्छेद लेख्नुहोस् :
हामी नेपाली स्वाभिमानका साथ काम गछौं । देश विदेश जहाँ भए पनि पसिना बगाउँछौँ । परदेशमा सपना बोकेर जानुभन्दा हिमाल आरोही बनेर स्वदेशमै पसिना चुहाउँछौँ । गर्मी ठाउँमा बस्ने भन्दा ओसिलो ठाउँमा बस्ने नेपाली ऊर्जाशील देखिन्छन् । तराईको उर्वर भूमि हाम्रो देशको अन्न भण्डार हो ।
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
३. ‘फर्क आफ्नै देश’ कविता पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
४. ‘फर्क आफ्नै देश’ कविताको ‘गाउँमा चर्किएका बाँच्नु छ मलाई’ कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
५. ‘फर्क आफ्नै देश’ कविता पढ़ी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
६. व्याख्या गर्नुहोस् :
👉 प्रस्तुत हरफ ‘फर्क आफ्नै देश’ शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि विक्रमपवन परियार हुन् । राष्ट्रप्रतिको प्रेम अभिव्यक्ति गर्ने क्रममा प्रस्तुत हरफहरू आएका छन् ।
युवाहरूमा युग परिवर्तन गर्न सक्ने जोस हुन्छ । युवाका जोसिला पाइलाले युग बदल्न सक्छ । युवाका मुट्ठीहरू ऊर्जाशील हुन्छन् । छातीहरू बलिया हुन्छन् जसलाई गोलीले पनि छेड्न सक्दैन । युवाहरूले परिवर्तनको युगान्तकारी नक्सा कोर्न सक्छन् । यस्ता कार्यमा युवा लागेमा मात्र देश बाँच्न सक्छ । देश समृद्ध हुन सक्छ । हाम्रो देशका युवा शक्ति विदेश पलायन भइरहेका छन् । देश निर्माणका लागि विदेसिएका सबै युवा स्वदेश फर्कनुपर्छ । सबै व विदेसिएमा देशको अस्तित्व नै सङ्कटमा पर्न सक्छ । तसर्थ स्वदेश फर्किएर हाम्रो पिँढीका लागि देश भएर बाँच्नुपर्छ, सबैलाई स्वदेशमा केही गर्ने सन्देश दिएर बाँच्नुपर्छ भन्ने कुरा माथिका हरफमा कविले स्पष्ट पारेका छन् ।
सरल भाषा र गद्य शैलीमा माध्यमबाट माथिका हरफमा कविले सबै युवालाई स्वदेश फर्किएर सबैले हाम्रो पिँढीका लागि देश भएर बाँच्न आग्रह गरेका छन् । यसका साथै सबै युवालाई परिवर्तनको युगान्तकारी नक्सा कोरी राष्ट्र निर्माणको कार्यमा लाग्नुपर्ने सन्देशसमेत दिएका छन्।
७. ‘फर्क आफ्नै देश’ कवितामा नेपाली युवालाई किन स्वदेश फर्किन आह्वान गरिएको छ ? चर्चा गर्नुहोस् ।
‘फर्क आफ्नै देश’ कविता कवि विक्रमपवन परियारद्वारा रचिएको गद्य शैलीमा संरचित कविता हो । प्रस्तुत कवितामा कवितामा कविले राष्ट्रप्रेमको भाव अभिव्यक्त गरेका छन् । यसका साथै विदेसिएका सबै युवालाई स्वदेश फर्कन आग्रह गरेका छन् ।
नेपाली युवाहरूको हिमाल जस्तो स्वाभिमान र बुद्धको जस्तो विचार रहेको हुन्छ । अदम्य साहस बोकेका नेपाली युवाहरू श्रमशील हुन्छन् । हामी सबै युवा देश बनाउने अभियानमा लाग्नु छ । यहीँको धर्तीलाई उर्वर बनाउनु छ । गाउँमा घर छन् मान्छे छैनन् । खेतबारी बाँझै छन् पसिना बगाउने मान्छे छैनन् । सुन्दर, शान्त र समृद्ध राष्ट्र बनाउने हाम्रो सपना पूरा गर्न बाँकी रहेको छ । हामी सबैले यस युगको गीत लेख्नुपर्ने छ, दृढ अठोटका साथ श्रम, पसिना र विकासको सङ्गीत लेख्नुपर्ने छ । कोदाली भएर बाटो खन्न, हजारौं सपनाहरू पुल भएर जोड्न र यो देशको इतिहास हामी आफैँले लेख्न कविले युवालाई स्वदेश फर्किन आह्वान गरेका छन् ।
युवाहरू विदेश पलायन हुन थाले भने देश निर्माण हुन सक्दैन । हाम्रो देशमा पनि युवाहरू विदेश पलायन हुन थालेकाले दक्ष जनशक्तिको अभाव हुन थालेको छ । गाउँघर शून्य हुन थालेका छन् । खेत बाँझै रहन थालेको छ । तसर्थ सबै मिलेर राष्ट्र निर्माणको युगान्तकारी नक्सा कोर्न कवितामा नेपाली युवालाई स्वदेश फर्किन आह्वान गरिएको छ ।
८. ‘फर्क आफ्नै देश’ कविताको मूल सन्देश लेख्नुहोस् ।
‘फर्क आफ्नै देश’ कविता कवि विक्रमपवन परियारद्वारा रचिएको गद्य शैलीमा संरचित कविता हो । प्रस्तुत कवितामा कवितामा कविले राष्ट्रप्रेमको भाव अभिव्यक्त गरेका छन् । विदेसिएका सबै युवालाई स्वदेश फर्किन आह्वान गर्दै कविले यस कवितामा हामी हाम्रो पिँढीका लागि देश भएर र सकारात्मक सन्देश दिएर बाँच्नुपर्ने सन्देश दिएका छन् ।
हामी नेपाली स्वाभिमानी छौं, श्रमशील छौं । हाम्रो विचार बुद्धको जस्तो महान् छ । अदम्य साहस बोकेका पैताला र तराईका फाँट जस्ता फराकिलो छाती लिएर हामी देश बनाउने अभियानमा लाग्नुपर्छ । आफ्नै पसिनाले सिँचाइ गरेर बाँकी युगलाई उर्वर बनाउनुपर्छ । यसका लागि पासपोर्ट परदेशमै छोडेर आफ्नै घर आँगनमा फर्किनु पर्छ । गाउँमा घरहरू रित्ता छन् । खेतका गराहरू चिरा परेका छन् । परिश्रम गर्ने, पसिना बगाउने युवाको अभाव रहेको छ । सुन्दर, शान्त र समृद्ध राष्ट्र बनाउने हाम्रो सपना पूरा गर्न बाँकी रहेको छ । हामीले देशको खम्बा भएर बाँच्न सक्नुपर्छ । स्वदेशमा आएर कोदाली बनेर आफ्नै बाटो खन्नुपर्छ, पुल भएर हजारौं सपना जोड्नुपर्छ र देशको इतिहास हामी आफैँले लेख्नुपर्छ । तसर्थ विदेसिएका युवालाई स्वदेश फर्कन कविले आह्वान गरेका छन् । युग बदल्ने जोसिला पाइला, ऊर्जाशील मुट्ठी, गोलीले छेड्न नसक्ने छाती भएका युवालाई परिवर्तनको युगान्तकारी नक्सा कोर्न युवा स्वदेश फर्किनुपर्ने सन्देश कवितामा अभिव्यक्त भएको छ ।
यसप्रकार गद्यशैलीमा संरचित सरल भाषाको प्रयोग गरिएको ‘फर्क आफ्नै देश’ कवितामा विदेसिएका युवालाई स्वदेश फर्किएर देश निर्माणमा लाग्न आह्वान गरिएको छ ।
९. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
१०. प्रश्न नं. ९ मा दिइएको अनुच्छेद पढी सारांश लेख्नुहोस् ।
लोकगाथामा आधारित घाटु गीतिनाटक भए पनि यसलाई नाचकै रूपमा लिइन्छ । यो एक प्रकारको मिथक हो । यसका नायक परशुराम र नायिका यम्फावतीलगायतका सबै पात्र काल्पनिक हुन् । सिकार खेल्ने क्रममा नवलपुरमा भेटेपछि दुवैको प्रेम विवाह हुन्छ । खुसीसाथ जीवन बिताउँदै गर्दा युद्धमा होमिनुपर्ने बाध्यता आउँछ । राजा हठी स्वभावका भएकाले युद्धमा होमिँदा मृत्यु हुन्छ । रानी यम्फावती सती जानुअघि नाबालक छोरालाई अँगालेर डाँको छोडेर रुन्छिन् ।
Discussion
Share a helpful question, idea, or explanation with other students.