साकार सपना
कथा • अभ्यास समाधान
शब्दभण्डार
२. दिइएका पर्यायवाची शब्दबिच जोडा मिलाउनुहोस् :
३. दिइएका अर्थ आउने शब्द ‘साकार सपना’ कथाबाट खोजेर लेख्नुहोस् :
४. ‘साकार सपना’ कथाको अन्तिम अनुच्छेदबाट दिइएका शब्दको पर्यायवाची शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
बोध तथा अभिव्यक्ति
३. ‘साकार सपना’ कथा पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
५. दिइएका भनाइ ‘साकार सपना’ कथाका आधारमा कसले कसलाई भनेको हो, भन्नुहोस् ।
६. ‘साकार सपना’ कथाका आधारमा दिइएका घटनाक्रमको क्रम मिलाएर लेख्नुहोस् ?
७. ‘साकार सपना’ कथा पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
८. ‘साकार सपना’ कथाको पात्र गोल्डिङको चरित्र चित्रण गर्नुहोस् ।
‘साकार सपना’ कथाको पात्र कथाको उद्देश्यअनुसार पृथ्वीनारायण शाहको सपना साकार पार्न नदिने खलपात्र अर्थात् नकारात्मक चरित्रको पात्रका रूपमा रहेको छ । कथाको महत्त्वपूर्ण भूमिकामा रहेको गोल्डिङ कथामा द्वन्द्व सिर्जना गर्ने पात्र पनि हो । ऊ केवल अङ्ग्रेजहरूको योजनाअनुसार कार्य गर्ने र अङ्ग्रेजको मात्र फाइदा हेर्ने स्वार्थी पात्र पनि हो । ऊ मल्ललाई सहयोग गरेर नेपाललाई कब्जा गरी तिब्बतसम्म व्यापार बढाउन चाहन्छ । त्यसैले उसले पृथ्वीनारायण शाहलाई धम्कीपूर्ण पत्र लेखेको छ ।
९. व्याख्या गर्नुहोस् :
प्रस्तुत कथांश ‘साकार सपना’ शीर्षकको ऐतिहासिक कथाबाट साभार गरिएको हो । यस कथाका कथाकार गणेशप्रसाद भट्टराई हुन् । गोरखाली फौजबाट ज्यान जोगाई भागेपछि थप सहयोग माग्ने सन्दर्भमा माथिको भनाइ किनलकले रम्बोल्डलाई पत्र लेख्दै भनेका हुन् ।
किनलकको नेतृत्वलाई मल्ल राजालाई सहयोग गर्न आएको अङ्ग्रेज फौजमाथि गोरखाली फौजले अचानक आक्रमण गर्दछन् । गोरखाली फौजसँग परम्परागत हातहतियार मात्र भएकाले अङ्ग्रेज फौजसँग युद्ध जित्नु चानचुने कुरा थिएन । त्यसबेला अङ्ग्रेजसँग युद्ध लड्ने कुरा धेरै राजाहरूले सोच्नसम्म पनि सक्दैनथे । यस्तोमा गोरखाली फौजको युद्ध रणनीतिका कारण सहजै अङ्ग्रेजलाई हराउन सफल भएका थिए । गोरखाली फौजले एक्कासी अङ्ग्रेज फौजमाथि आक्रमण मात्र गरेनन्, मातेको अर्नाको सिङमा राँको बालेर जङ्गलमा छाडिदिने काम गरे । अरिङ्गाल र बच्छिउँका गोला बिच्काइदिए । सिस्नुले पोलेर हैरान पायो । यसरी नेपाली फौजसँग हारेर किनलक ज्यान जोगाई भागेपछि रम्बोल्डलाई पत्र लेख्दै माथिको कुरा अभिव्यक्त गरेको हो ।
यसप्रकार माथिको कथांशमा कथाकारले गोरखाली फौजले सेनाका साथै जनावर, किरा र बिरुवाको प्रयोग गरी युद्ध गरेका र सोबाट अङ्ग्रेज फौज पनि चकित र त्रसित हुँदै ज्यान जोगाएर भागेको कुरा स्पष्ट पारेका छन् ।
१०. ‘साकार सपना’ कथाको सार लेख्नुहोस् ।
पृथ्वीनारायण शाहले कीर्तिपुर विजय गरेपछि जयप्रकाश मल्लको दिमागमा खतराको घण्टी बजेको हुन्छ । उनले भक्तपुर र ललितपुरसँग यसबारेमा कुरा गरी सहयोग माग्छन् । त्यस वेला नेपाल खाल्डामा बस्ने एक पादरीले अङ्ग्रेजसँग सहयोग माग्ने सल्लाह दिन्छन् । सोही सल्लाहबमोजिम उनले सैनिक सहयोग माग्दै पत्र लेख्छन् । सेक्रेटरीले पत्र पढाएर गोल्डिङलाई सुनाएपछि गोल्डिङले दाहिने हातले टेबुलमा ठोक्न पुगे । उनले मल्ल राजालाई सहयोग गरेका आफ्नो खर्च पनि नलाग्ने र तिब्बत हुँदै चीनसम्म व्यापार बढाउने बारेमा सोच्दछन् ।
उता पृथ्वीनारायण शाहले जसमार्फत यी सबै कुरा बुझिरहेका हुन्छन् । एक दिन आफ्ना सपनाको बारेमा कुरा गरिरहेका हुन्छन् । अङ्ग्रेजले पठाएको धम्कीपूर्ण पत्र पृथ्वीनारायण शाहले खोलेर पढ्नासाथ च्यातेर अँगेनामा हालिदिन्छन् । उता सिन्धुली गढीको बाटो हुँदै अङ्ग्रेज फौज नेपाल आउँछ । कुहिरो लागेकाले बाटो हिँड्न उनीहरूलाई सहज हुँदैन । त्यसैबिचमा गोरखाली सेनाले आक्रमण गरी अर्ना, अरिङ्गाल, बच्छिउँ बिच्काएर अङ्ग्रेज फौजला भागाभाग बनाउँछन् ।
रातभरि अङ्ग्रेजलाई लखेटिरहन्छन् । गोरखाली सेना हतियारसहित पृथ्वीनारायणकहाँ पुग्छन् । आफ्ना सपना पूरा गरेकोमा पृथ्वीनारायण शाहले गोरखाली फौजको प्रशंसा गर्छन् ।
११. ‘साकार सपना’ कथामा के पृथ्वीनारायण शाहको सपना पूरा भयो, समीक्षात्मक उत्तर लेख्नुहोस् ।
गणेशप्रसाद भट्टराईद्वारा रचित ‘साकार सपना’ ऐतिहासिक विषयवस्तुमा आधारित कथा हो । यस कथामा कथाकारले नेपाल एकीकरणको एउटा ऐतिहासिक सन्दर्भमार्फत राष्ट्रिय चेतना जागृत गर्ने उद्देश्य राखेका छन् । यसका साथै गोरखाली फौजको वीरताको खुलेर प्रशंसासमेत गरेका छन् । पृथ्वीनारायण शाहले सपना देखेको र उक्त सपनालाई गोरखाली फौजले साकार पारेको सन्दर्भ कथामा मुख्य रूपमा अभिव्यक्त भएको छ ।
मल्ल राजा र अङ्ग्रेजका बिचमा भएका सबै गतिविधि जासुसीमार्फत पृथ्वीनारायण शाहले बुझिरहेका थिए । मल्ल राजाको सहयोगका लागि अङ्ग्रेज फौज आएमा कहाँ र कसरी आक्रमण गर्ने भन्नेबारेमा पनि उनले योजना बनाएर कार्य गरेका थिए । एक दिन आफूले राम्रो सपना देखेको बारेमा उनी कुरा गरिरहेका हुन्छन् र आफ्नो सपना पूरा हुने बारेमा आफ्ना विश्वासपात्रसँग बताइरहेका थिए । द्वारेले अङ्ग्रेजले पठाएको धम्कीपूर्ण पत्र दिएर गएपछि पृथ्वीनारायण शाहले खोलेर पढे अनि च्यातेर अँगेनामा हालिदिए ।
उता सिन्धुली गढीको बाटो हुँदै अङ्ग्रेज फौज नेपाल आउँछ। कुहिरो लागेकाले बाटो हिँड्न उनीहरूलाई सहज हुँदैन । त्यसैबिचमा गोरखाली सेनाले आक्रमण गरी अर्ना, अरिङ्गाल, बच्छिउँ बिच्काएर अङ्ग्रेज फौजलाई भागाभाग बनाउँछन् । रातभरि अङ्ग्रेजलाई लखेटिरहन्छन् । गोरखाली सेना हतियारसहित पृथ्वीनारायणकहाँ पुग्छन् । आफ्ना सपना पूरा गरेकोमा पृथ्वीनारायण शाहले गोरखाली फौजको प्रशंसा गर्छन् ।
यसप्रकार पृथ्वीनारायण शाहले देखेको सपना उनका विश्वासपात्रहरू वंशु गुरुङ, वंशराज पाण्डे, वीरभद्रको सहायतामा पृथ्वीनारायण शाहले पूरा गरे । उनले आफ्नो सपना पूरा गर्न सहयोग गर्ने वंशु गुरुङलगायतका गोरखाली फौजको प्रशंसासमेत गरे ।
१२. दिइएको चित्र वर्णन गर्नुहोस् :
दिइएको चित्रमा दुई फौज हातहतियार लिएर एक अर्काका विरुद्ध लड्न तयार भएको देखिन्छ । सबै सिपाही हिंसाका लागि तयार भएका छन् । बिचमा पिपलको बोटमुनि बुद्ध जस्ता देखिने व्यक्ति बसेका छन् ।
Discussion
Share a helpful question, idea, or explanation with other students.