व्यावसायिक चिठी
अभ्यास समाधान
शब्दभण्डार
१. दिइएका शब्दको अर्थ लेख्नुहोस्:
२. दिइएको अनुच्छेदमा प्रयोग भएका समूहवाची शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस्:
३. दिइएका वाक्यमा भएका उस्तै सुनिने तर फरक अर्थ दिने शब्द टिपोट गर्नुहोस्:
(क) सीताले छोरालाई भनिन्, भातका सिता नपोखी खाऊ ।
(ख) कक्षामा विभिन्न जातिका विद्यार्थी छन् तर सबै जना जाती छन् ।
(ग) श्याम दिनभरि ज्यालामा काम गर्छ र त्यसबाट आएको पैसाले दीनदुःखीको सेवा गर्छ ।
(घ) दोर्जेले बगैंचाबाट फूल टिपेर बजारमा बेच्यो र कुखुराका फुल किनेर ल्यायो ।
(ङ) घरमा गाग्री खाली छ, खालि कुरा मात्र गरेर पानी कहाँ आउँछ र ?
४. दिइएका उस्तै सुनिने तर फरक अर्थ दिने शब्दजोडीलाई वाक्यमा प्रयोग गर्नुहोस्:
बोध र अभिव्यक्ति
३. ‘व्यावसायिक चिठी’ को संरचना पढ्नुहोस् र छलफल गर्नुहोस्:
व्यावसायिक चिठीको संरचना
मिति, पठाउने संस्था, पठाउनेको ठेगाना, सम्बोधन, चिठी पाउने संस्थाको नाम र ठेगाना, विषय
चिठीको मुख्य विषयवस्तु
चिठी पठाउने व्यापारिक संस्थाको प्रतिनिधि, संस्थाको नाम, ठेगाना, खामको नमुना
४. ‘व्यावसायिक चिठी’ पाठ पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
५. घरेलु उद्योगको प्रवर्धनका लागि के गर्नुपर्ला, प्रतिक्रिया दिनुहोस् ।
घरेलु उद्योग प्रवर्धनका लागि सरकारले पनि कच्चा पदार्थको उत्पादनका लागि जोड दिनुपर्छ । त्यस्तै गरी वेरोजगार रहेका युवाहरूलाई देशमै रोजगारी सिर्जनाका लागि उचित किसिमको वातावरण सिर्जना गर्नुपर्छ । सोही अनुसारका नीति निर्माण तथा योजना बनाइ कार्यान्वयन गर्नुपर्छ साथै प्रोत्साहनका लागि अनुदानको व्यवस्था मिलाउनुपर्छ । सहुलियतदरमा ऋण उपलब्ध गराउनुपर्छ । स्थानीयस्तरमा नै उपभोग्य सामग्री उत्पादन, उपभोग र निर्यातका लागि जोड दिनुपर्छ । स्वदेसी उत्पादनको प्रयोगमा जोड दिनुपर्छ ।
६. सौगात अल्लो कपडा उद्योगका तर्फबाट हम्रो तयारी पोसाक बिक्री केन्द्रलाई प्रत्युत्तर लेख्नुहोस् ।
सौगात अल्लो कपडा उद्योग, मिति : २०८०-०३-११
खाँडाचक्र नगरपालिका २
कालीकोट, कर्णाली प्रदेश
श्री संस्थापक ज्यू
हाम्रो तयारी पोसाक बिक्री केन्द्र
ललितपुर उपमहानगरपालिका
ललितपुर, बाग्मति प्रदेश
विषय : अल्लोबाट निर्मित तयारी वस्तु पठाइदिएको सम्बन्धमा ।
उल्लिखित वस्तुहरूको बिल यसै साथ संलग्न गरी पठाइएको छ । बाँकी रकम यथाशीघ्र भुक्तानी गरिदिनुहुन अनुरोध गर्दछौँ ।
भवदीय
सौगात अल्लो कपडा उद्योग,
खाँडाचक्र नगरपालिका २
कालीकोट, कर्णाली प्रदेश
७. धूम्रपानले लिन्छ ज्यान शीर्षकमा सन्देशमूलक लेख तयार पार्नुहोस् ।
सुर्ती चुरोट स्वास्थ्यका लागि हानिकारक छ भनेर जान्दाजान्दै पनि मानिसहरु यसको प्रयोग गरिहेका छन् । प्रयोग घट्ला भन्नुको साटो उल्टै बढेर गएको छ । सुर्तीजन्य पदार्थको प्रयोगका कारण बर्सेनि २७ हजार बढी व्यक्तिको ज्यान जाने गरेको छ भने विश्वभरमा नै ८० लाखको मृत्यु हुने विश्वस्वास्थ्य संगठनको तथ्यांक छ । तथ्यांकअनुसार ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाख सँगै बस्ने मानिसले खाएको चुरोटको असरको कारणले मृत्यु हुने गर्दछ । विज्ञहरूले नेपालजस्तो मुलुकले सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दरमा कम्तीमा ७० प्रतिशतभन्दा माथि पुऱ्याउनुपर्ने बताउँदै आएका छन् । सरकारले कर र अन्तशुल्क दायित्व पूरा हुँदैन । सञ्चारका माध्यामबाट तथा प्रत्यक्ष गोष्ठी सेमिनारको माध्यमबाट जनचेतनाका कार्यक्रम पनि बढाउँदै जान जरुरी छ ।
८. दिइएको शुभकामनाको ढाँचामा महान् पर्व दसैँका अवसरमा आप्नो विद्यालयका तर्फबाट लेखिने शुभकामना पत्र तयर पार्नुहोस् :
शुभकामना पत्र
मिति: २०८०-०२-२५
श्री पञ्चाधुरा माध्यामिक विद्यालय
बर्दिवास – ५, चेरु
नेपालीहरूको महान चाड दसैंको पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, शिक्षक, भूतपूर्व विद्यार्थी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।
प्रधानाध्याक तथा समस्त विद्यालय परिवार
९. दिइएको श्रद्धाञ्जली र समवेदनाको ढाँचा अध्ययन गरी एउटा नमुना तयार पार्नुहोस्:
१०. दिइएको अनुच्छेद मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् ।
भाषिक संरचना र वर्णविन्यास
२. दिइएका वाक्यलाई सङ्गति मिलाएर लेख्नुहोस् :
३. दिइएका वाक्यलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस्:
उहाँले पुस्तक पसल गएर छोराछोरीका लागि कथा र कविताका किताब किन्यो । छोरीले कथाको किताब मन परायो । छोराले कविताको किताब मन पराउनुभयो । छोराछोरी दुवै जनाले बुबालाई चित्रकलाका सामान ल्याइदिन आग्रह गयो । उनीहरू अहिले आठ कक्षामा पढ्।
उहाँले पुस्तक पसल गएर छोराछोरीका लागि कथा कविताका किताब किन्नुभयो । छोरीले कथाको किताब मन पराइन् । छोराले कविताको किताब मन परायो । छोराछोरी दुवै जनाले बुबालाई चित्रकलाका सामान ल्याइदिन आग्रह गरे । उनीहरू अहिले आठ कक्षामापढ्छन् ।
४. दिइएको अनुच्छेद पढी शब्दका सुरु, बिच र अन्तिममा दीर्घ ऊकार प्रयोग भए शब्द पहिचान गरी टिपोट गर्नुहोस्:
सूर्यबाट उज्यालो र तातो मात्र होइन ऊर्जा पनि पाइँदो रहेछ । सौर्य ऊर्जाले वातावरण अनुकूल बन्दो रहेछ । पूजा, भूमिका र अपूर्व यस्तै विषयमा कुराकानी गर्दै हिँडिरहेका थिए । उनीहरू मन्दिर परिसरमा पुगे । त्यहाँ समूहमा बसेर भक्तजन अपूर्व आनन्दका साथ कीर्तन गाइरहेका थिए । एक जना साधुबाबा हातमा त्रिशूल लिएर नाचिर थिए । भाउजू, माइजू र फुपूहरू पनि त्यहीँ आउनुभयो ।
सुरुमा दीर्घ ऊकार :- सूर्यबाट, ऊर्जा, ऊर्जाले, पूजा, भूमिका,
बिचमा दीर्घ ऊकार :- अनुकूल, अपूर्व, समूहमा, अपूर्व, त्रिशूल, फुपूहरू
अन्तिममा दीर्घ ऊकार :- उनीहरू, भाउजू, माइजू, फुपूहरू
Discussion
Share a helpful question, idea, or explanation with other students.