अमर पुत्र
अभ्यास समाधान
शब्दभण्डार
१. दिइएका अनुकरणात्मक शब्दलाई मिल्दो क्रियासँग मिलाउनुहोस् :
२. दिइएका अर्थ आउने शब्द ‘अमर पुत्र’ कथाबाट खोजेर लेख्नुहोस् :
३. ‘अमरपुत्र’ कथाबाट सातओटा अनुकरणात्मक शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
$. दिइएका अनुकरणात्मक शब्द प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् :
उत्तर :
छोरो ह्वाँहवाँ रोइरहेको सुनेर आमा जऱ्याकजुरुक उठ्नुभयो । काँडा छोरोको गोडामा र्वाम्म गाडिएर ह्वालह्वाली रगत बगिरहेको थियो । आमा एकछिन अकमक्क पर्नुभयो अनि चिटचिट पसिना झार्दै भुँइमा थचक्क बस्नुभयो । त्यसैवेला बुबा टुप्लुक्क आइपुग्नुभयो । बुबा सरासर कोठामा गएर प्राथमिक उपचार बाकस ल्याउनुभयो । घाउ सफा गरेर पट्टी बाँधेपछि छोरो लुसुक्क कोठामा छिरेर आराम गर्न थाल्यो।
५. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
२. ‘ अमर पुत्र’ कथा पालैपालो सस्वरवाचन गर्नुहोस् ।
३. ‘ अमर पुत्र’ कथा पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
४. ‘ अमर पुत्र’ कथा पढी दिइएका संवाद कसले कोसँग भनेका हुन् ? भन्नुहोस् :
५. ‘अमर पुत्र’ कथाको ‘तल्लो भऱ्याङबाट तपाइँलाई दिने होइन ।’ कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् ।
६. दिइएका घटनालाई ‘अमर पुत्र’ कथाअनुसार क्रम मिलाएर लेख्नुहोस् :
उत्तर :
(क) भाजुलाल र सानुमानबिच जुजुलालको मृत्युका विषयमा कुराकानी हुनु
(ख) झ्यालबाट बोलाहटको आवाज आउनु
(ग) भक्तले भाजुलाललाई श्रीकृष्णको मूर्ति देखाएर नमुना बताउनु
(घ) भाजुलालले अभिमानयुक्त वाणीमा आफ्नो पहिचान बताउनु
(ङ) मनोहर मूर्ति देखेर भक्त खुसी हुन
(च) भाजुलालले भक्तलाई बैना फिर्ता दिनु
(छ) भाजुलालले भक्तलाई मूर्ति नदिनाको कारणबारे श्रीमती र बुहारीलाई स्पष्ट पार्नु
७. ‘अमर पुत्र’ कथा पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
८. व्याख्या गर्नुहोस् :
उत्तर : प्रस्तुत कथांश ‘अमर पुत्र’ शीर्षकको कथाबाट साभार गरिएको हो । यस कथाका कथाकार भीमनिधि तिवारी हुन् । मानिस मरेर गए पनि कला अमर रहन्छ भन्ने कुरालाई माथिको कथांशले स्पष्ट पार्न खोजेको छ ।
छोरा जुजुलालको अपर्झट मृत्यु भएपछि भाजुलाल निकै पिर र चिन्तामा बाँचिरहेका थिए । उनलाई शिल्पकारीमा सिपालु भइसकेको छोरो मरेपछि आफ्नो शिल्पकारी लोप हुने भयो भन्ने चिन्ता थियो । एक जना भक्तको अनुरोधमा उनले श्रीकृष्णको मूर्ति बनाए । उनले उक्त मूर्ति भक्तलाई दिएनन् र बैना फिर्ता गरे । उनले श्रीकृष्णको मुकुट लाएर हातमा मुरली लिएको मूर्तिलाई छोरो सम्झिए । उनकी श्रीमती र बुहारीले पनि उक्त मूर्तिलाई जुजुलालकै रूपमा लिए । जुजुलाल मानव थियो, मरेर गयो, चिताको खरानी भयो । अब ऊ कृष्णावतारका रूपमा मूर्तिबद्ध भएको छ । ऊ कालान्तरसम्म पनि अमर बनिरहने छ भन्ने कुरा कथांशमा स्पष्ट पारिएको छ ।
यसप्रकार माथिको कथांशमा कथाकार भीमनिधि तिवारीले मानिस मरेर जान्छ तर उसको कलाले नै उसलाई यस संसारका अमर बनाउने काम गर्छ भन्ने कुरा स्पष्ट पारेका छन् ।
९. भाजुलालले बनिसकेको मूर्ति भक्तलाई नदिनु उपयुक्त थियो वा थिएन ? तर्क दिनुहोस् ।
उत्तर : ‘अमरपुत्र’ कथाको प्रमुख पात्र भाजुलालले बनिसकेको मूर्ति भक्तलाई नदिनु उपयुक्त थियो । कुनै पनि कलामा सबैभन्दा बढी हक कलाकारको हुन्छ । कलालाई पैसाले किन्न पनि सकिँदैन । भक्तकै लागि बनाइएको भए पनि पछि उसलाई त्यो दिन मन लागेन । त्यस मूर्तिमा भाजुलालले आफ्नै छोराको प्रतिबिम्ब देख्यो । कथाकारले कला किन्न सकिँदैन भन्ने कुरालाई कथामा देखाउन पनि खोजेका हुन् । तसर्थ भाजुलालले बनिसकेको मूर्ति भक्तलाई नदिनु उपयुक्त थियो ।
१०. ‘अमर पुत्र’ कथाका प्रमुख पात्र भाजुलाल र भक्तको चरित्रको तुलना एक अनुच्छेदमा लेख्नुहोस् ।
उत्तर : भाजुलाल ‘अमर पुत्र’ कथाको प्रमुख पुरुष पात्र हो । ऊ एक शिल्पकारी हो । सिङगमरमरका राम्रा राम्रा र आकर्षक मूर्ति बनाउने कला उसमा रहेको छ । एक मात्र छोरोलाई गुमाउनु पर्दा ऊ निकै पिर र चिन्ता लिएर बाँचिरहेको पात्र पनि हो । छोराको मृत्युको कारणले आफ्नो शिल्पकारी लोप हुन लागेका मा ऊ चिन्तित छ । भक्त पनि कथामा महत्त्वपूर्ण भूमिका भएका पात्र हुन् । घटनाक्रमलाई अगि बढाएर टुङ्गोमा पुऱ्याउन भक्तकै भूमिका रहेको छ । अर्थात् भक्त पात्रले कथालाई गतिशील बनाएको छ । पैसाको कमी नभएको, भगवानको सुन्दर मूर्तिलाई जति पनि मूल्य तिर्न तयार भएको पात्र हो भक्त । तर उसले पैसा जति तिरे पनि मूर्ति भने प्राप्त गर्न सक्दैन ।
११. ‘ अमर पुत्र’ कथाको सार लेख्नुहोस् ।
उत्तर :
अपर्झटको व्यथाले भाजुलालको एउटै छोरो जुजुलालको मृत्यु भयो । यसै विषयमा भाजुलाल र सानुमानबिच कुराकानी भएको हुन्छ। भाजुलाललाई शिल्पकारीमा सिपालु भइसकेको छोरोको मृत्यु भएकाले आफ्नो शिल्पकारी लोभ हुने भयो भन्ने चिन्ता हुन्छ । भाजुलालका विरहका कहानी सुनेर सानुमानमा वेदना भरिएर आयो । झ्यालबाट बोलाहटको आवाज आएपछि भाजुलालले बार्दलीबाट हेरेर आगन्तुक भक्तलाई माथि बोलाए । भक्तले भाजुलाललाई श्रीकृष्णको मूर्ति देखाएर नमुना बताउँदै मूर्ति बनाउन भन्दा भाजुलाल अक्क न बक्क परेर हेरिरहेको देखेर बनाउन सक्नुहुन्न कि भनी सोध्छन् । त्यसपछि भाजुलालले अभिमानयुक्त वाणीमा आफ्नो पहिचान बताउँछन् । बैना लिएर मूर्ति बनाइदिने भनी १५ दिनको समय दिन्छन् । भाजुलालले निकै आकर्षक मूर्ति बनाउँछन् । मूर्तिमा आँखा बनाएपछि मूर्ति हाँस्छ । मूर्तिसँगै भाजुलालको रोएको दिल पनि हाँस्छ । मनोहर मूर्ति देखेर भक्त खुसी हुन्छ । मूर्तिका लागि ऊ जति पनि तयार हुन्छ तर भाजुलालले भक्तलाई बैना फिर्ता दिन्छन् । भक्त रिसाएर त्यहाँबाट जान्छन् । भाजुलालले भक्तलाई मूर्ति नदिनाको कारणबारे श्रीमती र बुहारीलाई स्पष्ट पार्छन् । कृष्ण मूर्तिमा छोराको अवतार पाएको सम्झी श्रीमती र बुहारी पनि मूर्ति दिनु हुँदैन भन्ने निष्कर्षमा पुग्छन् ।
१२. ‘अमर पुत्र’ कथाका आधारमा मानिस मरेर गए पनि कला अमर रहन्छ भन्ने कुरालाई पुष्टि गरी समीक्षात्मक उत्तर लेख्नुहोस् ।
उत्तर : कथाकार भीमनिधि तिवारीद्वारा रचिएको ‘अमर पुत्र’ शीर्षकको कथा उनको एक उत्कृष्ट कथा हो । यस कथामा कथाकार तिवारीले मानिस मरेर जान्छ तर मानिस मरेर गए पनि उसलाई अमर बनाउने उसको कलाले हो । कलाका माध्यमबाट मानिस अमर बन्न सक्छ भन्ने भाव अभिव्यक्त गरेका छन् ।
भाजुलालको छोरो जुजुलालको अपर्झटको व्यथाले मृत्यु हुन्छ । एक मात्र छोराको मृत्यु भएपछि बुढी जहान र भर्खरकी बुहारीलाई लिएर उनलाई पिर र चिन्ता बढ्छ । त्योभन्दा पनि बढी चिन्ता उनलाई आफ्नो शिल्पकारी लोप हुन लागेकोमा हुन्छ । भक्तको कारणले गर्दा उनले श्रीकृष्णको कलात्मक मूर्ति निर्माण गर्छन् । मूर्तिका लागि ऊ जति पनि तिर्न तयार हुन्छ तर भाजुलालले भक्तलाई बैना फिर्ता दिन्छन् । भक्त रिसाएर त्यहाँबाट जान्छन् । भाजुलालले भक्तलाई मूर्ति नदिनाको कारणबारे श्रीमती र बुहारीलाई स्पष्ट पार्छन् । कृष्ण मूर्तिमा छोराको अवतार पाएको सम्झी श्रीमती र बुहारी पनि मूर्ति दिनु हुँदैन भन्ने निष्कर्षमा पुग्छन् ।
यसप्रकार यस कथाका माध्यमबाट कथाकारले कला जीवन्त र अमर हुन्छ । कलाले मानिसको मन लोभ्याउँछ र पगाल्छ । कलाकै कारणले मानव सभ्यता र इतिहास सुरक्षित रहेको हुन्छ । जहाँ जीवन्त र स्वाभाविक कलाको आकर्षण हुन्छ त्यहाँ कलाकारिताको महत्त्व बढेको हुन्छ भन्ने स्पष्ट पारेका छन् । मानिस मर्छ स्वाभाविक हो । मानि मरेर गए पनि कला अमर रहन्छ । कलाले मानिसलाईसमेत अमर बनाउँछ भन्ने कुरा कथामा पुष्टि गरिएको छ ।
Discussion
Share a helpful question, idea, or explanation with other students.