स्वामी प्रपन्नाचार्य
जीवनी • अभ्यास समाधान
शब्दभण्डार
१. दिइएका विपरीतार्थी शब्दबिच जोडा मिलाउनुहोस् :
२. साथीसँग छलफल गरी दिइएका शब्दको अर्थ लेख्नुहोस् :
३. ‘स्वामी प्रपन्नाचार्य’ जीवनीको पहिलो अनुच्छेदबाट दिइएका शब्दको विपरीत अर्थ खोजेर लेख्नुहोस् :
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
२. शिक्षकले तोकेको समयमा ‘स्वामी प्रपन्नाचार्य’ जीवनी सस्वर पठन गर्नुहोस् ।
३. ‘स्वामी प्रपन्नाचार्य’ जीवनीका आधारमा ठिक बेठिक छुट्याउनुहोस् :
ठिक
ठिक
बेठिक
ठिक
४. ‘स्वामी प्रपन्नाचार्य’ जीवनी पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
५. ‘प्रपन्नाचार्यको परिवार भोक मात्र जागिरह्यो ।’ जीवनीको अंश मनमनै पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
६. दिइएका घटना कुन कुन सालका हुन्, ‘स्वामी प्रपन्नाचार्य’ जीवनीका आधारमा पहिचान गरी लेख्नुहोस् :
वि.सं. २०२१
वि.सं. २०१०
२०७२ भदौ ४
वि.सं. २०३६
वि.सं. १९८० असोज ३
वि.सं. २०४५
वि.सं. २०५९
वि.सं. १९९४
७. ‘स्वामी प्रपन्नाचार्य’ जीवनी पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
८. भाव विस्तार गर्नुहोस् :
माथिको जीवनीको अंश ‘स्वामी प्रपन्नाचार्य’ शीर्षकको जीवनीबाट साभार गरिएको हो । यस जीवनीलाई कक्षा ८ नेपाली पाठ्यपुस्तक लेखक समूहबाट लेखन तथा सम्पादन गरिएको हो । स्वामी प्रपन्नाचार्यको जीवनीबाट प्राप्त हुने सन्दर्भमा प्रस्तुत अंश आएको छ ।
प्रपन्नाचार्यको परिवार वैदिक धर्मसंस्कृतिको पालनामा विशेष जोड दिने र शुद्ध शाकाहारी भोजन गर्ने भएकाले उनमा पनि बाल्यकालदेखि नै आध्यात्मिक चिन्तन विकास हुँदै गएको थियो । खेतीपाती र गाईवस्तुको हेरचाहमा परिवारका सबै लाग्नुपर्ने अवस्था थियो अनि मात्र गुजारा चल्थ्यो । यही कारणले गर्दा बाल्यकालमा उनले पढ्न लेख्न पाएनन् । फाल्गुनन्दको आश्रममा १४ वर्षको उमेरमा बसेका प्रपन्नाचार्यमा फाल्गुनन्दको मृत्युपछि वैराग्य उत्पन्न भयो । तीर्थाटनका क्रममा भारत पुगेर निकै सङ्घर्ष गरी ३० वर्षको उमेरमा कखरा सिकेर विद्यावारिधि उपाधि हासिल गरी काले राईबाट डा. स्वामी प्रपन्नाचार्यका रूपमा स्थापित भए ।
यसप्रकार माथिको जीवनीको अंशबाट हामी स्वामी प्रपन्नाचार्य अध्ययनलाई उमेरले कहिल्यै छेक्दैन भन्ने विचारका दृष्टान्त हुन् भन्ने स्पष्ट बन्दै अध्ययन नै जीवन हो भन्ने कुराको सन्देश पाउन सक्छौं ।
९. तपाइँ भविष्यमा आफ्नो जन्मभूमिको सेवा कसरी गर्न चाहनुहुन्छ, कक्षामा सुनाउनुहोस् ।
१०. स्वामी प्रपन्नाचार्यको जीवनीको सार लेख्नुहोस् ।
जस्तोसुकै कठिन परिस्थितिलाई पनि अनुकूल बनाएर अनेकौँ हन्डर खाएर जीवनलाई सार्थक बनाउने उदाहरणीय प्रतिभाका रूपमा स्वामी प्रपन्नाचार्यलाई चिनिन्छ । उनको जन्म वि.सं. १९८० असोज ३ मा पाँचथर जिल्लाको फिदिम, बरडाँडामा भएको थियो । उनको आमाको नाम दिलमाया र बुबाको नाम धर्मदास राई थियो । यिनको न्वारनको नाम गीतानन्द र बोलाउने नाम काले राई थियो ।
प्रपन्नाचार्यको परिवार वैदिक धर्मसंस्कृतिको पालनामा विशेष जोड दिने र शुद्ध शाकाहारी भोजन गर्ने भएकाले उनमा पनि बाल्यकालदेखि नै आध्यात्मिक चिन्तन विकास हुँदै गएको थियो । खेतीपाती र गाईवस्तुको हेरचाहमा परिवारका सबै लाग्नुपर्ने अवस्था थियो अनि मात्र गुजारा चल्थ्यो । यही कारणले गर्दा बाल्यकालमा उनले पढ्न लेख्न पाएनन् । फाल्गुनन्दको आश्रममा १४ वर्षको उमेरमा बसेका प्रपन्नाचार्यमा फाल्गुनन्दको मृत्युपछि वैराग्य उत्पन्न भयो । केही समय बिजुवाको काम गरेका उनी काम खोज्न भारत गए । काम नपाएपछि नेपाल फर्किए । त्यसपछि पण्डित दामोदर खतिवडाको समूहसँग तीर्थाटनका क्रममा भारतको बनारस पुगे ।
निकै सङ्घर्ष गर्दै ३० वर्षको उमेरमा काले राईका नामबाट कखरा सिकेर विद्यावारिधिको उपाधि हासिल गरी डा. स्वामी प्रपन्नाचार्यका रूपमा स्थापित भए । मातृभूमि नेपाल आएर उनले मानवहितमा जोड दिँदै पूर्वीय परम्पराको विषयवस्तुलाई युगसापेक्ष ढङ्गबाट सर्वसाधारणसम्म पुऱ्याउन थाले र वेदका दार्शनिक विचारको व्याख्या गरिरहे । संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजीमा लेखिएका उनका झन्डै चार दर्जन जति पुस्तकसमेत प्रकाशन भएका छन् । वि.सं. २०७२ भदौ ४ गते देहावसान भए पनि महान् सन्त, संस्कृत वाङ्मयका विशिष्ट अनुसन्धाता तथा व्याख्याताका रूपमा स्वामी प्रपन्नाचार्य अमर बन्न पुगे ।
११. स्वामी प्रपन्नाचार्यले वैदिक वाङ्मयका क्षेत्रमा पुऱ्याएका योगदानको चर्चा गर्नुहोस् ।
जस्तोसुकै कठिन परिस्थितिलाई पनि अनुकूल बनाएर अनेकौँ हन्डर खाएर जीवनलाई सार्थक बनाउने उदाहरणीय प्रतिभाका रूपमा स्वामी प्रपन्नाचार्यलाई चिनिन्छ । उनको जन्म वि.सं. १९८० असोज ३ मा पाँचथर जिल्लाको फिदिम, बरडाँडामा भएको थियो । निकै सङ्घर्ष गर्दै ३० वर्षको उमेरमा काले राईका नामबाट कखरा सिकेर विद्यावारिधिको उपाधि हासिल गरी डा. स्वामी प्रपन्नाचार्यका रूपमा स्थापित भए ।
स्वामी प्रपन्नाचार्यको वैदिक वाङ्मयका क्षेत्रमा निकै ठुलो योगदान पुऱ्याएका छन् । मातृभूमि नेपालमा नै रहेर यिनले वैदिक वाङ्मयको क्षेत्रमा आफ्नो अमूल्य योगदान दिए । पूर्वीय विषयवस्तुलाई युगसापेक्ष किसिमले सर्वसाधारणसम्म पुऱ्याउने काममा जीवन व्यतीत गरेका यिनका विचारहरू मानव कल्याणका लागि महान् मानिन्छन् । त्यस्तै यिनले विभिन्न कृतिहरूसमेत प्रकाशन गरी वैदिक वाङ्मयका क्षेत्रमा योगदान पुर्याएका छन् । स्वामी प्रपन्नाचार्यका संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजीमा लेखिएका करिब चार दर्जन पुस्तक प्रकाशित छन् । उनका ‘सम्मार्ग दर्शन’, ‘प्राचीन हिन्दु विज्ञान’, ‘वेदमा के छ ?’ ‘किराँत मङ्गोलियाबाट आएका शरणार्थी होइनन्’, ‘प्राचीन किराँत इतिहास’, ‘महागुरु फाल्गुनन्द सरस्वती सत्याहाङ्माको जीवनी’, ‘सङ्क्षेपमा मेरो जीवनयात्रा’ कृति रहेका छन् । यिनले आजीवन प्रवचन, व्याख्या, अनुसन्धानका माध्यमबाट वैदिक वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिए ।
यसरी मानवहितलाई ध्यानमा राखेर आजीवन पूर्वीय दर्शनको हिमायती बनेका स्वामी प्रपन्नाचार्य महान् सन्त, संस्कृत वाङ्मयका विशिष्ट अनुसन्धाताका रूपमा अमर बन्न पुगेका छन् । वैदिक वाङ्मयका क्षेत्रमा उनले पुऱ्याएको योगदान विशिष्ट र अतुलनीय रहेको छ ।
१२. दिइएको अनुच्छेद पढेर चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् :
मुख्य मुख्य चारओटा बुँदा :-
(क) नेपाल प्राकृतिक दृष्टिकोणले सम्पन्न मुलुक
(ख) हावापानी, उचाइ र धरातलीय विविधताले प्राकृतिक विविधता सिर्जना गरेको
(ग) जैविक विविधताका विभिन्न पक्षमध्ये महत्त्वपूर्ण र दुर्लभ जडीबुटी पनि पर्नु
(घ) चाँप, पाँचऔँले, यार्चागुम्बा आदि बोटबिरुवा र जडीबुटी हाम्रा बहुमूल्य सम्पत्ति ।
नेपाल प्राकृतिक दृष्टिकोणले सम्पन्न मुलुक हो । यहाँ हावापानी, उचाइ र धरातलीय विविधताले प्राकृतिक विविधता सिर्जना गरेको छ । जैविक विविधताका विभिन्न पक्षमध्ये हाम्रो देशमा महत्त्वपूर्ण र दुर्लभ जडीबुटी पनि पर्छन् । चाँप, पाँचऔँले, यार्चागुम्बा आदि बोटबिरुवा र जडीबुटी हाम्रा बहुमूल्य सम्पत्ति हुन् ।
प्रश्नको अनुच्छेदमा भएको शब्द सङ्ख्या : ११९
सारांशमा हुनपर्ने शब्द सङ्ख्या : ४०
सारांशमा भएको जम्मा शब्द सङ्ख्या : ४०
Discussion
Share a helpful question, idea, or explanation with other students.