Nepali

पाठ १ · उज्यालो यात्रा

शब्द भण्डार

. दिइएका अर्थ आउने शब्दउज्यालो यात्राकविताबाट खोजेर लेख्नुहोस् :

()मनमा उत्पन्न हुने भाव वा विचार

उत्तर: भावना

()श्रीखण्ड घोटेर बनाइएको लेप

उत्तर: चन्दन

()गौरवले भरिएको

उत्तर: सगौरव

()आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम

उत्तर: त्याग

()सबैभन्दा उच्च वा अग्लो

उत्तर: सर्वोच्च

. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस् :

गाई मानिसले पाल्ने घरपालुवा जनावर हो । यो चौपाया वर्गभित्र पर्छ । मानवका लागि गाईको दुध निकै पोसिलो हुन्छ । शरीर स्वस्थ राख्न तागतिला कुरा खानुपर्छ । दुग्ध र दुग्धजन्य पदार्थ विक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन् । गाईपालनलाई व्यवसायका रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ ।

उत्तर: जनावर — चौपाया, पोसिलो — तागतिला, उपार्जन — आम्दानी

. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस् :

प्रेम — मायाशक्ति — तागतधर्ती — धरणीकर्म — कामजिन्दगी — जीवनशिर — टाउकोराम्रो — सुन्दरमहान् — उच्चहावा — पवनआकाश — नभनयन — आँखा

. ‘उज्यालो यात्राकविताबाट खोजेर तल दिइएका शब्दको विपरीतार्थी शब्द लेख्नुहोस् :

निम्न — उच्चदुःखी — सुखीअज्ञान — ज्ञानसम्भव — असम्भवआफ्नो — अरुअन्याय — न्याय

. उदाहरणमा दिए जस्तै कुनै पाँच जोडी विपरीतार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस् :

उदाहरण : धारिलो – भुत्ते, धेरै – थोरे

उत्तर: माथि — तल (घरमाथि डाँडा छ । खेतको तल खोल्सो छ ।)
उज्यालो — अँध्यारो (झ्याल खोले उज्यालो हुन्छ झ्याल लगाए अँध्यारो हुन्छ ।)
शिर — पाउ (रियाजले शिरमा ढाकाटोपी लगाएको छ भने पाउमा जुत्ता लगाएको छ ।)
जित — हार (फुटवल खेलमा हाम्रो जित भयो । हिम्मतसाथ खेलियो भने हार कहिले हुँदैन।)
न्याय — अन्याय (न्यायको लागि हामी हर्दम लड्नु पर्छ । अन्यायमा पर्दा चुपलागेर बस्नु हुँदैन ।)

बोध अभिव्यक्ति

. दिइएको अनुच्छेद पढी अनुष्टुप छन्दबारे साथीबिच छलफल गर्नुहोस् :

उत्तर: अनुष्टुप छन्दका चार पाउ हुन्छन् । यसका प्रत्येक पाउमा आठ अक्षर हुन्छन् । यस छन्दमा हरेक श्लोकको प्रत्येक पाउको पाँचौं अक्षर लघु (ह्रस्व) हुन्छ र छैटौं अक्षर गुरु (दीर्घ) हुन्छ । पहिलो र तेस्रो पाउको सातौं अक्षर गुरु अनि दोस्रो र चौथो पाउको सातौँ अक्षर लघु (स्व) हुन्छ यसरी प्रत्येक पाउमा सातौं अक्षर क्रमशः गुरु लघु बनिरहन्छ अर्थात् पहिलो पाउमा गुरु, दोस्रो पाउमा लघु, तेस्रो पाउमा गुरु र चौथो पाउमा लघु हुन्छ । प्रत्येक आठौँ वर्णपछि यति वा विश्राम हुन्छ ।

. ‘उज्यालो यात्राकविताबाट लेखन उच्चारण फरक हुने कुनै पाँचओटा शब्द टिपी तिनको शुद्ध उच्चारण गर्नुहोस्

विश्वजीवनसंसारकविताजसका

. उदाहरणमा दिए जस्तै जोडी अनुप्रासयुक्त शब्द पाठबाट खोजेर लेख्नुहोस्

उदाहरण : चन्दन – नन्दन

असम्भव – सबसुखी – खुसीसौरभ – गौरवभरी – छरीमनोहर – सुन्दरखातिर – शिर

. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

जसका भावना हाँस्छन्, मनमा रागिनी भरी जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी ।

() यस कवितांशका चार पाउ छुट्याएर लेख्नुहोस्

उत्तर: जसका भावना हाँस्छन्,
मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन
रातमा चाँदनी छरी ।

() कवितांशका चारै पाउको पाँचौं ह्रस्व वर्ण रेखाङ्कन गर्नुहोस्

उत्तर: भावना, रागिनी, जिन्दगी, चाँदनी

() कवितांशका चारै पाउको छैटौं दीर्घ वर्ण रेखाङ्कन गर्नुहोस्

उत्तर: भावना, रागिनी, जिन्दगी, चाँदनी

() कवितांशका चारै पाउका सातौं वर्ण क्रमशः लेख्नुहोस्

उत्तर: हाँ, भ, बाँ, छ

. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्

जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।
समर्पित भएका छन् जो सदा न्यायखातिर
संसारमा उठेका छन् तिनैका विजयी शिर ।

() धर्तीलाई केले मनोहर बनाएको ?

उत्तर: ज्ञान र कर्ममा जुटेका मानिसहरुको सङ्घर्षले धर्तीलाई मनोहर बनाएको छ ।

() कर्म गर्नेको जिन्दगी कस्तो बन्छ ?

उत्तर: कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ र उनीहरुले कर्म गरेर समाज र देशलाई पनि सुन्दर बनाउँछन् ।

() कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको ?

उत्तर: कवितांशमा जो मानिस सधैँ न्यायखातिर समर्पित भएका हुन्छन्, उनीहरुको शिर उचो हुन्छ भनिएको छ ।

() कवितांशबाट के सन्देश पाइन्छ ?

उत्तर: हामी ज्ञान र कर्मले हाम्रो धर्तीलाई सुन्दर बनाउनुपर्छ । सधैँ न्यायखातिर आवाज उठाउनुपर्छ । यसरी आफ्नो खुसी मात्र नहेरी समग्र देशको हितमा लाग्नुपर्ने सन्देश प्रस्तुत कवितांशबाट पाउन सकिन्छ ।

. तलका प्रश्नको उत्तर लेख्नुहोस् :

() ‘उज्यालो यात्राकविताको सुरुका दुईओटा श्लोकको आशय वर्णन गर्नुहोस्

उत्तर: जसरी सुगन्धित काठ श्रीखण्डलाई सयौँ पटक घोटेपछि मात्र त्यो पवित्र चन्दनमा परिणत हुन्छ, त्यसरी नै मानिसमा भएको कर्मशक्तिले जङ्गल जस्तो कठिन ठाउँलाई पनि स्वर्गको बगैँचा बनाउन सक्छ। हामीले सधैँ उच्च र पवित्र सङ्कल्प लिनुपर्छ। दृढ सङ्कल्प भएको मानिसका लागि संसारमा कुनै पनि कुरा असम्भव छैन। विश्वका सबै महान् व्यक्तिहरू आफ्नो उच्च सङ्कल्प र निरन्तरको मेहेनतले नै सफल बनेका हुन् भन्ने विचार यी श्लोकहरूमा पाइन्छ।

() जीवन सार्थक पार्न के के गर्नुपर्छ ?

उत्तर: जीवनको यात्रालाई उज्यालो र सार्थक बनाउनका लागि सर्वप्रथम उच्च सङ्कल्प लिएर कर्मशील बन्नुपर्छ। हामीले मनमा रहेका ईर्ष्या र द्वेष जस्ता विकारहरूलाई त्यागेर सबैमा प्रेमको सुगन्ध छर्नुपर्छ। अरूको उपकारमा लाग्नु र उदाहरणीय व्यक्तित्व बन्नु नै जीवनको सार्थकता हो। आफ्नो ज्ञानले धर्तीलाई मनोहर बनाउने र कर्मले सुन्दर निर्माण गर्ने कार्यमा जुट्नुपर्छ। लोभलालचलाई पूर्ण रूपमा हटाएर न्याय र सत्यका निम्ति सदैव समर्पित हुनुपर्छ।

() कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन् ?

उत्तर: कवि रामप्रसाद ज्ञवालीले ‘उज्यालो यात्रा’ कवितामा नैतिक र आदर्शवादी जीवनको कल्पना गरेका छन्। कविले मानिस कर्मशील हुनुपर्ने र उच्च सङ्कल्पका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्। ईर्ष्या र घृणालाई त्यागेर प्रेम बाँड्ने र परोपकारी बन्ने जीवन नै वास्तविक आदर्श जीवन हो। लोभलालचबाट टाढा रहेर न्यायको बाटोमा लाग्नुपर्ने कुरामा कविको विशेष जोड छ। यसरी चन्द्र र सूर्यले जस्तै संसारलाई उज्यालो दिने, स्वावलम्बी बन्ने र सत्कर्ममा समर्पित हुने जीवन यात्राको कल्पना कविले गरेका छन्।

() ‘उज्यालो यात्राकविताको मूलभाव के हो ?

उत्तर: यस कविताले मुख्य रूपमा जीवनरूपी यात्रालाई कसरी उज्यालो र आदर्श बनाउन सकिन्छ भन्ने भाव व्यक्त गरेको छ। संसारमा नमुना र सम्मानित व्यक्ति बन्नका लागि सधैँ सत्कर्मको बाटो रोज्नुपर्छ भन्ने कविको मुख्य विचार छ। आफ्नो पौरखले आफ्नै बाटो खन्ने, कसैसँग नझुक्ने र अन्यायका विरुद्ध लड्ने व्यक्ति नै महान् बन्न सक्छ। पवित्र सङ्कल्प र नैतिक आचरणले नै मानिसलाई चन्द्र र सूर्य जस्तै उज्यालो बनाउँछ। समग्रमा, कर्मशीलता, परोपकार र न्यायपूर्ण जीवन नै यस कविताको मूलभाव हो।

१०. कविताको दोस्रो श्लोकलाई व्याकरणिक पदक्रम मिलाई गद्यमा रूपान्तर गर्नुहोस्

उत्तर: उच्च सङ्कल्प भएमा केही असम्भव छैन । सब महान् मान्छेहरू सङ्कल्पैले बनेका हुन्।

११. भाव विस्तार गर्नुहोस् :

() ईर्ष्याद्वेष हटाएर जो छर्छन् प्रेम सौरभ तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव

उत्तर: प्रस्तुत कवितांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित कवि रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) द्वारा रचित ‘उज्यालो यात्रा’ शीर्षकको छन्दोबद्ध कविताबाट साभार गरिएको हो । ज्ञवाली प्रगतिवादी विचारलाई सरल र सरस भाषामा प्रस्तुत गर्न सिपालु कविका रूपमा परिचित छन् । उनका कवितामा सामाजिक चेतना र सत्कर्मको महत्त्वलाई कलात्मक ढङ्गले प्रस्तुत गरिन्छ । प्रस्तुत हरफमा कविले संकुचित भावनालाई त्यागेर मानव कल्याणमा लाग्ने व्यक्ति नै संसारमा पूजनीय हुन्छ भन्ने आशय व्यक्त गरेका हुन् ।

मानव जीवनमा नकारात्मक प्रवृत्तिको अन्त्य र सकारात्मक सोचको विकास अपरिहार्य मानिन्छ । मानिस सामाजिक प्राणी भएकाले समाजमा मेलमिलाप र भ्रातृत्व कायम राख्नु उसको मुख्य कर्तव्य हुन आउँछ । अर्काको प्रगतिमा जल्ने ईर्ष्या र कसैलाई शत्रु ठान्ने द्वेष जस्ता भावनाले मानिस स्वयंलाई पतनको बाटोतर्फ धकेल्छन् । यस्ता मानसिक विकारहरूलाई पूर्ण रूपमा त्यागेर जसले संसारमा निःस्वार्थ प्रेम, सद्भाव र करुणाको सुगन्ध फैलाउँछन्, तिनै व्यक्तिहरू सर्वप्रिय बन्न सफल हुन्छन् । असल मानिसले आफ्नो हित मात्र नहेरी सिङ्गो मानव समुदायको हितका लागि काम गर्छ । वसुधैव कुटुम्बकम्को भावना अङ्गीकार गरी मानवताको सेवामा समर्पित हुने व्यक्तिलाई नै इतिहासले सधैँ स्मरण गरिरहन्छ । संसारमा घृणालाई प्रेमले मात्र जित्न सकिने हुँदा सत्कर्मको बाटो रोज्ने मानिस नै वास्तविक अर्थमा आदरणीय बन्छन् ।

यसप्रकार निष्कर्षमा, संकुचित मनोवृत्तिलाई त्यागेर सद्भाव फैलाउने मानिस नै विश्वका निम्ति अनुकरणीय बन्दछन् । रामप्रसाद ज्ञवालीको यस काव्यिक दृष्टिकोणले मानवमा आपसी सद्भाव र उदारताको खाँचोलाई औँल्याएको छ । आपसी वैमनस्यता हटाएर प्रेमको मार्गमा हिँड्ने व्यक्ति नै संसारमा अमर र आदरणीय बन्न पुग्छन् भन्ने विचार यस कवितांशमा व्यक्त भएको पाइन्छ ।

() उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै

उत्तर: प्रस्तुत कवितांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित कवि रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) द्वारा रचित ‘उज्यालो यात्रा’ शीर्षकको छन्दोबद्ध कविताबाट साभार गरिएको हो । ज्ञवाली प्रगतिवादी विचारलाई सरल र सरस भाषामा प्रस्तुत गर्न सिपालु कविका रूपमा परिचित छन् । उनका कवितामा सामाजिक चेतना र सत्कर्मको महत्त्वलाई कलात्मक ढङ्गले प्रस्तुत गरिन्छ । प्रस्तुत हरफमा कविले निस्वार्थ र महान् कार्यको बाटोमा लाग्ने मानिस नै संसारका लागि उदाहरणीय बन्न सक्छन् भन्ने आशय व्यक्त गरेका हुन् ।

संसारमा मानिसको पहिचान उसको जन्म वा कुलले नभई उसले गर्ने कार्यले निर्धारण गर्दछ । संकुचित र स्वार्थी भावनाभन्दा माथि उठेर समाज एवं राष्ट्रका लागि गरिने कार्य नै उदात्त कर्म हो । जसले आफ्नो व्यक्तिगत सुख र विलासितालाई त्यागेर न्याय, सत्य र मानवताको रक्षाका लागि जीवन समर्पण गर्छन्, तिनै व्यक्तिहरू संसारमा आदर्श बन्दछन् । इतिहासमा अमर बनेका महान् व्यक्तित्वहरूले सधैँ परोपकार र सामाजिक रूपान्तरणको उज्यालो मार्ग रोजेका थिए । लोभलालचबाट टाढा रहेर निरन्तर लोककल्याणमा जुट्ने मानिसलाई समाजले सम्मान गर्छ र उसको पदचापलाई पछ्याउँछ । सत्कर्मको यात्रा सहज नभए पनि यसले मानिसको गरिमालाई उच्च बनाउने काम गर्छ । समाजलाई सुन्दर र समृद्ध बनाउनका लागि निस्वार्थ भावले पौरख गर्ने व्यक्ति नै विश्वका निम्ति मार्गदर्शक बन्न सफल हुन्छन् ।

यसप्रकार निष्कर्षमा, निस्वार्थ भावनाले ओतप्रोत भई लोकहितका कार्यमा लाग्ने मानिस नै विश्वका लागि उत्कृष्ट उदाहरण बन्दछन् । रामप्रसाद ज्ञवालीको यस काव्यिक दृष्टिकोणले मानवलाई सत्कर्मको मार्गमा हिँड्ने प्रेरणा प्रदान गरेको छ । आफ्नो जीवनलाई परोपकारमा समर्पित गरी आदर्श जीवन बाँच्ने मानिस नै संसारमा अमर रहन्छन् भन्ने विचार यस कवितांशमा व्यक्त भएको पाइन्छ ।

१२. कर्मशील बन्न कसरी सकिन्छ, ‘उज्यालो यात्राकविताका आधारमा लेख्नुहोस्

उत्तर: रामप्रसाद ज्ञवालीद्वारा रचित ‘उज्यालो यात्रा’ शीर्षकको कविता नैतिक विषयवस्तुमा आधारित सन्देशमूलक रचना हो। अनुष्टुप छन्दमा संरचित प्रस्तुत कवितामा सरल र सरस भाषाशैलीको प्रयोग गरिएको छ। यस कवितामा विभिन्न बिम्ब र दृष्टान्तको उचित प्रयोग पाइन्छ। समग्रमा कविता बोधगम्य र प्रभावकारी छ। कविताले मूलतः कर्मशील बनेर जीवनरूपी यात्रालाई उज्यालो पारी आदर्श र महान् व्यक्ति बन्न सकिन्छ भन्ने भाव व्यक्त गरेको छ।

‘उज्यालो यात्रा’ कवितामा कर्मशील बन्न सबैलाई प्रेरित गरिएको छ। कर्मशील व्यक्ति नै महान् र अनुकरणीय बन्ने विचार कवितामा समेटिएको छ। जसरी सुगन्धित काठ श्रीखण्डलाई सयौँ पटक घोट्दा पवित्र चन्दन बन्छ, त्यसरी नै हामीमा कर्मशक्ति भएमा जङ्गललाई पनि स्वर्गको बगैँचा बनाउन सक्छौँ। कविताले निरन्तरको मिहिनेत र परिश्रमले नै महान् उपलब्धि हासिल गर्न सकिने कुरा स्पष्ट पारेको छ। मानिसले सधैँ उच्च सङ्कल्प लिनुपर्छ। संसारमा असम्भव केही छैन र सबै महान् व्यक्तिहरू सङ्कल्पकै कारण सफल बनेका हुन्। कर्मले जिन्दगी हँसिलो र सुखी बन्छ। अरूलाई सहयोग गर्ने उपकारी मानिसहरू नै वास्तवमा खुसी रहन सक्छन्।

मनबाट ईर्ष्या र द्वेष हटाएर प्रेमको सुगन्ध छर्ने मानिसहरू नै विश्वका निम्ति गौरव बन्दछन्। हाम्रो कर्मले उच्च जीवनको मार्ग तय गर्न सक्यो भने अरू मानिसहरू पनि त्यही बाटोमा गौरवका साथ हिँड्दछन्। प्राप्त ज्ञानले धर्तीलाई सुन्दर र कर्मले संसारलाई मनोहर बनाउनुपर्छ। अन्यायका विरुद्ध खडा भएर न्यायका लागि लड्ने व्यक्ति नै संसारमा विजयी बन्छन्। लोभलालच नहुने व्यक्ति मात्र त्यागका लागि अग्रसर हुन सक्छ।

यसरी निष्कर्षमा, सरल र प्रभावकारी भाषाशैलीका माध्यमबाट कवि ज्ञवालीले विश्वमा आदर्श र नमुना बन्नका लागि सधैँ महान् कर्म गर्नुपर्ने कुरा स्पष्ट पारेका छन्। कविले चन्द्रसूर्य जस्तै उज्यालो छरेर आदर्श यात्रामा अघि बढ्ने र आफ्नो पौरखले आफ्नै बाटो खनेर कर्मशील बन्न सकिने यथार्थलाई प्रस्तुत गरेका छन्।

१३. कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन्, लेख्नुहोस्

उत्तर: कविले कविताको अन्तिम श्लोकमा आफू जीवनको उज्यालो यात्रामा निरन्तर अघि बढ्ने सङ्कल्प गरेका छन्। यसका लागि उनी सधैँ कर्मशील र स्वावलम्बी बन्ने अनुमान गर्छन्। अरूको भरमा नपरी आफ्नो बाटो आफ्नै मेहेनत र पौरखले निर्माण गर्ने कविको लक्ष्य रहेको छ। यही कर्मशील प्रवृत्तिका कारण कवि स्वयम् एउटा सर्वोच्च कविता बन्ने र आफ्नो जीवनमार्फत अरूलाई पनि सत्कर्मका लागि प्रेरित गर्ने कुरा उनले अन्तिम श्लोकमा उल्लेख गरेका छन्।

१४. दिइएका विषयमा साथीबिच छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् :

() परिश्रमको फल मिठो हुन्छ

निष्कर्ष: (विद्यार्थी आपसमा छलफल गरी निष्कर्ष लेख्ने)

() मानवीय सेवाको भावना राख्नु पवित्र कर्म हो

निष्कर्ष: (विद्यार्थी आपसमा छलफल गरी निष्कर्ष लेख्ने)

१५. दिइएका अनुच्छेद पढ्नुहोस् सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

() गुरुकुल भनेको के हो ?

उत्तर: गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो ।

() गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो ?

उत्तर: गुरुकुलमा व्यावहारिक शिक्षालाई प्राथमिकता दिइन्थ्यो ।

() गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ?

उत्तर: गुरुकुलमा निश्चित समयमा विद्यालय आएर पढ्ने समय तालिका हुँदैनथ्यो त्यसैले जुनसुकै बेलामा पनि औपचारिक कक्षा सुरु हुन सक्थ्यो ।

() गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे ?      

उत्तर: समस्या दिएर गुरुले गोप्य रूपले शिष्यलाई नियालिरहेका हुन्थे । त्यो परीक्षा पूरा गर्न सकेमा शिष्य दीक्षित हुन्थे ।

() भाषिक संरचना वर्णविन्यास पहिचान गर्नुहोस्

() पहिलो अनुच्छेदको पहिलो वाक्यबाट एक एकओटा नाम, विशेषण क्रियापद लेख्नुहोस्

उत्तर: गुरुकुल — नाम, आवासीय — विशेषण, हो — क्रियापद

() ‘पढ्धातुबाट एक एक ओटा नाम क्रियायोगी शब्द निर्माण गर्नुहोस्

उत्तर: पढ्नु (नाम) पढेर (क्रियायोगी)

() अनुच्छेदबाट सुरु बिच अन्तिममा ह्रस्व इकार प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस्

उत्तर: सुरुमा ह्रस्व इकार प्रयोग भएका शब्द : विद्यार्थी, शिक्षा, पितृ
बिचमा ह्रस्व इकार प्रयोग भएका शब्द : अहिले, निश्चित, तालिका
अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द : कोटि, पनि, अति

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play