Chapter – 6
Stephem William Hawaking
स्टिफन विलियम हकिङ
स्टिफन विलियम हकिङ
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
- विभीषिका – भय
- मानसपटल – मानसिक तह
- आनुवंशिक – पुर्ख्यौली
- जिज्ञासा – जान्ने इच्छा
- अवधारणात्मक – कुनै विषयप्रति विचारपूर्वक निश्चय गरिएको
- खगोल – आकाशमण्डल
- घनत्व – खँदिलोपन
- कृत्रिम – बनावटी
- साधना – सफल हुनका लागि कुनै काम बारम्बार गर्ने क्रिया
२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :
- (क) रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव – संस्कार
- (ख) स्नायुसम्बन्धी एक रोग – अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस
- (ग) कलपुर्जा, दम आदिले आफैँ सञ्चालन हुने – स्वचालित
- (घ) पछि सिद्ध हुन सक्ने कुराको पहिले नै मनमा गरिने अड्कल वा धारणा – परिकल्पना
- (ङ) ज्ञात राशिका सहायताले अज्ञात राशि निकाल्ने प्रक्रिया – वार्महोल
- (च) विद्वान्लाई जीवनयापनका लागि दिइने सावधिक आर्थिक अनुदान – विद्वतवृत्ति
- (छ) पृथ्वी, अन्तरिक्ष, ग्रह, नक्षत्र आदिको वैज्ञानिक अध्ययन गर्ने शास्त्र – खगोल शास्त्र (विज्ञान)
- (ज) इतिहास, विज्ञान, जीवनी आदि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित सामयिक लघु चलचित्र – वृत्तचित्र
३. दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
इच्छाशक्ति
अनावश्यक सोच, भावना र आवेगलाई नियन्त्रण गर्न सक्ने क्षमतालाई इच्छाशक्ति भनिन्छ ।
योगदान
विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको उच्च योगदान रहेको छ ।
सिर्जनशील
विद्यालयले विद्यार्थीको सिर्जनशील सिप विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
आदर्श
मानिसले सधैँ आदर्श वा असल कुरालाई लक्ष्य गरेर काम गरेमा संसार अवश्य नै सुन्दर र सुखद हुनेछ ।
दाम्पत्य
हरेक राम्रा पार्टनरले दाम्पत्य सम्बन्धका लागि योगदान दिन्छन् ।
शक्तिहीन
हामीले आफूलाई कहिलेपनि शक्तिहीन महसुस गर्नु हुँदैन् ।
अशक्त
अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुले प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्ताको निरन्तरताको लागि जोडदार माग गर्दछ ।
विभूषित
राष्ट्रपतिद्वारा मानपदवीबाट विभूषित गरिने घोषणा भएको थियो ।
४. तलका कुनै दशओटा अनुकरणात्मक शब्दको प्रयोग गरी आफ्नो विद्यार्थी जीवनको वर्णन गर्नुहोस् ।
विद्यार्थी जीवन
म् विद्यार्थी जीवनमा बिहान पाच बजे नै जुरुक्क उठ्थे । नौ बजेतिर झटपट खाना खान्थे र सरासर स्कुल जान्थे । म सधैँ गद्गद हुँदै स्कुल जान्थेँ । शिक्षकले प्रश्न सोध्दा सबै साथीहरू टुलुटुलु हेरिरहन्थे तर म भने जुरुक्क उठेर उत्तर दिन्थें । शिक्षकले मुसुमुसु हाँसेर धन्यवाद दिँदा म गम्म पर्थे । स्कुलको नजिकै रहेको बगैँचामा ढकमक्क फुलेका फूल र लटरम्म फलेका अमला देखेर हामी आनन्दित हुन्थ्यौँ ।
बोध र अभिव्यक्ति
२. दिइएका बुँदालाई जीवनीमा उल्लेख भएअनुसारको क्रममा मिलाउनुहोस् र तिनमा उल्लेख भएका विषयवस्तुबाट मुख्य मुख्य बुँदा टिप्नुहोस् :
(क) पृष्ठभूमि
- शारीरिक रूपमा अशक्त भए पनि दृढ इच्छाशक्ति, प्रतिभा र साधनामा रमाउने व्यक्ति कहिल्यै शक्तिहीन नहुने,
- मानवहितमा समर्पित हुने र योगदानका दिने व्यक्ति सिङ्गो संसारभरि नै उदाहरणीय बन्ने,
- स्टिफन विलियम हकिङ शारीरिक रुपमा नाजुक भएर पनि प्रतिभा र निरन्तरको साधनाका कारण भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरेर सिङ्गो संसारलाई नै आश्चर्यचकित बनाउनु ।
(ख) जन्म र आमाबुबा
- हकिङको जन्म सन् १९४२ जनवरी ८ का दिन हुनु,
- आमा इसाबेल र बुबा प्रयाङ्कको पहिलो सन्तानका रूपमा जन्मनु ।
(ग) हकिङको विद्यालयीय शिक्षा
- हकिङको विद्यालयीय शिक्षाको प्रारम्भ लन्डन हाइगेटस्थित बायरन हाउस विद्यालयबाट भएको,
- अल्बान्स सहरमा सेन्ट अल्बाल्स नामको विद्यालयमा भर्ना भएका,
- आफ्नो कक्षामा कमजोर विद्यार्थीमा परेका,
- सेन्ट अल्बाल्स नामको विद्यालयबाटै विद्यालयीय शिक्षा पुरा गरेका ।
(घ) विद्यावारिधिको उपाधि
- ‘अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस’ रोगले हिँड्न नसक्ने भएको विषम परिस्थितिमा पनि सन् १९६६ मा क्याम्ब्रिजबाट नै विद्यावारिधि उपाधि हासिल गर्नु,
- विद्यावारिधि पूरा गरिसकेपछि क्याम्ब्रिजमा विद्वत्वृत्ति प्राप्त गरी अनुसन्धाताका रूपमा काम गर्नु,
- सन् १८६८ क्याम्ब्रिजमा खगोल अध्ययन संस्थानको सदस्य नियुक्त हुनु,
- सन् १८७८ मा गणित विषयमा ल्युकेसियन प्रोफेसर पदमा नियुक्त हुनु ।
(ङ) क्याम्ब्रिजमा खगोल अध्ययन संस्थानको सदस्यमा नियुक्ति
- ह्विलचेयरको सहारामा उनी आफ्नो विभाग गएर आफ्नो कामलाई निरन्तरता दिँदै उनले एकपछि अर्को सफलता चुम्दै जानु ।
(च) क्याम्ब्रिजकै प्रसिद्ध पद ‘ल्युकेसियन प्रोफेसर’ मा नियुक्ति
- सन् १९७९ मा गणित विषयमा क्याम्ब्रिजकै प्रसिद्ध पद ‘ल्युकेसियन प्रोफेसर’ मा नियुक्त हुनु,
- सन् १९८५ मा उनी धेरै बिरामी परेपछि चिकित्सकले उनको रोगको उपचारका लागि श्वासनलीको शल्यक्रिया गर्नु,
- शल्यक्रियापछि उनको आवाज पुरै हराएकाले आफूले गरिरहेको काम अघि बढाउन नसक्नु ।
(छ) प्रेमसम्बन्ध, विवाह र दाम्पत्य जीवन
- हकिङ क्याम्ब्रिजमा विद्यावारिधि गरिरहँदा उनले जेन वाइल्डसँग प्रेम गरी सन् १९६५ मा विवाह गर्नु,
- उनीहरूका लुसी नामकी छोरी र रोबर्ट र तिमोथी नामका दुई छोरा जन्मनु,
- उनीहरूको दाम्पत्य सम्बन्धमा खटपट आएपछि सन् १९९० मा सम्बन्धविच्छेद हुनु,
- सन् १९९५ मा उनले आफ्नो स्याहारसुसार गर्ने नर्स एलेन मेसनसँग विवाह गर्नु,
- मेसनसितको दाम्पत्य सम्बन्ध पनि लामो समयसम्म रहन नसकी सन् २००६ मा उनीहरुको सम्बन्धविच्छेद हुनु ।
(ज) विभिन्न पुस्तक र शोधपत्रको प्रकाशन
- हकिडले आफ्नो जीवनकालमा दर्जनभन्दा बढी पुस्तक र कैयौं शोधपत्र तयार गरी प्रकाशन गर्नु,
- उनका पुस्तकमध्ये सन् १९८८ मा प्रकाशित सर्वाधिक चर्चित पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लाई सन् १९९८ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डद्वारा सदावहार सर्वाधिक बिक्री हुने पुस्तक घोषणा गर्नु ।
(झ) ब्रह्माण्डको उत्पत्ति र संरचनासम्बन्धी मौलिक मान्यता
- हकिङले ब्रह्माण्डको उत्पत्ति र संरचनासम्बन्धी गहिरो अध्ययन गरी यससम्बन्धी आफ्ना मौलिक मान्यता प्रस्तुत गर्नु,
- ब्रह्माण्डको उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै बिन्दुबाट भएको र त्यसको अन्त्य पनि त्यस्तै बिन्दुमा हुने बताउनु जसलाई उनले ब्ल्याकहोल भन्नु,
- उनले अधिक गुरुत्व शक्तिले गर्दा ब्ल्याकहोलभित्र हरेक चिज खुम्चिएर रहेका हुने र अझ खुम्चँदै जाँदा त्यसबाट विकिरण उत्सर्जन हुन्छ भन्ने पत्ता लगाउनु ।
(ञ) पृथ्वीमा आइपर्ने सम्भावित विपत्तिबाट बच्न मानव समुदायलाई गरेको आग्रह
- हकिङले पृथ्वीमा आइपर्ने सम्भावित विपत्तिबाट बच्न मानव समुदायलाई बारम्बार सचेत गराउनु,
- परमाणुयुद्ध, विश्वव्यापी तापक्रम वृद्धि, प्रकृति विरुद्धका मानवीय गतिविधिका कारण पृथ्वीमा मानव जीवन खतरामा परेकोले यसतर्फ समयमै सचेत हुन आग्रह गर्नु,
- मानिसलाई कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणमा सचेत हुन आग्रह गर्नु ।
(ट) हकिडले समय समयमा दिएका प्रेरणादायी वक्तव्य
- हकिङले बालबालिकालाई आफूभन्दा तलको पैतालालाई नभई सधैँ तारालाई हेर्न, बिनाकाम जिन्दगी खाली भएकाले सधैँ कर्मशील बन्न र कसैले प्रेम गरेमा त्यसलाई स्वीकार गर्न सुझाव दिनु,
- बिनागल्ती संसारका कोही पनि मानिस अघि बढ्न नसक्ने भएकाले गल्तीलाई प्रगतिको पथप्रदर्शकका रूपमा लिनुपर्ने बताउनु,
- शारीरिक अशक्ततालाई कहिल्यै पनि दुर्भाग्य सम्मझन नहुने सुझाव दिनु,
- इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका त्रिवेणी रहेका हकिङले शारीरिक अशक्ततामाथि विजय प्राप्त गर्नु ।
(ठ) हकिडले पाएका पुरस्कार र उपाधि
- आफ्नो जीवनमा गरेका योगदानका कारण हकिङल थुप्रै पुरस्कारले विभूषित हुनु,
- अल्बर्ट आइन्स्टाइन मेडल (सन् १९७९), ह्युज मेडल अफ रोयल सोसाइटी (सन् १९७६), मेडल अफ रोयल एस्ट्रोनोमिकल सोसाइटी (सन् १९८५) लगायतका दर्जनभन्दा बढी स्वर्ण पदक र पुरस्कार प्राप्त गर्नु,
- सन् १९८२ मा ब्रिटिस महारानी एलिजाबेथले उनलाई ‘कमान्डर अफ द ब्रिटिस एम्पायर’ कदरबाट सम्मान गर्नु,
- सन् २००९ मा अमेरिकी सरकारले त्यहाँको सर्वोच्च नागरिक सम्मान ‘राष्ट्रपति’ पदकबाट सम्मान गर्नु ।
(ड) समग्र योगदान र देहावसान
- शारीरिक रूपमा अशक्त हुँदा पनि निरन्तर अनुसन्धान गर्दै भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरेर मानवीय चेतनालाई नयाँ उचाइमा पुर्याउन उल्लेख्य योगदान गर्ने विशिष्ट प्रतिभा हुनु,
- सन् २०१८ मार्च १४ मा ७६ वर्षीय जीवनसङ्घर्षबाट देहावसान हुनु ।
३. पाठ पढ़ी दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) कस्तो परिस्थितिमा हकिङ जन्मेका हुन् ?
हकिङको जन्म सन् १९४२ जनवरी ८ का दिन बेलायतको अक्सफोर्ड सहरमा, आर्थिक अभावबाट गुज्रिरहेका मध्यम वर्गीय परिवार भएको हो । उनी जन्मँदा बेलायत दोस्रो विश्वयुद्धको विभीषिकाबाट आक्रान्त थियो ।
(ख) हकिङलाई लागेको रोगको नाम के हो ?
‘अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस’ हो ।
(ग) हकिङको सर्वाधिक चर्चित पुस्तक कुन हो ?
‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ हो ।
(घ) हकिङका आमाबुबा कुन कुन विषयका विद्वान् थिए ?
हकिङका आमा इसाबेल अर्थशास्त्र र बुबा प्रयाङ्क जीव विज्ञानका विद्वान् थिए ।
(ङ) हकिङसँग रहेका तीन शक्ति के के हुन् ?
इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्ति हुन् ।
(च) हकिङले कसरी सिङ्गो संसारलाई नै आश्चर्यचकित बनाए ?
शारीरिक रूपमा अशक्त हुँदा पनि आशावादी बनि निरन्तर अनुसन्धान गर्दै भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरेर सिङ्गो संसारलाई नै आश्चर्यचकित बनाए ।
(छ) हकिङले ब्ल्याकहोलका सम्बन्धमा प्रस्तुत गरेको मौलिक विचार के हो ?
उनले अधिक गुरुत्व शक्तिले गर्दा ब्ल्याकहोलभित्र हरेक चिज खुम्चिएर रहेका हुने र अझ खुम्चँदै जाँदा उत्सर्जन हुन्छ भन्ने मौलिक विचार प्रस्तुत गरे ।
४. रोग लागेपछि हकिङको जीवनमा शारीरिक रूपमा आइपरेका समस्यालाई क्रमबद्ध रूपमा प्रस्तुत गर्दै एउटा अनुच्छेद लेख्नुहोस् ।
हकिङलाई २१ वर्षकै उमेरमा स्नायुसम्बन्धी रोग लागेपछि उनको जीवनमा शारीरिक रुपमा विभिन्न समस्याहरू आइपरेका छन् । उपचारका सामान्य प्रक्रिया पूरा गर्दै उनले आफ्नो पढाइलाई निरन्तरता दिइरहेका थिए । उनलाई सामान्य हिँडडुलमा पनि आफ्नो नियन्त्रण नभएको महसुस हुन्छ । उनलाई रोगले झन् झन् च्याप्तै लगेपछि सन् १९६३ तिर आँखा तिरमिराउने र आवाज पनि लटपटिन थाल्दछ । हकिङ ‘अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस’ नामक स्नायुसम्बन्धी रोगले ग्रसित भए । यो रोग लागेको मानिसका सबै अङ्गले बिस्तारै काम गर्न छोड्ने र अन्ततः श्वासनली बन्द भएर उसको मृत्यु हुने गर्दछ । चिकित्सकबाट उनको आयु दुई वर्ष मात्रै भएको थाहा पाएपछि उनी निराश हुनुका साथै मानसिक रूपमा पीडा हुन्छ । येसपछि उनी चुपचाप घन्टौंसम्म सङ्गीत सुनिरहन्थे । सन् १९६५ तिर रोग दिनप्रतिदिन बढ्दै जाँदा उनी लट्ठीको सहाराबिना हिँड्न नसक्ने हुन्छन् । सन् १८६८ तिर हातखुट्टा चल्न छाडेपछि उनी ह्विलचेयरबिना कतै जान सक्दैनन् । शल्यक्रियाबिना उनलाई बँचाउन असम्भव भएपछि शल्यक्रिया गरियो तर उनको आवाज पूरै हरायो । यसपछि उनले आफूले गरिरहेको काम अघि बढाउन सकेनन् । केही समयपछि उनको मस्तिष्कको तरङग र अनुहारका भावका आधारमा सञ्चालन हुने कम्प्युटर निर्माण भयो । यसपछि यसैका सहायताले आफ्ना अनुसन्धानसम्बन्धी लेख प्रकाशित गर्ने, प्रवचन र अन्तर्वाता दिने गर्न थाले र भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरी मानवीय चेतनालाई नयाँ उचाइमा पुर्याउन सफल भए ।
५. दिइएको जीवनी अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(अ) हकिङ कस्तो स्वभावका थिए ?
हकिङ बाल्यकालदेखि नै निकै जिज्ञासु र सिर्जनशील स्वभावका थिए । उनि यान्त्रिक वस्तुलाई गहिरिएर हेरी, त्यसको भित्री संरचनालाई बुझ्न खोज्थे । उनले तिनबाट बन्न सक्ने नयाँ वस्तुका बारेमा परिकल्पना गरी निस्कर्ष दिने गर्थे । उनले साथीहरुको सहयोगमा पुराना घडी तथा रेडियोका पार्टपुर्जाबाट कम्प्युटर, आफूले खेल्ने गेम, हवाईजहाज, डुङ्गा आदिको नमुना पनि आफैँ बनाएका थिए । घरमा बस्दा पनि उनी प्रायः शोधखोजमा नै तल्लीन भइरहन्थे । अतः हकिङ बाल्यकालदेखि नै जिज्ञासु, लगनसिल, मिहेनती र सिर्जनशील स्वभावका बालक थिए ।
(आ) हकिङलाई उनका साथीहरूले आइन्स्टाइन भन्नुको कारण के हो ?
हकिङको जिज्ञासु, लगनसिल, मिहेनती र सिर्जनशील स्वभावले उनका साथीहरु प्रभावित भएका थिए । उनका साथीहरू हकिङ आफ्नो संसारको रचना गरेर त्यसलाई चाहिने नियम आफैँ बनाउन सक्छन् भनेर उनलाई थप हौसला दिन्थे । उनले साथीहरुको सहयोगमा पुराना घडी तथा रेडियोका पार्टपुर्जाबाट कम्प्युटर, आफूले खेल्ने गेम, हवाईजहाज, डुङ्गा आदिको नमुना पनि आफैँ बनाएका थिए । उनका यस्ता कामबाट प्रभावित भएका साथीहरू चाहिँ उनलाई आइन्स्टाइन भनेर बोलाउँथे । आइन्स्टाइनलाई माहान वैगानिक मानिन्छ । हकिङलाई पनि त्यस्तै वैज्ञानिकको रुपमा तुलना गरेर साथीहरूले आइन्स्टाइन भनेका हुन् ।
६. दिइएको जीवनी अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) पृथ्वीमा मानव जीवन खतरामा पर्नुका कारण के के हुन् ?
पृथ्वीमा मानव जीवन खतरामा पर्नुका कारण केवल मानव जति नै हुन् । मानव जातिले वैगानिक अनुसंधाम र प्रयोगथामक गतिविदि मार्फत धेरै कुराको आविस्कार गरेका छन् । यस्ता प्रविधिले एकातिर मानव जीवनलाई सहजता प्रदान गरिरहेका छन् भने अर्कोतिर यिनीहरुको प्रयोग अभिशाप पनि बन्दै गएको छ । परमाणुयुद्ध, विश्वव्यापी तापक्रम वृद्धि, प्रकृति विरुद्धका मानवीय गतिविधिका आदि कारण पृथ्वीमा मानव जीवन खतरामा परेको हो ।
(ख) हकिङले मानिसलाई किन कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणमा सचेत हुन आग्रह गरेका हुन् ?
त्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणकर्ता सोएम मानव जाति नै हुन् । येस्ता रोबोट मानिसको दिमागका उपज भएता पनि यिनीहरूको स्मरण र विश्लेषणात्मक सामर्थ्य मानिसको भन्दा धेरै हुँदै गइरहेको छ । मानिसले गर्न सक्ने सबै काम यी यन्त्रहरू सजिलै गर्न सक्छन् । कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटले मानिसलाई नियन्त्रण गरिरहेको छ । भविस्यमा यस्ता रोबोटले मानिस जाति कब्जा गर्न सक्दछन् । मानव आस्तित्तो नै संगटमा पर्ने डर बढ्दै छ । यी आविस्कार गरेर मानिसहरुले आफ्नो खुट्टामा आफैले बन्चरो हानेका छन् । त्यसैले हकिङले मानिसलाई कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणमा सचेत हुनु आग्रह गरेका हुन् ।
७. समीक्षात्मक उत्तर लेख्नुहोस् :
(क) “दृढ इच्छा शक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका सामु शारीरिक रोग शक्तिहीन हुन्छ ।” यस भनाइलाई पाठका आधारमा पुष्टि गर्नुहोस् :
स्टिफन हकिङ शारीरिक रूपमा अशक्त हुँदा पनि निरन्तर अनुसन्धान गर्दै भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरी मानवीय चेतनालाई नयाँ उचाइमा पुयाउन महान् वैज्ञानिक हुन् । उनको जन्म सन् १९४२ जनवरी ८ का दिन उनको जन्म भएको थियो । आमा इसाबेल र बुबा प्रयाङ्कको पहिलो सन्तानका रूपमा यिनको जन्म भएको थियो । दृढ इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका सामु शारीरिक रोग शक्तिहीन हुन्छ भन्ने तथ्य सिद्ध गर्ने हकिङलाई महान् वैज्ञानिकका रूपमा विश्व समुदायले लिने गर्दछ ।
हकिङलाई २१ वर्षकै उमेरमा स्नायुसम्बन्धी रोग लागेपछि उनको जीवनमा शारीरिक रुपमा विभिन्न समस्याहरू आइपरेका छन् । उपचारका सामान्य प्रक्रिया पूरा गर्दै उनले आफ्नो पढाइलाई निरन्तरता दिइरहेका थिए । उनलाई रोगले झन् झन् च्याप्तै लगेपछि सन् १९६३ तिर आँखा तिरमिराउने र आवाज पनि लटपटिन थाल्दछ । हकिङ ‘अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस’ नामक स्नायुसम्बन्धी रोगले ग्रसित भए । चिकित्सकबाट उनको आयु दुई वर्ष मात्रै भएको थाहा पाएपछि उनी निराश हुनुका साथै मानसिक रूपमा पीडा हुन्छ । सन् १९६५ तिर रोग दिनप्रतिदिन बढ्दै जाँदा उनी लट्ठीको सहाराबिना हिँड्न नसक्ने हुन्छन् । सन् १८६८ तिर हातखुट्टा चल्न छाडेपछि उनी ह्विलचेयरबिना कतै जान सक्दैनन् । शल्यक्रियाबिना उनलाई बँचाउन असम्भव भएपछि शल्यक्रिया गरियो तर उनको आवाज पूरै हरायो । यसपछि उनले आफूले गरिरहेको काम अघि बढाउन सक्दैनन् ।
दृढ इच्छाशक्ति छ भने तँ चिता म पुऱ्याउँछु भने झैँ केही समयपछि उनको मस्तिष्कको तरङ्ग र अनुहारका भावका आधारमा सञ्चालन हुने कम्प्युटरको निर्माण भयो । यसपछि यसैका सहायताले आफ्ना अनुसन्धानसम्बन्धी लेख प्रकाशित गर्ने, प्रवचन र अन्तर्वाता दिने गर्न थाले । यस्तो विषम परिस्थितिमा पनि उनले कहिल्यै हार मानेनन् । उनी इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका त्रिवेणी थिए । यसैका कारण उनले आफू शक्तिहीन भएको महसुस गरेनन् । उनले आफ्नो शारीरिक कमजोरीलाई शोकका रूपमा लिएनन् । ‘आशा राख र व्यस्त बन’ लाई मूल मन्त्र बनाएका हकिङले शारीरिक अशक्ततालाई अनुसन्धान गर्ने उपयुक्त अवसरका रूपमा लिए । जीवनप्रति आशावादी बनेर निरन्तर अनुसन्धानरत उनले शारीरिक अशक्तताकै समयमा पनि भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गर्न सफल भए ।
अतः हकिङले इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका आधारमा शारीरिक अशक्ततामाथि विजय प्राप्त गरे । शारीरिक रुपमा अशक्त अवस्थामा रहेका नरहेका सबै व्यक्तिहरुका लागि उनी एउटा आदर्श दृष्टान्त बने । निरन्तर सङ्घर्षशील हकिङ सन् २०१८ मार्च १४ मा ७६ वर्षीय जीवनसङ्घर्षबाट सदाका लागि विश्राम लिए । उनी भौतिक रूपमा यस संसारमा नभए पनि उनका सिद्धान्त, उनले लेखेका दर्जनौं पुस्तकले उनी सदैव अमर रहने छन् ।
(ख) हकिङले मानवीय चेतनालाई नयाँ उचाइमा पुयाउन गरेका योगदानको समीक्षा गर्नुहोस् ।
स्टिफन हकिङ शारीरिक रूपमा अशक्त हुँदा पनि निरन्तर अनुसन्धान गर्दै भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरी मानवीय चेतनालाई नयाँ उचाइमा पुयाउन महान् वैज्ञानिक हुन् । उनको जन्म सन् १९४२ जनवरी ८ का दिन उनको जन्म भएको थियो । आमा इसाबेल र बुबा प्रयाङ्कको पहिलो सन्तानका रूपमा यिनको जन्म भएको थियो । दृढ इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका सामु शारीरिक रोग शक्तिहीन हुन्छ भन्ने तथ्य सिद्ध गर्ने हकिङलाई महान् वैज्ञानिकका रूपमा विश्व समुदायले लिने गर्दछ ।
हकिङलाई ‘अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस’ नामक स्नायुसम्बन्धी रोगले ग्रसित बनाइ राखेको हुदा पनि उनले आफ्ना नियमित काम, अध्ययन र अनुसन्धानको कामलाई निरन्तरता दिँदै एकपछि अर्को सफलता पनि चुम्दै गए । शारीरिक अवस्था प्रतिकूल भए पनि उनले इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका आधारमा शारीरिक अशक्ततामाथि विजय प्राप्त गरेका थिए । हकिङले आफ्नो जीवनकालमा दर्जनभन्दा बढी पुस्तक र कैयौं शोधपत्र तयार गरी प्रकाशन गरे । उनका पुस्तकमध्ये सन् १९८८ मा प्रकाशित ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ सर्वाधिक चर्चित पुस्तक रहेको थियो । उनले ब्रह्माण्डको उत्पत्ति र संरचनासम्बन्धी गहिरो अध्ययन गरी यससम्बन्धी आफ्ना मौलिक मान्यता प्रस्तुत गरेका छन् । उनले अधिक गुरुत्व शक्तिले गर्दा ब्ल्याकहोलभित्र हरेक चिज खुम्चिएर रहेका हुने र अझ खुम्चँदै जाँदा त्यसबाट विकिरण उत्सर्जन हुन्छ भन्ने पत्ता लगाए । यस्तै हकिङले वार्महोलको पनि व्याख्या गरेका छन् । उनले वार्महोलका माध्यमबाट समययात्रा गरी एउटा ग्यालेक्सीबाट अर्को ग्यालेक्सीमा छोटो समयमा पुग्न सकिने बताएका छन् ।
हकिङ एक प्रेरक वक्ता पनि थिए । आफ्नो ह्विलचेयरमा जडित कम्प्युटरको सहयोगले समय समयमा उनले दिएका प्रेरणादायी वक्तव्य अत्यन्तै जीवनोपयोगी छन् । हकिङले पृथ्वीमा आइपर्ने सम्भावित विपत्तिबाट बच्न मानव समुदायलाई बारम्बार सचेत गराउने गर्थे । उनले परमाणुयुद्ध, विश्वव्यापी तापक्रम वृद्धि, प्रकृति विरुद्धका मानवीय गतिविधिका कारण पृथ्वीमा मानव जीवन खतरामा रहेको बताएका छन् । यसैले यसतर्फ समयमै सचेत हुन आग्रह गरेका छन् । यस्तै उनले मानिसलाई कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणमा सचेत हुनुपर्ने बताएका छन् ।
यसरी जीवनप्रति आशावादी बनेर निरन्तर अनुसन्धानरत उनले शारीरिक अशक्तताकै समयमा पनि भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गर्न सफल भए । अतः मानवीय चेतनालाई नयाँ उचाइमा पुयाउन उल्लेख्य योगदान गर्ने हकिङ वैज्ञानिक जगत्का विशिष्ट प्रतिभा हुन् ।
८. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) आधुनिक भौतिक शास्त्रीहरूले ब्रह्माण्डको सृष्टि केबाट भएको बताएका छन् ?
आधुनिक भौतिक शास्त्रीहरूले ब्रह्माण्डको उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै बिन्दु (ब्ल्याकहोल) बाट भएको बताएका छन् ।
(ख) वेदमा सृष्टिको कारक केलाई मानिएको छ ?
वेदमा मा सृष्टिको कारक ब्रह्मलाई मानिएको छ ।
(ग) ब्रह्म र क्वान्टम पुञ्जबिच के समानता रहेको छ ?
वेदान्त दर्शनमा सृष्टि, स्थिति र प्रलयको कारकका रूपमा ब्रह्मलाई लिइएको छ भने क्वान्टम पुञ्जको विस्फोटन हुंदा ब्रह्माण्ड बन्ने र सङ्कुचन भएपछि पुनः क्वान्टम पुञ्जमा परिणत हुने भौतिकवादीहरुको मान्यता रहेको छ ।
(घ) वेदान्त दर्शनमा सृष्टि, स्थिति र प्रलयको एकीकृत व्याख्या गर्ने ग्रन्थलाई के नाम दिइएको छ ?
वेदान्त दर्शनमा सृष्टि, स्थिति र प्रलयको एकीकृत व्याख्या गर्ने ग्रन्थलाई वैदिक ग्रन्थ नाम दिइएको छ ।
व्याकरण
१. पाठको पहिलो अनुच्छेदबाट सामान्यार्थक वाक्य टिप्नुहोस् ।
शारीरिक रुपमा अशक्त भए पनि दृढ इच्छाशक्ति तथा प्रतिभाको साथ पाएको र सधैँ साधनामा रमाउने व्यक्ति कहिल्यै शक्तिहीन हुँदैन । शक्तित्रयको साथ पाएपछि शारीरिक अशक्तताका कारण सिर्जित जस्तोसुकै विषम परिस्थितिमा पनि सिर्जनशील हुँदै ऊ सफलताको शिखर चुम्न सफल हुन्छ । त्यस्तो व्यक्ति मानवहितमा समर्पित हुन्छ भने ऊ आफूले गरेका योगदानका कारण समाज विशेषमा मात्र नभई सिङ्गो संसारभरि नै उदाहरणीय बन्न पुग्छ । यस्तै शारीरिक स्थिति अत्यन्त नाजुक भए पनि मानवहितका लागि केही गर्ने तीव्र चाहना, त्यसलाई साथ दिने प्रतिभा र निरन्तरको साधनाका कारण भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरेर सिङ्गो संसारलाई नै आश्चर्यचकित बनाउने व्यक्ति हुन्, स्टिफन विलियम हकिङ । नाम सुन्नेबित्तिकै उनको भौतिक रूप देखेका सबैको मानसपटलमा एउटा स्वचालित ह्विलचेयरमा बसेको, टाउको निहुराएको, हातखुट्टा नचल्ने, बोल्न नसक्ने र शारीरिक रुपमा अत्यन्तै अशक्त व्यक्तिको चित्र प्रतिबिम्बित हुन्छ । उनले गरेका योगदानका बारेमा थाहा पाएपछि चाहिँ जो कोही छक्क पर्छ ।
२. तलको अनुच्छेदबाट आज्ञार्थक एवम् सम्भावनार्थक वाक्य टिप्नुहोस् र तिनलाई इच्छार्थकमा बदल्नुहोस् :
आज्ञार्थ वाक्यहरू :
इच्छार्थकमा बदल्दा :
साह्रै बदमासी गर्न गर्न थालेपछि एक दिन दाइले भाइलाई सम्झाउँदै भन्यो, “भाइ तिमी यसरी अल्छी नगरे, आफ्नो क्षमतालाई सिर्जनशील काममा लगाए, मूर्ख साथीहरूको पछि नलागे, तिमी सुखी भए र सधैँ प्रसन्न बने भन्ने मेरा चाहना छ ।”
सम्भावनार्थक वाक्यहरू :
इच्छार्थकमा बदल्दा :
यसपछि दाइले भविष्यमा गर्ने कामको योजना बनाउँदै मनमनै भन्यो, “तरकारी खेती गरुँ, तरकारी बेचूँ, तरकारी बेचेर आएको पैसा जम्मा गरेर एउटा अर्को घर बनाऊँ । आफू बसिरहेको घर भाइलाई दिऊँ, त्यसपछि बिहे गरुँ, अनि श्रीमतीले पनि मलाई साथ दिउन् । छोराछोरी जन्मुन्, आफूले पढ्न नपाए पनि उनीहरूलाई राम्ररी पढाऊँ, पढेपछि जागिर खाउन्, काममा पनि सघाउन् । छोरीले आफ्नी आमालाई सघाओस् अनि छोराले चाहिँ मलाई सघाओस् । परिवारका सबै जना बिदाको दिन पारेर घुम्न जाऔँ अनि जीवन कति मज्जाको होओस् ।”
३. दिइएको अनुच्छेदबाट इच्छार्थक वाक्य टिप्नुहोस् र तिनलाई सम्भावनार्थकमा बदल्नुहोस् :
इच्छार्थक वाक्य :
संसारका सबै व्यक्तिलाई आफूले पढ्न नपाए पनि आफ्ना छोराछोरीले राम्ररी पढुन् र असल व्यक्ति बनुन् र समाजका लागि केही गरून् भन्ने इच्छा हुन्छ । अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो छोरो पढ्ने विद्यालयका प्रधानाध्यापकलाई एउटा चिठी लेखेर यस्तै इच्छा व्यक्त गरेका थिए, “मेरो छोराले समाजका सबै मानिस एक किसिमका हुँदैनन् भन्ने कुरा बुझोस् । सित्तैमा कमाएको ५० डलरभन्दा परिश्रम गरी कमाएको एक डलर निकै मूल्यवान् हुन्छ भन्ने सम्भोस् । जतातिर हुल छ त्यतैतिर लाग्ने प्रवृत्तिले नहोओस् । ऊ दुःख र कष्टमा पनि खुसी रहन सिकोस् । ऊ आफ्नो बुद्धि र सामर्थ्यमा विश्वास गरोस् । यदि उसको उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि ऊ जिउज्यानले लागिपरोस् । उभित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्ने दृढशक्तिको विकास होस् । उसभित्र साहस, केही गरुँ र सबै एकआपसमा मिलौ भन्ने भावना भइरहोस् ।”
सम्भावनार्थक बदल्दा :
संसारका सबै व्यक्तिलाई आफूले पढ्न नपाए पनि आफ्ना छोराछोरीले राम्ररी पढ्लान् र असल व्यक्ति बन्लान् र समाजका लागि केही गर्लान् भन्ने इच्छा हुन्छ । अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो छोरो पढ्ने विद्यालयका प्रधानाध्यापकलाई एउटा चिठी लेखेर यस्तै इच्छा ब्यक्त गरेका थिए, “मेरो छोराले समाजका सबै मानिस एक किसिमका हुँदैनन् भन्ने कुरा बुझ्ला । सित्तैमा कमाएको ५० डलरभन्दा परिश्रम गरी कमाएको एक डलर निकै मूल्यवान् हुन्छ भन्ने सम्झला । जतातिर हुल छ त्यतैतिर लाग्ने प्रवृत्तिले नछोला । ऊ दुःख र कष्टमा पनि खुसी रहन सिक्ला । ऊ आफ्नो बुद्धि र सामर्थ्यमा विश्वास गर्ला । यदि उसको उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि ऊ जिउज्यानले लागिपर्ला । उभित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्ने दृढशक्तिको विकास होला । उसभित्र साहस केही गरुला र सबै एकआपसमा मिलौला भन्ने भावना भइरहला ।”
४. दिइएको अनुच्छेदबाट सङ्केतार्थक वाक्य टिप्नुहोस् र तिनलाई आज्ञार्थकमा बदल्नुहोस् :
सङ्केतार्थक वाक्य :
मिहिनेत गरे सफल भइन्छ । काममा लागे असफल पनि हुन सकिन्छ । लडाइँमा लडे विजय प्राप्त हुन्छ । पढाइमा हार नमाने विद्वान् बनिन्छ । लडाइँमा हार नमाने विजेता बनिन्छ ।
आज्ञार्थक वाक्यमा बदल्दा :
मिहिनेत गर सफल होऊ । काममा लाग असफल पनि हुन सक । लडाइँमा लडे विजय प्राप्त हुन्छ । पढाइमा हार नमान, विद्वान् बन । लडाइँमा हार नमान, विजेता बन ।
५. दिइएको अनुच्छेदमा प्रयुक्त करण र अकरण क्रियापद पहिचान गरी टिप्नुहोस् :
करण क्रियापद : निस्केका थिए, भने, पुग्छ, सुने, थाले गरिरहे, भए चिनिए
अकरण क्रियापद : चाहिँदैन, सकेनन्, भनेन्, मानेनन्, गरेनन्, सक्दैन
६. दिइएका वाक्यलाई सामान्यार्थकमा बदल्नुहोस् :
तिमी परिश्रम गछौँ, आफ्नो क्षमतालाई सिर्जनशील काममा लगाउँछौ, पढ्ने समयमा पढ्छौ, नबुझेको कुरा सोध्छौ, खेल्ने समयमा खेल्छौ । तिमी जहिलेदेखि मैले भनेको यो कुरा मान्छौ र गर्छौ त्यसपछि नै सुखी पनि हुन्छौ ।
७. दिइएका वाक्यलाई सङ्केतार्थकमा बदल्नुहोस् :
आज बादल लागे पानी पर्छ । हामी विद्यालय गयौ भने पानीमा भिज्छौँ । बाटामा हिलो भए हामी चिप्लिएर लड्न सक्छौँ । यसैले हामी सावधान भएर हिँडे हिलामा पछारिनबाट बच्छौँ ।
८. दिइएको अनुच्छेदमा प्रयुक्त वाक्यका क्रियापदलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गर्नुहोस् :
पहिले पहिले म धेरै पढ्दैनथें । आरिफ चाहिँ गीत गाउँदैनथ्यो । आजकल म गीत गाउँदिनँ । ऊ चाहिँ खेल्दैन । मलाई के लाग्दैन भने मानिसको मन सधैँ एकै किसिमको हुन्छ । समाज र समयअनुसार मानिसको मनमा परिवर्तन नभइरहँदैन ।
९. इच्छार्थक क्रियापदको प्रयोग गरी ‘मैले चाहेको नेपाल’ शीर्षकमा एउटा अनुच्छेद लेख्नुहोस् ।
मैले चाहेको नेपाल
मेरो कल्पनाको नयाँ नेपाल स्वर्ग भन्दा कमी नहोओस् । यहाँका जनताले स्र्वर्गीय आनन्दको आवश्यकता महसुस गरुन । सम्पूर्ण देश बहुमुल्य वस्तुबाट सुशोभित होओस् । मेरो कल्पनाको नेपालमा विकासको गति वसन्त ऋतुको महकोचाका जस्तोर विकासको लागि जनता वसन्त ऋतुकोमाहुरीका जस्तो गतिमा लागोस् । यहाँका शासक राजा दशरथ र रामचन्द्र जस्ता होउन् । आजका विद्यालय भोलिका मन्दिर बनुन् । आजका शिक्षक भोलिका देवता र आजका विद्यार्थी भोलिका भक्तजन बनुन् । आजका तिर र चौबाटाका ढुङ्गा भोलि शालिग्राम शिला बनुन् ।नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको विषयमा प्रचारबाजी नचलोस् । सम्पूर्ण देश बासी एकलव्य पनि देश सुरक्षामा लागुन्, सीताको आर्दशले ओतप्रोत होओस्, सृजनामा रङ्ग भरियोस्, कमल फुल्ने हिलोमा शान्तिको बिउ छरिउन् ।
१०. दिइएको अनुच्छेदमा पदयोग र पदवियोगमा रहेका गल्ती पहिचान गरी शुद्ध बनाउनुहोस् :
म र राजाराम विश्वविद्यालयमा पढ्छौँ । मेरो घर भक्तपुरमा छ । राजारामको घर ललितपुरमा छ । आइतबारदेखि शुक्रबारसम्म हामी पढाइमा व्यस्त हुन्छौं । शनिबार हामी घुम्न जान्छौं । हामी कहिले उपत्यका भित्र र कहिले उपत्यका बाहिर घुम्न जान्छौं । राजारामको बानी अनोठौ छ । केही गरौँ भन्नु मात्र पर्छ, उसने गरिहाल्नुपर्छ, कुनै कुरा खाऊँ भन्नु मात्रै पर्छ उसले जसरी नै खानुपर्छ । आउने शनिबार हामी विराटनगर जाने छौँ । त्यहाँ हामी मुख्यमुख्य सबै ठाउँ पुग्ने छौँ । त्यहाँ मेरा कान्छा बुबाको घर पनि छ । भातसात र वास सासका लागि केही समस्या छैन । यस पटकको यात्रामा मेरो माहिलो भाइ र माथिल्लो घर जेठो पनि सहभागी हुने कुरा छ ।
Discussion
Share a helpful question, idea, or explanation with other students.