पाठ १५. गाउँमा एक कविता


शब्दभण्डार

१. दिइएका शब्द र तिनका अर्थविच जोडा मिलाउनुहोस् :

शब्द         अर्थ

चपरी         दुबो, कार आदिसमेतको माटाको चोइली

दुवाली        माछा मार्न वा जाल थाप्न बनाइएको खोलाको साँघुरो मुहानमागाडिने छेका वा बार

भाकल        आफ्नो इच्छा सिद्ध होस् भनेर गरिने पूजा

घोषणापत्र    उद्देश्यप्रति सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र विशेष

दन्त्यकथा     लोकले युगौंदेखि सरक्षित गर्दै आएका कथा

२. दिइएको अनुच्छेदबाट युग्म शब्द पहिचान गरी लेख्नुहोस् :

हामीलाई आकस्मिक आपत्विपत् पर्दा छिटोछरितो गरी सुरछिमेकीको सरसहयोग लिन हारगुहारसमेत गर्नुपर्छ । गाउँठाउँ र सहरबजारमा जहाँ रहे पनि सानोतिनो कुरामा एकआपसमा झगडा गरेर एकअर्कालाई दोष लगाउने काम गर्नुहुदैन । चाडवाड र मेलापर्व जस्ता मौकामा साथीभाइसँग भेटघाट गर्नु अनि मेलमिलाप गर्दै रमाइलो गर्नुपर्छ ।उत्तर:

आपत्विपत्, छिटोछरितो, छरछिमेकी, सरसहयोग, हारगुहार, गाउँठाउँ, सहरबजारमा एकआपस, एकअर्कालाई, चाडवाड, मेलापर्व, साथीभाइ, भेटघाट, मेलमिलाप

३. दिइएका युग्म शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् :उत्तर:

छिटोछरितो, हाँसखेल, गाह्रोसाहो, पानीपधेरो, नुहाइधुवाइ, सफासुग्घर, सावरा कुराकानी, हितचित्त, सोचविचार आमाले मलाई उठाउदै भन्नु भयो छिटोछरितो गरेर पानीपधेरामा जाऊ अनि गर सधैं यस्तो भएर वस्तु हुदैन सफासुग्घर भएर बस्नुपर्छ । साथीसङ्गीसंग गर्ने गर । अरूसित बोल्दा सोचविचार गरेर बोल्नु पर्छ । गाह्रोसाह्रो पर्दा हितचित साथी नै काम लागछन् ।

४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

कनिका, मेलापात, कोदालो, अगेनो, भकारो, अनौ, जांतो, गोठ

कनिका : धान कुट्टा कुइकिएका चामलका टुक्रालाई कनिका भनिन्छ ।

मेलापात : गाउँघरको एउटा रमाइलो मेलापात जानु हो ।

कोदालो : मलाई अरू सबै काम आउँछ तर कोदालो चलाउन आउदैन ।

अगेनो : जाडो महिनामा खुट्टा नै झोसौला जस्तो गरेर हामी अगेनोकाे वरिपरि बस्थ्यौं ।

भकारो : गाउंमा प्राय सबैले खाल्डो खनेर भकारो बनाएका हुन्छन् ।

अनौ : महिलाहरूले अनौ समाउनु हुँदैन भन्ने मान्यता छ ।

जाँतो : गाउँघरमा अझै पनि जाँतोमा पिठो पिध्ने गरेको पाइन्छ ।

गोठ : गाईवस्तु बस्ने ठाउँलाई गोठ भनिन्छ ।

बोध र अभिव्यक्ति

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) गाउंमाथि एउटा कविता’ कविताबाट तीन जोडी अन्त्यानुप्रास मिलेका शब्दपहिचान गरी भन्नुहोस् ।उत्तर:

हतारिरहन्छ, एउटा एउटा, थाहा छ थाहा छ ।

(ख) कविताको सबैभन्दा छोटो पक्ति कति शब्दले बनेको छ भन्नुहोस् ।उत्तर:

एक

(ग) कवितामा ‘सगरमाथालाई कांधमा बोकेर उभिएको भन्ने सन्दर्भअघि र पछि कुन कुन प्रसङ्ग आएका छन् ?उत्तर:

उत्तरः अगाडि अन्तरिक्ष यानको गतिविध र पछाडि नागरिकताको प्रमाणपत्र बाँड्ने गाउँको प्रसङ्ग आएको छ ।

(घ) ‘दन्त्यकथा यिनीहरूलाई यो कथनभन्दा अधिको सन्दर्भ के हो ?उत्तर:

उत्तरः राजनीतिज्ञले गर्ने घोषणपत्र जुन चुनाव अगाडिमात्र काम लाग्छ, अन्तरिक्ष यानका गतिविधिहरू पढेर के गर्नु पढ्नमा मात्र सीमित हुन्छ भन्ने प्रसङ्ग आएको छ ।

४. ‘गाउँमाथि एउटा कविता’ कविताका हरफलाई व्याकरणिक पदक्रममा रूपान्तर गर्नुहोस् :

(क) फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाईंउत्तर:

उत्तरः तपाईं फेरि कुन देशको कल्पना गरेर छापिरहनु भएको छ ?

(ख) विज्ञानको पनि वेग्लै ढङ्ग छ गाउँमाउत्तर:

गाउँमा विज्ञानको पनि बेग्लै ढग छ ।

(ग) न चुनावले रोक्छ यसलाईउत्तर:

उत्तरः यसलाई चुनावले न रोक्छ ।

(घ) एउटै इनार छ सम्पूर्ण गाउंमाउत्तर:

उत्तरः सम्पूर्ण गाउँमा एउटै इनार छ ।

(ङ) निस्कन तयार थे जो कनै पनि आमाउत्तर:

जो कुनै पनि आमा निस्कन तयार छे ।

(च) सिंगान पुछने कागजभन्दा वढी कामयाव हुन सक्तेन यो यिनीहरूलाईउत्तर:

उत्तरः यिनीहरूलाई यो सिंगान पुछने कागजभन्दा बडी कामयाब हुन सक्तैन ।

(छ) दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन यसको पनि यिनीहरुलाईउत्तर:

उत्तरः यिनीहरूलाईयसको पनि दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा वही केही अर्थ छैन ।

५. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) गाउँका मानिसले कस्तो पेसा व्यवसाय अपनाएका छन् ?उत्तर:

गाउँमा मानिसहरूले कृषि पेसा अपनाएको छन् ।

(ख) कविताशमा केटाकेटी र तन्नेरीले के के काम गर्ने उल्लेख गर ।उत्तर:

कवितांशमा केटाकेटीले गोठमा घाँस हाल्नेकाम र तन्नेरीले खेतमा गोरु नाने काम गर्ने उल्लेख छ ।

६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) ‘गाउँमाथि एउटा कविता’ कविताले समेटेको मुख्य विषयवस्तु के हो ?उत्तर:

उत्तरः ‘गाउँमाथि एउटा कविता’ दिनेश अधिकारीले लेखेको गद्यात्मक कविता हो । यसमा गाउँको यथार्थ चित्रण गरिएको छ। गाउँका सोझा मान्छेलाई देशमा आएको परिवर्तनले केही छुदैन । उनीहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । गाईवस्तुलाई घाँस हाल्ने, गोरु जोत्ने, घर छाउने, धामी बसाउने, यी र यस्तै काममा गाउंले जीवन बितिरहेको हुन्छन् र उनीहरूको दिनचर्याको बारेमा लेखेर जीवनस्तर उकास्न सहयोग पुग्ने खालका लेख लेख्न सम्पादकसित आग्रह गरिएको छ ।

यसमा नेपालको ग्रामिण समाजको यथार्थता प्रस्तुत गर्न खोजिएको छ । गाउँका मानिस “थोरैमा चित्त बुझाउन सक्छन् । उनीहरूको सोचाइ मरेर लान केही छैन किन बढी लोभ गर्नु ? भन्ने रहेको हुन्छ । आफलाई बाँच्न पुग्ने वस्तु आफ्नै वरिपरि हुने भएको हुनाले धेरै भौतारिनु पर्दैन भन्ने ग्रामिण समाजका बासिन्दाको बुझाइ रहेको पाइन्छ । नेपालीहरूको पहिचान बोल्ने नागरिकताको प्रमाण पत्र गाउंको बोक्ने नेपाली समाजले आफ्नो परिचय दिइएको ठाउँलाई भुलेको कुरा कविताको विषयवस्तुमा समेटिएको छ । त्यस्तै आफूलाई विश्वमा चिनाउने सगरमाथाको फेदको गाउलाई विसेको कुरा पनि कवितामा उल्लेख गरिएको छ ।

(ख) यस कविताले नेपाली समाजमा कस्तो सन्देश प्रवाह गर्न खोजेको छ , चर्चा गर्नुहोस् ।उत्तर:

उत्तरः गाईमाथि एउटा कविता दिनेश अधिकारीले लेखेको गद्यात्मक कविता हो। यसमा गा हुन्छन् । गाईवस्तुलाई घांस हाल्ने, गोरु जोत्ने, घर छाउने, धामी बसाउने, बी र बसे यथार्थ चित्रण गरिएको छ । गाउलेहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरांन काममा गाउले जीवन वितिरहेका हुन्छन् । उनीहरूको थोरैमा रमाएका हुन्छन् । मेलमिलापमा जे छ त्यसैमा रमाई रहेका हुन्छन् । गाउँका सोझा मान्छेलाइ देशमा आएको परिवर्तनले केही हुँदैन । त्यसैले उनीहरूको जीवनचर्याको बारेमा जीवनस्तर उकास्न सहयोग पुग्ने खालका लेख लेख्न सम्पादकसँग आग्रह गरिएको छ । यसमा नेपालको ग्रामिण समाजको यथार्थता प्रस्तुत गर्न खोजिएको छ । गाउँका मानिन चोरैमा चित्त बुझाउन सक्छन् । उनीहरूको सोचाइ मरेर लानु केही छैन फिन व गर्नु भन्ने रहेको हुन्छ। आफूलाई बाँच्न पुग्ने वस्तु आफ्नै वरिपरि हुने भएको धेरै भौतारिनु पर्दैन भन्ने ग्रामिण समाजका वासिन्दाको बुझाइ रहेको पाइन्छ। बासिन्दामा सहयोगको भावना छ । सबैको काम एक आपसमा मिलेर गर्छन् । यहाँका बासिन्दा थोरैमा रमाउँछन् । एउटा धाराको पानी गाउँभरिका मान्छेले खांदा पनि यिनीहरूमा पानीलाई लिएर झगडा हुदैन । छिमेकी विरामी भएको बेलामा थाकाइलागेको छ भनेर बस्दैनन् । जुन कुरा हाम्रा सम्पादकहरू देख्दैनन् । उनीहरू वास्तविकतामा भन्दा कोल्पनिकतामा समचार लेख्नमा रमाउँछन् ।

कवितामा ग्रमिण समाज पनि एक समाज हो । त्यहाँ पनि नेपाली जनता छन् । त्य पनि मेहनती हातहरू दिनरात खटिरहेका छन् भन्ने सन्देश नेपाली समाजमा प्रवाह गर्न खोजिएको छ ।

(ग) कविताले सम्पादकलाई कसरी सचेत गराएको छ ?उत्तर:

गाउंमाथि एउटा कविता’ दिनेश अधिकारीले लेखेको गद्यात्मक कविता हो । यसमा गाउँको यथार्थ चित्रण गरिएको छ । गाउँलेहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । थोरैमा रमाउने गाउलेहरू आफ्ना अभावहरूको पनि पहिचान गर्न सक्दैनन् । जे छ त्यसैमा रमाउनु नै उनीहरू आफनो धर्म ठान्दछन् । गाउँका मान्छेलाई देशमा आएको परिवर्तनले केही छुदैन । त्यसैले उनीहरूलाई छुने खालका समाचार लेखेर उनीहरूको जीवनस्तर उकास्न सहयोग सहयोग गर्न सम्पादकलाई आग्रह गरिएको छ । सम्पादकको काम जनचेतना फैलाउने हो । कता कता भएका बमबारीका घटना छाने मात्र होइन । आफ्नो माटो अनुसरको समचार दिने हो । लुकेको गाउँलाई देखाउने हो । पिछडिएको ठाउँलाई उठाउने हो । जनतालाई आवाज दिने हो र जनताको आवाजलाई सम्बन्धित निकायसम्म पुयाउने हो । सम्पादकको काम कहाँ कहाँ भएका अन्तरिक्ष यानका गतिविधिहरू छापेर आफ्नो पत्रिकाका पाना भर्ने मात्र होइन । गाउँका मान्छेलाई पनि त्यसमा सत्यता देखाउन सक्नुपर्छ । उसको काम कार्यान्वयन हुननसकेको बालिग मताधिकारको कुरा गर्ने मात्र पनि होइन । सम्पादकले विभिन्न कालखण्डमा भएक साहित्यिक इतिहासको चर्चा मात्र गर्ने होइन कि इतिहास बनाउन सक्ने प्रतिभा खोज्ने हो | सम्पादकले कल्पनामा नभएर वास्तविकतमा समचार लेख्नुपर्छ ।

सम्पादकले समचार छाप्दा समाजको वस्तुस्थिति बुझेर छाप्नुपर्छ । आफूले छापेको समचारले पाठकलाई कस्तो प्रभाव पार्छ त्यस कुराको ख्याल गर्नुपर्छ । पाठकलाई सकरात्मक प्रभाव पार्नेखालका समचारहरू संप्रशण गर्नुपर्छ जस्ता कुराहरूमा सचेत गराइएको छ ।

(घ) कवितामा व्यक्त भएको मूलभाव लेख्नुहोस् ।उत्तर:

दिनेश अधिकारीद्वारा लिखित ‘गाउँमाथि एउटा कविता गाउँको बारेमा वर्णन गरिएको गद्यात्मक कविता हो। यसमा गाउँको यथार्थ चित्रण गरिएको छ । देशमा आएको परिवर्तनले गाउँका सोझा मान्छेलाई केही नहुने उल्लेख गरिएको छ । गाउँका मानिसहरू निरन्तर रूपमा आफनो दैनिकीमा लागिरहेका हुन्छन्। गाईवस्तुलाई घांस हाल्ने गोरु जोत्ने, घर छाउने, धामी बसाउने, यी र यस्तै काममा गाईने जीवन वितिरहेको हुन्छ भन्ने कुरा कवितामा देखाइएको छ । गाउँका मानिस करिमा चित्त बकाउन सक्छन् । उनीहरूको सोचाइ मरेर लानु केही छैन किन बड़ी लोभ गर्न भन्ने रहेको हुन्छ । आफूलाई बाँच्न पुग्ने वस्तु आफ्नै वरिपरि हुने भएको हुनाले धेरै भौतारिनु पर्दैन भन्ने ग्रामिण समाजका बासिन्दाको बुझाइ रहेको पाइन्छ ।

नेपालको धेरै भूभाग ओगटेको गाउँको विकास भएको छैन । यसको विकासमा कसैले पनि चासो राखेको छैन । गाउँ केन्द्रित भएर काम गरिएको छैन । पतिव्यमा बालिग मताधिकारका कुरा छापिन्छन् तर बालिग बताधिकार प्रयोग गर्नेलाई यसको अर्थ नै वाहा छैन । अन्तरिक्ष यानका कुरालाई दन्त्य कथा मान्ने समाज छ गाउँमा । आफ्नो पहिचानको प्रमुख थलो गाउँका बारेमा सबैले भुलेको देखिन्छ । गाउँका जनता राजनीतिक दलका भोटर बाहेक केही ठानिदैनन् । गाउँलाई विसनु भनेको हामीले हाम्रो अस्तित्व बिर्सनु हो । आफ्नो अस्तित्व विर्सेको मान्छेले कहिल्यै सफलता हासिल गर्न सक्दैन । गाउँका मान्छेलाई अगाडि बढाउन पट्टी राजनैतिक दलका कोही नेता लाग्दैनन । उनीहरू चुनाव अगाडि राम्रा राम्रा बाधा गरिएका घोषणपत्र लिएर गाउँ पस्छन् तर सकिएपछि सबै विर्सन्छन् र ती घोषणपत्र सिंगान पुछने कागज मात्र बन्न पुग्छन् । चुनाव सवैले सबै बिर्सन्छन् । आफ्नो मताधिकारको प्रयोग कतिले गर्छन् कतिले गर्दैनन् । कथाको मूल भाव हामीले आफ्नो पहिचान बोकेको गाउँलाई भुल्नु हुदैन । यसको विकासमा सकेसम्म लागिपर्नु पर्छ भन्ने हो ।

७. व्याख्या गर्नुहोस् :

(क) तपाईले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ ।उत्तर:

माथिको पङती हाम्रो कक्षा १० को नेपाली पाठ्पुस्तकको पाठ १५ मा समावेश गरिएको गाउँमाथि एउटा कविता’ शीर्षकको गद्य कविताबाट लिइएको हो । यस कविताका रचयिता दिनेश अधिकारी हुन् । आफ्नो पहिचानको जग रहेको गाउँको बारेमा कसैले पनि नलेख्ने नबोल्ने गरेकोमा कविको चित्त दुखाइ रहेको देखिन्छ । आफ्‌नो पहिचान बोकेको गाउलाई सबैले भुलेको भन्ने प्रसङ्गमा माथिको हरफ आएको हो ।

हामी गर्वका साथ भन्छौं सगरमाथा हाम्रो पहिचान हो । हामी सगरमाथाका देशका नागरिक हौं । विश्वले नेपाल देशलाई चिन्ने मुख्य आधार पनि सगरमाथाको देश हो तर हामी त्यही सगरमाथाको फेदमा रहेको गाउंलाई भुल्छौं । जसको आमा सगरमाथाको गौरव गाइन्छ त्यही आडलाई हामीले ओझेलमा पारेका छौं। नेपालको कुल भूभागको आधाभन्दा धेर भूभाग ग्रामिण समुदायले भरिएको छ। अरू त परै जाओस् काठमाडौं उपत्यकामै कति त्यस्ता गाउँ छन् जहाँ अहिलेसम्म बत्ती पुगेको छैन । बाटो पुगेको छैन । तर ती गाउँको कुरा हुदैन यहाँ । यहाँ काठमाडौंको मुख्य बजारका समस्याले पत्रिकांका पाना भरिन्छन् तर मुख्य बजार चल्ने मुख्य आधारको कुरा हुँदैन । माथिको कवितांशमा के बुझाउन खोजिएको छ भने फूलको चर्चा गर्नु छ भने विरुवाका जराको पनि चर्चा गर्नुपर्छ । जराको आडले नै बिरुवा बढेको र अठेको हुन्छ । जरा निकाल्दिने हो जतिसुकै ठूलो रुख किन नहोस् अवश्य ढल्ने छ। नेपालीहरूको जरो गाउँ हो । गाउँलाई विकसित नबनाए नेपाल कहिल्यै विकसित राष्ट्र बन्ने छैन भन्ने तात्पर्य बुझाउन खोजिएको छ । हामीले हाम्रो गौरव को रूपमा सगरमाथालाई मानेपनि वास्तविक रूपमा सगरमाथालाई चिनाउन सगरमाथाको फेदको गाउलाई चिनाउनु पर्छ ।

(ख) जहाँको चपरी त्यहीको दुवाली मरेर के लानु छ ….।उत्तर:

माथिको पती हाम्रो कक्षा १० को नेपाली पाठ्‌पुस्तकको पाठ १५ मा समावेश गरि गाउमाथि एउटा कविता’ शीर्षकको गद्य कविताबाट लिइएको हो । यस कविताल रचयिता दिनेश अधिकारी हुन् । एक पटक अवस्य मनु ने छ भने किन बढी चिन्ता त्यो । जहाँ जे छ त्यसैको सदुपयोग गरेर जीवन निर्वाह गर्न सकिहालिन्छ नि भन्ने माथिको कवितांश आएको हो ।

माथिको वाक्यमा जहा जे छ त्यहीँको उपयोग गरेर जीवन निर्वाह गर्न सकिन भने ग्रामिण परिवेशको मान्यतालाई उजागर गर्न खोजिएको छ । जसरी माय मानको बनाइएको दुवालीको निर्माण सामग्री लिन कहिँ जानु पदेन त्यहीं वरिपरि भएको भार दुबो सहितको माटाको चैलोले काम गर्छ र माछा मार्न सकिन्छ । मन्छेले हरेक काममा आफ वरिपरि भएको साधन स्रोतको सही तरिकाले उपयोग गर्न सक्यो भने जीवन सुखमय हुन्छ । गाउँमा त्यहीं परिश्रम गरेर त्यहीं उपयोग गर्ने चलन भएको हुनाले एक आपसमा सुमधुर सम्बन्ध हुनका साथै सुखपूर्वक जीवन बिताइरहेका छन् । एक पटक ने हो लोभ र लालचमा जीवन बिताउनु व्यार्थ हो भन्ने मान्यता गाउँको परिवेशमा पाइन्छ । बाहिरी समाजवाट बिल्कुलै टाडा रहेको ग्रामिण समाजलाई कहाँ कतै भएना बम वर्षाले अन्तरिक्ष यानका गतिविधहरू, बालिग मताधिकारका कुराहरू केहीले पनि हुँदैन ।

माथि उल्लेखित हरफमा जीवन केही होइन एक पटक मरेर गइहालिन्छ । बढी लोभ गर पौर गरेर जीउनु भन्दा आफूसित जे छ त्यसैमा रमाएर जीउन सक्नुपर्छ भन्ने कुरा प्रष्ट पार्न खोजिएको छ ।

९. ‘गाउँमाथि एउटा कविता कविताको आधार लिई गाउँघरको जीवनस्तर माथि उठाउन कसरी सम्भव होला, कल्पना गरी लेख्नुहोस् ।उत्तर:

गाउँमाथि एउटा कविता दिनेश अधिकारीले लेखेको गद्यात्मक कविता हो। यसमा गाउँले यथार्थ चित्रण गरिएको छ । गाउँका सोझा मान्छेलाई देशमा आएको परिवर्तनले केही छुईन । उनीहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । गाईवस्तुलाई घाँस हाल्ने, गोरु जोत्ने, घर छाउने, धामी बसाउने, यी र यस्तै काममा गाउँले जीवन बितिरहेको हुन्छ भन्ने कुरा कवितामा देखाइएको छ ।

गाउँघरको जीवनस्तर माथि उठाउन करा मात्र गर्ने होइन काम गर्नुपर्छ । पत्रकारले अधिकारका कुरा लेखेर केही हुँदैन अधिकारको प्रयोग गर्न सिकाउनु पर्छ। राजनीतिक दलले घोषणपत्र लेखेर केही हुँदैन घोषणा पत्रमा लेखिएका करालाई पूरा गर्नपटि लाग्नुपर्छ । गाउँमा अन्तरिक्ष यानका गतिविधिको वर्णन गर्न भनेको एउटा दन्त्यकथा सुनाएको जत्तिकै हुन्छ त्यसैले गाउँको जीवनस्तर उठाउन कुरा होइन काम गर्नुपर्छ । पत्रकार बालिग मताधिकारको प्रयोगका कुरा मात्र नछापेर त्यसको सही प्रयोग गर्न सिकाउनु प । रानीतिज्ञले घोषणपत्रमा लेखिएका कुरालाई चुनाव अगाडि मात्र होइन चुनाव पनि सम्झनुपर्छ ।

गाउँकी जीवनस्तर उकास्न शिक्षा स्वास्थ्य र वाटो घाटो पानी आदि गाउँ गाउँमा उपलब्ध गराउन तत्पर भएर लाग्नुपर्छ । कुरा गर्नेले काम गरेर देखाउनु पर्छ । आधुनिक कृषिप्रणाली लागुगर्नुपर्छ । गाउँका कुरालाई खोतल्नु पर्छ । गाउँका पीडालाई बाहिर ल्याउनुपर्छ ।

१०. आगामी पाँच वर्षपछि तपाईंको गाउँ वा टोलमा के के परिवर्तन आउलान, अनुमान गरी लेख्नुहोस :उत्तर:

मेरो घर पहाडी जिल्लामा पर्छ । त्यसैले मेरो घर एक गार्डमा छ । आजभान्ति गाउंमा बस्ने मान्छेको संख्या घटेपनि विकास निर्माणका कार्यहरू भनेर गएका छन् । मेरो गाउँको पनि अवस्था त्यस्तै हो ।

आगामी पाँच वर्षपछि मेरो गाउँमा सडक पुग्ला तर त्या मान्छे होलान । अनि पनि मेरो गाउँमा बा आमा बाहेक कोही छैन । सबैका छोरा नाति कि त विदेश किन महर पसेका छन् । त्यसैले मेरो गाउँको विचबाट गाडि कदला तर गाडि हेर्ने केटाकटी नहोलान् ।

तदरम्म धान फल्ने मेरा गाउँका खेतले जोतिने मौका नपाएर चीर बनिसक्लान । ती बडेमानका टार स्यालको घर होला अनि आपका रुखमा बदरहरू कति उन्लान् । मनेकी छ गाउँमा बत्ती पनि निकालिएको छ रे र एउटा स्वस्थ्य चौकी पनि तालिएको छ । अबको पाँच वर्षमा त्यो बत्ती बाल्ने र स्वास्थ्य चौकीमा उपचार गर्न जाने मान्छे नै नहोलान् । १० कक्षा सम्म पढाइ हुने मेरो गाउँको स्कुलमा १२ सम्म पढाइ हुन थालेको छ रे तर विद्यार्थी चाहीँ थोरै छन् रे । सायद अबको पाँच वर्षमा मेरो गाउँको स्कूलमा पनि बाँदरको राज नहोला भन्न सकिदैन ।

११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(अ) सदाचारलाई किन परम धर्म भनिएको हो ?उत्तर:

उत्तरः सदाचारले मानिसलाई नैतिकताको मार्गमा अग्रसर गराउने भएको हुनाले परम धर्म भनिएको हो

(आ) सदाचारका नियमको सूची बनाउनुहोस् ।उत्तर:

उत्तरः सत्य अनि मधुर वचन,

आफूभन्दा उमेरले ठुलालाई आदर र सानालाई स्नेह गर्ने ।

सके अरूको भलाइ गर्ने, नसके कसैको पनि कुभलो नसोच्ने ।

आफ्नो कर्म र पेसाप्रति निष्ठावान् हने ।

(इ) सदाचारका लागि शरीर र मन कस्तो हुनुपर्छ ?उत्तर:

उत्तरः सदाचारका लागि शरीर र मन दुवै पवित्र हुनुपर्छ ।

(ई) विद्यार्थीका पञ्च लक्षण के के हुन् ?उत्तर:

उत्तरः विद्यार्थीका पञ्च लक्षण यसप्रकार छन् काक चेष्टा, बको ध्यान, स्वान निन्द्रा, अल्पहरी, गृहत्यागी

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् ।

(अ) अनुच्छेदको पहिलो वाक्यलाई आलङ्कारिक पदक्रममा बदल्नुहोस् ।उत्तर:

उत्तरः शुद्ध आचार वा सदाचारलाई हरेक धर्मले परम धर्म मानेको पाइन्छ ।

(आ) अनुच्छेदको अन्तिम वाक्यलाई दुईओटा वाक्यमा टुक्रयाउनुहोस् ।उत्तर:

उत्तरः यसको आशय विद्यार्थीले पढाइमा एकचित्त भएर पढ्नु ने उसको असल लक्षण है। विद्यार्थीले पढाइमा एकचित्त भएर लाग्नुपर्छ । विद्यार्थीको असल लक्षण पढ्नु हो ।

(इ) अनुच्छेदबाट पञ्चम वर्ण प्रयोग भएका दुईओटा शब्द लेख्नुहोस् ।उत्तर:

उत्तरः सङ्गत, तुरुन्तै

सुनाइ र बोलाइ

१. सुनाइ पाठ १५ सुन्नुहोस् र उपयुक्त विकल्प छनोट गरी भन्नुहोस् :

(क) मानिसमा सामाजिक गुण कहिलेदेखि विकास हुन्छन् ?

(अ) विवाहपछि

(आ) वाल्यावस्थादेखि

(इ) युवावस्थादेखि

(ई) जन्मदेखिउत्तर:

उत्तर (बा) बाल्यावस्थादेखि

(ख) समाजमा योग्य नागरिक हुनाका लागि मानिस कस्ता कुरासँग परिचित हुनुपर्छ ?

(अ) नैतिक चरित्र र मधुर वाणी

(आ) सामाजिक मूल्य र आदर्श

(इ) मानसिक वृद्धि र विकास

(ई) आपसी मेलमिलाप र सहयोगउत्तर:

(आ) सामाजिक मूल्य र आदर्श

(ग) सामाजिकीकरणवाट बालबालिकाको कस्तो क्षमता विकास गर्न सहयोग पुग्छ ?

(अ) शारीरिक विकास

(आ) व्यक्तित्व विकास

(इ) आर्थिक विकास

(ई) संवेगात्मक विकासउत्तर:

(आ) व्यक्तित्व विकास

(घ) मानिस कस्तो प्राणी हो ?

(अ) सामाजिक

(आ) राजनैतिक

(इ) शिक्षित

(ई) भावनात्मकउत्तर:

(अ) सामाजिक

सामाजिकीकरणबाट व्यक्तिलाई कस्ता फाइदा पुग्छन्, सुनाई पाठ १५ का आधारमा भन्नुहोस् । उत्तर : मानिसले समाजमा आफ्नो के स्थान हो र संग कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा सामाजिकीकरणबाट सिक्छ । सामाजिकीकरणवाट नै बालवालिकाले आआफ्नो समाजिक मूल्यमान्यता, विश्वास र आदर्श सिक्दै जान्छ । तसर्थ सामाजिकीकरणवाट व्यक्तिको व्यक्तित्व विकास गर्न महत्त्वपूर्ण फाइदा पुग्छ ।

भाषिक संरचना र वर्णविन्यास

१. दिइएको अनुच्छेदबाट व्याकरणिक र आलङ्कारिक पदक्रम भएका वाक्य छुट्याएर लेख्नुहोस् :

काला बादलले नपाएको दुख पाउने गरी फस्यो रने नराम्रोसंग । श्रीमतीलेडिळीच्याउको कुरा नभनेको भए पनि हुन्थ्यो । रने नरिसाएको भए पनि हुन्थ्यो रनेले डिकीच्या किरालाई नमारेको भए पनि हुन्थ्यो। नखाएको विष लाग्यो धनकाजिन्दगीमा कोही पनि नपयोस् यस्तो परिबन्दमा बरै ।उत्तर:

व्याकरणिक : श्रीमतीले ढिकीच्याउको कुरा नभनेको भए पनि हुन्थ्यो । र नरिसाएको भए पनि हुन्थ्यो । रनेले ढिकीच्याउ किरालाई नमारेको भए पनि हुन्थ्यो।

आलङ्कारिक : काला बादलले नपाएको दुख पाउने गरी फस्यो रने नराम्रोसँग नखाएको विष लाग्यो धनेका जिन्दगीमा कोही पनि नपयोस् यस्तो परिचन्द्रमा बरै ।

२. दिइएको अनुच्छेदलाई आलङ्कारिक पदक्रममा बदल्नुहोस् :

बालक परेबाको हुलनिर पुग्यो। सेता परेवा भुरुर्र उडे । बालक पनि सेता परेवासँग मु उड्न खोज्यो । परेवा परको रूखमा गएर बसे। वालकले परेवालाई हेप्यो । परेवा माकुरपुर गरी कराए। परेवाले बालकलाई बाइ बाइ भने होलान् । बालकले हात उठाएर परेवालाई बोलाएको इसारा गन्यो । परेवाले भोलि आउँला है भने ।उत्तर:

हुलतिर पुग्यो बालक परेवाको । उडे भुरुर्र सेता परेवा खोज्यो उड्न भुरुर्र सेता परेवासँग बालक पनि गएर बसेपरेवा परको रूखमा गएर बसो हेप्योबालकले परेवालाई । माकुरघुर गरी कराए परेवा भने होलान्बाइ बाइ परेवाले बालकलाई बालकले इसारा गन्यो हात उठाएर परेवालाई बोलाएको। परेवाले भनेआउँला हैभोलि ।

३. ‘गाउँमाथि एउटा कविता’ कविताबाट कुनै तीनमोटा आलङ्कारिक पदक्रमका वाक्य टिपी तिनलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस् ।उत्तर:

आलङ्कारिक : फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाई

व्याकरणिक : तपाईं फेरि कन देशको कल्पना गरेर छापिरहनु भएको छ ?

आलङ्कारिक : एउटै इनार छ सम्पूर्ण गाउंमा

व्याकरणिक : सम्पूर्ण गाउंमा एउटै इनार छ ।

आलङ्कारिक : निस्कन तयार छे जो कुनै पनि आमा

व्याकरणिक : कुनै पनि आमा जो निस्कन तयार छे।

४. दिइएको उदाहरणलाई आधार मानी ङ, ञ, ण, न, म जस्ता पञ्चम वर्ण र प्रयोग भएका चार चारबोटा शब्द लेख्नुहोस् र तिनको शुद्ध उच्चारण गर्नुहोस :

(क) क, ख, ग, घ वर्णको अधि उ आउने शब्द जस्तै मङ्गल,उत्तर:

उत्तरः सङ्गम, सङ्गसाला, प्रसंग, उमङ्ग,

(ख) च, छ, ज, झ वर्णको अधि ज आउने शब्द, जस्तैः व्यञ्जन,उत्तर:

उत्तरः पञ्चामृत, पञ्चायत, रञ्जना, कञ्चना

(ग) ट, ठ, ड, ढ वर्णको अघि ण आउने शब्द, जस्तैः पण्डित,उत्तर:

उत्तरः खण्डित, दण्डित, उद्दण्ड, चण्ड

(घ) त, थ, द, ध वर्णको अधि न आउने शब्द, जस्तै: सन्तोष,उत्तर:

उत्तरः दन्त्य, हलन्त, अजन्त ,सम्रान्त

(ङ) प, फ, ब, भ वर्णको अघि म आउने शब्द, जस्तैः स्तम्भ,उत्तर:

उत्तरः भूकम्प, सम्म, डम्म, स्तम्भ

(च) य, र, ल, व, श, ष, स, ह, ज्ञ अघि शिरबिन्द आउने शब्द, जस्तै संरक्षण,उत्तर:

संसद, संवाद, संरचना, संलग्न

६. दिइएको अनुच्छेदलाई शिरबिन्दु प्रयोग भएका ठाउँमा पञ्चम वर्ण (ङ, ञ, ण, न ) में र पञ्चम वर्ण प्रयोग भएका ठाउँमा शिरबिन्दु बनाएर शुद्ध गरी पुनर्लेखन गर्नुहोस् ।

पंकज, शंकर, संजय, संचित, कंटकनाथ, पंडित, संतोष, पंफा, खेलकुद प्रतियोगिताबारे छलफल गर्दै थिए । त्यसै बेला सम्योग, सम्रचना, सम्लग्न, सम्शय, संहिता आए । उनीहरूले सम्बाद गर्न थाले ।उत्तर:

पङ्कज, शङ्कर, सज्जय, सञ्चित, कण्टकनाथ, पण्डित, सन्तोष, पम्फा खेलकद प्रतियोगिताबारे छलफल गर्दै थिए । त्यसै बेला संयोग, संरचना, संलग्न, संशय, संहिता आए । उनीहरूले संवाद गर्न थाले ।

सिर्जना र परियोजना कार्य

१. ‘मानव’ शीर्षकमा एउटा कविता रचना गर्नुहोस् ।

सबतर्फ छ शासन दानवको

पशु जीवन रासन मानवको

अब मानव वन्दिनं वन्दिन म

म हुँ मानव भन्दिनं भन्दिन म

अति हिंसक बन्दछ मानव यो

र नपुंसक बन्दछ मानव यो

म नपुंसक होइन भन्दिनं म

म हुँ मानव भन्दिन भन्दिन म

२. पुस्तकालयबाट एउटा बाल कविता खोजी त्यसको मूलभाव कक्षामा प्रस्तुत गर्नुहोस् ।उत्तर:

पुस्तकालयमा पढेको पुस्तकको नाम : केटाकेटीका कविताहरू

पुस्तकालय पढेको कविताको शीर्षकउत्तर:

मानव

रचनाकारउत्तर:

आत्माराम न्यौपाने

जम्मा श्लोक सख्याउत्तर:

छन्दउत्तर:

तोटक

भावार्थ : कविले यस कवितामा आफूले आफूलाई अब उप्रान्त मानव नभन्ने भनेका छन् | मानव भएर पशु हत्या गर्ने, पशुको जीवनले आफ बांच्ने, कहिल्यै पनि परहितको कार्य नगर्ने, त्यत्तिकै आफू मरेर जाने भएकालाई आफू मानव नभएको कुराको घोषणा गरेका छन् ।

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play