Nepali

पाठ २ · घरझगडा

शब्द भण्डार

. शब्दकोश प्रयोग गरी दिइएका शब्दको अर्थ लेख्नुहोस्:

पाताल — पृथ्वीका तलतिर रहने सात लोकमध्ये सबैभन्दा तल्लो लोक

टीका — निधारमा लगाइने चन्दन

अतीत — बितेको समय

किल्ला — प्रतिरक्षाका लागि चारैतिरबाट घेरिएको सुरक्षित ठाउँ

घनघोर — डरलाग्दो

शपथ — कुनै काम हो होइन भनी गर्ने वचनबद्धता

अवतार — जन्म लिने काम

राँको — आगोको मुस्लो

हालत — अवस्था

. ‘घरझगडाकथामा प्रयोग भएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्:

कानमा तेल हाल्नु — पढ्ने बेला ऊ कानमा तेल हालेर बस्यो अनि परीक्षामा फेल भयो।

आँखामा बिझाउनु — खराब काम गर्नेहरू मेरो आँखामा बिझाउन थालेका छन्।

कम्मर कस्नु — ऊ कम्मर कसेर पढेकैले परीक्षामा प्रथम भयो।

आगो खेलाउनु — फटाहा साथीलाई सम्झाउनु भनेको आगो खेलाउनु जस्तै हो।

वाल्ल पर्नु — राम्री केटी देख्नासाथ केटाहरू वाल्ल परेर हेर्छन्।

तेल घस्नु — जति तेल घसे पनि उसले तिमीलाई वास्ता गर्दैन।

भासमा फस्नु — दुर्व्यसनीको भासमा फसेपछि उम्कन गाह्रो हुने रहेछ।

चोचोमोचो मिलाउनु — ऊ सधैँ हाकिमसँग चोचोमोचो मिलाएर नजिक बन्न खोज्छ।

. दिइएका उखान तिनको अर्थ पहिचान गरी पाँचओटा उखानलाई वाक्यमा प्रयोग गर्नुहोस्:

अकबरी सुनलाई कसी लाउनु पर्दैन — अकबरी सुनलाई कसी लाउनु पर्दैन भन्ने नबुझ्नेले मात्र नेपालीको वीरता जाँच्न खोज्छ।

इन्द्रका अगाडि स्वर्गको बयान — प्राध्यापकका अगाडि विद्यार्थीले व्याकरण सिकाउनु भनेको इन्द्रका अगाडि स्वर्गको बयान जस्तै हो।

जसले मह काढ्छ उसले हात चाट्छ — जसले मह काढ्छ उसले हात चाट्छ भनेझैँ सानैदेखि मिहिनेत गर्नेले आज सफलता पाएको छ।

नाच्न नजान्ने आँगन टेढो — ऊ हलो जोत्न जान्दैन अनि गोरुलाई दोष दिन्छ, यो त नाच्न नजान्ने आँगन टेढो भनेझैँ भयो।

हुने बिरुवाको चिल्लो पात — सानैदेखि पढाइ र व्यवहारमा अब्बल विद्यार्थीलाई देखेर हुने बिरुवाको चिल्लो पात भनिएको हो।

. दिइएको अनुच्छेदबाट अनुकरणात्मक शब्द पहिचान गरी लेख्नुहोस्:

विश्वास आँगनको छेउमा बसेर लटरम्म फलेका सुन्तला हेर्दै थिए। एउटा यात्रुवाहक यस घरनजिकै आएर घ्याच्च रोकियो। उनी हस्याङफस्याङ गर्दै त्यहाँ पुगे। चिटिक्क परेर आएका साथीलाई देखेर उनी छक्क परे। साथीले विदेशलाई चटक्क छोडेर स्वदेश आएकामा उनी गद्गद भए।

उत्तर: लटरम्म, घ्याच्च, हस्याङफस्याङ, छक्क, चटक्क, गद्गद

. कोशको प्रयोग गरी दिइएका शब्दलाई क्रम मिलाएर लेख्नुहोस्:

सिर्जना, आँसु, त्याग, क्षमा, ज्वाला, गुलाफ, थुनुवा, अंश, कक्ष, ज्ञानी, त्रिलोचन, ऋण

उत्तर: अंश, आँसु, ऋण, कक्ष, क्षमा, गुलाफ, ज्वाला, ज्ञानी, त्याग, त्रिलोचन, थुनुवा, सिर्जना

बोध अभिव्यक्ति

. दिइएका प्रश्नको उत्तर भन्नुहोस्:

()‘घरझगडा’ कथा कति अनुच्छेदमा संरचित छ?

उत्तर: ‘घरझगडा’ कथा १० अनुच्छेदमा संरचित छ।

()कथाको प्रारम्भ कुन घटनाबाट भएको छ?

उत्तर: कथाको प्रारम्भ राजेन्द्रलक्ष्मी नजरबन्दबाट छुटेपछिको घटनाबाट भएको छ।

()कथामा कुन कुन पात्रको प्रत्यक्ष भूमिका देखिएको छ?

उत्तर: कथामा बहादुर शाह र राजेन्द्रलक्ष्मीको प्रत्यक्ष भूमिका देखिएको छ।

()बहादुर शाह वाल्ल परेको घटना कुन अनुच्छेदमा छ?

उत्तर: बहादुर शाह वाल्ल परेको घटना चौथो अनुच्छेदमा छ।

. दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस्:

()माथिको कथांश कुन सन्दर्भमा आएको हो?

उत्तर: माथिको कथांश राजेन्द्रलक्ष्मीको बहादुर शाहप्रतिको धारणा बताउने सन्दर्भमा आएको हो।

()म पात्र उनका आँखामा बिझाउनुको कारण के हो?

उत्तर: भारदारहरूको कुराका आधारमा एकअर्कालाई शङ्का गरेको कारण म पात्र उनका आँखामा बिझेको बुझ्न सकिन्छ।

()अमृतको कणमा विष देख्नुको तात्पर्य के हो?

उत्तर: अमृतको कणमा विष देख्नुको तात्पर्य सकारात्मक व्यक्ति र अवस्थालाई पनि नकारात्मक रूपमा बुझ्नु हो।

()कथांशमा घात प्रतिघात किन चल्दै गयो?

उत्तर: एकअर्काप्रतिको अविश्वासका कारण कथांशमा घात प्रतिघात चल्दै गयो।

. कथाअनुसार दिइएका घटनालाई क्रम मिलाएर लेख्नुहोस्:

उत्तर: (घ) राजेन्द्रलक्ष्मी नजरबन्दबाट छुट्नु
(ङ) बहादुर शाहले कुरौटेले वैमनस्य बढाइदिएको बताउनु
(च) हुन त विष संशोधन गरेपछि रसायन बन्छ भन्ने प्रयत्न गरेकी हुँ भन्नु
(ख) बालुवाले तिललाई पनि बालुवा नै सम्झन्छ भनेझैँ उनका आँखामा म बिझाउन थाल्नु
(झ) नाग बनेर आए पनि यिनीसँग म डराउन्न भन्नु
(ज) शक्ति नभएका भए महाकाली, महालक्ष्मी, महासरस्वतीलाई कसैले पुज्ने थिएनन् भन्नु
(क) राजेन्द्रलक्ष्मीले बहादुर शाहको सकारात्मक भूमिकाको वर्णन गर्नु
(छ) चौबिसीहरूले सङ्गठन गर्न थालेको गुप्ती खबर सुन्नु
(ग) गोरखामा हमला गर्न लागेको खबर आउनु
(ञ) आपसी फुट नै जातिको पतनको चिह्न हो भन्नु

. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्:

() ‘घरझगडाकथाका पात्र राजेन्द्रलक्ष्मी बहादुर शाहका चारित्रिक विशेषताको तुलना गर्नुहोस्।

उत्तर: राजेन्द्रलक्ष्मी र बहादुर शाह दुवैले प्रतापसिंह शाहको मृत्युपश्चात् नायब भएर शासन सञ्चालन गरेका थिए। दरबारिया षड्यन्त्रको प्रभावले दुवै पात्र एकअर्काप्रति शङ्कालु बनेका देखिन्छन्। कथाको आधारमा दुवैको मूल नियतमा खोट नभए पनि स्वविवेकको प्रयोग नगरी भारदारहरूको कुरामा विश्वास गर्ने कमजोरी दुवैमा समान रूपमा रहेको छ। भाउजू र देवरबिच कहिले मेलमिलाप त कहिले मनमुटाव चलिरहन्थ्यो र एकले अर्कालाई नजरबन्दमा राख्ने घटना समेत भएको थियो। यी दुवै पात्र शङ्कालु प्रवृत्तिका र सत्ताप्रति आसक्त रहेको चित्रण कथामा प्रतिबिम्बित भएको छ।

() कथामा वर्णन गरिएको सन्दर्भका आधारमा उक्त समयको राजनीतिक परिवेश वर्णन गर्नुहोस्।

उत्तर: कथामा चित्रण गरिएअनुसार त्यतिबेला नेपालको एकीकरण अभियानलाई ध्वस्त पार्न बाह्य शक्तिहरूले अनेकौँ षड्यन्त्र गरिरहेका थिए। दरबारभित्र पनि भारदारहरू कुरौटे प्रवृत्तिका थिए र उनीहरूले सानातिना मनमुटावलाई बढाएर तिललाई पहाड बनाउने काम गर्थे। नेतृत्वबिच फाटो ल्याउन दरबारका भरौटे भारदारहरूले निरन्तर षड्यन्त्र रचिरहेका हुन्थे। यस्तो दरबारिया खटपट र यथार्थ चित्रण गुटबन्दीले एकीकरणको अभियानमा समेत धक्का पुगेको थियो। सत्ता प्राप्तिका लागि अनेक जालझेल र चलखेल हुने गरेको विकृत राजनीतिक परिवेशको कथामा पाइन्छ।

() बहादुर शाह बेतिया पुगेपछि राजेन्द्रलक्ष्मी किन आत्तिइन्?

उत्तर: बहादुर शाह बेतिया पुगेको खबरले राजेन्द्रलक्ष्मीलाई दुई किसिमको मानसिक दबाब सिर्जना भयो। एकातिर बहादुर शाह कुनै नयाँ षड्यन्त्र रच्नका लागि बेतिया गएको हुन सक्ने शङ्का उब्जियो भने अर्कोतिर उनलाई आफ्नो हातको ढाल तरबार गुमाएझैँ आभास भयो। बहादुर शाहको योग्यताको सदुपयोग गर्न नसक्नु ठूलो भुल भएको पश्चाताप पनि उनले अनुभव गरिन्। भारदारहरूले रचेको षड्यन्त्रको भेउ पाउन नसक्दा उनी निःसहाय महसुस गर्न पुगिन्। साथै, आफू कमजोर देखिएमा अन्य राज्यहरूले आक्रमण गर्न सक्ने आशङ्काले पनि उनी आत्तिएकी थिइन्।

() कथाको मुख्य सन्देश लेख्नुहोस्।

उत्तर: राज्य सञ्चालन गर्ने कार्य अत्यन्त चुनौतीपूर्ण हुन्छ र शासकले बाह्य तथा आन्तरिक षड्यन्त्रप्रति सदैव सचेत रहनुपर्छ भन्ने मान्यता यस कथामा प्रतिबिम्बित भएको छ। नेतृत्वकर्ताहरूबिच आपसी सहमति र समझदारी कायम भएमा राज्य बलियो हुन्छ भने आपसी कलह र वैमनस्यले अस्थिरता निम्त्याउँछ। राजेन्द्रलक्ष्मी र बहादुर शाहबिच समझदारी हुन नसक्दा एकीकरणको अभियानले समेत धक्का खाएको दृष्टान्तले यही तथ्यलाई पुष्टि गर्छ। अस्थिरताको लाभ बाह्य शत्रुले उठाउने हुँदा सर्वप्रथम घरलाई एकताबद्ध बनाउनुपर्छ, तब मात्र शत्रुलाई पराजित गर्न सकिन्छ भन्ने सन्देश कथाले दिएको छ।

. कथाकोराजेन्द्रलक्ष्मीले गर्नुहोस्कथांशबाट चारओटा प्रश्न बनाई तिनको उत्तर साथीसँग छलफल गर्नुहोस्।

()राजेन्द्रलक्ष्मीले बहादुर शाहलाई डाकेर के भनिन्?

()‘सुतेको सिंहको टाउकामा टेक्नु’ को तात्पर्य के हो?

()कम्मर कसेर लागे के के गर्न सकिन्छ?

()कथांशका अनुसार महाकाली, महालक्ष्मी, महासरस्वती किन पुजिएका हुन्?

सन्दर्भ कथांश: “क्या हो राजकुमार, मिलेर काम गर्छु भनी शपथ गरेको कहाँ गयो? नायबीमा राल काढेर सोझी भाउज्यूलाई छक्याउनु के राजनीति हो। शाही कुलमा ऐरेल बन्नुहुन्छ भने तितो अनुभव आफैँ भोग्नुहोला। सुतेकी सिंहको टाउकामा टेक्नु के बुद्धिमानी हो। कमलपित्त भएको दृष्टिले आइमाई भनेर तपाईंले हेप्नुभएको होला तर यो तपाईंको भुल हो। डोरीले हात्तीलाई हलचल गर्न दिँदैन भन्ने तपाईंलाई थाहा छैन? कम्मर कस्यौं भने छहरा, पहरा, ढाल, तरबार अनि हिउँ र ज्वाला पनि बन्न सक्छौं। आँधी भएर उड़ाउन सक्छौं अनि व्याधि भएर पछार्न पनि, नागिनी बनेर पातालमा पस्न सक्छौं अनि गरुडनी भएर आकाशमा उड्न पनि। शक्ति नभएका भए महाकाली, महालक्ष्मी, महासरस्वतीलाई कसैले पुज्ने थिएनन्। खेलौना सम्झी आगो खेलाउनेको कुन गति हुन्छ आफैँ विचार गर्नुहोस्।”

. राजेन्द्रलक्ष्मी बहादुर शाहका बिच कुराकानी भइरहेको समयमा तपाईं पुग्नुभएको भए के सल्लाह दिनुहुन्थ्यो, कारणसहित वर्णन गर्नुहोस्।

उत्तर: राजेन्द्रलक्ष्मी र बहादुर शाह ‘घरझगडा’ ऐतिहासिक कथाका मुख्य पात्रहरू हुन्। नाताले भाउजू देवर रहेका यी दुईबिच कहिले मेलमिलाप त कहिले झगडा हुने गर्थ्यो र एकले अर्कालाई नजरबन्दमा राख्ने काम पनि भएको थियो। यही कारणले एकीकरणको अभियानमा समेत धक्का लागेको थियो भने बैरीहरूले चलखेल गर्ने अवसर पाएका थिए। एउटा सामान्य परिवारका नेतृत्वकर्तामा मनमुटाव हुँदा घरमा भाँडभैलो हुन्छ भने राज्यका नेतृत्वमा हुने यस्तो मनमुटावले झनै ठुला समस्या सिर्जना गर्छ। एकतामा नै ठुलो शक्ति हुन्छ भन्ने मान्यता राख्ने मेरो पहिलो प्राथमिकता दुवैलाई मिलाउने नै हुन्थ्यो। कथाका आधारमा हेर्दा दुवै पात्रको नियत खराब थिएन। आफ्ना ससुरा र बुबाले थालेको एकीकरणको अभियानलाई दुवैले प्राथमिकतामा राखेका थिए। यिनीहरूको कमजोरी भनेको भारदारहरूको चलखेलको भेउ पाउन नसक्नु मात्र थियो। दुवैले स्वविवेक प्रयोग नगरी भारदारहरूको कुराको भरमा एकअर्काप्रति शङ्का गरे। यस्तो अवस्थामा मैले दुवैलाई मिलेर अघि बढ्न सल्लाह दिन्थें। दुवैलाई भारदारहरूको लहैलहैमा नलागी एकअर्काको सही मूल्याङ्कन गर्न लगाउँथें। फुट्दा र जुद्दाका परिणाम स्मरण गराउँथें। जुटेर अघि बढ्दा हुन सक्ने सम्भावनाहरू देखाएर पृथ्वीनारायण शाहले देखाएको बाटोमा लाग्न आग्रह गर्थें। यसरी म उनीहरूबिच कुराकानी भइरहेको समयमा पुगेको भए एउटा असल मध्यस्थकर्ता बनेर दुवैलाई फुटेर होइन जुटेर अगाडि बढ्न अभिप्रेरित गर्थें।

() बाहिरी शत्रुलाई उठ्न दिनाको मूल कारण घरझगडा हो

. व्याख्या गर्नुहोस्:

उत्तर: प्रस्तुत गद्यांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित कथाकार बदरीनाथ भट्टराई (वि.सं. १९६५-२०५२) द्वारा लिखित ऐतिहासिक कथा ‘घरझगडा’ बाट साभार गरिएको हो । भट्टराई ऐतिहासिक परिवेश र पात्रको मनोदशाको जीवन्त चित्रण गर्न सिपालु कथाकार हुन् । उनका रचनामा इतिहासको यथार्थलाई मार्मिक ढङ्गले प्रस्तुत गरिन्छ । प्रस्तुत हरफमा कथाकारले राष्ट्रिय संकटका समयमा आपसी फुट र आन्तरिक कलह बाहिरी आक्रमणको मुख्य कारण बन्छ भन्ने आशय व्यक्त गरेका हुन् ।

नेपाल एकीकरणको इतिहासमा आन्तरिक द्वन्द्वले देशलाई ठुलो क्षति पुर्याएको प्रसङ्ग यहाँ उल्लेखनीय छ । तत्कालीन समयमा गुरु गजराज मिश्रले दरबारको आन्तरिक कलहका विषयमा चर्चा गर्दा रानी राजेन्द्रलक्ष्मीको मनमा यो सत्यको बोध हुन्छ । भाउजू राजेन्द्रलक्ष्मी र देवर बहादुर शाहबिचको सत्ता सञ्चालनको असमझदारीले दरबार दुई गुटमा विभाजित भएको थियो । यही आन्तरिक शक्तिको टकराव र अविश्वासका कारण चौबिसे राज्यहरूले सङ्गठन गरी गोरखामाथि आक्रमण गर्ने गुप्ती खबर आउन थाल्यो । पाल्पा, पर्वत र तनहुँ जस्ता बाहिरी शत्रुहरूले नेपाली भूमिलाई कमजोर पारेर देशका वीर योद्धाहरूको बलिदान गराउने परिस्थिति सिर्जना गरे । यदि दरबारभित्र एकता भएको भए बाहिरी शक्तिहरूले यसरी शिर उठाउने हिम्मत पाउने थिएनन् । घरभित्रको कलह नै बाह्य शक्तिका लागि घुसपैठ गर्ने सबैभन्दा सजिलो हतियार बन्दछ ।

यसप्रकार निष्कर्षमा, आन्तरिक कलहले राष्ट्रिय शक्तिलाई कमजोर बनाई बाह्य आक्रमणलाई आमन्त्रण गर्छ । बदरीनाथ भट्टराईको यस ऐतिहासिक दृष्टिकोणले आपसी एकताको अपरिहार्यतालाई स्पष्ट पारेको छ । राष्ट्रको रक्षाका लागि व्यक्तिगत स्वार्थ र आन्तरिक वैमनस्यता त्यागेर एकजुट हुनुपर्छ भन्ने विचार यस कथांशमा व्यक्त भएको पाइन्छ ।

() शङ्काको डोरीमा पिङ खेल्नु नादानी हो

कथांशमा व्यक्त भएको पाइन्छ । उत्तर: प्रस्तुत गद्यांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित कथाकार बदरीनाथ भट्टराई (वि.सं. १९६५-२०५२) द्वारा लिखित ऐतिहासिक कथा ‘घरझगडा’ बाट साभार गरिएको हो । भट्टराई ऐतिहासिक परिवेश र पात्रको मनोदशाको जीवन्त चित्रण गर्न सिपालु कथाकार हुन् । उनका रचनामा इतिहासको यथार्थलाई मार्मिक ढङ्गले प्रस्तुत गरिन्छ । नजरबन्दबाट मुक्त भएपछि रानी राजेन्द्रलक्ष्मीले आफ्नो विगतको त्रुटिप्रति पश्चाताप गर्दै यो भनाइ राखेकी हुन् । ठोस आधारबिना अर्काप्रति अन्धो सन्देह पाल्नु आत्मघाती हुन्छ भन्ने आशय माथिको हरफमा लुकेको छ ।

रानी राजेन्द्रलक्ष्मी र देवर बहादुर शाहबिचको शङ्काले दरबारमा आन्तरिक कलह बढाएको थियो । स्वार्थी र चमेरा प्रवृत्तिका भारदारहरूको कुरा सुनेर राजेन्द्रलक्ष्मीले बहादुर शाहमाथि शासन हत्याउन खोजेको मिथ्या आरोप लगाइन् । भारदारहरूले दुवैबिचको असमझदारीलाई बढाएर अविश्वासको खाडल झनै गहिरो बनाइदिए । यही अविश्वासका कारण दुवै पालैपालो नजरबन्दमा परे, जसले गर्दा राष्ट्रिय एकीकरणको महान् अभियानमा ठुलो धक्का लाग्यो । देशभक्त व्यक्तिहरू थुनिने र आन्तरिक शक्ति कमजोर हुने स्थिति सिर्जना भएपछि मात्र राजेन्द्रलक्ष्मीले आफ्नो गल्ती महसुस गरिन् । विनाप्रमाण र विनाआधार कसैप्रति संशय राखेर कुनै पनि कदम चाल्नु मूर्खतापूर्ण कार्य हो र यसले केवल विनाश मात्र निम्त्याउँछ भन्ने सत्य उनले बुझिन् ।

यसप्रकार निष्कर्षमा, अविश्वासले आपसी सम्बन्ध र राष्ट्र दुवैलाई चकनाचुर पार्छ । राजेन्द्रलक्ष्मी र बहादुर शाहको दृष्टान्तले संशयको आगोले आहालमा फसाउने र आफैँलाई समाप्त पार्ने तथ्य स्पष्ट पार्छ । कुनै पनि सम्बन्धलाई भ्रम र सन्देहको आधारमा चलाउन खोज्नु मूर्खतापूर्ण कार्य हो भन्ने विचार यस

१०. ‘घरझगडाकथाको सार एक अनुच्छेदमा लेख्नुहोस्।                                          

उत्तर: ‘घरझगडा’ इतिहासको कालखण्डमा दरबारभित्र हुने खटपटलाई समावेश गरी लेखिएको ऐतिहासिक कथा हो। राज्य चलाउने काम सहज छैन र शासकले बाह्य तथा आन्तरिक चलखेल र षड्यन्त्रप्रति हरदम चनाखो रहनुपर्छ। राज्यमा नेतृत्वकर्ताहरूबिच आपसी सहमति र समझदारी भएमा राज्य बलियो हुन्छ भने आपसी वैमनस्य र कलहले राज्यमा अस्थिरता सिर्जना गर्छ। यस्तो अवस्थामा शत्रुहरूले पनि फाइदा उठाउन खोज्छन्। राजेन्द्रलक्ष्मी र बहादुर शाहबिच आपसी समझदारी हुन नसक्दा एकीकरणको अभियानमा समेत धक्का लागेको थियो। यसरी ‘भाइ फुटे गवार लुटे’ भन्ने उखानलाई कथामा चरितार्थ गरिएको छ।

११. राजेन्द्रलक्ष्मीले गरेका सबै कार्य राष्ट्रियता स्वाधीनताका लागि मात्र छन् कथाका आधारमा तर्क दिनुहोस्।

उत्तर: ‘घरझगडा’ इतिहासको कालखण्डमा दरबारभित्र हुने खटपटलाई समावेश गरी लेखिएको ऐतिहासिक कथा हो। राजेन्द्रलक्ष्मी यस कथाकी मुख्य पात्र हुन्। आफ्ना ससुराले थालेको नेपाल एकीकरणको अभियानलाई उनले अगाडि बढाएकी थिइन्। यस भनाइको पहिलो पक्षसँग मेरो सहमति रहेको छ तर यसलाई पूर्ण रूपमा स्वीकार गर्न सकिन्न भन्ने मेरो धारणा रहेको छ।

राजेन्द्रलक्ष्मीले राष्ट्रियता र स्वाधीनताका लागि गरेका कार्यहरूमा नेपाल एकीकरणको अभियान नै प्रमुख हो। पृथ्वीनारायण शाहको मृत्युपश्चात् राज्य विस्तारको गति सुस्त हुन सक्ने अवस्थामा उनले लमजुङ, तनहुँ, कास्की, पर्वत र प्युठान जस्ता राज्यहरू नेपालमा गाभेर एकीकरणलाई तीव्रता दिइन्। यही योगदानले गर्दा उनी इतिहासमा ‘राष्ट्रमाता’ र ‘वीराङ्गना’ का रूपमा सम्मानित भइन्। साथै, पति प्रतापसिंह शाहको निधन हुँदा दुधे बालक र राष्ट्रको भविष्यलाई ध्यानमा राखी सती नजाने उनको निर्णयले पनि राष्ट्रप्रतिको उत्तरदायित्व बोध प्रकट हुन्छ। तर, कथाको विश्लेषण गर्दा उनी भारदारहरूको षड्यन्त्रमा फसेको र बहादुर शाहसँगको मनमुटावलाई व्यवस्थापन गर्न नसकेको देखिन्छ। बहादुर शाहलाई विश्वासमा नलिई नजरबन्दमा राख्ने जस्ता निर्णयले उनको राजनीतिक कमजोरी उजागर गर्छ। यदि उनले बहादुर शाहलाई साथमा लिएर एकीकरणको अभियानलाई अघि बढाएकी भए राष्ट्रिय शक्ति अझ सुदृढ हुने थियो।

यसरी निष्कर्षमा, राजेन्द्रलक्ष्मीका अधिकांश कार्य राष्ट्रियता र स्वाधीनताका पक्षमा रहेको स्पष्ट छ। नेपाल एकीकरणको अभियानलाई निरन्तरता दिनु र राष्ट्रको रक्षाका लागि समर्पित रहनु जस्ता निर्णयले उनको राष्ट्रप्रेमलाई प्रतिबिम्बित गर्छ। तथापि, भारदारहरूको षड्यन्त्रमा फस्नु र बहादुर शाहसँगको सम्बन्ध व्यवस्थापन गर्न नसक्नु जस्ता कमजोरीले उनका सबै कार्य ‘मात्र’ राष्ट्रियताका लागि थिए भन्न सकिन्न। समग्रमा, उनका कार्य मुख्यतया राष्ट्रहितमा केन्द्रित भए पनि तिनलाई पूर्णतया निस्वार्थ भन्न कठिन रहन्छ।

१२. सत्ता प्राप्तिका लागि हुने सङ्घर्षलाई कथाले कुन रूपमा देखाएको , समीक्षा गर्नुहोस्।

उत्तर: ‘घरझगडा’ इतिहासको कालखण्डमा दरबारभित्र हुने खटपटलाई समावेश गरी लेखिएको ऐतिहासिक कथा हो। यो कथा कथाकार बदरीनाथ भट्टराईले लेखेका हुन्। यस कथामा तत्कालीन समयमा राज्यका नेतृत्वकर्ताहरूबिच हुने आपसी षड्यन्त्र, वैमनस्य र कलहका कारण तथा परिणामलाई प्रस्तुत गरिएको छ। शक्ति सङ्घर्षको विषयलाई समावेश गरी कथामा ‘भाइ फुटे गवार लुटे’ भन्ने उखानलाई चरितार्थ गरिएको छ।

राजेन्द्रलक्ष्मी र बहादुर शाह दुवैले प्रतापसिंह शाहको मृत्युपश्चात् नायब भएर शासन चलाए। दरबारिया षड्यन्त्रका कारण दुवैले एकअर्कालाई विश्वास गर्न सकेका थिएनन्। शङ्कालु प्रवृत्ति दुवैमा हाबी थियो। स्वविवेकको प्रयोग नगरी भारदारका कुरा सुनेर षड्यन्त्रको दलदलमा फसेका थिए। भाउजू देवरमा कहिले मेलमिलाप हुन्थ्यो त कहिले परस्परमा झगडा पर्दथ्यो र एकले अर्कालाई नजरबन्दमा राख्ने काम पनि भएको थियो। उसै बेलादेखि राजा र भाइ भारदारहरूबीच राजदरबारभित्र अविश्वास र आशङ्काको बीजारोपण भएको मानिन्छ। भारदारहरू आफ्नो स्वार्थ जोसँग पूरा गर्न सकिन्छ उसैको पछि लाग्थे। राष्ट्रियता र स्वाधीनताका कुरा गौण रहन्थे। विरोधीहरूको देशनिकाला, नजरबन्द र हत्या समेत हुन्थ्यो।

यही दरबारिया षड्यन्त्रको चक्रव्यूहमा असङ्ख्य भारदारहरूको उत्थान र पतन हुन पुग्यो। शक्ति सङ्घर्षको दौरानमा बहादुर शाह पटक पटक नजरबन्द र निर्वासित हुनुपर्यो भने राजेन्द्रलक्ष्मी पनि दरबारभित्रै कैद हुनुपर्यो। दुवै मिलेर काम गरेका भए अझ द्रुत गतिमा काम हुन्थ्यो तर उनीहरू नेतृत्वको हानथापमा बढी केन्द्रित रहे। आफ्नै स्वार्थका लागि भारदारहरूले पनि दुवै पक्षलाई झनै भड्काउने काम गरे। यसरी सत्ता प्राप्तिको होडले दरबारलाई नै कमजोर बनायो र एकीकरणको अभियानलाई धक्का पुर्यायो।

यो कथा वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक छ। सत्ता प्राप्ति र नेतृत्वको भोक अहिलेका नेताहरूमा अझ विकृत देखिन्छ। सत्ता प्राप्तिका लागि हुने तत्कालीन सङ्घर्षलाई वर्तमान सन्दर्भमा बुझ्न अझ सहज छ। राष्ट्रियता र स्वाधीनताका कुरा नारामा मात्र सीमित रहने र सत्तामा पुग्नका लागि जस्तोसुकै हत्कण्डा पनि अपनाउन तयार रहने मानसिकताले बढी काम गरेको देखिन्छ। समग्रमा, यस कथामा सत्ता प्राप्ति एउटा फोहरी खेल रहेको र सत्ता प्राप्तिका लागि जस्तोसुकै मार्गमा लाग्न तयार हुने शासकहरूको मनोविज्ञान प्रस्तुत गरिएको छ।

१३. दिइएको अनुच्छेद पढ्नुहोस् सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्:

() प्रश्नहरू

()व्यक्तिका मनमा कुन कुन गुण रहेका हुन्छन्?

उत्तर: व्यक्तिका मनमा सत्व, रज र तम गरी तीन प्राकृतिक गुण रहेका हुन्छन्।

()मन र इन्द्रियबिचको सम्बन्ध देखाउनुहोस्।

उत्तर: मन अत्यन्त तीव्र र गतिवान् हुन्छ र यसले इन्द्रियलाई नियन्त्रण गरेको हुन्छ।

()राजस र तामस मनको तुलना गर्नुहोस्।

उत्तर: रागयुक्त, सचेत र चञ्चल मन राजस मन हो भने क्रोधी र अज्ञानी मन तामस मन हो।

()व्यक्तिका व्यवहार कसरी निर्धारण हुँदा रहेछन्?

उत्तर: व्यक्तिका व्यवहार मन, इन्द्रिय र गुणका आधारमा निर्धारण हुँदा रहेछ

() भाषिक संरचना वर्णविन्यास पहिचान गर्नुहोस्।

()अनुच्छेदका ‘गर्छ’ र ‘मानिन्छ’ क्रियापदको धातु पहिचान गर्नुहोस्।

उत्तर: गर्, मान्

()अनुच्छेदबाट सकर्मक क्रिया भएका कुनै दुई धातु टिपी अनुच्छेदमा प्रयोग भएका भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस्।

उत्तर: हुन्छ, गर्छ (जेठमा गर्मी हुन्छ। विवेकले कक्षाकार्य गर्छ।)

()अनुच्छेदबाट दीर्घ ईकार प्रयोग भएका चारओटा शब्द पहिचान गर्नुहोस्।

उत्तर: जीव, तीव्र, तीन, नीति

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play